कात्तिक नाचमा सात दशक
पाटन- पाटन दरबारको माथिल्लो तलामा रहेको स्वर्ण आँखीझ्यालबाट राजा सिद्धिनरसिंह मल्ल सामुन्नेको चारनारायणको मन्दिरअगाडि कात्तिक डबलीमा कात्तिक नाच हेर्थे। राजा मल्लका भाइभारदारका लागि माथिल्लो बैठकमै अन्य झ्याल थिए। हाल पाटन संग्रहालयमा परिणत दरबारको माथिल्लो तलाको सुन्दरता र सम्पदाले नेपालको मल्लकालीन सम्पन्नता वर्णन गरिरहेको हुन्छ।
भूकम्पले ध्वस्त सोही चारनारायण मन्दिरअगाडि डबलीमा करिब चार शताब्दीपछि कात्तिक नाच सम्पन्न गर्न नाच संरक्षण समितिका पदाधिकारीलाई हम्मेहम्मे परेको थियो। मल्लकालीन सम्पन्नताको कथा सुन्दै नाचमै जीवन समर्पण गरेका पाटनका नेवार समुदायको नाचप्रतिको आस्था र मोहले कात्तिक नाचलाई जीवन्त राख्दै आएको छ।
यसरी जीवनका सात दशक नाचमै समर्पित गर्ने एक पात्र हुन् वाद्यवादन गुरु केशवकृष्ण श्रेष्ठ। केशव अहिले ७७ वर्षका भए। उनलाई पहिलो पटक बुवाले नाच मण्डली देखाउन ६ वर्षको उमेरमा डबलीमा ल्याएका थिए। केशवका बुवा हेमबहादुर, हजुरबुवा मानकृष्ण र कृष्णवीरपछि उनी र भाइ सौरभकृष्ण श्रेष्ठ तेस्रो पुस्ता हुन्। उनका छोरा सुनिलकृष्ण श्रेष्ठ र नारायणकृष्ण श्रेष्ठ मात्र होइन, नाति विवेक श्रेष्ठ र रविकृष्ण श्रेष्ठसहित पाँचौं पुस्ता पनि कात्तिक नाचमै रमाएको छ।
'बाले २००१ मा पहिलोपटक नाच देखाउन ल्याउनुभयो, २०१२ सालदेखि त मैले पनि गाउन र बजाउन सिकिसकेको थिएँ,' केशवले सम्झे। उनका अनुसार राजा सिद्धिनरसिंहले सुरुआत गर्दा नाच जम्मा पाँच दिन चल्थ्यो। त्यसपछि राजा श्रीनिवास मल्लले नाचमा विधा थपेर १५ दिन पुर्यारए। योगनरेन्द्र मल्लले नाचमा उषाहरण लीलासहितका विधा थपेपछि नाच महिनादिन चल्न थालेको हो।
'२००८ मा नाच नदेखाउने भनेपछि यही नासलचोकमा भेला भएर संर्घष भएको थियो। रक्षामण्डलले नाच देखाउन दबाब दिएको हो,' केशवले भने। उनका अनुसार २००७ मा भएको राजनीतिक परिवर्तनपछि नाच नै बन्द गर्ने निर्णय त्यसबेलाको सरकारले गरेको थियो। २००८ सालदेखि २०३८ सम्म नाच आठ दिनमात्र चल्थ्यो।
कात्तिक नाच संरक्षण समितिको स्थापनापछि नाचलाई १२ दिन देखाउन थालिएको थियो। नाचका लागि उहिल्यैदेखि नै गुठी संस्थानको छिमली अड्डाबाट सानो केराउ अझै आउने गरेको छ। 'हामी त्यही प्रसाद खाएर नाच्दै आएका छांै,' केशवले भने।
कात्तिक नाचमा गीत, धुन बाजा र नाच्नका लागि मल्लकालबाटै एउटै परिवारका सदस्यले भूमिका खेल्दै आएका छन्। बराहको पात्र कोत तहझाःका बंस खलक र नरसिंह राजोपाध्याय परिवार। परिवारका सदस्यले नाच, धुन र गीत आफ्ना सन्ततिलाई सिकाउँदै आएका छन्। 'हाम्रो बेलामा जस्तो छैन, अब सिक्न मान्दैन। हेर्न आउने मान्छे पनि थोरै हुँदै गयो,' केशवले दुखेसो पोखे।
कात्तिक नाच ललितपुरका प्रसिद्ध मल्ल राजा सिद्धिनरसिंह मल्लले करिब चार सय वर्षअगाडि चलाएको परम्परागत सांस्कृतिक नाच हो। दिनैपिच्छे फरकफरक नाच देखाइनु नै यो नाचको विशेषता हो। यो नाच श्रीकृष्ण लीलामा आधारित भएकाले यो नाचको मुख्य पात्र श्रीकृष्ण हुन्। नाचको अर्को मुख्य पात्र श्रीनृसिंह अवतार नाच हो।
उपाध्यक्ष शर्माका अनुसार राजा मल्लका लागि कृष्ण अवतार नाच कृष्ण मन्दिरका पुजारी हरिवंश उपाध्यायले स्थापना गरेका थिए। राजाका शिक्षा गुरु उपाध्यायले नै नाचका लागि आवश्यक राग, धुन, ताल, बाजागाजा र कलाकारको तयारी गरेको इतिहास छ। यस्तै, तलेजु मन्दिरका पुजारी तथा राजा मल्लका दिक्षा गुरु विष्णुनाथ उपाध्यायले नृसिंह अवतार नाचको प्रवन्ध गरेका हुन्। यस नाचमा दैत्य जगाउने गरिन्छ।
फोटो : कात्तिक नाचमा धुन र वाद्यवादक समूह र नासलचोकमा केशवकृष्ण श्रेष्ठ।

Source:http://nagariknews.com/society/nation/story/50165.html