
काठमाडौं – बढ्दो चिसोसँगै बुधबार मध्यरातको १२ बजे ललितपुर वरपर
मानिसहरूको चहलपहल बाक्लै थियो। मध्यरातमा ललितपुरस्थित कार्तिक
डबलीमा आयोजित कार्तिक नाचको आयोजक कार्तिक नाच संरक्षण
समितिलाई भिड नियन्त्रण गर्न भ्याइनभ्याइ थियो। कार्तिक नाचअन्तर्गत
मध्यरातको १२ बजे देखाइने नरसिंह अवतार र नाच हेर्न मान्छेको भीडले
डबली खचाखच थियो। काठमाडौं उपत्यकाको सबैभन्दा लामो नाचका
रुपमा चर्चित कार्तिक नाचमा भगवानको अवतार नरसिंहले हिरण्य
कश्यपु नामक दैत्यलाई बध गर्ने परम्परागत तान्त्रिक विधि समेटिएका
थियो। दैवि शक्तिसमेत रहेको भनिएको यस नाचमा नरसिंहले दैत्यलाई
बध गर्दा हिरण्य कश्यपुको भेषभुषामा डबलीमा देखिएका कलाकार
किरण चित्रकार साँच्चिकै बेहोस भएका थिए। परम्परागत किवंदन्तीअनुसार
मंगलबजारस्थित मगंहिटीको पानी ल्याएर खुवाएपछि मात्रै हिरण्य कश्यपुको
भेषभुषामा सजिएका कलाकारको होस खुलेको थियो।
तलेजु मन्दिरका पुजारीसमेत रहेका कोरियोग्राफर सञ्जय शर्माले नाचका क्रममा
डबली बेहोस भएका हिरण्य कश्यपलाई विधिपूर्वक पूजा गरेर व्यूझाएका थिए।
‘मगंलबजारमा रहेको मगंलहिटीबाट पानी ल्याएर मन्त्र उच्चारणसहित पूजा गरेपछि
मात्रै हिरण्य कश्पयको होस आउने गरेको छ। भगवान् विष्णु भगवानको नरसिंह
अवतारले हिरण्य कश्यपको बध गराउने कथामा यो नाच आधारित छ,’उनले भने।
एक महिना अवधिमा देखाइने नाच १२ दिन देखाउनुपर्दा धेरै नाचहरू छुट्ने उनले खुलाए।
एक महिना देखाइने नाच आर्थिक समस्याका कारण १२ दिन मात्र चल्नेछ। मंगलबजारस्थित मगंहिटीको धाराबाट आउने पानी सुक्दै गएका कारण नाचमा अनिवार्य आवश्यक पर्ने पानीको पनि अभाव हुन थालेको छ।
‘करिब एक महिना देखाइने नाच यसपटक आर्थिक समस्याका कारण १२ दिनमा देखाउनु परेको छ। त्यसबाहेक मंगलबजारस्थित मगंहिटीको धाराबाट आउने पानी सुक्दै गएका कारण यस नाचमा अनिवार्य आवश्यक पर्ने पानीको अभाव सुरु भइसकेको छ,’उनले भने। उनका अनुसार नाचमा कलाकारहरू जुटाउनसमेत उत्तिकै गाह्रो हुन थालेको छ।
विष्णु पुराणअन्तर्गत नरसिंह अवतारको कथामा आधारित यो नाचमा विशेष पूजा गरिन्छ। यस नाचमा नरसिंह हरिवंश उपाध्याय वंशज र हिरण्य कश्यपु दैत्य नेवार समुदायका चित्रकार हुनुपर्छ। यसपटक कृतज्ञधर राजोपाध्याय नरसिंहको भूमिकामा देखिएका थिए।
राजा सिद्धि नरसिंह मल्लको पालादेखि सुरु भएको तीन सय ७८ वर्ष पुरानो सांस्कृतिक
कार्तिक नाच गत कार्तिक २६ देखि नियमित रुपमा १२ दिनसम्म प्रदर्शन हुनेछ।
कार्तिक नाच संरक्षण समितिका अनुसार यसअवधिसम्म बाःथ प्याखं, उषा हरण,
जल शयण, बराह अवतार, नरसिंह अवतार, वस्त्र हरण र दधि लीलालगायत नाचहरू
देखाइने छ।
कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारका अनुसार परम्परागत
कात्र्तिक नाच केही परिवर्तन भएका छन्। यस नाचलाई निरन्तरता दिन चुनौती
हुँदै गएको उनको अनुभव छ। ‘सुरुमा आठ दिनमात्र देखाइने गरिएको नाच
कृष्णलीलामा आधारित थियो। त्यतिबेला बराह र नरसिंह नाचसँगै अन्य नाचहरू
देखाइन्थ्यो। पछि सिद्धिनर सिंहका छोरा श्रीनिवास मल्लको पालामा सात
दिन थपेर लोक नाटकहरू समावेश गरेर नाच देखाइन थालियो,’उनले
भने, ‘अहिले तुलनात्मक रुपमा स्वदेशी तथा विदेशी दर्शकहरूको भीड लाग्ने
गरेको छ। यसलाई निरन्तरता दिन गाह्राे छ।’
रकम अभावका कारण कात्र्तिक नाचअन्तर्गतका बुद्ध लीला र वस्त्र हरणलगायत
नाच लोप भइसकेका छन्। समितिका अनुसार २७ दिन नाच सञ्चालन गर्न १५ लाख
रूपैयाँ आवश्यक पर्छ। १२ दिने कार्तिक नाचका आवश्यक पर्ने साढे ५ लाखमध्ये
ललितपूर महानगरपालिकाले २ लाख र पाटन संग्रहालयबाट २० हजार रकम उपलब्ध
गराएको थियो।
नाच लोप भइसकेका छन्। समितिका अनुसार २७ दिन नाच सञ्चालन गर्न १५ लाख
रूपैयाँ आवश्यक पर्छ। १२ दिने कार्तिक नाचका आवश्यक पर्ने साढे ५ लाखमध्ये
ललितपूर महानगरपालिकाले २ लाख र पाटन संग्रहालयबाट २० हजार रकम उपलब्ध
गराएको थियो।
तस्बिर : शाेभा ज्ञवाली















No comments:
Post a Comment