Sunday, August 23, 2015

Rajopadhyaya in News : उज्यालोकर्मी राजोपाध्यायलाई मोती पत्रकारिता पुरस्कार

ज्यालोकर्मी राजोपाध्यायलाई मोती पत्रकारिता पुरस्कार

  • Posted: Saturday, Jul 25, 2015 17:34 PM

काठमाडौं, साउन ९ – नेवा प्रेस दबुले छैठौ वार्षिकोसत्व मनाउदै मोती पत्रकारिता पुरस्कार उज्यालो सहकर्मी शर्मिला सिल्भिया राजोपाध्यायलाई दिएको छ  । पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको पत्रकारलाई दिइने पुरस्कार राजोपाध्यायलाई दिएको हो ।
२०५२ सालदेखि विद्युतिय संचार माध्यममा संलग्न राजोपाध्याय नेपाल भाषाको पहिलो रेडियो कार्यक्रम  निर्माता तथा प्रस्तोता हुनुहुन्छ । यसभन्दा अघि राजोपाध्ययले एसिया पिपल्स प्याक्ट र नेपाल आदिवासी पत्रकार महासंघबाट आइभिए अवार्ड, प्रेस काउन्सिल नेपालबाट भाषागत प्रेस काउन्सिल पुरस्कार, नेपाल क्षयरोग प्रतिष्ठानबाट ओत्सुका अवार्ड पाइसक्नु भएको छ ।
त्यस्तै उहाँले उत्पादन गर्ने र उज्यालो नाइन्टी नेटवर्कबाट प्रसारण हुने कार्यक्रम लहनाले नेपाल भाषा परिषदबाट नेपाल सम्वत ११३३ मा चित्तधर ह्दय पुरस्कार पाएको थियो । त्यस्तै कार्यक्रममा प्रेस दबुले उपत्यकाका तीनजना व्यक्तित्वलाई अभिनन्दन गरेको छ ।
ललितपुरबाट साहित्यकार तथा समालोचक प्राध्यापक नर्मदेश्वर प्रधान,  काठमाडौंबाट परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ र भक्तपुरबाट कवि पूर्ण वैद्यलाई अभिनन्दन गरेको हो । कार्यक्रममा दबुको नयाँ नेतृत्व पनि चयन गरिएको छ ।
Source: http://ujyaaloonline.com/news/46438/prize/

No comments:

Post a Comment