Tuesday, December 19, 2017

Rajopadhyaya in News :पशुपति क्षेत्रमा डेढ दर्जन संरचना पुनर्निर्माण हुँदै


पशुपति क्षेत्रमा डेढ दर्जन संरचना पुनर्निर्माण हुँदै

बाग्मती नदी किनारको
बाग्मती नदी किनारको भष्मेश्वर घाटस्थित सत्तल जीर्णोद्धार गरिँदै । तस्बिर : कान्तिपुर
भष्मेश्वर घाटस्थित सत्तल जीर्णोद्धार गरिँदै ।तस्बिर : कान्तिपुर
पुस , २०७४-विश्व सम्पदामा सूचीकृत पशुपतिनाथ क्षेत्रमा डेढ दर्जन संरचना पुनर्निर्माण गरिँदै छन् राष्ट्रिय पुनर्निर्माण प्राधिकरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट आएको बजेटबाट पशुपति क्षेत्र विकास कोषले ती संरचना पुनर्निर्माण सुरु गरेको हो  

मन्त्रालयबाट मन्दिरका संरचना पुनर्निर्माण गर्न यस वर्ष ४४ करोड ४१ लाख ७५ हजार रुपैयाँ प्राप्त भएको कोषले जनाएको कोषले तीन चरणमा गरी प्रत्येक संरचना निर्माण शीर्षकमा रकम पाउनेछ भुवनेश्वरीदेखि दक्षिणढोकासम्म ढल, बाटो निर्माण, इँटापाखामा प्रस्तरफलक छाप्ने, वनकालीमा उद्यान विकास भष्मेश्वर सत्तल जीर्णोद्धार भइरहेका छन् पुनर्निर्माण कार्य भइरहेका संरचनामा गुह्येश्वरी मन्दिर प्राङ्गण धर्मशाला जीर्णोद्धार, पशुपतिनाथको भान्सा पुनर्निर्माण, भण्डारखाल बगैंचाको घेरा पर्खाल निर्माण पनि छन्  
सोभानियर पसल निर्माण, पुरातात्त्विक उत्खनन कार्य चलिरहेका छन्  
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पले पूर्ण रूपमा क्षतिग्रस्त संरचना कोषले निर्माण गर्ने जनाएको प्राधिकरणबाट गोरखनाथ मन्दिर पश्चिमको सत्तल, घ्याम्पे सत्तल, शंकराचार्य मन्दिर निर्माण 
भइरहेको  
यसबाहेक कुलानन्द झा वनकाली सत्तलका साथै अमरकान्तेश्वर, सुरेशकान्तेश्वर मन्दिर प्राधिकरणमार्फत निर्माणका क्रममा छन् पाँचै जना भट्टको आवास मर्मत, गुह्येश्वरी चौघेरा सत्तल, बाग्मती किनारको सत्तल, पन्ध्रशिवालय सत्तल पनि निर्माणका क्रममा छन् दुइटा चौतरिया शिवालय, कोटीलिंगेश्वर मन्दिर पनि निर्माण हुँदैछन्
स्मारक भत्काउँदा निस्केका भग्नावशेष हटाउने कार्य समाप्त भइसकेको कोषले जनाएको शंकरनारायण सत्तल भत्काइसकिएको कोषका उपनिर्देशक राजेन्द्रधर राजोपाध्यायले बताए  
पुनर्निर्माण प्राधिकरणबाट भने साढे २० लाख जति पुनर्निर्माणका लागि कोषले पाएको उपनिर्देशक राजोपाध्यायले मृगस्थलीमा ८० भन्दा बढी साना मन्दिर रहे पनि यस वर्ष वटाको निर्माण थालिने बताए एउटा मन्दिरको नक्सांकन लागत इस्टिमेट गरी पाँचैको एकैपल्ट लागत इस्टिमेट गर्यौं, राजोपाध्यायले भने, तर पुरातात्त्विक सम्पदा भएकाले सबैको बेग्लाबेग्लै नक्सांकन गर्नुपर्ने भएको
उक्त क्षेत्रमा बेलायतको डोरह्याम युनिभर्सिटी, युनेस्को, पुरातत्त्व विभागबाट भण्डारखाल, लगनगाछी क्षेत्रमा उत्खनन भइरहेको सिक्का पुराना सरसामान भेटिएका छन् पछि सबै सार्वजनिक गरी संग्राहलय बनाउने योजना , कोषका एक कर्मचारीले भने  
दाताको रकम परिचालन गरी कोषले राजराजेश्वरीको श्राद्धपाटी, किरियापुत्री भवन वनकाली पार्क निर्माण गरिसकेको  
कोषले पशुपतिनाथ मन्दिरको प्राङ्गणभित्रको लालगणेश मन्दिर पुनर्निर्माण आफ्नै रकमबाट गरिएको जनाएको  
प्रकाशित: पुस , २०७४


No comments:

Post a Comment