Tuesday, June 7, 2016

भारद्वाज गोत्रीय पन्तका भूभाग र बसाइ सराइ -– कल्याण पन्त

भारद्वाज गोत्रीय पन्तका भूभाग र बसाइ सराइ
– कल्याण पन्त 

सारांश 
नेपालमा पन्तहरू राजा पृथ्वीनारायण शाहका पालाभन्दा अघिदेखि नै राष्ट्र निर्माणका क्रममा लागेका देखिन्छन्। इतिहास अनुसार अठारौँ शताब्दीका सेनापति भगीरथ पन्त गौरेश्वर पन्त महेश्वर पन्त विष्णु पन्त नारायण पन्त आदि सैन्य क्षेत्रका हस्ती थिए। केही पन्तहरू भारतबाट तीर्थ यात्रीका रूपमा मुक्तिनाथ क्षेत्रमा आउँदा बाग्लुङ लगायत अन्य भागहरूमा पाण्डित्याइँ गरी बसे भन्ने लेखोटहरू पनि भेटिएका छन्। पन्तका भारद्वाज गर्ग वसिष्ठ वत्स पराशर आत्रेय काश्यप अङि्गरा उपमन्यु आदि अनेक गोत्र पाइन्छन्। यी बाहेक शाण्डिल्य गोत्रीय पन्तहरू पनि छन् भन्ने कुरा थाहा भएको छ। महात्मा गान्धीका समकालिक विद्वान् बाल गंगाधर तिलक शाण्डिल्य गोत्रीय परिवारका पन्त थिए।
  
नेपाल राज्य एकीकरण ताका पुरेत्याइँ र सेनाका रूपमा हिँडे बापत पन्तले  सम्मान बिर्ता दान जागिर रौत आदि प्राप्त गरेका धेरै प्रमाण प्राप्त भएका छन्। भारतीय इतिहासमा पनि मह140वपूर्ण पदमा बफादार सेनाका रूपमा होस् या धर्मको रक्षाका लागि होस् यिनीहरूले विशेष योगदान दिएको पाइन्छ। पन्त वंशको उद्गम स्थल रुसको भोल्गा डन र डेन्युब नदीको मैदानलाई मानिएको छ। यिनीहरू रुसको दक्षिण भागमा अवस्थित युरोपको ककेसस पर्वत माला क्यास्पियन सागर र पश्चिमी ब्ल्याक सागरबाट इरान हुँदै भारतका पन्जाब कन्नौज र कुमाउँबाट नेपाल भित्रिएका हुन् भनिन्छ। केही पन्तहरू इराक साउदी अरेबिया हुँदै इजराइलसम्म पनि फैलिएका देखिन्छन्। पाँच हजार वर्ष यतादेखि अस्ति140वमा आएका आर्यावर्त क्षेत्रका ब्र्रा235मणहरू नै मूलतः पन्त हुन् भनिएको छ। पन्तहरू राजनीतिक अस्थिरतामा भारतीय भूमिबाट धर्मको रक्षा गर्न नेपालमा प्रवेश गरेका थिए। 

सोरौँ शताब्दीदेखि एक्काइसौँ शताब्दीसम्म आउँदा पन्तहरू मुख्य रूपले पाल्पा जिल्ला स्थित दैला थुम र हुँगी पर्वत जिल्लाको लिमिठाना फलेबास स्याङ्जा कास्की तनहुँ गोरखा जिल्लाको खोप्लाङ छोप्राङ गाईखुर पसलाङ लमजुङ जिल्लाको स्याउत तार्कु घाट चक्र तीर्थ र उदिपुर नुवाकोट स्थित त्रिशूली बागलुङ गुल्मी चितवन नवलपरासी बुटवल सुदूर पश्चिम क्षेत्रका डोटी दार्चुला बाजुरा बैतडी डडेंलधुरा दैलेख भोजपुर दाङ बाँके बर्दिया कैलाली सुर्खेत आदि स्थानमा पन्त वंश बिस्तार भएको पाइन्छ। हालका दिनमा पन्तका गोत्र थलो र प्रकारले निकै नै व्यापकता लिई सकेको छ।  
यस लेख मार्फत विशेष गरी भारतबाट भएका बसाइ सराइ थर भारद्वाज गोत्र प्रवर र केही ग48डकी अञ्चलका पन्तहरूका सन्दर्भमा केन्द्रित रहेर जानकारीमा आएका कुरा प्रस्तुत गरिएको छ।      
१.१  पन्त शब्दको व्युत्पत्ति 
आजभन्दा निकै वर्ष अघि दक्षिण भारतस्थित कोंकड राज्यमा चन्द्र वंशी राजाले राज्य गर्दथें। उनका पालामा राज गुरू कृष्ण पण्डित थिए। तिनै ब्र्रा235मणलाई पंक्ति पावन भन्ने उपाधि तात्कालिक चन्द्रवंशी राजाले दिएका थिए।१ 
ती कृष्ण ब्र्रा235मण गोदावरी किनार स्थित हिम्बर ग्राममा बस्दथे। तिनलाई दिइएको सो पंक्ति पावन भन्ने उपाधि अपभ्रशं हँुदै पङि्क्त पङ्त प48त पन्थ बनेर कालान्तरमा पन्त भएको हो भनिन्छ। त्यसो त कंांेकण राज्यमा बसोबास गर्नेे ब्र्रा235मणहरू संस्कृतका विद्वान् हुन्थे र तिनलाई पण्डित भनिथ्यो। पण्डित शब्द पनि त्यसरी नै प48डत प48त हुँदाहुँदै पन्त शब्द बनेको हो भन्ने अर्का थरीका भनाइ छ।  पंक्ति भनेको लामबद्ध हुनु वा लहर लगाएर उभिनु तथा पावन भनेको पवित्र बन्नु हो। त्यतिखेरका राजाका समीपमा जाँदा शुद्ध (पवित्र) भएर लामबद्ध हुने गरी पंक्तिमा बस्ने प्रचलन थियो। चोखा ब्र्रा235मणहरू बफादारीका साथ लामबद्ध भई पंक्तिमा बस्ने भएकाले पनि पंक्ति पावन अर्थात् लाइनमा बस्ने शुद्ध चोखा व्राह्मण भन्ने अर्थमा पंक्ति शब्द पङ्त हुँदै कालान्तरमा तोडमोड भएर पन्त थर बनेको अनुमान गरिन्छ। पावन शब्द चाहिँ उच्चारण न गरेरै लोप भएको हुनु पर्दछ।  
 
अर्को भनाइअनुसार ब्र्रा235मण जातिले कुनै पनि अन्यौलमा रहेका संस्कृतिका कुरालाई गाइड गर्ने अर्थात् बाटो देखाउने काम गरेकोले पन्थ  
भनियो। यही शब्द नै कालान्तरमा पन्त बनेको हो पनि भनिन्छ।   
१.२  पन्त पद 
 
कुनै पनि व्यक्तिले वंश अथवा परिवारबाट प्राप्त गरेको कुल नामलाई अचेल थर भन्ने गरिएको छ जस्तै :  पन्त भट्ट पोखरेल आदि। थरको प्रार्दुभावको इतिहास पल्टाउने हो भने पन्त र भट्ट केवल पद हुन्। यी तिनमध्ये थर त पोखरेल मात्र हो। वास्तवमा थरको व्युत्पन्न अर्थ हो– थलो अथवा ठहर जुन संस्कृतको स्थल शब्दबाट जन्मिएको हो। खस जातिमा थरको व्यवस्था कहिले देखि भयो भन्ने कुरामा इतिहास मौन रहेको देखिन्छ। हालसम्म भेटिएका थरमध्ये सबैभन्दा पुरानो थर अच्छामी र सिँगाली हुन्। यिनको उल्लेख शाके १२७१  
(वि.सं १४०६) को पृथ्वी मल्लको बाजुरा अभिलेखमा छ।२ 
 
१.३  पन्तहरू राष्ट्र प्रमुख 
वि. सं. १९९६ अघि भारतको मध्य प्रदेशस्थित औंध (बर्धा) भन्ने स्थानमा पन्त राज्य थियो। त्यस राज्यमा राजा भवान राव पन्तले राज्य गर्दथे। उनी भगवतीका उपासक तथा सूर्यका भक्त थिए। त्यो पन्त राज्य वि.सं. १९९६ मा भारतसँग मिल्यो। भवान राव पन्त त्यस राज्यका अन्तिम राजा थिए। महात्मा गान्धीसँगको कुराकानीमा भवान रावले पैँतिस वर्षदेखि आफूले स्वायत्त राज्य बनाउन प्रयास गरेको कुरा बताएका थिए।३ 
राव उनीहरूको उपाधि थियो। राव रावल राणा जस्ता उपाधिहरू मेवाडका तात्कालिक राज वंशले प्रदान गर्दथे। रावको अर्थ चौतरिया हो भने रावलको अर्थ रजौटाको राजा र राणाको अर्थ महाराजा हो।  
नेपालका सन्दर्भमा पन्ध्रौँ शताव्दीदेखि उनाइसौँ शताब्दीसम्म लमजुङ राज्य लगायत अन्य त्यससँग साँध जोडिएका ढोर भिरकोट नुवाकोट कास्की गोरखा सतहूँ गरांैं मुस्ताङ बलि डाँडा जस्ता चौबिसे राज्यहरूमा भारद्वाज वंशका राजाहरूले राज्य सञ्चालन गर्दै आएका थिए।४ त्यसो त आधुनिक नेपालका निर्माता मानिने पृथ्वीनारायण शाह पनि भारद्वाज वंशकै सन्तति थिए। उनले पछि काशी गएर आ186नो गोत्र परिवर्तन गरेका थिए।
  
१.४  राज गुरुका रूपमा पन्त  
पन्तहरू प्राचीन कालदेखि नै तात्कालिक राजाहरूका पण्डित तथा राज गुरुका रूपमा भारत र नेपाल दुवै देशमा सम्मानका साथ रहेका पनि थिए देखिन्छन्। भारतमा पन्तहरूको स्थान राज गुरु पुरोहितका वंशका रूपमा रही आएको परम्परा इतिहासले देखाएको छ। कृष्ण पण्डित जयदेव पन्त आदि भारतका ससाना राज्यका राज गुरु थिए। नेपालकै सन्दर्भमा पनि गौरेश्वर पन्त तनहुँ राज्यका राज गुरु थिए।५ राजापछिको दोस्रो सम्मानित स्थान राज गुरुको थियो। डोटी राज्यमा पनि नारद पन्त केशव पन्त ल73मण पन्त रघुनाथ पन्त शिवराम पन्त आदि राज गुरुका रूपमा रहेका थिए।६ 
धर्म रीतिरिवाज र परम्परामा आधृत त्यस जमानाको राजनीतिक परिपाटी र धर्मलाई सर्वाधिक मह140व दिने सामाजिक धारणाको युगमा राजाले धार्मिक मह140व सम्बन्धी सल्लाह र स235योग लिनका लागि बडा गुरुज्यू जस्तै राज गुरु नियुक्त गर्ने गर्दथे। मल्ल राजाहरू स्वयम् विद्वान् र विद्यानुरागी भएकाले उनीहरूका दरबारमा विद्वान् पण्डितहरू खचाखच हुन्थे। तिनैमध्येका एकलाई राज गुरु बनाइन्थ्यो। तिनले राजाको पुरोहित र राज्यभरिको धार्मिक क्षेत्रको गुरुका रूपमा काम गर्दथे। धार्मिक कार्यहरूमा तिनको निकै प्रभाव हुन्थ्यो।  तिनले पूजापाठ गर्न धार्मिक कार्यका लागि जग्गा दान दिने मन्दिरहरूको निर्माण एवं जीर्णोद्धार गर्ने जस्ता धार्मिक कार्यहरूको निरीक्षण निर्देशन र नियन्त्रण गर्ने गर्दथे। त्यस्तो कार्यमा तिनलाई राजाको प्रशासकीय आदेशबाट पनि विरलै असर पर्दथ्यो।६क 

२.१  भारतको कोंकण भारद्वाज गोत्रीय ब्र्रा152मणको मूल थलो  
मानव सभ्यताको सुरुआत दक्षिण भारत र पाकिस्तानका बिचमा पर्ने सिन्धु घाटीलाई मानिन्छ। सिन्धु उपत्यकामा रुसको ककेसिया भन्ने स्थानबाट ब्र्रा235मणहरू आएका हुन् भन्ने कुरा इतिहासले बताएको छ। त्यसपछि मानव जाति सिन्धु उपत्यका र युरोपको इटालीतिर लागेका थिए। सिन्धु उपत्यकामा ब्र्रा235मण जाति नै थिए। बसाइ सराइको क्रम हेर्दा सुसंस्कृत वा सभ्य बनेका यी ब्र्रा235मण दक्षिण भारतमा केन्द्रित थिए।  
आर्य वंशका अनुयायीहरू पश्चिम–दक्षिणमा पर्ने इटालीबाट युरोपतिर एक थरी र अर्का थरी अफगानिस्तान (गान्धार देश) हुँदै सिन्ध उपत्यकामा बसाइ सर्न गएका थिए। मानव संस्कारको अन्तस्करणलाई शुद्ध पार्ने भनिने कर्मका48ड अपरिहार्य मानिने हँुुदा सिन्धु उपत्यकामा बसोबास गर्ने ब्र्रा235मणहरू कँराची हुँदै दक्षिण भारतको कोंकण राज्यमा वि.सं. ९१९ मा राज्य सञ्चालनका लागि आई पुगेका हुन्।७ इसा पूर्व १७०० तिर कस (खस) जातिले बेबिलोनियामाथि आक्रमण गरेर अधिकार जमाउँदै राज्य बिस्तारका क्रममा खसहरू विजय पराजयलाई अँगाल्दैँ बेबिलोनियाबाट पूर्वतर्फ काबुल कन्दहार (गान्धार) सिन्धु क्षेत्र पन्जाब कास्मिर कुमाउँ गढवाल हुँदै पश्चिम नेपाल प्रवेश गरेका हुन्। ८ खस नेपालको सुविख्यात लडाकु र वीर जाति हो। यो नेपाल सिक्किम भुटान कुमाउँ गढवाल काँगडासम्म व्याप्त रङ्गयो र हालसम्म यसको त्यही स्थिति रहेको छ। 
यो ज्यादै प्राचीन जातिमा पर्दछ। यस जातिको चर्चा इसा पूर्व ३००० देखि नै सुरु भएको पाइन्छ।९ यस जातिको लिपिको प्रचलन ३००० वर्ष इसा पूर्वदेखि नै चली सकेको पाइन्छ।  
२.२  द्वापर युगदेखि नै भारद्वाज गोत्रीय ब्र्रा152मण  
भारद्वाज गोत्रका ब्र्रा235मणहरू द्वापर युगदेखि नै अस्ति140वमा आएका थिए। भरद्वाज एक ऋषिको नाम हो। यिनै ऋषिका सन्तानहरू भ्ाारद्वाज भनिएका हुन्। यिनका पिता महर्षि ऋचीक थिए। यिनीलाई द्वापर युगका आदि पुरुषका रूपमा लिइन्छ। आजभन्दा ५११५ वर्ष अघिदेखि कलि युगको प्रारम्भ भएको हो  
भनिन्छ।१० मानव सभ्यताको इतिहासको धेरैपछि मात्र विभिन्न प्रकारका मानव जाति देखा परेका हुन्। भारद्वाज गोत्रीहरू द्वापर युगदेखि नै अस्ति140वमा आएका हुन् तापनि अचेल पन्त भनिने थरको थालनी भने वि.सं १३६० देखि जयदेव पन्तको पुस्तापछि मात्र भएको हो।११ 
२.३  भारद्वाज गोत्र अन्तर्गत पर्ने थरहरू 
गोत्र मुख्य यज्ञादि कार्यमा संकल्प गर्दा हरि ॐ तत्सत् तत्सत् तत्सत् विष्णु विष्णु भन्ने वाक्य उच्चारण गर्दै जौ तिल कुश (यी पदार्थलाई विष्णुको स्वरूप मानिन्छ) गंगाको जल हातमा लिई भरद्वाज अंगीरस र बृहस्पति त्रिप्रवरको नाम समेत लिई संकल्प गर्ने गरिन्छ । यो संकल्प मुख्यतः आ186ना परमपिता पुर्खाका सन्ततिले सगोत्रीको रक्षाको निमित्त नित्य प्रार्थना गर्ने चलनका क्रममा परम्परित भएको हो। एउटै गोत्रमा दाजुबहिनी नाता पर्ने हुँदा विवाह गर्न हुँदैन। भारद्वाज गोत्रीय शुक्ल यजुर्वेदीय माध्यन्दिन शाखाध्यायी भाइबन्धुहरूका थरहरू यस प्रकार रहेका छन्१२ :   

१. सुवेदी   २. देवकोटा  ३. च्वाँइ (सुवेदी) ४. सुवेदी  खड्का ५. सुवेदी राजोपाध्याय (चाँगुनारायणका पुजारी अटको नारायणस्थानका पुजारी तलेजु भवानी भक्तपुरका पुजारी ६. असन त्यौड तथा इन्द्रचोकका नेवार परम्पराका पुरोहित (सुवेदी)  ७.  रजौरिया  (देवकोटा) ८.  निरौला   ९. चौलागाईँ  १०. दुधपोखरेल  ११. पोखरेल मजगैंयाँ १२. धामी (निरौला) १३. वाग्ले १४. चिमरिया १५. कणेल १६. कणेल खड्का १७. जमरकट्टेल  

१८. शिवाकोटी    १९. भट्ट (पुरानो नैकाप र गोल ढुंगा) २०. सिटौला   
२१. शर्मा र उपाध्याय लेख्ने ब्र्रा235मण तथा धामी (निरौला)  २२. पन्थी  
२३. भारद्वाज गोत्रीय पन्त २४. पन्थ २५. संग्रौला  २६. थपलिया २७. बोहरा  
(पर्फिङ) २८. बोहोरा (खड्का) २९. महाराजी खड्का ३०. कडायत  
(अछाम) ३१. काप्री ३२. राउत ३३. थामी अधिकारी ३४. डँडाली (बाग्लुङ गुल्मी) ३५.  सिंजापति विष्ट   ३६.  रावल (पाल्पाली)  ३७. सिलवाल  
३८. श्रीपाली बस्न्यात ३९. डल्लाकोटी ४०. लटौला ४१. भारद्धाज गोत्रीय कुलटा पाँडे ४२. विमली ४३. बलायर ४४. के.सी. भारद्वाज गोत्रीय क्षेत्रीहरू ४५. कुमाउँका भारद्वाज गोत्रीय चन्द ४६. प्युठानी भारद्वाज गोत्रीय चन्दहरू ४७. ठकुल्ला (अछाम) ४८. भारद्वाज गोत्रीय सिंह ठकुरी (दैलेख)  
४९. भिंग्रीका सेन ५०.  स्याङ्जाका खाँण ठकुरी ५१. पाटे खेती थापा (अछाम) ५२. कालिकोटे थापा योगी (नरहरिनाथका जन्मदाता) ५३. बल्छौडी बुङकोट  
(गोरखा) ५४. काठमाडौँ मरु चोकमा भारद्वाज गोत्रीय जोशी (नेवार) ५५. पाटन मंगल बजार क्षेत्रका भारद्वाज गोत्रीय जोशी (नेवार) ५६. विभिन्न थरका भारद्वाज गोत्रीय हमाल ठकुरी ५७. काठमाडौँ नःघल टोलका भारद्वाज गोत्रीय श्रेष्ठ  
(नेवार) ५८. धादिङ नौबिसेका उप्रेती (केही उप्रेती परिवारले मौद्गल्य गोत्र परित्याग गरी भारद्वाज गोत्रीय भएका) ५९. सत्य साइबावाको जन्म कुल  
६०. पश्चिमका भारद्वाज गोत्रीय पाल ६१. विभिन्न ब्र्रा235मण थर अनुसारका भारद्वाज गोत्रीय रानाभाटहरू ६२. भारद्वाज गोत्रीय तामस्या तामाङ ६३. घ्याब्रे ६४. थिङ् तामाङ ६५. थापा मगर (स्याङ्जा अर्चले भन्ज्याङ) ६६. बार घरे थरका मगर ६७. लामा गुरुङ ६८. घले गुरुङ ६९. नाथ सम्प्रदायका भारद्वाज गोत्रीय जोगी ७०. दश नामी सन्न्यासी (भारद्वाज गोत्रीय गिरी पुरी भारती सरस्वती आदि)  ७१. जोरा (डोटी) ७२. रुवाली (धादिङ) ७३. इटनी (सल्यानटार धादिङ) ७४. कालाखेती (सङ्खुवासभा) ७५. चमरेल ७६. घर्ती क्षेत्री (बलेवा चौर बागलुङ) ७७. लोहनी ७८. भारद्वाज गोत्रीय भ48डारी ७९. बागलुङका भारद्वाज गोत्रीय राजभ48डारी (नेवार) ८०. रानामगर (पाँच थर र झापा) ८१. थापा मगर (स्याङ्जा बिरुवा अर्चले) ८२. लौडारी ८३. महरा (डोटी) ८४. कैनी (ग48डकी अञ्चल) ८५. अकौलिया (धादिङ) ८६. बराकोटी (रिचोकटार मलेखु) ८७. मल्ल ठकुरी (पश्चिम) ८८. तलेजु भवानी काठमाडौँका पुजारी खलक (झोछंेंँ र वटु टोलका भारद्वाज गोत्रीय राजभ48डारी नेवार) ८९. ठकुन्ना (दार्चुला र कालीपारि कुमाउँ गढवाल) ९०. द्विवेदी तथा दुवे (पर्सा र बारा) ९१. भारद्वाज गोत्रीय त्रिवेदी परिवार ९२. भारद्वाज गोत्रीय चतुर्वेदी तथा चौवे परिवार ९३. मिथिला क्षेत्रका भारद्वाज गोत्रीय कृष्ण यजुर्वेदीय झा परिवार ९४. मिथिला क्षेत्रका भारद्वाज गोत्रीय कृष्ण यर्जुर्वेदीय मिश्र परिवार ९५. बत्तीस पुतलीका मकै सुब्बाबाट प्रख्यात जोशी ९६. गयाका टाटक थरका भारद्वाज गोत्रीय ब्र्रा235मण परिवार (भारत) ९७. मिश्र थरका भारद्वाज गोत्रीय ब्र्रा235मण परिवार ९८. बंगाल प्रान्तका भारद्वाज गोत्रीय बोेस (बसु) परिवार ९९. राजस्थान प्रान्तका भारद्वाज गोत्रीय शर्मा परिवार १००. हरिद्वार बद्रीनाथ केदारनाथ र उत्तर प्रयागतिरका भारद्वाज गोत्रीय मिश्र परिवार १०१. सप्तरी जिल्लाका देव/कायस्थ र चौधरी १०२. सिंजापति १०३. भारद्वाज गोत्रीय सिंजापति बानिया १०४.भारद्वाज गोत्रीय  सिंजापति भ48डारी १०५. सिंजापति थकाली १०६. ठहिंटीका जोशी परिवार  
(नेवार) १०७. इटुं बहालका केही तुलाधर परिवार १०८. भारद्वाज गोत्रीय ठाकुर थर १०९. भारद्वाज गोत्रीय तिवारी (सर्लाही) ११०. भारद्वाज गोत्रीय देव थरका चौधरी १११. बुर्लाकोटी (धादिङ) ११२. बहुगुणा ११३. नौटिवाल (उत्तर काशी) ११४. उनीयाल ११५. सेमुयाल ११६. खन्डुली ११७. कोटियाल ११८. राजपुत विष्ट (चमौली) ११९. नाई ठाकुर।  
भारद्वाज गोत्रअर्न्तगत ३ प्रवर र विभिन्न थरिका थरहरू पर्दछन्। भारद्धाज अङ्गिरस र बार्हस्पत्य यी ३ प्रवर भारद्वाज गोत्रका हुन्। 
 
२.६.१   भाइ खलक :  प्रवर 
गोत्र भन्नाले एकाघरका वा एउटै घरको परिवार बुझाउँछ। एउटै ऋषिका सन्तानलाई गोत्र भनिन्छ र हरेक गोत्रका प्रवर हुन्छ। प्रवर ऋषिका भाइ खलकसँग सम्वन्धित हुन्छ त्यसैले प्रवरलाई सगोत्री पनि भन्ने गरिन्छ।  
भारद्वाज–भारद्वाज गोत्रका बिच बिहेवारी गर्न हुँदैन्। त्यस्तै एउटै प्रवर– प्रवरबिच पनि बिहेबारी पनि गर्न हुँदैन। वैज्ञानिक तथा शास्त्रीय मान्यताअनुसार पनि एउटै वंशका व्यक्तिका बिच पनि विहेवारी गर्न हुँदैन। भारद्वाजअर्न्तगत त्रिप्रवर रहेको छ। यसको अर्थहरू हुन्छ– तीन गोत्रहरू तथा प्रवर बिहेवारीको कार्यमा मात्र व्यवहारमा लागू हुन्छ। भारद्वाज गोत्रका त्रिप्रवर (दाजुभाइ) भरद्वाज अंगीरस बार्हस्पत्य हुन्छन्। प्रवरले पुर्खा सन्तान र गोत्र फैलाउने ऋषिका सन्तानलाई पनि जनाउँछ।  
३.  भारद्वाज गोत्र ब्र्रा235मणहरूको वंशको प्रारम्भ 
भारद्वाज गोत्रका ब्र्रा235मणहरूको उद्गम स्थल रुसको दक्षिणी भू भागमा पर्ने ककेसिया शंृखलाको फेदी उपत्यका र मैदानी भाग हो।१३ ब्र235म त140वको ज्ञान प्राप्त गर्ने व्यक्तिलाई ब्र्रा235मण भनिन्छ। वेद तथा अठार पुराणको रचना पनि ककेसियामा नै भएको अनुमान गरिएको छ।  

३.१  रुसको ककेसियाबाट ब्र्रा235मणहरूको बसाइ सराइ 
भारद्वाज गोत्रीयहरू ककेसियामा मात्र सीमित न भई बसाइ सराइका क्रममा विभिन्न ठाउँमा स्थानान्तर भएका देखिन्छन्। १००० देखि ५००० इसा पूर्वको अवधिमा केही ब्र्रा235मणहरू इटली हँुदै युरोपतिर गएका थिए भने केही चाहिँ पाकिस्तानस्थित सिन्धु उपत्यकातर्फ गएका थिए।१४ यसै समयमा वेदको रचना समेत भएको हो भनिन्छ। 
भारद्वाज गोत्रीय ब्र्रा235मणहरू आर्य समूहका पढे लेखेका व्यक्ति थिए। यी ब्र्रा235मणहरू निम्न स्थलतर्फ स्थानान्तरित भएका देखिन्छन् :  

३.१.१  दक्षिण भारत 
दक्षिण भारतमा पर्ने कोंकण क्षेत्रमा बस्ने भार्गव ब्र्रा235मणका पिता थिए। यिनी वि. सं ९१९ मा कोंकड राज्यमा प्रवेश गरेका थिए। यस क्षेत्रमा यी ब्र्रा235मणहरूका तेर पुस्ताले जीवन यापन गरेका देखिन्छ। त्यतिखेर कोंकण राज्यमा चन्द्र वंशी राजा राज्य गर्दथे। उनका स235योगीमा रूपमा मन्त्री भार्गव ब्र्रा235मणलाई नियुक्त गरिएको थियो। चन्द्र वंशी राजाको शासन काल (वि.सं ७५९–१८४७) कै अवधिमा भार्गव ब्र्रा235मणका छोरालाई तात्कालिक राजाले पंक्ति पावन उपाधि सम्मान स्वरूप दिएर कंोंकण राज्यमा स्थापित गरेका थिए। कंोंकण राज्यमा यी ब्र्रा235मणहरू ५००० इ.पू. देखि १००० इ.पू. सम्म रहेका  
थिए।१५ 
३.१.२  पन्तहरूको मूल थलो कुमाउ147 
पहिलेको नेपाल मानिने कुमाँउ गढवाल नेपालको महाकाली नदीसँगै जोडिएको पहाडी तथा हिमाली भू भाग हुन्। कुमाउँको पूर्वमा महाकाली नदी पर्दछ भने पश्चिममा गढवाल क्षेत्र पर्दछ। कुमाउँलाई पन्तहरूको मूलो थलो मानिन्छ। कुमाउ147बाट आएका हुनाले पन्तहरूलाई कुमाइँ भन्ने गरिन्छ। त्यसैले कुमाउँ क्षेत्रलाई कूर्माञ्चल पनि भनिन्छ। भारतमा पर्ने नैनीताल अलमोडा हलद्वानी टनकपुर पिथौरागढ आदि क्षेत्र कुमाउँमा पर्दछन्।  कुमाइँ ब्र्रा235मण विख्यात शास्त्री पण्डित बुद्धिमान् र धनी मानिन्छन्।१६ 
कूर्माञ्चल तथा गढवाल क्षेत्रका हिमवत् ख48डमा बद्रीनाथ केदारनाथ गंगोत्री र यमुनोत्री जस्ता प्रसिद्ध चार धाम रहेका छन्।  
चन्द्र वंशी राजाका पालमा वि.सं १३५७ मा मुसलमान अलाउद्दीन खिल्जीले देव गढ राज्यमा आक्रमण गरेर त्यहाँका राजा शंकरदेवको हत्या गरेका थिए। त्यसपछि मुसलमान र आर्य हिन्दूका बिच सधैँ द्वन्द्व हुन थाल्यो। खिल्जीका सेनाले हिन्दूहरूलाई दुःख दिन थाले। त्यस क्रममा भारद्वाज गोत्रीय ब्र्रा235मणहरू जिउ धन र धर्मको रक्षाका लागि कुमाउँतिर लागेको थिए। कुमाउँमा प्रवेश गर्ने यस वंशका प्रथम व्यक्ति जयदेव पन्त थिए। उनले वि.सं. १३६० कुमाउँ प्रवेश गरेका थिए।१७ कुमाउँमा अझै पनि पन्तहरूका वंशज बसोबास गर्दछन्।  

३.१.२.१  कुमाउ147मा नेपालको शासन 
कुमाउँमा वि.स. १८४७ देखि नेपालको शासन थियो। त्यो शासन २५ वर्ष मात्र कायम रङ्गयो। त्यसताका भारतीय भूमिमा कुमाउँ गढवाल जस्ता ससाना राज्य थिए। ती राज्यहरूमा पन्तहरूले राज्य सञ्चालनका क्षेत्रमा मह140वपूर्ण जिम्मेवारी पाएका थिए। तात्कालिक परिवेशमा राज्य व्यवस्थामा सधैँ अस्थिरता रहेको हुन्थ्यो। नेपालको राज्य बिस्तार गर्ने क्रममा बहादुर शाहका  
वि.स. १८४३–१८५१) पालामा नेपाली फौजले महाकाली नदी पारिका प्रभावशाली तथा मह140वपूर्ण मानिने कुमाउँ र गढवालमा आक्रमण गरी तात्कालिक कुमाउँ राज्यका मन्त्री हर्षदेव जोशीको स235योगबाट वि.सं. १८४७ चैत्र ११ मा राजधानी अलमोडामा कब्जा जमाएपछि कुमाउँ नेपालको अधीनमा आएको थियो।  त्यसरी नै नेपाली फौजले वि.सं १८६१ मा गढवालका राजा प्रद्युम्न शाहलाई पराजय गरी गढवाल पनि नेपालको अधीनमा आएको थियो।१८ 

  हाल भारतीय भूमिमा पर्ने कुमाउँ सिरमोर अस्कोट गंगोली शिर सोर किच्छाहा बुसेर गंगा चमोली बार ठकुराई अठार ठकुराई कहलुर क्ठेर कत्युर बद्री केदार हुँदै अलकनन्दासम्म नेपाली सेनाले चन्द्र–सूर्याङि्कत झन्डा फर्फराएको थियो।१९ नेपाल र अंग्रेजको युद्ध (वि.स..१८७१–१८७३) हुँदा नेपालीहरूले देहरादुन नाहान नालागढ जितिगढ रामगढ अल्मोडा लगायत धेरै ठाउँ गुमाउनु परेको थियो। वि.सं. १९१७ मा बाँके बर्दिया कैलाली कञ्चनपुर श्री ३ जङ्गबहादुरले फिर्ता अंग्रेजबाट फिर्ता पाएका थिए।२० 
वि.सं १८७२ चैत्र १ तदनुसार ४ मार्च सन् १८१६ मा सुगौली भन्ने स्थानमा दिउँसो २.३० बजे भएको सन्धिमा नेपालको अधीनमा परेका भू भाग टिस्टा–सतलजसका ३७७६ वर्ग किलोमिटर भूमि अग्रेज सरकारलाई बुझाउने सर्त भए अनुसार कुमाउँ र गढवाल लगायतका भू भाग नेपालले गुमाउनु परेको थियो।२१ 
सुगौली सन्धि हुनुभन्दा पूर्व नेपालको कुल क्षेत्रफल १४९११७ वर्ग किलोमिटर थियो। हाल ३७७६ वर्ग कि.मि घटेर १४७१४१ वर्ग किलोमिटर रहेको छ।२२ 

३.१.३ नेपालमा ब्र्रा235मणहरूको बसाइ सराइ 
नेपालमा अधिकतर ब्र्रा235मणहरू भारतबाट आएका हुन्। एघारौँदेखि तेरौँ शताब्दीसम्म भारतमा धेरै पटक आक्रमण हुँदा यिनीहरू नेपाल प्रवेश गरेका हुन् भनिन्छ।२३  त्यस बखत भएका केही आक्रमण र तिनका कारण नेपाल पसेकाहरूको विवरण यहाँ दिइएको छ :   
क.  शहाबुद्दीन मोहम्मद गोरीको सन् ११९३–१९९४ को आक्रमणका कारण केही राजपुतहरू नेपाल पसेका थिए। 
ख.  सन् ११९९ मा भएको बख्तियार खिल्जीको आक्रमणले गर्दा सेन वंशीहरू त्रिवेणी हुँदै सिम्रौनगढ पसेका थिए।  
ग.  सन् १३३२ मा मोहम्मद तुगलकले अयोध्यामा आक्रमण गर्दा राजा देवसिंह सिमरौनगढ हुँदै काठमाडौँ पसेका थिए। 
घ. सन् १३४९ मा तैमुरलङले हरिद्वारमा आक्रमण गर्दा तीर्थ गर्न गएका पाल्पाली राज ऋतुराज सेनमाथि पनि हमला भएको थियो। त्यस क्रममा पनि नेपाल पस्ने काम भएको थियो।  
ङ.  संवत् १६७७ मा जहाँगीरले काँगडामा हमला गर्दा अनेकौँ हिन्दूहरू नेपाल पसेका थिए।  
भारतमा शान्ति सुरक्षा न भएकोले नेपाल प्रवेश गर्ने क्रम निकै बढेको थियो। अर्को मत अनुसार दक्षिण भारतबाट नेपालका ग48डकी कोसी कर्णाली आदि नदीका तिरतिरै देवघाट बराह क्षेत्र रिडी गोसाइँ कु48ड मुक्तिनाथ सभा पोखरी साल्पा पोखरी कैलास मानसरोवर आदि तीर्थ स्थलहरूको भ्रमण गर्ने चलन प्राचीन कालमा थियो। त्यसरी तीर्थ यात्रा गर्ने क्रममा कतिपय यात्री नेपालमै बस्न थालेका पनि हुन्। पन्तहरू पनि यही क्रममा नेपाल पसेका हुन्।  

३.१.४  कुमाउ147बाट पन्तहरूको नेपाल बसाइ सराइ 

चौधौं शताब्दी अर्थात् वि.सं १३६० मा जयदेव पन्तले कुमाउँमा बसाइ सराइ गरेपछि कोंकण देवगढ लगायतका विभिन्न राज्यमा राजनीतिक अस्थिरता व्याप्त हुन थाल्यो। भारतमा मुगल साम्राज्य शक्तिशाली भएकै बखत कुमाउँका शक्तिशाली राजा रुद्र सेनले नेपालका डोटी र जुम्लालाई आ186नो नियन्त्रणमा लिएका थिए भनिन्छ।२४ 
त्यतिखेर त्यस बखत मुसलमानहरूले हिन्दूहरूलाई देखी सहँदैनथे। तिनीहरूको अत्याचारबाट त्राण पाउन र धर्म जिउ तथा धन बचाउन जयदेव पन्तका वंशज यत्रतत्र छरिन बाध्य भए। सोही क्रममा यस वंशका सन्तति नेपालमा पसेका हुन्। कुमाउँनी र नेपाली संस्कृति मिल्दोजुल्दो भएकोले तिनलाई नेपालको बसाइ उपयुक्त लागेको हो।   
४.  वंशजको चिनारी स्वरूप पन्तलाई राठ उपाधि  कुमाउँमा पन्तहरूले राजगुरु सेनापति आदि राज्यका प्रमुख मानिने पद पाप्त गरी ख्याति आर्जन गरेको देखिन्छ।पन्तका पुर्खाहरू बफादार भएर जिम्मेवारीमा आएको काम गर्ने भएकाले जयदेवका दसौँ एघारौँ र बारौँ पुस्ताका सन्ततिलाई तात्कालिक कुमाउँनी शासकले वंशजको चिनारीका लागि राठ पदवी दिएका थिए।२५ 
४.१  कुमाउ147मा सात थरी पन्त 

कुमाउँमा सात थरीका पन्तहरू देखिएका छन्। तिनै पन्तहरू भारतबाट नेपालका पाल्पा बागलुङ लमजुङ आदि स्थानमा बसाइ सरेर आएका हुन् भनिन्छ। ती पन्तहरू निम्न लिखित हुन् :  
क्रम पन्त पुर्खा उपाधि जयदेवदेखि 

१.  भवि (भवदास) सेनापति  भवि राठज्यू दसौँ पुस्ता 
२. गौतमदेव पन्त गौतमदेव राठ दसौँ पुस्ता 
३.  श्रीनाथ पन्त (राजगुरु) श्रीनाथ राठ दसौँँ पुस्ता 
४. माधव पन्त माधव राठ दसौँ पुस्ता 
५. नाथु पन्त नाथु राठ दसौँ पुस्ता 
६. भागीरथ पन्त शर्मा राठ एघारांैँ पुस्ता 
७. मनोरथ पन्त हटवाल पन्त राठ बारौँ पुस्ता 
४.२  कुमाइ147का कान्यकुव्जी गोत्रप्रवरावली 

भारतको उत्तर प्रदेश अर्थात् ब्र235मावर्त (कान्यकुब्जी) राज्यमा बसोबास गर्ने पन्तहरूका गोत्र तथा प्रवर ३७ वटा रहेका छन्। ती यस प्रकार छन् : २६ 
क्रम ग्ाोत्र प्रवर 

१. अगस्ति अगस्ति– जैमिनी – दधीचीति। 
२. अङ्गिरस अङ्गिरस– बार्हस्पत्य – औदुम्बरेति। 
३. आत्रेय आत्रेय– शातातप – सांख्येति। 
४. आलावुक सागर – गौतम – वसिष्ठेति। 
५. उपमन्यु उपमन्यु – कपिल– विरूजेति। 
६. औशनस गौतम – वैतहव्य – सेनीति। 
७. कनवट कनवट – अश्वत्थ – देवलेति। 
८. कपिल  कपिल – काञ्चन – विश्वामित्रेति। 
९. कात्यायन कात्यायन – विष्णु – अङ्गिरसेति। 
१०. कान  अश्वत्थ – देवल – देवसेनेति। 
११. काश्यप  काश्यप – वत्स – नैधु्रवेति। 
१२. कृष्णात्रि कृष्णात्रेय – आश्वलायन – सारस्वतेति। 
१३. कृष्णाबसु शव्य – च्यवन – सारस्वतेति। 
१४. कौडि48य कौण्डिन्य – अत्रि – कौशिकेति। 
१५. कौशिक  कौशिक – जमदग्नि – आपस्तवेति। 
१६. गर्ग गार्ग्य–घृतकौशिक–मा48डव्य–अथर्व वैशम्पायनेति। 
१७. गौतम अङ्गिरा – वसिष्ठ – बार्हस्पत्येति। 
१८. जमदग्नि अङ्गिरा – वसिष्ठ – और्वेति। 
१९. पाराशर पाराशर – वसिष्ठ – शक्तीति। 
२०. बृहस्पति बृहस्पति– कपिल– पार्वणेति। 
२१. भारद्वाज भारद्वाज –अङ्गिरस – बार्हस्पत्येति। 
२२. भ्ाार्गब भ्ाार्गव – और्व –च्यवन – अनर्घ्य –जामदग्नीति। 
२३. मिहिरासन मिहिरासन – वसिष्ठ –और्व– च्यवन जामदग्नीति। 
२४. मिहिल  मिहिल–असित–देवेलेति। 
२५. मौनस  मौनस वैतहव्य–सेनेति। 
२६. वत्स वत्स –और्व – च्यवन –भार्गव – जामदग्नीति। 
२७. वशिष्ठ वसिष्ठ –वासिष्ठ– शाक्त– पाराशर– च्यवनेति। 
२८. विश्वामित्र विश्वामित्र – मरीचि – कौशिकेति। 
२९. विष्णुबुद्धि विष्णुबुद्धि –कौत्स –पुच्छदश्चितेति। 
३०. वैयाघ्र  वैयाघ्र –साङ्कृति –मा48डव्येति। 
३१. श्ाकटायन श्ााकटायन–आङ्गिरस–अलभ–आथर्वण–वैशम्पायनेति। 
३२. श्ााण्डिल्य श्ााण्डिल्य – असित – देवलेति। 
३३. शिशिहर शिशिहर– कौशिक– जामदग्नीति। 
३४. शौनक शौनक –वसिष्ठ –व्यावरेति। 
३५. साङ्कृत्य साङ्कृति –वसिष्ठ –व्यावरेति। 
३६. सावर्ण सावर्ण –और्व –च्यवन –जामदग्न्य आपल्वायनेति। 
३७. हारीत  हारीत –देवरात –विश्वामित्रेति। 
 
५.  पन्तहरूका प्रकार  
नेपालमा पन्तहरू कति प्रकारका छन् भन्ने बारे अहिलेसम्म किटानका साथ भन्न न सकिने अवस्था छ। कसैले नेपालमा पन्तहरू बार प्रकारका छन् भन्दछन् भने कसैले चौध प्रकारका भनेका छन्। नेपालमा रहेका पन्तहरू भारतको उत्तर प्रदेशको कान्यकुब्ज भन्ने स्थानबाट आएका हुन् भनिन्छ। ती पन्तहरू निम्नानुसार छन् :   
१. पुरुष पन्त २. नाथु पन्त ३. गना पन्त ४. वनमाली पन्त ५. गौतम पन्त ६. भवी पन्त ७. श्रीनाथ पन्त ८. लदौली पन्त ९. शर्म पन्त १०. वसु पन्त ११. माधव पन्त १२. हटुवाल पन्त १३. दमा  १४. मनोरथ पन्त। 
५.१  कान्यकुब्जी ब्र्रा235मण नै नेपालका पन्तहरू 
भारतको उत्तर प्रदेशमा पर्ने फरुखाबाद भन्ने ठाउँलाई कन्नौज भनिन्छ। कन्नौजका बासिन्दा ब्र्रा235मण वा वर्तमान कन्नौजको आसपासमा पर्ने प्रान्तलाई कान्यकुब्ज भनिन्छ। यही सोही क्षेत्र ब्र235मावर्तका रूपमा पनि चिनिँदै आएको  
छ। प्राचीन कालमा यस ठाउँमा राजा गाधिको राजधानी थियो। भविष्य पुराणको प्रतिसर्ग पर्व ४/३/ ५०–५१ मा उल्लेख गरिए अनुसार राजा राष्ट्रपालका प्रजय नामका छोराले शारदादेवीको तप गरेपछि कन्याका रूपमा प्रकट भएर उनले प्रजयलाई यो नगर दिएकी थिइन्। यो नगर केही टेढो थियो। यसरी कन्याद्वारा बनाइएको र टेढो भएको हुँदा यसलाई कान्यकुब्ज भनिएको हो।   
कान्यकुब्जका उत्तरमा गङ्गा दक्षिणमा पा48डुरा पश्चिममा ईश सरिता र पूर्वमा मर्कण पक्षीको स्थान थियो भनिन्छ। पन्तहरू यस क्षेत्रका ब्रा235मण भएकाले तिनको प्रादुर्भाव पनि यहीँ भएको हो भन्ने मत समेत प्रचलित छ।  
ब्र235मावर्त (कान्यकुब्ज) का राजा रुद्रसेनका राज्य कालमा पण्डित जनार्दन पन्त तथा शारदा पन्तका गर्भबाट बार छोराहरू जन्मेका थिए। तिनीहरू विभिन्न क्षेत्रतिर लागे अनुसार तिनका विविध भेद बनेका हुन्। पन्तहरू गएका क्षेत्र तथा तिनले पाएका पदवीको विवरण यस प्रकार छ : २७  
क्रम  नाम पदवी क्षेत्र 
१. पुरुषोत्तम पन्त  पण्डित प्रधान मन्त्री 
२.  नाथु पन्त पण्डित मन्त्र दाता 
३. श्रीनाथ पन्त पुरोहित कर्मका48ड 
४. शर्मा पन्त पण्डित ज्योतिषी 
५. वसु पन्त पण्डित परराष्ट्र 
६. भवेश्वर (भगी) पन्त पण्डित सेनाध्यक्ष (काजी) 
७. गजा पन्त पण्डित बालकाव्य हात्ती विशेषज्ञ 
८. हटुवाल पन्त पण्डित  न्याय (न्यायाधीश) 
९. भेटुवाल पन्त पं (वैद्य) कविराज 
१०. दमा पन्त पं (नगरा) वाद्य वादन 
११. शिवाकोटी पन्त पं (पुजारी) धार्मिक (मन्दिरतर्फ) 
१२ बिर्सुवाल पन्त पण्डित सरसफाइ 
यसै गरी उपमन्यु गोत्र अन्तर्गत दुई थरी पन्तहरू देखिएका छन् :   
०१  श्रीमाली पन्त उपमन्यु गोत्र 
०२  जोगडिया पन्त उपमन्यु गोत्र 
५.२  लमजुङका भारद्वाज पन्त वंशको बिस्तार  

क.  कुमाउ147बाट पाल्पाको दैला थुमतिर बसाइ सराइ 
एघारौँ शताब्दीमा दक्षिण भारतको महाराष्ट्र प्रदेशको कोंकण राज्यमा जयदेव पन्तले आधिकारिक रूपमा पन्त शब्द लेख्न थालेपछि तिनका सन्तान मल्ल राजाका पाला सौरौँ शताब्दीमा नेपालमा प्रवेश गरेका हुन्। पाल्पामा बसाइ सराइ गर्ने भारद्वाज गोत्रका मूल पुरुष गौरेश्वर पन्तका बाबु राजु थिए। 
भारतबाट बसाइ सराइका क्रममा पन्तहरू पाल्पाको दैला थुममा बसोबास गर्न थालेका हुन् भन्ने कुरा गोविन्द पन्तबाट प्राप्त लालमोहरले प्रमाणित गर्दछ। तिनका सन्तान लमजुङको स्याउतमा आज पनि बसोबास गर्दछन्। डा.शास्त्रदत्त पन्तले नेपालका पन्तहरूको इतिहासमा उल्लेख गरे अनुसार करिब दुई सय वर्ष अघि कुमाउँबाट नेपालको मुक्ति क्षेत्रमा दर्शन गर्ने क्रममा बागलुङको बाटो भएर आउँदा तात्कालिक मल्ल राजाका रजौटाले गुरुका रूपमा बागलुङको गैरा गाउँमा पन्तलाई सम्मानका साथ बसाएका थिए। तिनै पन्तहरू पछि नेपालका विभिन्न ठाउँमा बस्न थालेका हुन्।  

ख.  पाल्पाबाट लमजुङको स्याउततिर 
पाल्पाबाट लमजुङको स्याउतमा बसाइ सराइ गर्ने पन्तका पुर्खा हरिनिधि पन्त हुन्। यिनी गौरेश्वर पन्तका चौथो पुस्ताका सन्तान हुन्। हरिनिधि पन्त लमजुङे राजाका पुरोहित थिए। स्याउतमा अझै पनि भारद्वाज गोत्रीय सन्ततिका ५०/६० घर परिवार छन्। यी पन्तहरूले स्याउतबाट राई नाश नुवाकोटको थान्सिङ र काठमाडौँको कोटेश्वरमा पनि बसाइ सराइ गरेको देखिन्छ। नेपाली साहित्यको माध्यमिक कालका कवि पद्मविलास पन्तका कान्छा भाइ चन्द्रदत्त पन्त स्याउतबाट नुवाकोटको थानसिंङ नुवाकोट बसाइ सरेका थिए। यिनका केही सन्तान काठमाडौँको ठमेलमा बसोबास गर्दछन्।  

अ.  लमजुङको स्याउतबाट चितवनको राई नाशतिर 
स्याउतबाट राई नाश (हालको तार्कुघाट गाविस वडा नं–५) तिर बसाइ सराइ गर्ने मूल व्यक्ति पद्मविलास पन्त हुन्। पद्मविलास पन्तका ब्र्रा235मण र क्षेत्रिनी गरी दुई श्रीमती थिए। अंशव48डाका क्रममा क्षेत्रिनीतर्फका भाइ खलक पनि राई नाशतिर बसाइ सरे भने ब्र्रा235मणीतर्फका सन्तान स्याउतमै बसे। वंश बढ्दै गएपछि ब्र्रा235मणीतिरका भाइहरू पनि राई नाशतिर बस्न थाले। पछि तिनीहरूले झापा भरतपुर चितवनतिर बसाइ सारे।  

आ.  तार्कुघाटबाट चितवनतिर माथि भनिएका पन्तहरू वि.सं १९९५ मा राईनाशबाट उपर दाङ सेरबासतिर लागे। भरतपुर चितवनतर्फ जाने मूल व्यक्ति खड्गबहादुर पन्त थिए। उनी पद्मविलास पन्तका माहिला छोरा थिए। खड्गबहादुर केही वर्ष तात्कालिक कुन्छा सदर मुकाममा राइटरका रूपमा पनि थिए। २००७ सालमा हालको तार्कुघाट गाविस वडा नं–५ मा अंशव48डा गरेपछि उनी चितवनतिर लागे। चितवनमा उनले जमिन्दारी गरे। त्यहाँ उनले सोर बिगाह जग्गा पनि पाएका थिए। औलोको प्रकोप भएको सो जिल्लामा बस्ती बसाल्न यिनले निकै ठुलो भूमिका रहेको थियो। २०३७ सालमा दमको बेथाले यिनको निधन  
भयो। यिनका गोपाल भैरव श्याम गोरख नन्दन कुमार सिन्धु  र श्रीमताम् गरी आठ भाइ छोरा भरतपुरमा नै बस्दछन्। यिनीहरूमा  धेरैजसो नौरंगे र केही चाहिँ नारायणघाटमा बस्दछन्। जेठा गोपालबहादुरको परिवारमा कोही काठमाडौँ कोही पोखरा र कोही तार्कुघाटमा बस्दै आएका छन्। खड्गबहादुर गणेशबहादुर र तिलकबहादुरका परिवारमा पनि कोही चितवन कोही पोखरा र काठमाडौँमा बस्दछन्।  

धिमिरेका पन्त 
लमजुङको धिमिरेमा आठ घर पन्तहरू बसोबास गर्दछन्। यिनीहरू श्रीनाथ पन्तका वंशज हुन्। धिमिरेमा यिनीहरू कार्की डाँडा चितीबाट आएका हुन्। कार्की डाँडामा भने यिनीहरू कुमाउँबाट नै आएका हुन् भनिन्छ। कुमाउँबाट आउने यस परिवारका मूल पुरुष नित्यानन्द पन्त हुन्। कार्की डाँडामा केही वर्षसम्म बसोबास गरेपछि जग्गा जमिन धिमिरे क्षेत्रमा भएको र खेतीपाती गर्न सजिलो हुने भएकोले श्रीनाथ पन्तको परिवार धिमिरेमा बस्न थालेको हो। श्रीनाथ पन्तका सन्तति विद्वान् तोयनाथ पन्तका अनुसार  फलिया साँगुस्थित सेरा र सिम खेतको फाँटको करिब एक सय मुरी जमिन यी पन्तहरूलाई लमजुङे राजाले बिर्ता दिएका थिए। धिमिरेबाट यी पन्तहरू हाल विराट नगर चितवन र बर्दियामा बस्न थालेका छन्। धिमिरेबाट चोक चिसापानीमा वि. सं २००६ सालमा सरेपछि व्यापार गर्ने क्रममा तार्कुघाट बजार क्षेत्रमा पोखरा काठमाडौँ जाने प्रमुख नाका भएकोले सो स्थानलाई प्रमुख वाणिज्य केन्द्र ठानेर यस परिवारका एकदेव तथा तोयनाथ पन्त २००९ सालमा आएर बसेका थिए। तोयनाथ पन्त हाल तनहुँको चिती खोलामा र उनका छोरा हरिदेव पन्त चितवनमा बस्दछन्।  
धमिली कुवाका हटुलवाल पन्तहरू 
लमजुङको धमिली कुवा गाविसमा हटुवाल पन्तका दस घर छन्। यहाँका हटुवालहरू बिसौंँ शताब्दीको प्रारम्भतिर चितीको सेराबाट धमिली कुवामा आएका हुन् भनिन्छ। यहाँ जानकीदत्त आएका हुन्। औरङ्गजेबको पालामा धर्म रक्षार्थ यिनी कुमाउँबाट यहाँ आएका थिए। यिनल सेरामा रैकर जग्गा प्राप्त गरेका थिए। २०४० सालको नापीपछि जानकीदत्तको परिवारका नामबाट हटाइएको थियो। यी हटुवाल पन्तका कुल देवता सूर्य र इष्ट देवता शिव हुन्। हटुवाल बाहेक यहाँ अन्य पन्तहरू पनि बसोबास गर्दछन्।  

उदीपुरका पन्तहरू 
लमजुङको उदीपुरमा बसोबास गर्ने पन्तहरू पाल्पाको हुँगीबाट आएका हुन्। त्यसपछि यिनीहरू तनहुँ जिल्लास्थित याम्दी बरादीमा बसाइ सरे। याम्दी बरादीमा अझै पनि केही पन्त बसोबास गर्दछन्। उदीपुरमा पन्तका केही घर छन्। यसै गरी लमजुङको चक्र तीर्थ गाविस वडा नं–५ मा भारद्वाज गोत्रीय पन्तहरू बस्दछन्। केही पन्तहरू तार्कु गाविसमा पनि छन्। तार्कु निवासी केही पन्त हाल काठमाडौँमा बस्दछन्। 

सन्दर्भ सामग्री 
१शास्त्रदत्त पन्त पन्त थरको थालनी नेपालमा पन्तहरूको इतिहास ग्रामीण विकास प्रतिष्ठान काठमाडौं २०६४ पृ.–६। 
२बालकृष्ण पोखरेल् नेपाली खस (काशी) जातिका थरहरू (वर्तमान कालमा) खस जातिको इतिहास उदात्त अनुसन्धान अड्डी विराट नगर२०५५ पृ.–६६७। 
३शास्त्रदत्त पन्त पन्त थरको थालनी नेपालमा पन्तहरूको इतिहास ग्रामीण विकास प्रतिष्ठान काठमाडौं २०६४ पृ.–६। 
४राजाराम सुवेदी नेपालको तथ्य इतिहास कुमाउँबाट मोर्चा साझा प्रकाशन पुल्चोक २०६१ पृ.–२०७–२०८। 
५बालचन्द शर्मा नेपालको ऐतिहासिक रूपरेखा (२०४२)। 
६ डी.आर.रेग्मी मेडिएभल नेपाल दोस्रो ख48ड पृ.–४५३। 
६क जयराज पन्त डोटी राज्यका तात्कालीक राजगुरु रघुनाथ पन्त साक्षी भएका केही ताम्रपत्र भावजा235नवी (पन्त समाज नेपालको मुखपत्र वर्ष–३ अङ्क–३ २०६९ पृ.–५–१७। 
७शास्त्रदत्त पन्त पन्त थरको थालनी नेपालमा पन्तहरूको इतिहास ग्रामीण विकास प्रतिष्ठान काठमाडौं २०६४ पृ.–६। 
८ ज्ञानबहादुर कार्की नेपालको राजनीतिमा क्षेत्री जाति :  एक सङ्क्षिप्त चर्चा स्वाभिमान क्षेत्री समाज कास्की पृ.–७७ २०६५। 
९ सुरेन्द्र के.सीं क्षेत्री वंश र संविधान सभाको प्रश्न क्षेत्री समाज कास्कीद्वारा २०६३ श्रावण २७ गते आयोजित विचार गोष्ठीमा प्रस्तुत गोष्ठी पत्र।  
१० पद्मनाभ त्रिपाठी हिमाल पञ्चाङ्गम् रूप235याभ्रनेत्र २०७१ मितविक्रमाब्दस्य नेपालदेशीयं पात्रो कभर पृष्ठ। 
११ बद्रीदत्त पा48डे कुमाउँका इतिहास श्याम प्रकाशन अलमोडा सन् १९९७ पृ.– २९९–५०६। 
१२राजेन्द्र सुवेदी (सं) भारद्वाज गोत्रका थरहरू अपर्णा (अनुसन्धानमूलक पत्रिका अंक–२) भारद्वाज संस्कृति सम्वर्द्धन केन्द्र बत्तीस पुतली काठमाडौं २०६७।  
१३ मोहनचन्द्र पन्त पन्तका इतिहास पिथौरागढ र कानपुर। 
१४मोहनचन्द्र पन्त  ऐजन। 
१५शास्त्रदत्त पन्त पन्तहरूको बसाइ सराइको इतिहास नेपालमा पन्तहरूको इतिहास ग्रामीण विकास प्रतिष्ठान (सिरुड) काठमाडौं २०६४ पृ.–६१। 
१६शिखरनाथ सुवेदी कुमाउँ ब्र्रा235मणको प्रादुर्भाव थरगोत्र प्रवरावली के. २३/११९ दूध विनायक वाराणसी–२२१००१ पृ.–२७।  
१७शास्त्रदत्त पन्त ऐजन। 
१८सुरेन्द्र के.सी. कुमाउँ र गढवाल विजय आधुनिक नेपाल पैरवी प्रकाशन काठमाडौं २०५९ पृ.–६०। 
१९बालचन्द्र शर्मा.गीर्वाणयुद्धविक्रम शाह नेपालको ऐतिहासिक रूपरेखा २०४२ पृ.–२५३। 
२०सुरेन्द्र के.सी. ऐजन।  
२१ राजाराम सुवेदी नेपालको तथ्य इतिहास कुमाउँबाट मोर्चा साझा प्रकाशन पुल्चोक २०६१ पृ.–२०७–२०८। 
२२ बुद्धिनारायण श्रेष्ठ नेपालको सिमाना :  सुगौली सन्धिको नेपाल भूमिचित्र  
(नाप नक्सा) के. प्रा. लि २०५७ पृ.–५६। 
२३ महेश्वर शर्मा स्याङ्जाका चौबीसे राज्यमा रुमलिंदा  आस्था प्रकाशन स्याङ्जा २०५६ पृ.–७–८ । 
२४मोहनचन्द्र पन्त : पन्तको इतिहास पिथोरागढ र कानपुर। 
२५मोहनचन्द्र पन्त  ऐजन। 
२६ शिखरनाथ सुवेदी कुमाउँ ब्र्रा235मणको प्रादुर्भाव थरगोत्र प्रवरावली के. २३/११९ दूध विनायक वाराणसी–२२१००१। 
२७कल्याण पन्त लमजुङे पन्तका आगमन लमजुङ बिसौनी लमजुङ–पोखरा विद्यार्थी सम्पर्क कमिटी पोखरा २०६५।  
२८कल्याण पन्त लमजुङे भारद्वाज गोत्रीय भवी पन्तको वंशावली (अप्रकाशित)।  

No comments:

Post a Comment