Sunday, January 6, 2019

Rajopadhyaya in News : मूल नाइके घाइते हुँदा नेतृत्वविहीन बन्यो भक्तपुर तलेजु

मूल नाइके घाइते हुँदा नेतृत्वविहीन बन्यो भक्तपुर तलेजु


मोटरसाइकलको ठक्करबाट घाइते भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी। तस्बिर ः ईश्वरकाजी खाइजू
author-image
 २२ पुष २०७५ १९:१४:००
  • change font
  • change font
  • change font
भक्तपुर : एक महिनाअघि भक्तपुर दरबार क्षेत्रस्थित तलेजू आगमछेंका मूल नाइके नरेन्द्रप्रसाद जोशी सडक दुर्घटनामा परे। उनलाई भक्तपुर–काठमाडौं ६ लेन सडकको घलातें चोकमा मोटरसाइकलले ठक्कर दिएको थियो। जेब्रा क्रसिङबाट बाटो काटेर आफ्नो बन्दै गरेको घर हेर्न जाने क्रममा मोटरसाइकलले ठक्कर दिएको हो।
मोटरसाइकलको ठक्करबाट उनको दाहिने खुट्टा भाँचिएको छ। अहिले उनी भाँचिएको खुट्टामा प्लास्टर राखेर आरा मगर्दै छन्। चिकित्सकहरुले अझै एकमहिना खुट्टाले नटेक्न सुझाव दिएको नाइके जोशी बताउँछन्। तर, आफ्नो अनुपस्थितिमा भक्तपुर तलेजुको दैनिक कामकारबाही प्रभावित भएको उनी बताउँछन्।
जोशीको अनुपस्थितिमा भक्तपुर तलेजु नेतृत्वविहीन भएको छ। मूल नाइके जोशीको उपस्थितिमा तलेजुमा दैनिक नित्यपूजा गर्नुपर्छ। राजोपाध्याय, जोशी र कर्माचार्य पुजारीलगायतहरुले उक्त पूजा गर्छन् तर नाइके जोशी गएको एक महिनादेखि भक्तपुर तलेजु पुग्न सकेका छैनन्।
२०५० सालमा भक्तपुर तलेजूको मूल नाइके नियुक्त भएका जोशीले आफ्नो अनुपस्थितिमा तलेजुभित्र दैनिक गर्नुपर्ने नित्यपूजालगायतका अन्य पूजापर्व रोकिने चिन्ता व्यक्त गरेका छन्।
‘तलेजुभित्र वर्षमा ठूलासाना ३० वटा था पूजा हुँदै आएका थिए’ नाइके जोशीले भने, ‘यसबीचमा दुइटा थापूजा रोकिएका छन्। मेरो अनुपस्थितिमा अरु था पूजा पनि रोकिनसक्ने चिन्ता बढेको छ।’
उनका अनुसार पौष महिनाको बढी नवमी र माघ शुद्धी सप्तमीको दिन हुने दुइटा थापूजा रोकिएको तीसौं वर्ष भइसक्यो। तर, आफूले यसैवर्ष दुवै थापूजा चलाउने प्रयास गरेकोमा आफू दुर्घटनामा परेपछि ती थापूजाले पुनर्जीवन नपाउने भएको भन्दै उनले चिन्ता व्यक्त गरे।
जोशी दुर्घटनामा परेकै कारण पौष महिनाको बढी नवमी बितिसकेको छ। माघ शुद्धी सप्तमी भने आउन बाँकी छ। पौष बढी नवमीको दिन हुने थापूजाको लागि भक्तपुरका मल्ल राजाका वंशज रहेका मल्ल तथा प्रधानाङहरुले सञ्चालन तथा व्यवस्थापन गर्दै आएका थिए। त्यस्तै माघ बढी नवमीको थापूजा भने भक्तपुरका ग्वंग थर भएकाहरुले सञ्चालन तथा व्यवस्थापन गर्दै आएका थिए। तर, पुस्तान्तरणसँगै उत्तः पूजाको सञ्चालन र व्यवस्थापन नहुँदा ती दुई थापूजा रोकिन पुगेको मूल नाइके जोशी बताउँछन्।
‘यी दुवै थापूजा चलाउन प्रशस्त जग्गाजमिनको व्यवस्था गरिएको छ’, उनले भने, ‘तर गुठी जग्गा रैतानी गरिएसँगै पूजा पनि रोकिन पुग्यो।’‍
तलेजुमा ५३८ रकमी
जोशीका अनुसार प्रत्येक थापूजामा राजोपाध्याय, जोशी र कर्मचारीलगायतका तलेजुका ५३८ जना रकमी प्रत्यक्ष सहभागी हुन्छन्। तलेजुमा राजोपाध्याय, जोशी, कर्माचार्यसँगै राजभण्डारी, मुनंकर्मी, सांगामी, सुवाल, दथेपुथे, ताल्चाभडेल, चोकाभडेल, मूलगुठी थरका रकमीहरु छन्।
त्यस्तै न्याइच्याई, माक, ताम्राकार, शिल्पकार, प्रजापति, राजचल, चौगुठी, खड्गी, हेंगोल्नी, ग्वाछा, लाखे आदि थरका रकमीहरु पनि प्रत्येक थापूजामा सामेल हुन्छन्।
३४० बोका७० राँगाको बलि
तलेजुमा हुने प्रत्येक थापूजामा बोका, राँगा र हाँसको बलि दिइन्छ। तलेजुमा हुने थापूजासँगै दसैंलगायत विशेष पूजा गरी वर्षमा तीनसय ४० बोकाको बलि दिइने मूल नाइके जोशी बताउँछन्।
बोकाको संख्या गणना गर्दा दैनिक एउटा बोकाको हिसाबले तलेजुमा बलि दिइन्छ। त्यस्तै एक वर्षमा तलेजुभित्र ७० वटा राँगाको बलि दिइने उनको भनाइ छ। ‘तलेजुमा कुखुराको बलि दिँइँदैन। प्रत्येक थापूजामा बोका, राँगा र हाँसको बलि दिइन्छ’, उनले भने, ‘तलेजुमा प्रत्येक आइतबार हाँसको बलिपूजा हुन्छ।’

Monday, November 26, 2018

Rajopadhyaya in news: बन्यो सिद्धिलक्ष्मी : भक्तपुर नगरलाई साँचो हस्तान्तरण

कान्तिपुर संवाददाता
भक्तपुर — स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरले भूकम्पका कारण क्षतिग्रस्त सिद्धिलक्ष्मी मन्दिर पुनर्निर्माण सकेर भक्तपुर नगरपालिकालाई हस्तान्तरण गरेको छ ।


विश्व सम्पदामा सूचीकृत भक्तपुर दरबार स्क्वायर परिसरमा पुनर्निर्माण गरिएको सिद्धिलक्ष्मी मन्दिर । तस्बिर : लीला श्रेष्ठ/कान्तिपुर 

विभागले २ वर्षको अवधिमा पुनर्निर्माण सम्पन्न गरी एक समारोहबीच शुक्रबार क्षमापूजा गरी नगरपालिकालाई साँचो हस्तान्तरण गरेको हो ।

विश्व सम्पदामा सूचीकृत भक्तपुर दरबार क्षेत्र परिसरको प्रस्तर (ढुंगे) मन्दिरको साँचो नगर प्रमुख सुनील प्रजापतिलाई हस्तान्तरण गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पुरातत्त्व विभाग र भक्तपुर नगरको प्रशंसा गरे ।

भक्तपुरका राजा जगतप्रकाश मल्लले नेपाल संवत् ७९२ मा स्थापना गरेको मन्दिर २०७२ वैशाखको भूकम्पले पश्चिमतर्फ ढल्केको थियो । पुरातत्त्वविद्को सुझावअनुसार जगसम्म भत्काएर पुनर्निर्माण गरेको पुरातत्त्व विभागका इन्जिनियर एवं सूचना अधिकारी मोहनकृष्ण श्रेष्ठले बताए ।

सिद्धिलक्ष्मी मन्दिरले १८९१ र १९९० सालको भूकम्प थेगे पनि २०७२ वैशाखको भूकम्प र त्यसपछिको पराकम्पले क्षति पुर्‍याएको हो । क्षतिग्रस्त मन्दिरको जीर्णोद्धार गर्दा पुन: भत्किने जोखिम भएकाले जगसम्मै भत्काएर पुनर्निर्माण गरिएको श्रेष्ठ बताउँछन् ।

यसअघि नेपाल संवत् ८३५ मा राजा भूपतिन्द्र मल्लले जीर्णोद्धार गरेको अभिलेखमा उल्लेख छ । ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वको मन्दिर १९ फिट लम्बाइ, १९ फिट चौडाइ र २३ फिट अग्लो छ । शिखर शैलीको प्रस्तर मन्दिर माटोको जोडाइमा बाहिर ढुंगा तथा भित्र इँटाको प्रयोग गरी मौलिक शैलीमा बनाइएको हो ।

‘उपत्यकाभित्रका ढुंगे मन्दिरभन्दा भिन्न शैलीमा बनेको सिद्धिलक्ष्मीको छुट्टै विशेषता छ,’ इतिहासविद् डा.पुरुषोत्तमलोचन श्रेष्ठले भने, ‘सिँढीको दायाँबायाँका रक्षक गणको अद्भुत कलाकारिताले मन्दिरको परिचय दिन्छ ।’ विभागले मन्दिर पुनर्निर्माण गर्न १ करोड १७ लाख १३ हजार ५ सय ४३ रुपैयाँ खर्च भएको जनाएको छ ।

मन्दिरमा पुजारीको व्यवस्था गरी सर्वसाधारणका लागि खुला गर्नुपर्ने सरोकारवालाको सुझाव छ । पुजारी नहुँदा मन्दिरको नित्यपूजा रोकिएको तलेजु भवानीका मूल नाइके नरेन्द्रप्रसाद जोशीले बताए । पुजारी नभएकैले शुक्रबार जोशी र तलेजुकै राजोपाध्याय पुजारी उत्तमांगराज राजोपाध्यायले मूर्ति पुन: प्रतिस्थापन तथा क्षमापूजा गरे ।

नगर प्रमुख प्रजापतिले गुठी संस्थान, भक्तपुर तलेजु र पुरातत्त्व विभागसँग समन्वय गरी पुजारीको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए । पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहालले भूकम्पपछि भक्तपुरका साना–ठूला १४ सम्पदा संरक्षण तथा पुनर्निर्माण भइसकेको बताए । उनले बाँकी क्षतिग्रस्त सम्पदा २ वर्षभित्र पुनर्निर्माण गरिसक्ने दाबी गरे । विभागका भक्तपुर प्रमुख मोहन सिं लामाका अनुसार विभागले निर्माणथालेका ३६ मध्ये १४ सम्पदा सम्पन्न भइसकेका छन् ।

अन्य पुनर्निर्माणको चरणमा छन् । चालु आर्थिक वर्षमा १७ सम्पदा संरक्षण तथा पुनर्निर्माणका लागि स्वीकृत भएको उनले बताए । विभागका अनुसार भक्तपुरमा भूकम्पका कारण २ सय ३२ सम्पदामा क्षति पुगेको थियो ।प्रकाशित : मंसिर ८, २०७५ ०७:५३Source: https://www.kantipurdaily.com/national/2018/11/24/154302532218566176.html

Sunday, November 25, 2018

Rajopadyaya in news : कार्तिक नाच अब महिनैभर

author-imageसपना महर्जन
मनोरञ्जन
 ०९ मङि्सर २०७५ १२:२८:००



काठमाडौं : कार्तिक नाचमा कृतज्ञधर राजोपाध्याय (२१) नरसिंह बने। उनी गत बुधबार मध्यरातमा नरसिंहको अवतारमा देखा परेका थिए। मन्दिरका पुजारी ब्राम्ह्मणले मात्र नाच्न पाउने यो नृत्य हिरण्यकश्यपुले सर्वसाधारणमाथि गरेको अन्याय र अत्याचारविरुद्ध दैत्यको वध गर्ने कथासँग जोडिएको छ।
पहिलो पटक नरसिंह बनेकाले कृतज्ञ थोरै डराएका पनि थिए रे। नरसिंह नाच मध्यरातमा देखाइने भएकाले बेलुकी सौगलमा नाट्यश्वर पूजा गरिन्छ। र त्यहाँबाट पाटन संग्रहालय ल्याइन्छ। पाटन दरबार स्क्वायरमा आएपछि सिद्धिनरसिंह मल्लको वंशले मंगल धाराको पानी ल्याई कृतज्ञको खुट्टा धोइदिए। त्यसपछि डबलीमा सुकुण्डा समात्ने र दुईजना मुहाली बजाउनेको साथमा नरसिंहलाई खास्टोले छोपेर बाहिर निकालियो। डबलीमा पहिले नै खम्बा गाडिएको थियो। मध्यभागका साथै चारैतिर चिराग बलिरहेका थिए। खास्टोले छोपिएको नरसिंह खम्बा फुटाउँदै बाहिर निस्किए। यसलाई नेवारीमा ‘थाँ तछ्याना क्वाँ वेयगु’ भनिन्छ।
कृतज्ञ लगातार ४५ मिनेट नाचे। ‘सुरुमा त सिकेको नृत्य बिर्सिएजस्तै भएको थियो’, उनले भने, ‘पछि आफैँसम्हालिँदै नाचेँ।’ बाहिर नाच्दै गरेको दैत्यलाई संहार गर्ने समय आयो। नरसिंहले हिरण्यकश्यपु दैत्यको संहार गर्दा माहोल रोमाञ्चक बन्यो।
नरसिंह नाचमा दैत्यको संहारपछि मूच्र्छा पर्छन्। दैत्य मूर्च्छा पर्दा तिनलाई घोच्ने, चिमोट्ने गरिन्छ। तर कृतज्ञले यो सब देखेनन्। उनलाई वरिपरि के कति मान्छे छन् त्यो पनि थाहा भएन। भन्छन्, ‘मुकुट र वस्त्र भारी थियो। त्यसमा पनि मुकुण्डोमा आँखाको प्वाल सानो भएकाले गाह्रो भयो।’ प्रत्येक वर्ष नाचिने नरसिंह नृत्यमा अब कृतज्ञको पालो १० वर्षपछि मात्र आउनेछ।
‘अब प्रत्येक पाँच वर्षमा एक महिना कार्तिक नाच गर्ने योजनामा छौं’, कार्तिक नाच समितिका सदस्य सञ्जयराज उपाध्यायले भने। यसको थालनी २०७६ सालबाट हुने पनि उनले जानकारी थिए। २००७ सालभन्दा अगाडि एक महिना चल्ने यो नाच देशको राजनीतिक व्यवस्था परिवर्तनसँगै खुम्चँदै गएकोमा पुनर्जीवन दिनेमा आयोजकहरु छन्।
कार्तिक नृत्य ललितपुरको सबैभन्दा लामो समयावधिसम्म चल्ने नृत्य हो। यसमा लोकनाटक तथा लोकनृत्य समावेश हुन्छन्। यो वर्ष नाचमा भीमसेन पूजा, भैरव पूजा, महादेव र कृष्णयुद्ध, भैरव, महालक्ष्मी र कुमारी नृत्य, ख्याःएवम् कवंनृत्य, लाखे नाच सञ्चालन गरिने कार्तिक नाच संरक्षण समितिले जनाएको छ।

Friday, November 23, 2018

Rajopadhyaya in news : मध्यरात जब निस्किए नरसिंह


कान्तिपुर संवाददाता
ललितपुर — पाटनको कृष्ण मन्दिरको डबली । पाँच कुनामा ठुल्ठूला चिराग बलिरहेका छन् । कोही चिरागमा तेल थप्दै छन्, कोही पोङ्गा, खीं, ता: र झयाली बजाउँदै छन् । चारैतिरबाट ठेलमठेल हजारौंको भीडबीच भने नरसिंह अवतारको व्यग्र प्रतीक्षा भइरहेको छ ।
बिस्तारै भीडको स्वर चर्को बन्दैगयो । अधिकांशले सुसेली मार्दै सिद्धिनरसिंहको दरबारतिर हेरे । तैपनि दरबारको ढोका खुलेन ।अघिल्तिर डबलीमा भने हिरण्यकश्यपु आफ्ना छोरा प्रल्हादप्रति क्रूद्ध बन्दै छ । जतिपटक भने पनि प्रल्हादले विष्णुको पुकार गर्न छोडेका छैनन् । हिरण्यकश्यपु झन् क्रूर बन्दै छ । भीडले फेरि नरसिंह पुकार्न थाल्छ । तर, दरबारको ढोका अझै खुल्दैन ।


बुधबार मध्यराति साढे १२ बजे जब सिद्धिनरसिंह मल्लको सुनौलो ढोका खुल्छ, मुकुन्डोधारी नरसिंह निस्किन्छन् र सीधै डबलीतिर दौडिन्छन् । मानिस नरसिंहलाई छुन तँछाडमछाड गर्न थाल्छन् । कोही सेल्फी स्टिक तेस्याउँछन् भीडमै । केही बेरमै डबलीमा हिरण्यकश्यपु र नरसिंहबीच घमासान युद्ध चल्छ । परम्परागत बाजाको तालमा खुट्टा र हातको लय मिलाउँदै झन्डै आधा घण्टा घम्साघम्सी चलेपछि हिरण्यकश्यपु पराजित हुन्छ ।

बुधबार मध्यरात ललितपुरस्थित पाटन डबलीको रौनक किन पनि भिन्न थियो भने यहाँ तान्त्रिक विधिमा आधारित कात्तिक नाचको सबैभन्दा महत्त्वपूर्ण मानिने ‘नृसिंह (नरसिंह) अवतार’ नाच प्रस्तुत भइरहेको थियो । कात्तिक शुक्ल त्रयोदशीकै दिन देखाउनुपर्ने परम्परा रहिआएको झन्डै चार शताब्दी पुरानो नरसिंह अवतारलाई थुप्रैले रहस्यमय मान्दै आएका छन् ।

जस्तो कि, नाचको क्रममा विष्णुको अवतार नरसिंहले हिरण्यकश्यपुलाई छुँदा कलाकार साँच्चिकै बेहोस हुन्छन् । बेहोस हुनेबित्तिकै उनलाई सहयोगीहरूले उठाएर सुरक्षित स्थानमा लान्छन् । मंगलबजारमा रहेको मंगल धाराबाट पानी ल्याएर छम्केपछि मात्रै उनको होस खुल्छ । यसपटक पनि यस्तै भयो ।

हिरण्यकश्यपु बनेका किरणचित्रकार मंगहिटीबाट पानी ल्याएर नखुवाइन्जेल अचेतै रहे । उता, हिरण्यकश्यपुको अत्याचारबाट क्रुद्ध नरसिंह (कृतज्ञधर राजोपाध्याय) को रिस शान्त पार्न भने तलेजु मन्दिरका पुजारी सञ्जय शर्माले पूजा गर्नुपर्‍यो । यत्तिले मात्र नभई नरसिंहको अघिल्तिर अप्सरा नृत्यसमेत देखाउनुपर्‍यो ।

राजा सिद्धिनरसिंहले विसं १६९७ मा कृष्णमन्दिर बनाएर विधिवत् यो नाच सुरु गरेयता यो परम्परा जारी छ । संस्कृतिज्ञाता एवं वडाध्यक्ष निर्मलरत्न शाक्यका अनुसार तान्त्रिक विधि जगाएर नाचिने यो नाच कुनै समय एक महिनासम्म नाचिन्थ्यो, अहिले १२ दिनमा सीमित हुन पुगेको छ । नाच्ने कलाकार पनि पाउन मुस्किल बन्दै गइरहेको छ । दुई दशकदेखि कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकार नै हिरण्यकश्यपुका रूपमा नाच्दै आएका छन् ।

चित्रकारका अनुसार यो नाच ‘दुष्ट हार्ने र सत्य जित्ने’ उत्सव पनि हो । विष्णु पुराणमा आधारित कात्तिक नाचको यो सबैभन्दा महत्त्वपूर्ण भाग हो । यसअघि दुई दिन बा:थ नाच (लोकनाटक), ५ दिन उषाहरण, जलशयणअन्तर्गत मधुकैटभ वध, बराह अवतार देखाइन्छ । नरसिंह अवतारपछि भने वस्त्रहरण र दधि लीला प्रस्तुत गरिन्छ । कात्तिक २६ मा सुरु यस वर्षको कात्तिक नाच भने शुक्रबार ‘दधि लीला’ देखाएपछि समापन हुने कात्तिक नाच समापन समितिले जनाएको छ ।

सिद्धिनरसिंह मल्लले देश तथा जनताको कल्याणका लागि कात्तिक महिना पारेर नाच प्रचलनमा ल्याएकोले ‘कात्तिक नाच’ भनिएको शाक्यले बताए । सुरुमा कृष्ण लीलामा आधारित यो नाच बराह र नरसिंह नाचसमेत मिसाएर प्रत्येक वर्ष कात्तिक महिनामा आठ दिनसम्म नाचिन्थ्यो ।

पछि सिद्धिनरसिंहकै छोरा श्रीनिवास मल्लको समय (विसं. १७३०) मा सात दिन थपेर नैतिक सन्देश दिने खालका लोक नाटकहरू पनि समावेश गरिए । त्यसपछि श्रीनिवासका छोरा योगनरेन्द्र मल्लले ‘उषाहरण’ र ‘माधवनर’ लगायतका शास्त्रीय नाच थपेर एक महिनासम्म नाच्ने परम्परा बसालेको समितिका अध्यक्ष चित्रकारले जनाए ।

चित्रकारअनुसार विसं २००६ सम्म निरन्तर चलेको यो नाच २००७ को क्रान्तिको बेला रोकियो । त्यसपछि २००८ देखि २०३७ सम्म हरेक वर्ष दुई दिन मात्र नाच्न थालियो । २०७१ देखि भने १२ दिन नाचिँदै आएको छ ।

‘हाम्रो मुलुककै यो सबैभन्दा ठूलो नाट्य उत्सव हो,’ ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले भनिन्, ‘संसारकै लागि यो नाच रहस्यमय छ । यसलाई पर्यटनसँग पनि जोडेर लैजाने हाम्रो योजना छ ।’
प्रकाशित : मंसिर ७, २०७५ ०८:२४source: https://www.kantipurdaily.com/entertainment/2018/11/23/154294075320592391.html

Thursday, November 22, 2018

Rajopadhyaya in news: मध्यरातमा नरसिंह अवतारको लीला (फोटो फिचर)



नागरिक दैनिक, शुक्रबार , ०७ मङि्सर २०७५, ०८ : २६ |  स्मृति ढुंगाना  |  @aesmriti



काठमाडौं – बढ्दो चिसोसँगै बुधबार मध्यरातको १२ बजे ललितपुर वरपर 
मानिसहरूको चहलपहल बाक्लै थियो। मध्यरातमा ललितपुरस्थित कार्तिक 
डबलीमा आयोजित कार्तिक नाचको आयोजक कार्तिक नाच संरक्षण 
समितिलाई भिड नियन्त्रण गर्न भ्याइनभ्याइ थियो। कार्तिक नाचअन्तर्गत 
मध्यरातको १२ बजे देखाइने नरसिंह अवतार र नाच हेर्न मान्छेको भीडले 
डबली खचाखच थियो।  काठमाडौं उपत्यकाको सबैभन्दा लामो नाचका 
रुपमा चर्चित कार्तिक नाचमा भगवानको अवतार नरसिंहले हिरण्य 
कश्यपु नामक दैत्यलाई बध गर्ने परम्परागत तान्त्रिक विधि समेटिएका 
थियो। दैवि शक्तिसमेत रहेको भनिएको यस नाचमा नरसिंहले दैत्यलाई
 बध गर्दा हिरण्य कश्यपुको भेषभुषामा डबलीमा देखिएका कलाकार 
किरण चित्रकार साँच्चिकै बेहोस भएका थिए। परम्परागत किवंदन्तीअनुसार 
मंगलबजारस्थित मगंहिटीको पानी ल्याएर खुवाएपछि मात्रै हिरण्य कश्यपुको 
भेषभुषामा सजिएका कलाकारको होस खुलेको थियो।
तलेजु मन्दिरका पुजारीसमेत रहेका कोरियोग्राफर सञ्जय शर्माले नाचका क्रममा 
डबली बेहोस भएका हिरण्य कश्यपलाई विधिपूर्वक पूजा गरेर व्यूझाएका थिए। 
‘मगंलबजारमा रहेको मगंलहिटीबाट पानी ल्याएर मन्त्र उच्चारणसहित पूजा गरेपछि 
मात्रै हिरण्य कश्पयको होस आउने गरेको छ। भगवान् विष्णु भगवानको नरसिंह 
अवतारले हिरण्य कश्यपको बध गराउने कथामा यो नाच आधारित छ,’उनले भने। 
एक महिना अवधिमा देखाइने नाच १२ दिन देखाउनुपर्दा धेरै नाचहरू छुट्ने उनले खुलाए।


एक महिना देखाइने नाच आर्थिक समस्याका कारण १२ दिन मात्र चल्नेछ।  मंगलबजारस्थित मगंहिटीको धाराबाट आउने पानी सुक्दै गएका कारण नाचमा अनिवार्य आवश्यक पर्ने पानीको पनि अभाव हुन थालेको  छ।
‘करिब एक महिना देखाइने नाच यसपटक आर्थिक समस्याका कारण १२ दिनमा देखाउनु परेको छ। त्यसबाहेक मंगलबजारस्थित मगंहिटीको धाराबाट आउने पानी सुक्दै गएका कारण यस नाचमा अनिवार्य आवश्यक पर्ने पानीको अभाव सुरु भइसकेको छ,’उनले भने। उनका अनुसार नाचमा कलाकारहरू जुटाउनसमेत उत्तिकै गाह्रो  हुन थालेको छ।
विष्णु पुराणअन्तर्गत नरसिंह अवतारको कथामा आधारित यो नाचमा विशेष पूजा गरिन्छ। यस नाचमा नरसिंह हरिवंश उपाध्याय वंशज र हिरण्य कश्यपु दैत्य नेवार समुदायका चित्रकार हुनुपर्छ। यसपटक कृतज्ञधर राजोपाध्याय नरसिंहको भूमिकामा देखिएका थिए।
राजा सिद्धि नरसिंह मल्लको पालादेखि सुरु भएको तीन सय ७८ वर्ष पुरानो सांस्कृतिक
 कार्तिक नाच गत कार्तिक २६ देखि नियमित रुपमा १२ दिनसम्म प्रदर्शन हुनेछ।
कार्तिक नाच संरक्षण समितिका अनुसार यसअवधिसम्म बाःथ प्याखं, उषा हरण,
 जल शयण, बराह अवतार, नरसिंह अवतार, वस्त्र हरण र दधि लीलालगायत नाचहरू 
देखाइने  छ।
कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारका अनुसार परम्परागत
 कात्र्तिक नाच केही परिवर्तन भएका छन्। यस नाचलाई निरन्तरता दिन चुनौती 
हुँदै गएको उनको अनुभव छ। ‘सुरुमा आठ दिनमात्र देखाइने गरिएको नाच 
कृष्णलीलामा आधारित थियो। त्यतिबेला बराह र नरसिंह नाचसँगै अन्य नाचहरू
 देखाइन्थ्यो। पछि सिद्धिनर सिंहका छोरा श्रीनिवास मल्लको पालामा सात 
दिन थपेर लोक नाटकहरू समावेश गरेर नाच देखाइन थालियो,’उनले 
भने, ‘अहिले तुलनात्मक रुपमा स्वदेशी तथा विदेशी दर्शकहरूको भीड लाग्ने
 गरेको छ। यसलाई निरन्तरता दिन गाह्राे छ।’

रकम अभावका कारण कात्र्तिक नाचअन्तर्गतका बुद्ध लीला र वस्त्र हरणलगायत
नाच लोप भइसकेका छन्। समितिका अनुसार २७ दिन नाच सञ्चालन गर्न १५ लाख
 रूपैयाँ आवश्यक पर्छ। १२ दिने कार्तिक नाचका आवश्यक पर्ने साढे ५ लाखमध्ये
ललितपूर महानगरपालिकाले २ लाख र  पाटन संग्रहालयबाट २० हजार रकम उपलब्ध
गराएको थियो।
तस्बिर : शाेभा ज्ञवाली














स्स्रोत स्रोत : https://nagariknews.nagariknetwork.com/news/62607/


Wednesday, November 21, 2018

Rajopadhyaya in News: आज कार्तिक नाचमा दैत्य ब्युँताउन समस्या !

SamacharDesk – कल्चर ब्यूरो | २०७५ मङ्सिर ५, बुधबार
कार्तिक नाच अन्तर्गत आज दैत्य ब्युँताउनलाई समस्या देखिएको छ । मंगलबजारस्थित ढुङ्गेधारा वासः हितिमा पानी सुकेसँगै दैत्य ब्युँताउन समस्या देखिएको हो । 
मंगलबजारस्थित कार्तिक डबलीमा आज कार्तिक नाचमा नरसिंह अवतार प्रस्तुत हुनलागेको छ भने यस नाचमा नरसिंहले दैत्यलाई छुने वित्तिकै दैत्य मुर्छित हुने गर्दछ । 
सो क्रममा वासः हितिबाट ल्याइएको चोखो पानी ख्वाएर दैत्यलाई ब्युँताउने गरिन्छ । तर वासः हिति सुकेर पानी नै नआउने भएपछि आज मुर्छित दैत्यलाई ब्युँताउन समस्या देखिएको हो ।
सिद्धिनरसिंह मल्लको पालामा शुरु गरिएको कार्तिक नाचमा नरसिंह अवतार विशेष एवम् मुख्य प्रस्तुतिको रुपमा लिइन्छ । नाच एवम् वाद्यवादनको विकास सिद्धिनरसिंह मल्लका शिक्षा गुरु हरिवंश उपाध्यायले र दिक्षा गुरु विश्वनाथ उपाध्यायले आवश्यक तन्त्र विधि सम्पन्न गरी यो नाच निर्माण गरेको ईतिहास रहेको छ । सो समयमा हरिवंश उपाध्याय आफैं नरसिंह बनेको र तन्त्र विधि अनुसार विश्वनाथ उपाध्यायले दैत्यलाई ब्युँताएको कथन रहेको छ । 
सोही परम्परा आजसम्म निरन्तर हुँदै हरिवंश उपाध्यायका वंशज ललितपुर गाःबहालस्थित महाद्यःननिका राजोपाध्याय ब्राम्हणहरुले नरसिंहको भूमिका निर्वाह गरिरहेका छन् भने दैत्य ब्युँताउनलाई आवश्यक तन्त्र विधि विश्वनाथ उपाध्यायका वंशज पट्को टोल निवासी राजोपाध्याय ब्राम्हणहरुले गर्ने गरेका छन् । दैत्यको भूमिका भने नुगः त्वाः (सुन्धारा) निवासी चित्रकारहरुले गर्ने गरेका छन् ।
नरसिंह नाच प्रदर्शनको क्रममा नरसिंहले दैत्यलाई छुने वित्तिकै दैत्य मुर्छित हुने गर्दछ । मुर्छित भएका दैत्यलाई ब्युँताउनका लागी पट्कोका राजोपाध्याय ब्राम्हणले मंगलबजारस्थित ढुङ्गेधारा ‘वासः हिति’बाट चोखो पानी ल्याई मन्त्रसोधन गर्दै दैत्यलाई ख्वाएपछि मूर्छित दैत्य ब्युँतिने गर्छ । तर आज दैत्यलाई ब्युँताउनको लागी वासः हितिमा पानी नआएको अवस्थामा समस्या भएको छ ।
धारा सुकेको अवस्थामा खोलाबाट अथवा ईनारबाट अथवा कुवाबाट चोखो पानी ल्याउन सकिने विधि रहेपनि यी विकल्पमा पनि समस्या नै देखिएको छ । मंगलबजारबाट खोला टाढा रहेको अवस्थामा उक्त विकल्पमा पनि जान नसकिने देखिएको छ । 
त्यसैगरी मंगलबजार दरवारभित्र रहेका दुईवटा ईनारमध्ये केशव नारायण चोकको ईनार सुकिसकेको छ भने भण्डारखाल बगैंचाको ईनारमा पनि समस्या रहेको छ । हाल उक्त ईनारमा वर्षाको पानी जाने व्यवस्था मिलाउँदा चोक सरसफाई गर्दाको दुषित पानीको साथमा ढलको फोहर समेत सोही ईनारमा मिसिन जाने अवस्था रहेको तलेजु मन्दिरका पूजारी रक्षण राजोपाध्यायले बताउनुभयो । नजिक रहेका कुवाहरु पानी सुकेको अवस्था छ ।
आज दैत्य ब्युँताउनको लागी अल्पकालीन उपाय अपनाईसकेको जानकारी कार्तिक संरक्षण समितिका संचार संयोजक संजय शर्मा राजोपाध्यायले दिनुभयो । तर दीर्घकालीन रुपमा भने दैत्य ब्युँताउनका लागी समस्या नै देखिएको राजोपाध्यायको भनाई छ । कार्तिक नाचमा नरसिंह अवतार प्रदर्शन निरन्तरताका लागी वासः हितिमा निरन्तर पानी आउने व्यवस्था गर्न सम्बन्धित निकायले पहल थालिहाल्नुपर्ने समितिले जनाएको छ ।