Monday, October 21, 2013

पाठक मञ्च: पुजारीको पालो बाँडफाँड 'चाँगुनारायण असुरक्षित

पाठक मञ्च

पुजारीको पालो बाँडफाँड 'चाँगुनारायण असुरक्षित
     पुजारीको पालो बाँडफाँड 'चाँगुनारायण असुरक्षित' समाचारले विश्व सम्पदा सूचीमा सूचीकृत ठाउँको खबर लेख्नुभएकामा विकास थापालाई धन्यवाद । समाचारमा थापाजीले केही भ्रामक तथ्य अघि सार्नुभएको रहेछ । म आफैंले पनि यो विषयमा अध्ययन गरिसकेको तथा पुजारी खलककै भएकाले कलम समातेको हुँ । प्रथमतः राजोपाध्यायहरूको पालो बाँडफाँडसम्बन्धी केही समस्या छैन । किनकि हरेक वर्ष वैशाखमा अक्षय तृतीयाको दिन पुजारीद्वय चक्रधरानन्द राजोपाध्याय कृष्णधरानन्द राजोपाध्याय पालो फेरिरहनु भएको छ ।पालो फेर्दा समस्या भँडेलहरूमा छ । भँडेलहरू भनेका पुजारीका सेवक तथा मन्दिरका रेखदेखकर्ता हुन्, विकासजीले भन्नुभएझैं पुजारी होइनन् । त्यसैगरी ४ नाइकेमध्ये रत्नभक्त श्रेष्ठको -विकासजीले ४ नाइकेको नाम सायद धेरै पहिले टिप्नुभएको रहेछ) मृत्यु भइसकेको छ । अहिले उनका सुपुत्र श्रीभक्त नाइके हुनुहुन्छ । तर भँडेलको पालो बाँडफाँडचाहि अव्यवस्थित तथा अन्यायपूर्ण तरिकाले भएको सत्य हो । त्यस्तै मन्दिरमा सुत्नुपर्ने भँडेल हो, राजोपाध्याय होइन । अहिले धेरैजसो भाडेल पुख्र्यौली काम छोडेर अन्यत्र लागेका छन् कारण गुठीबाट आउने रकमले खानलाउनै पुग्दैन । गुठी संस्थानले मन्दिरको जग्गा निजीकरण गरेकाले यो समस्याले विकराल रूप लिइसकेको छ ।

    - आभास धरानन्द राजोपाध्यायचाँगुनारायण, भक्तपुर
    प्रकाशित मिति: २०६४ भाद्र २६ ०९:४६

    No comments:

    Post a Comment