Tuesday, June 16, 2015

Rajopadhaya in News: थाय्मदुइ क्षमा पूजा जुयाच्वन

थाय्मदुइ क्षमा पूजा जुयाच्वन

नेवा: अनलाइन न्युज बिराजकाजी राजोपाध्याय |

२०७२ जेठ ३०, शनिबार ११:४४:०५ वंगु वैसाख १२ या तःभुखाय् व वयां लिपा मदिक्क वयाच्वंगु पराकम्पन याकनं दिनावनेमा व तःधंगु विपत्ति आः लिहां मवयेमा धइगु कामना यासें येँया थाय्मदुइ धरतीमाताया क्षमा पुजा व लघुरुद्रि यानाच्वंगु दु ।शहिद शु्क्र क्लबया ग्वसालय् थौं थाय्मदुइ राजोपाध्याय ब्राम्हणत च्वनाः धरतीमाताया क्षमा पूजा, लघुरुद्रि, चण्डि व पञ्चाङ्ग पूजा यानाच्वंगु खः । थाय्मदुया इखानारायण परिसरय् जुयाच्वंगु पूजाय् लघुरुद्रि ११म्ह, क्षमापूजा, चण्डि व पञ्चाङय् १म्ह, १म्ह यानाः १४म्ह राजोपाध्याय ब्राम्हणत च्वनाः पूजा यानाच्वंगु दु ।


शहिद शुक्र क्लबया हे आर्थिक कोषं लिसें मंदुपिनिगुपाखें वःगु आर्थिक ग्वाहालिं थुगु पूजाया ग्वसाः ग्वयागु ग्वसाः खलः क्लबं कंगु दु । - See more at: http://www.newaonlinenews.com/%E0%A4%A5%E0%A4%BE%E0%A4%AF%E0%A5%8D%E0%A4%AE%E0%A4%A6%E0%A5%81%E0%A4%87-%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%AE%E0%A4%BE-%E0%A4%AA%E0%A5%82%E0%A4%9C%E0%A4%BE-%E0%A4%9C%E0%A5%81%E0%A4%AF%E0%A4%BE%E0%A4%9A%E0%A5%8D%E0%A4%B5%E0%A4%A8#sthash.KYyzJ1xj.dpuf

Sunday, February 22, 2015

धर्मानन्द राजोपाध्याय र रेडियो नेपाल


धर्मानन्द राजोपाध्याय र रेडियो नेपाल 

स्व. धर्मानन्द राजोपाध्याय 

काठमाण्डौ, इन्द्रचोक निवासी श्री धर्मानन्द राजोपाध्याय ज्यू रेडियो नेपालमा राग (शास्त्रीय गान ) गाउनु हुन्थ्यो l तत्कालिन अवस्थामा रेडियो नेपालमा रेकर्ड गरेर गाउने चलन रहेनछ  र उहाँ को शास्त्रीय गान प्रत्यक्ष प्रसारण हुन्थ्यो l

 त्यसरी  एउटा शास्त्रीय गीत गाए  बापत उहाँलाई रेडियो नेपालले जम्मा जाम्मी रू. २५ /= पारिश्रमिक दिदो 
रहेछ l यसको लागि करार पत्र उपलब्ध गराउने गरिएको रहेछ l 

यहि करार पत्रको आधारमा रेडियो नेपालमा सम्पर्क सुत्र मार्फत उहाँले गाउनु भएको शास्त्रीय गीतको अडियो रेकर्डको खोजी गर्ने प्रयास हामीले गर्यौ तर दुखको कुरो कुनै पनि रेकर्ड भेटिएन l 



उपरोक्त सबै सामाग्रीहरुश्री धर्मानन्द राजोपाध्याय ज्यूका जेष्ठ सुपुत्र श्री जीवन राजोपाध्याय ज्यू ले उपलब्ध गराउनु भएको हो l 

नेपालय शास्त्रीय संगीत - धर्मानन्द राजोपाध्याय



नेपालय शास्त्रीय संगीत 

- धर्मानन्द राजोपाध्याय 

शिक्षक - ललित कला क्याम्पस








This document was provided by Dipana Sharma

Tuesday, February 3, 2015

Rajopadhyay in News : सेन्सरले रोक्यो 'कीर्तिपुर'

सेन्सरले रोक्यो 'कीर्तिपुर'

अन्‍नपूर्ण|२०७१ माघ २० मंगलवार3122 पटक पढिएको
काठमाडौं : ऐतिहासिक चलचित्र 'कीर्तिपुर, द लिजेन्ड अफ कीर्तिलक्ष्मी'लाई सेन्सर बोर्डले रोकेको छ। चलचित्र अठारौं शताब्दीमा तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले कीर्तिपुरमाथि गरेको आक्रमणको विषयमा आधारित छ। 
 
चलचित्र निर्माण शैली अब्बल भए पनि ऐतिहासिक पक्ष तथा राजपरिवारसम्बन्धी विषय भएकाले तुरुन्तै निर्णय गर्न नसकिएको सेन्सर बोर्डका सदस्य तथा सञ्चार मन्त्रालय उपसचिव कृष्णप्रसाद पोखरेलले जानकारी दिए। चलचित्र ऐतिहासिक विषयमा आधारित भएकाले दर्शकलाई दिने सन्देशका बारेमा टुंगो नलगाई अनुमति दिन नमिल्ने उनको भनाइ छ। 
 
फोकस पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई प्रदीप खड्गीले निर्देशन गरेका हुन्। चलचित्रमा हिसिला महर्जन, मणि लवट, सुरज गराच, लक्ष्मी गिरी, मदनदास श्रेष्ठ, शूरवीर पण्डित, सुशील राजोपाध्याय, विनोद श्रेष्ठ, उदय श्रेष्ठलगायतले अभिनय गरेका छन्। 
 
त्यसैगरी चलचित्रमा भीएफएक्स सुपरभाइजर सन्तोष केसीको एनिमेसन, हरिशरण सायमीको संगीत, उदय श्रेष्ठको द्वन्द्व, मृत मरहठा र दीपसन परियारको शृंगार एवं शंकर महर्जन तथा नवीन जोशीको छायांकन रहेको यस चलचित्रमा वीरेन्द्र ताम्रकार, प्रेम खड्गी र अनन्त श्रेष्ठको लगानी रहेको छ। 
 
चलचित्र निर्माणको सर्वमान्य सिद्धान्तलाई आधार बनाएर तयार गरिएको चलचित्र कीर्तिपुर द लिजेन्ड अफ कीर्तिलक्ष्मीमा सन्तुलित कथावस्तु भएको निर्देशक प्रदीप खड्गीको दाबी छ। 
 
चलचित्र विकास बोर्डमा औपचारिक दर्तापश्चात् बनाइएको चलचित्रलाई प्रदर्शनीको समयमा रोक्नु उपयुक्त नभएको चलचित्रका कला निर्देशक केके मानन्धरले बताए। विकास बोर्डको हलमा दुई महिना अगाडि सेन्सर बोर्डका सदस्यले चलचित्र हेरेका थिए। 
Source: http://annapurnapost.com/News.aspx/story/6787

Monday, February 2, 2015

Rajopadhyaya in News : अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु

अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु

36
टिओके संवाददाता । १९, माघ ।
पाँचौं अन्तर्राष्ट्रिय आर्ट फेष्टिभलमा सामूहिक तस्विर खिचाउँदै न्यू आर्ट सर्कलका कलाकारहरु बायाँवाट क्रमश – नरेश सुन्दर सैंजु, रत्नकाजी शाक्य, शान्तकुमार राई, जीवन राजोपाध्याय र हरि खड्का । बबरमहल स्थित आर्ट काउन्सिलमा सुरु भएको यस प्रदर्शनीमा सार्क लगायत ९ देशका कलाकारका कलाकृति समावेश छन् । सोमबारवाट सुरु भएको प्रदर्शनी ४ दिनसम्म चल्ने छ । फेष्टिभलको आयोजना न्यू आर्ट सर्कल र आर्ट काउन्सिलले संयुक्त रुपमा गरेका हुन् ।
???????????????????????????????
लौ खिच्नुस् – आर्ट फेष्टिभलमा आफ्नै चित्रको अगाडि तस्विर खिचाउँदै सहिद गेटका समेत डिजाइनर रहेका बरिष्ठ इञ्जिनियर तथा कलाकार शंकरनाथ रिमाल ।
???????????????????????????????
हाम्रो पनि खिच्नुस् न – फेष्टिभल सफलताकोलागी सक्रिय रहेका आयोजक कलाकार शान्तकुमार राई र नरेश सुन्दर सैंजु (बायाँ) ।
तस्विर – दिवस
Source: http://www.timesofkathmandu.com/2015/02/965

Sunday, January 18, 2015

Rajopadhyaya in News : जीवन जस्तै जीवनका चित्र

जीवन जस्तै जीवनका चित्र

Jeevan-1-_Nature-1_-30X30-in_-US_-715
मनोरञ्जन गुरागाईं । 
लोकसेवामा सोधिने नाम भएका छन् उनी ।
लोकसेवा आयोगका विद्यार्थिहरुले केही वर्षदेखि एउटा प्रश्न र त्यसको जवाफ संझनु पर्ने भएको छ । प्रश्न हो, – छैटौं बृहत्त राष्ट्रिय खेलकुदको लोगो कस्ले बनाएको हो ? यस प्रश्नको जवाफ मिलाउन जीवन राजोपाध्यायको नाम लिनै पर्ने हुन्छ । अन्यथा जवाफ गलत हुन्छ ।
jeevan rajopadhyay
अर्थात जीवन राजोपाध्याय लोक सेवा आयोग दिने विद्यार्थिका प्रश्न र जवाफ वनेका छन् । लोगो डिजाइनमा सिद्धहस्त जीवन सम्पूर्णखाले डिजाइन कलामा समेत उत्कृष्ट नाम हुन् । तर उनको खास परिचय भने आधुनिक चित्रकला क्षेत्रमा स्थापित छ ।
भर्खरै बबरमहल स्थित आर्ट काउन्सिल हलमा सम्पन्न एउटा सामूहिक चित्रकला प्रदर्शनीमा जीवनका चित्र प्रदर्शनमा राखिएका थिए । अर्धमूर्तवाट अघि बढेर अमूर्तकला तर्फ जाँदै गरेका उनका कला मनमोहक लाग्छन् । वास्तवमानै उनले चलाउने रंग फरक छ । रंगले नै उनी आफ्नो परिचय बाँडिरहेका छन् ।
साधनाले कलाकारलाई खार्दै लान्छ । उनका कला हेर्ने हो भने साधना, मेहनत र सृजना प्रष्टसँग झल्कन्छन् । प्रदर्शनीमा राखेका उनका कला उम्केलान् भनेर खरिद गर्न आउने कलेक्टरहरु पनि बढ्दै गरेको बुझिन्छ । आर्ट काउन्सिल स ञ्चालक समितिका सदस्य समेत रहेका जीवन बरिष्ठ कलाकार लैनसिंह बाङदेलका चेला समेत हुन् । न्यूआर्ट सर्कल र सोमा (सोसाइटी अफ मोर्डन आर्ट) मा आबद्ध उनी मुलुकका थोरै आधुनिक चित्रकारहरुको गन्तीमा समेत पर्न थालेका छन् ।
सरल, लगनशील, मिलनसार उनी क्यानभाष मार्फत जीवनको परिभाषा गर्छन् । तर आफ्नो सरल जीवन र लोकसेवामा सोधिने प्रश्नको जवाफ जस्तो चाहिं सरल छैनन् उनका क्यानभाष । उनको प्रस्तुति छाम्न कलाको मर्म गहिराईमा नै पुगेर अनुभव गर्न सक्नु पर्छ ।

Saturday, January 17, 2015

Rajopadhyaya in News: संगीतकार अमर राज सम्मानित

संगीतकार अमर राज सम्मानित
·        Posted: Saturday, Jan 17, 2015 09:56 AM
संगीतकार अमर राज सम्मानित
काठमाडौं, माघ ३- नेवार अधिकार सुनिनिश्चत गर्ने उद्धेश्य लिएर  नेवा जागरण सांस्कृतिक कार्यक्रम भएको छ । नेवा जागरण मञ्चको नेवा जागरण संकिपा समितिको आयोजना भएको जागरण कार्यक्रममा भृगुराम श्रेष्ठ, बदन शर्मा, अमर राज शर्मा , वीर प्रसाद भन्सारी लगायतका जनसांस्कृतिक कलाकारहरुले जागरण गीत  प्रस्तुत गर्नेु भएको थियो।
त्यस्तै कार्यक्रममा संगीतको माध्यमबाट जागरण फैलाउन लामो समयदेखि भूमिका खेलिरहनु भएका संगीतकर्मी अमर राज शर्मा राजोपाध्यायलाई संकिपा समितिले सम्मान गरेको थियो।
नेपाल सम्वतको नयाँ वर्ष  ११३५ को अवसर जागरण कार्यक्रम भएको हो ।