Monday, April 1, 2013

अमेरिकाको टेक्सासमा बेल-बिबाह नेवार समुदायमा हुने


अमेरिकाको टेक्सासमा बेल-बिबाह नेवार समुदायमा हुने


                
विकास राज न्यौपाने, टेक्सास, अमेरिका – नेपाल नेवाः एसोसीएसन् डि. एफ. डब्लुद्वारा परम्परागत इही (बेल बिबाह) यहि आउँदो  २०१३ अप्रिल ६ तारिखको दिन अमेरिकाको टेक्सास राज्यको अर्भिंग डल्लास शहरमा हुँदैछ । बेल बिबाह नेपालको नेवार समुदायमा हुने एक प्रकारको बिहे हो जसमा कन्या केटीलाई बेल (एक प्रकारको फल) संग बिबाह गरिन्छ । हिन्दु धर्म अनुसार बेललाई बिष्णु भगवान मानिन्छ, जस अनुसार कन्या केटीहरु भगवान बिष्णु संग बिबाह भएको मान्यता नेवार समुदायमा विश्वास छ । भविष्यमा यदि कुनै केटीको श्रीमान स्वर्गीय भएको खण्डमा पनि त्यो केटीलाई बिधुवाको संज्ञा नदिऊन भन्ने हेतुले यो परम्परालाई अहिले सम्म पनि जिउँदो राखिएको छ । बेल बिबाहमा दुवै हिन्दु तथा बौद्ध धर्मालम्बी नेवार समुदायको बाहुल्यता पाइन्छ ।

यो कार्यक्रमका लागि मेरिलेण्डका बहुचर्चीत गुरु बसभ राजोपाध्याय ज्यू आमन्त्रण गरिएको कुरा कार्यक्रमका सयोजक प्रमेश श्रेष्ठ बताउनु हुन्छ । राजोपाध्या ज्यूले मेरिलेण्डमा गरिने हरेक धार्मिक क्रियाहरु उहाँ कै मन्त्रउच्चारणबाट शुरु हुन्छ । अहिले सम्म उल्लेख्य मात्रामा सहभागीहरुको नाम दर्ता गरिएकोले आयोजक समूह यो कार्यलाइ भाब्यताका साथ सफल बनाउन तल्लिन देखिन्छ । कार्यक्रमका मिडिया प्रबन्धक स्वयम्भु शाक्य भन्नु हुन्छ: यो कार्यक्रम डालस शहरमा पहिलो पल्ट हुँदैछ, तेसैले यही बस्ने बिदेशी परिवार तथा  हाम्रो समुदायको DFW मेट्रो लगाएत आसपासका सहरहरुमा बसोबास गर्ने सम्पूर्णसाथीहरुलाई यो कार्यक्रममा निमन्त्रण गर्नुभएको छ ।
कार्यक्रमको जानकारी
Lien Hoa Buddhist Monastery & Temple
2030 Rose Street, Irving, TX
Time: 7:00am – 400pm
for more information: visit https://www.facebook.com/events/315703978533089/
IHI Ceremony

April 6 at 7:00am in EDT
Lien Hoa Buddhist Monastery & Temple, 2030 Rose Street, Irving, TX


Source:

No comments:

Post a Comment