Monday, April 8, 2013

राजोपाध्यको शब्दमा चाँगुनारायणको इतिहास


राजोपाध्यको शब्दमा चाँगुनारायणको इतिहास


चाँगुनारायण मन्दिरको शिलालेखमा उल्लेखित अभिलेख भएकोले एतिहासिक र धार्मिक दुवै दृष्टिकोणबाट माण्डव शैलीमा निर्मित चाँगुनारायण मन्दिरको विशेष महत्व छ
भ‌ृकुटी राई
जेष्ट ९, काठमाण्डौ
नेपालको इतिहास सम्बन्धि लिखित दस्तावेज चाँगुनारायण मन्दिरको शिलालेखमा उल्लेखित अभिलेख भएकोले एतिहासिक र धार्मिक दुवै दृष्टिकोणबाट माण्डव शैलीमा निर्मित चाँगुनारायण मन्दिरको विशेष महत्व छ । 

चाँगुनारायण मन्दिरका हालका मख्य पुजारी चक्र धरानन्द राजोपाध्यायको शब्दमा चाँगुनारायणको उत्पत्तिसम्बन्धि एक किम्बदन्ति सबैलाई रोमाञ्चक लाग्न सक्छ । उहाँका अनुसार परापूर्वकालमा हाल चाँगुनारायण अवस्थित डाँडा चाँप वा चम्पक रुखहरुले भरिएको वन थियो । त्यहि वनको छेउमा सुदर्शन नामक ब्राम्हण बस्नुहुन्थ्यो । ति ब्राम्हणको वरीपरि गोठालाहरु बसोबास गर्थे जसले ती ब्राम्हणको गाई चराउँथे र विहान-विहान ब्राम्हणको कुटीमा दुध पुर्याउँथे । एक्कासी धेरैदिनसम्म गोठालाहरु सुदर्शन ब्राम्हणलाई दुध पुर्याउन गएनन् । ब्राम्हण अचम्मित हुँदै खास कुरो बझ्न जाँदा एउटा कालो पुरुषले विहान-विहानै आएर गाइको थुन चुसेर भाग्दो रहेछ । दुध चोरेको झोकमा त्यस कालो पुरुषको शिर छेदन गरिदिए ब्राम्हणले । तर तीनै कालो पुरुष आफ्ना चारहातसँगै त्यहि उत्पत्ति भए । चार-हातकासाथ उत्पत्ति भएको देखेर सदर्शन ब्राम्हण आत्तिए र देवतालाई मारेको हो की भनेर पश्चाताप गर्दै मर्न तयार भए । तर त्यतिखेर नै उनलाई मर्नबाट रोक्दै कालो पुरुषको धारण गरेका विष्णु‍-नारायणले आफुले रचेको प्रपञ्चबारे विस्तृतरुपमा व्याख्यान गर्दै जाँदा पत्ता लाग्यो कि धेरै पहिला देवता र अशुरहरुको संग्राम भाथ्यो । ‘सुमति’ भन्ने ब्राम्हण दानवको तर्फबाट लड्न आएको थियो र विष्णु वाध्य भएर ति सुमति ब्राम्हणलाई मार्नु पर्यो । ति ब्राम्हणका गुरु शुक्रचार्यले यो कुरो पत्ता गरेपछि विष्णुलाई ब्रम्ह-ह्त्याको श्राप दिएका थिए । त्यो श्रापबाट मुक्त हुनको लागी सुमतिकै सन्तानले विष्णुको शिर छेदन गर्नुपर्दो रहेछ । यसरी सुमतिका सन्तान सुदर्शनले कालो पुरुष-धारण विष्णुको शिरछेदन गरेपछि विष्णु श्रापमुक्त भए र विष्णुले अब सुदर्शनलाई नै आफ्नो पुजारी हुन आग्रह गरे । त्यहि दिनदेखि चागुनारायणका पुजारीहरु सुदर्शकै सन्तान हुने गर्दछन र आफ्नो बुवा-आमा वितेपनि झुठो नपर्ने भएकोले सधै मन्दिरमा पुजा गर्नैपर्ने परिपाटि चलिआएको छ । यही परम्पारालाई आजपनि सुदर्शनकै सन्तानमा गनिने प्रमुख पुजारी चक्र धरानन्द राजोपाध्यायले दैनिक पुजा गरेर कायम गर्दै आउनु भएको छ ।
Source:

No comments:

Post a Comment