Wednesday, August 19, 2015

अमेरिकामा बेलविवाह

अमेरिकामा बेलविवाह


साउन २५ - अमेरिकाको कोलोराडो नेवाः दबूले  नेवार संस्कार अनुसार बालिकाहरुको सामुहिक बेलविवाह (इही) सम्पन्न गरेका छन् । 
दबूसित सम्बद्ध धनेश रञ्जितकारका अनुसार पुरोहित वीरेन्द्र राजोपाध्यायले  आइतबार कोलोराडोमा रहेका नेवार चेलीहरुको सामुहिक बेलविवाह सम्पन्न गर्नु भएको हो । दबूले यसअघि नेपाल सम्बत्को नयाँ वर्षमा ‘न्हूदँया भिंतुना’ कार्यक्रम र धान्य पूर्णिमामा ‘योमरी’ खाने जस्ता कार्यक्रम गरिसकेको छ । आगामी दिनमा अन्य नेवार जीवनशैली अनुसारका संस्कार पनि आयोजना गर्दै जाने दबूसित सम्बद्ध अर्का सदस्य शैलेश रञ्जितकारले बताउनु भयो । 
काठमाडौं प्राचीन तल्लो भेग मजिपात, जोशीदेगल र लाखेननि टोलबाट अमेरिका गएर बसेकाहरुले नेवार संस्कारलाई निरन्तरता दिन दबू स्थापना गरेका हुन् । उनीहरुले नेपालमा भूकम्प पीडितहरुका लागि सहयोग गर्न पनि सहयोग रकम जुटाएको बताएका छन् । 
Source: http://ujyaaloonline.com/news/46937/ihi--in-colorado-/

No comments:

Post a Comment