Monday, June 20, 2016

Rajopadhyaya in News: वैदिक प्रतिष्ठानमा नयाँ नेतृत्व

वैदिक प्रतिष्ठानमा नयाँ नेतृत्व


नेपाल समाचारपत्र
काठमाडौँ

वैदिक प्रतिष्ठानको पाँचौँ महाधिवेशन तथा एक्काइसौं वार्षिकोत्सव शनिबार राजधानीमा सम्पन्न भयो। प्रमुख अभ्यागत प्राचार्य डा. चिन्तामणि योगीबाट उद्घाटन गरिएको कार्यक्रमको सभापतित्व वैदिक प्रतिष्ठानका उपाध्यक्ष महेश्वर जुजुले गर्नुका साथै कार्यकारिणी सदस्य मृगेन्द्रराज सुवेदीबाट स्वागत मन्तव्य राखिएको थियो।
प्रतिष्ठानका महासचिव राजेन्द्रधर राजोपाध्यायबाट संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत भएको थियो। अभ्यागतहरू प्रा. मङ्लदास प्रधानाङ् र राजोपाध्याय समाजका अध्यक्ष वदनज्वालानन्द राजोपाध्यायबाट शुभकामना मन्तव्य राखिएको थियो।

प्रमुख अभ्यागत योगीबाट स्व. मीराबाबा पुरस्कारस्वरूप प्रमाण–पत्र एवम् नगद पुरस्कार २०६९ का लागि अन्तर्राष्ट्रिय क्रिकेटको जगत्मा कीर्तिमान राख्न सफल महिला खेलाडी तथा प्रशिक्षक भई योगदान पुर्याउने नीरा राजोपाध्याय, २०७० को लागि चुराबाट चित्रकला जगत्मा राष्ट्रिय स्तरको महिला प्रतिभाशाली व्यक्तित्व कल्याणी राजोपाध्याय, २०७१ का लागि कर्मकाण्डी विधिहरू आफ्नै हस्तलिपिबाट लेखी कर्मकाण्डी ब्राम्हणहरूलाई सहयोग गर्न योगदान दिनुहुने हेरम्बानन्द शर्मा र २०७२ का लागि दुईजना त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यशास्त्रसम्बन्धी विद्यावारिधि हासिल गर्ने डा. प्रदीपहरि राजोपाध्याय र काठमाडौं विश्वविद्यालयबाट गणित विषयमा विद्यावारिधि हासिल गर्ने डा. उमेश राजोपाध्यायलाई प्रदान गरियो। प्रतिष्ठानका उपाध्यक्ष महेश्वर जुजुबाट प्रमुख अभ्यागत, अभ्यागतहरू र प्रतिष्ठानका कार्यकारिणी सदस्यहरूलाई सम्झनाको चिनो प्रदान गर्नुभएको थियो। वन्दना राजोपाध्याले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा धन्यवाद ज्ञापन महासचिव राजेन्द्रधर राजोपाध्यायले गर्नुभएको थियो।

उक्त कार्यक्रमको वन्द सत्रबाट वैदिक प्रतिष्ठानमा नयाँ नेतृत्वको कार्यकारिणी समितिको सर्वसम्मत निर्वाचन भएको थियो। प्रतिष्ठानको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त रवीनकाजी शर्माले अध्यक्षमा नव्यन्याचार्य उपेन्द्रभक्त सुवेदी ‘गोविन्द’, उपाध्यक्षमा गजेन्द्रचरण शर्मा, महासचिवमा राजेन्द्रधर
राजोपाध्याय, कोषाध्यक्षमा शान्ति शर्मा, सचिवमा विष्णुधर राजोपाध्याय, सहकोषाध्यक्षमा श्रीश शर्मा र कार्यकारिणी सदस्यहरूमा महेश्वर जुजु, ध्रुबज्वालानन्द राजोपाध्याय ‘शुक्ल’, सञ्जय शर्मा, शरद राजोपाध्याय र सरला शर्मा सर्वसम्मत निर्वाचित हुनुभएको घोषणा गर्नुभयो। प्रतिष्ठानको विधानअनुरूप अध्यक्षबाट दुईजना कार्यकारिणी समितिमा सरोज राजोपाध्याय र रविन्द्रधर शर्मालाई मनोनयन गर्नुभयो। प्रमुख निर्वाचन आयुक्तबाट अध्यक्षलाई र अध्यक्षबाट कार्यकारिणीका सम्पूर्ण सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ पनि गराइयो।

Published Date: June 19, 2016

Source: http://www.newsofnepal.com/?p=105814

No comments:

Post a Comment