Monday, April 8, 2013

परम्परा बिपरीत तस्वीर खिच्न खुल्ला


परम्परा बिपरीत तस्वीर खिच्न खुल्ला

By | Mar 30, 2013

भक्तपुर, चैत १७ । भक्तपुरको प्रसिद्ध तलेजु मन्दिरलाई नेपाल कै प्रमुख तलेजुका रुपमा मानिन्छ । भक्तपुरको तलेजु आफै उत्पत्ति भएको तलेजु हो, जसमा विभिन्न धार्मिक आस्था जोडिएको छ । यस्तो सम्पदाको संरक्षणमा सबैको चासो जानु आवश्यक छ तर जो सम्पदाको संरक्षक हुुन् उनीहरुले नै परम्परा बिगार्न थालेपछि भने सम्पदाको माया हुने जो कोहीको मन चसक्क हुने नै भयो । सम्पदाको संरक्षण गर्ने भक्तपुर नगरपालिका र पुरातत्व विभाग सम्पदा संरक्षण तथा दरबार हेरचाह कार्यालयले गत बर्ष देखि भक्तपुर नगरपालिका र पुरातत्व विभागको  मौखिक निर्णय मै यहााको फोटो खिच्न खुल्ला गरिएको छ । भक्तपुरको तलेजु प्रवेश गर्ने मूल चोकको ढोकामा रहेको प्रसिद्ध तोरणको तस्विर खिच्न युगौ देखि रोक लगाउदै आएको थियो।
अहिले यस क्षेत्रमा रहेका बहुमूल्य काष्ठकला तथा धार्मिक महत्व रहेको तान्त्रिक तोरणको स्वदेशी तथा विदेशी नागरिकलाई फोटो खिच्न खुल्ला गरेर तलेजुको सम्पदा माथि प्रहार गरिएको स्थानीय बुढापाका बताउछन् ।  यसबाट तलेजुमा रहदै आएको ईतिहास र धार्मिक महत्व मेट्ने भय उत्पन्न भएको उनीहरुको भनाई । यहााको तलेजु मन्दिरको सुरक्षा कै लागि नजिकै प्रहरी प्रभाग राखिएको छ जहाा प्रहरीको टुकडीले यहााको सम्पदाको संरक्षणमा विशेष ध्यान पुऱ्याएको पाईन्छ । प्रहरी प्रभाग हुदै तलेजु मन्दिर परिषर पस्न सकिने भए पनि प्रहरीले तलेजुमा पस्न वा फोटो खिच्न मनाही गरेको थियो । यता तलेजुको सुरक्षाको लागि नेपाली सेनाका एक जमदारको नेतृत्वमा १३ जनाको सेनाको टुकडी नै खटिएको छ । जसले गोल्डेन गेट देखि नै तलेजु र यहाा दरबार स्क्यावयर क्षेत्रको सुरक्षामा चासो दिईरहेको छ । नेपाल सम्बत ८१५ अर्थात विक्रम सम्बत १७५१ षौष १ गते शनिवार आफ्नो जन्मदिनको अवसरमा आफ्नो ईष्ट देवता तलेजुलाई खुसी पार्न शस्त्र, शास्त्र, संगीत, लगायतका सबै विद्यामा पारंगत भएका “सुमति मल्ल” ले बनाएको तोरण राजा जितामित्र मल्लले चढाएको यहाा कुदिएको अभिलेखमा उल्लेख छ । तान्त्रिक महत्व रहेको यो तोरणमा भैरब, गणेश, महिष मर्दिनी भगवति, बिभिन्न देवदेवीहरुको अत्यन्तै सुक्ष्म काष्ठकलाले युक्त यो तोरण नेपालमा रहेका तोरणको ईतिहासमा पहिलो तोरण भएको मानिन्छ ।
सुुक्ष्म, अत्यन्तै राम्रा र अर्थपूर्ण यो तोरणले यहाा भित्र स्थापित तलेजु भवानी, दुम्बाजु देवी, वाङ्कुली देवी, मानेश्वरी लगायतलाई प्रतिबिम्बित गरेको छ । तान्त्रिक महत्व रहेको तलेजुको मूल चोक आफै एउटा आगमघर र यहाा समाहित तलेजु तत्कालिन मल्ल राजाहरुको ईष्ट देवी भएको नाताले पनि यहाा जो कोहीलाई प्रवेश निषेध गरिएको सन्दर्भमा तत्कालिन राजा जितामित्र मल्लले तलेजु आगमघर भित्र रहेका देवीहरुलाई बाहिरैबाट दर्शन गर्नका लागि सो तोरण राख्न लगाएको हो । तसर्थ  यस तोरणलाई तलेजु कै प्रतिकका रुपमा मानिन्छ । 
भक्तपुरको तलेजु शक्तिशाली देवीको रुपमा मानिन्छ । जहाा अहिले पनि तलेजुका मूल नाईके, मूल पुजारी,राजोपाध्याय, कर्माचार्य जसले तान्त्रिक बिधि पुरा गरेका छन् उनीहरुले मात्र प्रवेश गर्न पाउने गर्दछ । नेपालको ईतिहासमा रहेका सबै राजपरिवारले आफ्नो ईष्ट देवीको रुपमा मान्दै आएको तलेजुमा तत्कालिन राजा महेन्द्र स्वयं आएर यहाा भित्रका गोप्य कुराहरु जानकारी लिन खोज्दा समेत यहााका मूल नाईके, पुजारी रकमीहरुले अनिष्ट हुने भन्दै जानकारी नगराएको सस्कृतिकर्मीको भनाई छ ।
तत्कालिन राजाहरु महेन्द्र, बिरेन्द्र र ज्ञानेन्द्र स्वयं आएर तोरण अगाडि बसेर फोटो खिच्न खोज्दा खिच्न नदिएको यो स्थानमा अहिले दैनिक सयौ स्वदेशी तथा विदेशी पर्यटकले खुल्लमखुल्ला फोटो खिचेर लाने गरेका छन् । तलेजुका मूल नाईके नरेन्द्र जोशीले नगरपालिका र पुरातत्वले तलेजुका नाईके तथा पुजारीलाई समेत कुनै जानकारी नदिई सम्पदा माथि ठाडो हस्तक्षेप गर्दै तोरणको तस्विर खिच्न खुल्ला गरेको बताउनुभयो । तस्विर खिच्न खुल्ला गरेको एकसाता पछि आफूले विदेशी पर्यटकले तोरणको फोटो खिचिरहेको देखे पछि आफूले रोक्न खोज्दा तलेजुको ढोका मै सुरक्षार्थ खटिएका सैनिकले यसबारे जानकारी गराएपछि थाहा पाएको बताउनुभयो ।
तलेजुका मूल नाईके जोशीले भन्नुभयो—“यो भनेको तलेजुको आगमघर हो, जसलाई तान्त्रिक बिधिबाट गोप्य राखिन्छ । यो बन्द मुठ्ठी जस्तै हो, यदि यो खुकुलो हुदै गएर प्रष्ट देखिए पछि यसको महत्व नै रहन्न । अनि हाम्रो ईतिहास, साास्कृतिक धार्मिक महत्व कहाा जिवित रहन्छ र ?”जोशीका अनुसार यो तान्त्रिक र वैदिक तरिकाबाट स्थापना भएको हो । अहिले पनि यहाा यो दुवै बिधिबाट पुजाआजा गरिदै आएको छ ।यसरी गोप्य रहेको चिजलाई एकै पटक खुल्ला गर्दा समस्या आउन सक्छ यसमा सम्बन्धित निकायले ध्यान नपुऱ्याए कै हो । जोशी भन्नुहुन्छ—“यहाा तस्विर खिच्न खुल्ला गर्नेबारे कुन आधारमा निर्णय भएको हो, कुनै जानकारी छैन, नत यसको कुनै लिखित एवं आधिकारिक पत्र नै छ, यसरी जानकारी नै नदिई यस्ता गोप्य कुराहरु प्रकाशमा ल्याउदा तथा खुल्ला गर्दा सबै पक्षसंग बृहत छलफल हुनु जरुरी छ ।”
सुरक्षार्थ खटिएका नेपाली सेनाका टुकडीले आफूहरुलाई फोटो खिच्न दिनु भनेकाले दिएको जानकारी दिएका थिए । सेनाका अनुसार तत्कालिन प्रमुख जिल्ला अधिकारी दिपक नेपाल, पुरातत्व विभाग सम्पदा संरक्षण तथा दरबार हेरचाह कार्यालयकी प्रमुख अरुणा नकर्मी, र भक्तपुर नगरपालिकाका कर्मचारी आएर तस्विर खिच्न मनाही गरिएको सूचना बोर्डमा टेप टास्दै  सबैलाई तस्विर खिच्न दिनु भनेर निर्देशन दिएकाले फोटो खिच्न दिएको हो । सेनाल,े यदि फेरी फोटो खिच्न रोक्ने आदेश आए फेरी आफूहरु रोकिदिने बताएका छन् । 
यसका बारेमा दरबार हेरचाह कार्यालयकी प्रमुख नकर्मीले तोरण हेर्न पाईने तर फोटो खिच्न नपाईने पुरानो नियमले पैसा तिरेर नगरभित्र प्रवेश गर्ने कयौ पर्यटकले मन खल्लो गरेर फर्कने गरेकाले नगरपालिकाको सल्लाह अनुसार नै त्यस क्षेत्रको फोटो खिच्न दिएको बताउनु भयो । तलेजुको मूल गेटको तोरणको फोटो खिच्न खुल्ला गरेपनि आगमघर भित्रको फोटो खिच्न भने अहिलेपनि रोक लगाएको उहााले बताउनुभयो ।
तर तस्विर खिच्ने स्वदेशी तथा विदेशी नागरिकले मंहगा र ठूला लेन्स भएका क्यामरा लिएर आएर लुकिछिपी सजिलै तोरण संगसंगै आगमघर भित्र रहेका विभिन्न देवीहरुको तस्विर समेत खिच्न सक्ने भएकाले यहााको गोप्यता समेत नरहने तलेजुका मूल नाईके र पुजारीहरुको चिन्ता रहेको छ ।यसबारे भक्तपुर नगरपालिका सम्पदा शाखाले भने पर्यटकलाई तलेजुको मूल गेटसम्म जान दिने र हेर्न दिने तर फोटो खिच्न नदिने गर्दा उनीहरुलाई समस्या परेकाले पुरातत्व विभागसंग सल्लाह गरेर दुवैको सहमतिमा फोटो खिच्न दिएको जनाएको छ । यहााको फोटो खिच्दैमा तलेजुको गोप्यता भंग नहुने र यहााको साास्कृतिक, धार्मिक महत्व एवं सम्पदा पनि नष्ट नहुने नगरपालिकाको ठहर भएको सम्पदा शाखाका कर्मचारी बताउछन् । त्यसो त अहिले तोरणलाई रातो कपडाले छोपिएको छ ।
युगौ देखि यहााको फोटो खिच्न रोक लगाएकोमा अहिले यस्तो गम्भिर विषयमा फोटो खिच्न दिने निर्णय बिना छलफल हुनु बिडम्बना भएको संस्कृतकर्मीको भनाई छ ।  स्मारक ऐनलाई नै संशोधन गर्नुपर्नेमा यस्तो नगरी ऐन विपरित फोटो खिच्ने अनुमति दिनु कला, संस्कृति र सम्पदा संरक्षण भन्दा पनि बहुमूल्य बस्तुको सस्तो प्रचार बाहेक केही नहुने उनीहरुको भनाई छ । यस्तो कार्यले चोरी बढ्ने, तलेजु भित्र रहेको पुजा, पर्वको गोप्यता, समेत नरहने तथा आगमघर भित्र हुने हरेक क्रियाकलाप पनि अन्य ठाउामा जस्तै सार्वजनिक भएर जाने भएकाले यहााको गोप्यता मात्र भंग नभई यहााको तान्त्रिक शक्ति समेत हराउदै जाने उहााको भनाई थियो ।
भक्तपुरको तलेजु शक्तिशाली र मूल तलेजु भएकोले यहााको ईष्ट देवीलाई अन्यत्र सारिएकै वर्ष नेपालमा तत्कालिन राजा बिरेन्द्रको परिवार कै हत्या भएको बताउछन् संस्कृतकर्मीहरु । तलेजुको जिर्णोद्धार नसकिएकोले अहिलेसम्म पनि तलेजुको ईष्ट देवीलाई यथास्थानमा ल्याएर नराखिएकाले मुलुकमा राजनीतिक अस्थिरता कायम रहेको उनीहरुको भनाई छ ।पुर्खौ देखि रहेको संस्कृति एवं सम्पदाको गोप्य र रहस्यमय कुराहरु खोल्दै जाने हो भने भोलीका पुस्ताका लागि गर्व गर्न लायक केही बााकी नरहने संस्कृतिविद् बताउछन् ।
Source:


No comments:

Post a Comment