Monday, October 5, 2015

Rajopadhyaya in News: पशुपतिनाथमा पहिले मूल पुजारी नेवार राजोपाध्याय .....

पशुपतिनाथमा पहिले मूल पुजारी नेवार राजोपाध्याय थिए,कसरी बिस्थापित भए ?

असोज १७ ,२०७२
हालको पशुपतिनाथ ज्योतिर्लिङ्ग काठमाडौँ उपत्यकाको उत्पति संगै भएको हो भन्ने बिश्वास गरिन्छ भने यसको अस्तित्व सत्ययुग मा नै रहेको भन्ने पनि अनुमान गरिन्छ | हाल पशुपति मन्दिर भित्रको बाहिरी भागमा देउपतन को चारकिल्ला भित्रको राजभण्डारीहरु मात्रै सहयोगी पुजारीको रुपमा बस्ने गरिएको छ | भने भित्रि मुख्य ज्योतिर्लिङ्गमा दक्षिण भारतको कर्नाटक मुलको कृष्ण यजुर्वेदी दिक्षा लिएको ब्रहामन/पंच द्रविड मात्रै मूल भट्ट बन्न पाउने नियम छ |
pashupatinath temple
पशुपतिमा बैदिक भन्दा पनि तान्त्रिक/आगमिक बिधिद्वारा पुजिने भएकोले बैदिक ब्राह्मणले स्थान पाउन नसकको हो, तर इतिहास को कालखण्ड कोट्याउने हो भने ,परापुर्बकालमा नेवार समुदाय भित्र कै
राजोपाध्याय ब्राह्मणहरु (दिक्षीतप्राप्त) द्वारा नै नित्य पुजा बिधि गर्ने गरिन्थ्यो | पशुपतिनाथमा हाल सम्म पनि नेवार भित्रका कपाली/दर्शनधारी लगयत अन्य जातिहरुले तान्त्रिक बिधि बाट पुजा गर्नु पर्ने चलन छ ||
तर राजोपाध्यायहरु कसरि बिस्थापित भयो भन्ने कुरामा इतिहासकारहरुले यसरी आंकलन गरेका छन् |
१) शंखराचार्यद्वारा राजोपाध्याय ब्राह्मणलाइ बिस्थापित गरि दक्षिण भारतबाट ल्याएको पुजारीलाइ नियुक्ति गरिएको |
२) राजा प्रताप मल्लले कुच बिहार र कर्नाटकको राजकुमारी बिबाह गरे पश्चात कर्नटका ब्राह्मणको उपत्यकाको आगमन संगै प्रताप मल्लले मूलभट्टको रुपमा पशुपतिनाथमा नियुक्ति दिएका थिए!
साथै किराँतकालमा पनि तत्कालिन किराँत परम्परा अनुसार नेपाली नै पुजारी भएको इतिहास छ |
पशुपतिको भेटिलाइ कानुनी दयारामा ल्याउनु पुर्ब सबै भेटिहरु मूलभट्ट र भण्डारीहरुले बाडेर खान्थे तर नेपाल सरकारले पशुपति बिकाश कोषको पहलमा तेस्लाई बैंक दाखिला मार्फत राष्ट्रीय कोषमा जम्मा गरे पछी सबै भेटि कुम्लायाउनु नपाए पछी यस्तो अबस्था आएको हो | तलब नै दिएर पनि पशुपतिको भेटिलाइ राष्ट्रिय कोषमा दाखिला गर्नु सक्नु अहिले को लागि सफलता नै मानु पर्छ |
बिस्तारै पशुपतिको भेटि सबै सरकारी कोषमा दाखिला गराउने ब्यबस्था हुनु पर्छ | तेस्को लागि सबै भन्दा पहिले अब नियुक्ति हुने मूल भट्ट नेपाली हुनु पर्ने परम्परा थालनी हुनु पर्छ |
प्रचण्ड नेतृत्व सरकारले  नेपाली  पुजारी  राखने साहस गरेको  थियो  तर  तत्कालिन  राजनैतिक अवस्थाले  त्यो  धेरै  दिन  कायम  रहनु सकेन  | तर अब  यो  तर्फ गम्भीर पहल  हुनै पर्छ ,नेपाली मन्दिरमा  नेपाली  मूल पुजारी न्युक्ति  गरेर  पशुपतिनाथको  भेटिलाइ समाजिककाम  लगाउनु  पर्छ  |
Source : http://ekoshi.com/highlight/%E0%A4%AA%E0%A4%B6%E0%A5%81%E0%A4%AA%E0%A4%A4%E0%A4%BF%E0%A4%A8%E0%A4%BE%E0%A4%A5%E0%A4%AE%E0%A4%BE-%E0%A4%AA%E0%A4%B9%E0%A4%BF%E0%A4%B2%E0%A5%87-%E0%A4%AE%E0%A5%82%E0%A4%B2-%E0%A4%AA%E0%A5%81/

No comments:

Post a Comment