Monday, April 8, 2013

मञ्चमा नयाँ नेतृत्व

मञ्चमा नयाँ नेतृत्व 
April 07th, 2013
(नेस,काठमाडौं) नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को शनिबार सम्पन्न नवौं साधारणसभाले अजय फुयालको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ।

मतदानमा प्रत्यासी हिमेशरत्न वज्राचार्यलाई हराएर फुयाल निर्वाचित भएका हुन्। तर हिजै बसेको मञ्चको नवनिर्वाचित केन्द्रीय समितिको बैठकले वज्राचार्यलाई सदस्यमा मनोनीत गरेको छ। १५ सदस्दीय कार्यसमितिमा दुई सदस्य पछि मनोनयन गरिनेछ भने मञ्चको विधानअनुसार निवर्तमान अध्यक्ष निरञ्जन राजवंशी कार्यसमितिमा रहनेछन्।

यसै गरी निर्विरोध विजयी हुनेमा प्रथम उपाध्यक्षमा ध्रुव तुलाधर, महासचिवमा महेश आचार्य, सचिवमा प्रकाश तिमिल्सना, कोषाध्यक्षमा प्रमोद पोखरेल रहेका छन्। दुई महिला सदस्यमा पवित्रा राउत र प्रतीक्षा दुलाल निर्विरोध चयन भएका थिए।

निर्वाचनबाटै दुई उपाध्यक्षमा दुर्गानाथ सुवेदी (देवेन्द्र) र रितेश रिजाल विजयी भए। तीन जना प्रतिस्पर्धा भएको उक्त पदका अर्का प्रत्यासी श्रीलोचन राजोपाध्यय थिए। कार्यसमितिको सदस्यतर्फ राजु घिसिङ र प्रज्जवल ओली निर्वाचित भए। सदस्यमा अन्य दुई गोविन्द रेग्मी र राजेन्द्र चापागाईं प्रतिस्पर्धामा थिए।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रकाश थापा प्रमुख रहेको निर्वाचन समितिमा शेषराज खतिवडा, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका महासचिव दीपक श्रेष्ठ निर्वाचन अधिकृत थिए। नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले साधारणसभाको उद्घाटन गरेका थिए।

No comments:

Post a Comment