Tuesday, October 15, 2013

Rajopdhyaya in News: प्रसिद्ध तलेजुको वाहन सेतो घोडाजात्रा सम्पन्न

प्रसिद्ध तलेजुको वाहन सेतो घोडाजात्रा सम्पन्न



भक्तपुर, आश्विन २९ - प्रत्येक वर्ष विजयादशमीको दिन रातिबाट मनाइने भक्तपुरको तलेजु भवानीको वाहन सेतो घोडाजात्रा आज बिहान सम्पन्न भएको छ ।
विजयादशमीको राति तलेजु भवानीमा तलेजुका चार मूल नाइके आचाजु, जोशी र राजोपाध्यायबाट तान्त्रिक विधिअनुरूप कालरात्रि पूजा, टीका साइत पूजा र विसर्जन पूजा सम्पन्न गरेपछि सेतो घोडाजात्रा सुरु हुने परम्परा रहेको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले बताए ।
जात्रा सुरु हुनुअघि सेतो घोडालाई एउटा भेडाको बलि चढाइने गरिन्छ । त्यसपछि भक्तपुर नगरमा घोडाजात्रा डुलाउने प्रचलन रहेको छ । तलेजुको मूल चोकबाट सेतो घोडालाई बाहिर ल्याइसकेपछि भक्तपुर नगरको तल्लो दरबार क्षेत्रबाट भार्वाचो, वंशगोपाल, भूजिकोखा, नारायणचोकसम्म र माथिल्लो दरबार क्षेत्रबाट दत्तात्रय, तौमढी हुँदै नारायणचोकसम्म घुमाई जात्रा सम्पन्न गरिन्छ ।
जात्राको क्रममा राति दरबार क्षेत्रस्थित पशुपतिनाथ मन्दिर अगाडि घोडानाच देखाई बिहान करिब ३ बजे घोडाजात्रा सम्पन्न भएको जोशीले बताए ।
प्रकाशित मिति: २०७० आश्विन २९ ०१:४९

Source:

No comments:

Post a Comment