Monday, March 2, 2026

नेपालभाषा साहित्यमा राजोपाध्याय - ल्वापु खिचा: नेपालभाषा लघुकथाको सशक्त दस्तावेज

नेपालभाषा साहित्यमा राजोपाध्याय
ल्वापु खिचा: नेपालभाषा लघुकथाको सशक्त दस्तावेज


नेपालभाषा साहित्यमा लघुकथाको विधा क्रमशः सुदृढ बन्दै गएको सन्दर्भमा ल्वापु खिचा” नामक लघुकथा सङ्ग्रहको प्रकाशन एक उल्लेखनीय साहित्यिक कृति हो । नेपालभाषा मंका खल, पाटन–ललितपुरद्वारा प्रकाशित यस कृतिले नेपालभाषा लघुकथालाई सङ्ख्यात्मक मात्र नभई विषयगत र प्रतिनिधित्वका दृष्टिले पनि समृद्ध बनाएको देखिन्छ ।

कुल १०५ वटा लघुकथाहरू समेटिएको यस सङ्ग्रहले लघुकथाको संक्षिप्त संरचनाभित्र समाज, संस्कृति, अनुभूति र समयको विविध यथार्थलाई प्रस्तुत गर्ने प्रयास गरेको छ । छोटो आयाममा गहिरो अर्थ सम्प्रेषण गर्ने लघुकथाको मूल मर्मलाई यस सङ्ग्रहका कथाहरूले विभिन्न कोणबाट उजागर गरेका छन् ।

यस सङ्ग्रहको अर्को महत्वपूर्ण पक्ष भनेको समुदायगत प्रतिनिधित्व हो । समेटिएका कथाहरूमध्ये ६ वटा लघुकथाहरू राजोपाध्याय समुदायका कथाकारहरूद्वारा लेखिएका छन्, जसमा ३ जना महिला र ३ जना पुरुष सर्जकहरूको सिर्जना रहेका छन् । यो तथ्यले नेपालभाषा साहित्यमा राजोपाध्याय समुदाय योगदानको इतिहासलाई निरन्तरता कायम राख्दै  समावेशी स्वर र लैङ्गिक सन्तुलनतर्फ समेत सकारात्मक संकेत दिन्छ ।

समग्रमा, ल्वापु खिचा” केवल लघुकथाहरूको सङ्ग्रह मात्र नभई नेपालभाषा साहित्यको समकालीन प्रवृत्ति, सिर्जनात्मक विविधता र सामाजिक प्रतिनिधित्वलाई प्रतिबिम्बित गर्ने एक महत्वपूर्ण दस्तावेजका रूपमा मूल्याङ्कन गर्न सकिन्छ । लघुकथाको सम्भावना र शक्तिलाई उजागर गर्ने यस कृतिले आगामी सर्जकहरूलाई समेत प्रेरणा दिने अपेक्षा गर्न सकिन्छ ।
राजोपाध्याय संग सम्बन्धित यस प्रकारका सामाग्रीहरू संग्रह एबम संकलनका लागि एउटा स्रोत केन्द्र वा पुस्तकालयको स्थापना गर्नु पर्ने आवश्यकता औल्याउदै सम्बन्धि निकाय, संघ संस्थाहरूको  ध्यान आकृष्ट गराउन चाहन्छौ l    

 लघुकथाहरूको बिषय सूची 
राजोपाध्याय समुदायका छ जना सर्जकहरू 

क्रम संख्या

लघुकथा

कथाकार

पृष्ठ

बाखं

अमरराज राजोपाध्याय

१३

जग्गेय् खिफाःगु लूँ जुइगु

विनय राजोपाध्याय

१५

४६

न्हूम्ह जुजु

मिमला शर्मा

५२

५०

टेम्पर्द ग्लास

मिनर्वा शर्मा राजोपाध्याय

५८

८०

तिसा

राजेश्वरी राजोपाध्याय

९३

८८

अंगलं जक न्यनाच्वंगु खँ

सुशील राजोपाध्याय

१०२


       




 







No comments:

Post a Comment