Wednesday, January 13, 2016

Rajopadhyaya in news : नरसिंह पूजामा शान्तिको कामना

२०६१ सालमा नरसिंह जात्राको संचालनको पालो मेरा पुज्यनीय पिता श्री सूर्यचन्द्रानन्द राजोपाध्यायको  थियो l  वहाँले उक्त जात्राको बारेमा  अन्नपूर्ण  र कान्तिपुर दैनिक मा छापिएका  समाचारहरु  संकलन गर्नु भएको रहेछ l  समाचारमा हातैले पत्रिकाको नाम र मिति उल्लेख गर्नु भएको  छ l २०७२ पौष २८ गते एउटा डायरी भित्र यी सामाग्रीहरु फेला परेका थिए l  
-बिमल 
bimalsharma@gmail.com



Monday, January 11, 2016

Rajopadhayaya in News : माघ २ गते नाकाबन्दीको रहस्य खुल्ने

माघ २ गते नाकाबन्दीको रहस्य खुल्ने  | 

  Published: January 12, 2016  |  मंगलवार 28 पुष, 2072                                                                  


काठमाडौं, पुस २८ । आउँदो माघ २ गते ललितपुरको स्टाफ कलेजस्थित हलमा नाकाबन्दीको रहस्य खुल्ने भएको छ । ललितपुरको ताम्राकार तथा राजोपाध्याय समाजले संयुक्त रुपमा आयोजना गरिने चलचित्र प्रदर्शनीको विशेष कार्यक्रममा नाकाबन्दीको रहस्य खुल्ने भएको हो ।

नेपाली ऐतिहासिक चलचित्र ‘कीर्तिपुर’ द लिजेन्ड अफ कीर्तिलक्ष्मीकोविशेष प्रदर्शनीमा तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले कीर्तिपुरमा गरेको नाकाबन्दीको रहस्य खुल्ने आयोजकले जनाएको छ ।

अठारौं शताब्दीको पुर्वाधमा शाहले कीर्तिपुर आक्रमण गरेको विषयबस्तुलाई चलचित्रमा कीर्तिपुरमा प्रस्तुत गरिएको छ भने सो चलचित्रमा युद्ध पश्चात नाकाबन्दी गरेर विजयी गरेको थियो ।

युवा निर्देशक प्रदीप खड्गीले निर्देशन गरेको चलचित्रमा अढाई सय वर्ष अगाडीको पृष्ठभूमि देखाउन खोजिएको छ । स्वर्गिय बासु पासाद्वारा रचित भैरवसिंह नामक उपन्यासमा आधारित गरी निर्माण गरिएको कीर्तिपुर चलचित्रमा इतिहासले लुकाइएका पात्रहरु समेतलाई प्रस्तुत गरिएको निर्देशक खड्गीले जानकारी दिए ।

‘कतिपय घटना तथा महत्वपूर्ण पात्र इतिहासमा हराएका छन्, त्यसलाई आमदर्शकसामु देखाउने प्रयास कीर्तिपुरले गरेको छ’ निर्देशक खड्गीको भनाई छ ।

त्यस्तै, ऐतिहासिक चलचित्र हचुवा नभएको तर्क गर्छन् चलचित्रका कला निर्देशक केके मानन्धर । विगत ८ वर्ष देखिको निरन्तर अध्ययन, अनुसन्धान तथा सम्बन्धित विज्ञसँगको सहकार्यमा ऐतिहासिक चलचित्र निर्माण गर्न सफल भएको मानन्धरले जिकिर गरे ।

समयको बदलावसँगै ऐतिहासिक विषयबस्तुलाई हुबहु देखाउनु चुनौतीपूर्ण भएर पनि भिडियो सम्बन्धिको आधुनिक प्रविधिको प्रयोगले चलचित्र निर्माण गर्न सफल भएको कार्यकारी निर्माता विरेन्द्र ताम्रकारले बताए ।

९० प्रतिशत भिडियो ऐनिमेसन तथा लाइभ एक्सन ऐनिमेसन प्रविधि प्रयोग गरिएको भएर यो चलचित्र नेपाल मै सम्भवतः पहिलो सबभन्दा बढी एनिमेसन गरिएको चलचित्र हो ।

‘कीर्तिपुर’ द लिजेन्ड अफ कीर्तिलक्ष्मीलाई संचार मन्त्रालय अन्तर्गतको सेन्सर बोर्डले तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहको विषयमा निर्माण गरिएको भएर ४ महिना सम्म चलचित्र सेन्सर गर्न आनाकानी गरेको थियो ।
लामो समयको अध्ययन तथा तयारी पश्चात २०६९ सालबाट सुटिङ सुरु गरिएकोमा चार वर्ष पछि बल्ल चलचित्र निर्माण सम्पन्न भएको छ । चलचित्र निर्माण टोलीले गोरखा, नुवाकोट, भक्तपुर, कीर्तिपुर तथा काठमाडौंका फरक ठाउँमा सुटिङ गरेको थियो ।

फोकस पिक्चर्सको व्यानरमा निर्माण गरिएको चलचित्रलाई प्रदीप खड्गीले निर्देशन गरेका छन् । त्यस्तै कला निर्देशन केके मानन्धरले गरेका छन् । चलचित्रमा भी.एफ.एक्स सुपरभाइजर सन्तोष के.सी तथा उनको टोलीले भिडियो एनिमेशन पक्ष हेरेका छन् ।

चलचित्रमा हिसिला महर्जन, मणि लवट, यशराज गराच, लक्ष्मी गिरी, मदनदास श्रेष्ठ, सञ्जय शर्मा, सुन्दरलाल श्रेष्ठ, सुरवीर पंडित, सुशील राजोपाध्याय, अन्जला नकर्मी, विनोद श्रेष्ठ, उदय श्रेष्ठ लगायतका कलाकारहरुको मूख्य भूमिका रहेको छ ।

हरिशरण साय्मिको संगीत रहेको चलचित्र ‘कीर्तिपुर’ द लिजेन्ड अफ कीर्तिलक्ष्मीका कार्यकारी निर्माता विरेन्द्र ताम्रकार हुन् भने निर्माता क्रमशः प्रेम खड्गी तथा अनन्तकुमार श्रेष्ठ हुन् ।

चलचित्रमा उदय श्रेष्ठले द्वन्द्व निर्देशन गरेका  छन भने अमृत मरहट्ठा तथा दीपसन परियारले श्रृङ्गार पक्ष हेरेका छन् । करिव आधा करोडको लगानीमा निर्माण गरिएको चलचित्रमा शंकर महर्जन तथा नवीन जोशीले क्यामरा चलाएका छन् ।
Source: http://www.imagekhabar.com/samachar/detail/57387/33/.shtml

Thursday, December 10, 2015

Rajopadhayaya in News : कात्तिक नाचमा सात दशक

कात्तिक नाचमा सात दशक

  • बिहीबार २४ मंसिर, २०७२
  • दीपक खरेल
  • DISQUS_COMMENTS
(0 votes)
पाटन- पाटन दरबारको माथिल्लो तलामा रहेको स्वर्ण आँखीझ्यालबाट राजा सिद्धिनरसिंह मल्ल सामुन्नेको चारनारायणको मन्दिरअगाडि कात्तिक डबलीमा कात्तिक नाच हेर्थे। राजा मल्लका भाइभारदारका लागि माथिल्लो बैठकमै अन्य झ्याल थिए। हाल पाटन संग्रहालयमा परिणत दरबारको माथिल्लो तलाको सुन्दरता र सम्पदाले नेपालको मल्लकालीन सम्पन्नता वर्णन गरिरहेको हुन्छ।
भूकम्पले ध्वस्त सोही चारनारायण मन्दिरअगाडि डबलीमा करिब चार शताब्दीपछि कात्तिक नाच सम्पन्न गर्न नाच संरक्षण समितिका पदाधिकारीलाई हम्मेहम्मे परेको थियो। मल्लकालीन सम्पन्नताको कथा सुन्दै नाचमै जीवन समर्पण गरेका पाटनका नेवार समुदायको नाचप्रतिको आस्था र मोहले कात्तिक नाचलाई जीवन्त राख्दै आएको छ।

यसरी जीवनका सात दशक नाचमै समर्पित गर्ने एक पात्र हुन् वाद्यवादन गुरु केशवकृष्ण श्रेष्ठ। केशव अहिले ७७ वर्षका भए। उनलाई पहिलो पटक बुवाले नाच मण्डली देखाउन ६ वर्षको उमेरमा डबलीमा ल्याएका थिए। केशवका बुवा हेमबहादुर, हजुरबुवा मानकृष्ण र कृष्णवीरपछि उनी र भाइ सौरभकृष्ण श्रेष्ठ तेस्रो पुस्ता हुन्। उनका छोरा सुनिलकृष्ण श्रेष्ठ र नारायणकृष्ण श्रेष्ठ मात्र होइन, नाति विवेक श्रेष्ठ र रविकृष्ण श्रेष्ठसहित पाँचौं पुस्ता पनि कात्तिक नाचमै रमाएको छ।

'बाले २००१ मा पहिलोपटक नाच देखाउन ल्याउनुभयो, २०१२ सालदेखि त मैले पनि गाउन र बजाउन सिकिसकेको थिएँ,' केशवले सम्झे। उनका अनुसार राजा सिद्धिनरसिंहले सुरुआत गर्दा नाच जम्मा पाँच दिन चल्थ्यो। त्यसपछि राजा श्रीनिवास मल्लले नाचमा विधा थपेर १५ दिन पुर्यारए। योगनरेन्द्र मल्लले नाचमा उषाहरण लीलासहितका विधा थपेपछि नाच महिनादिन चल्न थालेको हो।

'२००८ मा नाच नदेखाउने भनेपछि यही नासलचोकमा भेला भएर संर्घष भएको थियो। रक्षामण्डलले नाच देखाउन दबाब दिएको हो,' केशवले भने। उनका अनुसार २००७ मा भएको राजनीतिक परिवर्तनपछि नाच नै बन्द गर्ने निर्णय त्यसबेलाको सरकारले गरेको थियो। २००८ सालदेखि २०३८ सम्म नाच आठ दिनमात्र चल्थ्यो।

कात्तिक नाच संरक्षण समितिको स्थापनापछि नाचलाई १२ दिन देखाउन थालिएको थियो। नाचका लागि उहिल्यैदेखि नै गुठी संस्थानको छिमली अड्डाबाट सानो केराउ अझै आउने गरेको छ। 'हामी त्यही प्रसाद खाएर नाच्दै आएका छांै,' केशवले भने।

कात्तिक नाचमा गीत, धुन बाजा र नाच्नका लागि मल्लकालबाटै एउटै परिवारका सदस्यले भूमिका खेल्दै आएका छन्। बराहको पात्र कोत तहझाःका बंस खलक र नरसिंह राजोपाध्याय परिवार। परिवारका सदस्यले नाच, धुन र गीत आफ्ना सन्ततिलाई सिकाउँदै आएका छन्। 'हाम्रो बेलामा जस्तो छैन, अब सिक्न मान्दैन। हेर्न आउने मान्छे पनि थोरै हुँदै गयो,' केशवले दुखेसो पोखे।

कात्तिक नाच ललितपुरका प्रसिद्ध मल्ल राजा सिद्धिनरसिंह मल्लले करिब चार सय वर्षअगाडि चलाएको परम्परागत सांस्कृतिक नाच हो। दिनैपिच्छे फरकफरक नाच देखाइनु नै यो नाचको विशेषता हो। यो नाच श्रीकृष्ण लीलामा आधारित भएकाले यो नाचको मुख्य पात्र श्रीकृष्ण हुन्। नाचको अर्को मुख्य पात्र श्रीनृसिंह अवतार नाच हो।

उपाध्यक्ष शर्माका अनुसार राजा मल्लका लागि कृष्ण अवतार नाच कृष्ण मन्दिरका पुजारी हरिवंश उपाध्यायले स्थापना गरेका थिए। राजाका शिक्षा गुरु उपाध्यायले नै नाचका लागि आवश्यक राग, धुन, ताल, बाजागाजा र कलाकारको तयारी गरेको इतिहास छ। यस्तै, तलेजु मन्दिरका पुजारी तथा राजा मल्लका दिक्षा गुरु विष्णुनाथ उपाध्यायले नृसिंह अवतार नाचको प्रवन्ध गरेका हुन्। यस नाचमा दैत्य जगाउने गरिन्छ।

फोटो : कात्तिक नाचमा धुन र वाद्यवादक समूह र नासलचोकमा केशवकृष्ण श्रेष्ठ।

Source:http://nagariknews.com/society/nation/story/50165.html

Friday, November 20, 2015

Rajopadhyaya in News : अगिंमथलय् न्हूम्ह अग्निहोत्रिं ग्वय्दां तल

अगिंमथलय् न्हूम्ह अग्निहोत्रिं ग्वय्दां तल
   ने. स. ११३६ कछलाथ्व नवमि          

यलय् अगिमथःया न्हूम्ह अग्निहोत्रि जुइम्ह विज्ञाधर राजोपाध्याय ‘बाबा जुजुं’ ग्वय्दां तया बिज्याःगु दु ।
न्हूम्ह अग्निहोत्रि जुइम्हेसिनं अगिंमथःलिसे थःगु स्वापू स्वाकेगु ल्याखं थथे ग्वय्दां तयेगु चलन कथं भाजु राजोपाध्यायं थौं यलया अगिंमथलय् बिज्यानाः ग्वय्दां तयाबिज्याःगु खः । थौं अगिंमथलय् विश्वकर्मा पूजा यायेगु ई लाकाः वसपोलं ग्वय्दां तयाबिज्याःगु खः । उगु इलय् वसपोलया जहान सिद्धिलक्ष्मी राजोपाध्याय नं वसपोल नापं हे बिज्याःगु खः । ग्वय्दां तयेधुंकाः न्हूम्ह अग्निहोत्रि जुयाबिज्याइम्ह भाजु राजोपाध्याय व वसपोलया जहान निम्हेसितं विश्वकर्मा पूजाया प्रसाद लःल्हाःगु खः ।
न्ह्यःयाम्ह अग्निहोत्रि विपेन्द्रराज राजोपाध्याय वंगु कौलाथ्व द्वादशि (कार्तिक ७ गते) मदयेधुंकाः अग्निहोत्रिया थाय् प्वनाच्वंगु ख । थौं ग्वय्दां तयेधुंकाः वइगु कछलाथ्व द्वादशि (मंसीर ७ गते) कुन्हु भाजु विज्ञाधर राजोपाध्यायं अग्निहोत्रिया थाय् कयादी ।

स्वनिगःया आदिवासि ब्रम्हू समुदाय राजोपाध्याय दुने यलया दक्कले ज्याथःम्ह शक्तिसहितम्ह राजोपाध्याय अगिंमथःया अग्निहोत्रि तयेगु चलन दु ।
न्ह्यःयाम्ह अग्निहोत्रि विपेन्द्रराज राजोपाध्याय वंगु कौलाथ्व द्वादशि (कार्तिक ७ गते) मदयेधुंकाः अग्निहोत्रिया थाय् प्वनाच्वंगु ख । थौं ग्वय्दां तयेधुंकाः वइगु कछलाथ्व द्वादशि (मंसीर ७ गते) कुन्हु भाजु विज्ञाधर राजोपाध्यायं अग्निहोत्रिया थाय् कयादी ।
स्वनिगःया आदिवासि ब्रम्हू समुदाय राजोपाध्याय दुने यलया दक्कले ज्याथःम्ह शक्तिसहितम्ह राजोपाध्याय अगिंमथःया अग्निहोत्रि तयेगु चलन दु ।
Source : http://newadaboo.com/%E0%A4%85%E0%A4%97%E0%A4%BF%E0%A4%82%E0%A4%AE%E0%A4%A5%E0%A4%B2%E0%A4%AF%E0%A5%8D-%E0%A4%A8%E0%A5%8D%E0%A4%B9%E0%A5%82%E0%A4%AE%E0%A5%8D%E0%A4%B9-%E0%A4%85%E0%A4%97%E0%A5%8D%E0%A4%A8%E0%A4%BF%E0%A4%B9/


Monday, October 5, 2015

Rajopadhyaya in News: पशुपतिनाथमा पहिले मूल पुजारी नेवार राजोपाध्याय .....

पशुपतिनाथमा पहिले मूल पुजारी नेवार राजोपाध्याय थिए,कसरी बिस्थापित भए ?

असोज १७ ,२०७२
हालको पशुपतिनाथ ज्योतिर्लिङ्ग काठमाडौँ उपत्यकाको उत्पति संगै भएको हो भन्ने बिश्वास गरिन्छ भने यसको अस्तित्व सत्ययुग मा नै रहेको भन्ने पनि अनुमान गरिन्छ | हाल पशुपति मन्दिर भित्रको बाहिरी भागमा देउपतन को चारकिल्ला भित्रको राजभण्डारीहरु मात्रै सहयोगी पुजारीको रुपमा बस्ने गरिएको छ | भने भित्रि मुख्य ज्योतिर्लिङ्गमा दक्षिण भारतको कर्नाटक मुलको कृष्ण यजुर्वेदी दिक्षा लिएको ब्रहामन/पंच द्रविड मात्रै मूल भट्ट बन्न पाउने नियम छ |
pashupatinath temple
पशुपतिमा बैदिक भन्दा पनि तान्त्रिक/आगमिक बिधिद्वारा पुजिने भएकोले बैदिक ब्राह्मणले स्थान पाउन नसकको हो, तर इतिहास को कालखण्ड कोट्याउने हो भने ,परापुर्बकालमा नेवार समुदाय भित्र कै
राजोपाध्याय ब्राह्मणहरु (दिक्षीतप्राप्त) द्वारा नै नित्य पुजा बिधि गर्ने गरिन्थ्यो | पशुपतिनाथमा हाल सम्म पनि नेवार भित्रका कपाली/दर्शनधारी लगयत अन्य जातिहरुले तान्त्रिक बिधि बाट पुजा गर्नु पर्ने चलन छ ||
तर राजोपाध्यायहरु कसरि बिस्थापित भयो भन्ने कुरामा इतिहासकारहरुले यसरी आंकलन गरेका छन् |
१) शंखराचार्यद्वारा राजोपाध्याय ब्राह्मणलाइ बिस्थापित गरि दक्षिण भारतबाट ल्याएको पुजारीलाइ नियुक्ति गरिएको |
२) राजा प्रताप मल्लले कुच बिहार र कर्नाटकको राजकुमारी बिबाह गरे पश्चात कर्नटका ब्राह्मणको उपत्यकाको आगमन संगै प्रताप मल्लले मूलभट्टको रुपमा पशुपतिनाथमा नियुक्ति दिएका थिए!
साथै किराँतकालमा पनि तत्कालिन किराँत परम्परा अनुसार नेपाली नै पुजारी भएको इतिहास छ |
पशुपतिको भेटिलाइ कानुनी दयारामा ल्याउनु पुर्ब सबै भेटिहरु मूलभट्ट र भण्डारीहरुले बाडेर खान्थे तर नेपाल सरकारले पशुपति बिकाश कोषको पहलमा तेस्लाई बैंक दाखिला मार्फत राष्ट्रीय कोषमा जम्मा गरे पछी सबै भेटि कुम्लायाउनु नपाए पछी यस्तो अबस्था आएको हो | तलब नै दिएर पनि पशुपतिको भेटिलाइ राष्ट्रिय कोषमा दाखिला गर्नु सक्नु अहिले को लागि सफलता नै मानु पर्छ |
बिस्तारै पशुपतिको भेटि सबै सरकारी कोषमा दाखिला गराउने ब्यबस्था हुनु पर्छ | तेस्को लागि सबै भन्दा पहिले अब नियुक्ति हुने मूल भट्ट नेपाली हुनु पर्ने परम्परा थालनी हुनु पर्छ |
प्रचण्ड नेतृत्व सरकारले  नेपाली  पुजारी  राखने साहस गरेको  थियो  तर  तत्कालिन  राजनैतिक अवस्थाले  त्यो  धेरै  दिन  कायम  रहनु सकेन  | तर अब  यो  तर्फ गम्भीर पहल  हुनै पर्छ ,नेपाली मन्दिरमा  नेपाली  मूल पुजारी न्युक्ति  गरेर  पशुपतिनाथको  भेटिलाइ समाजिककाम  लगाउनु  पर्छ  |
Source : http://ekoshi.com/highlight/%E0%A4%AA%E0%A4%B6%E0%A5%81%E0%A4%AA%E0%A4%A4%E0%A4%BF%E0%A4%A8%E0%A4%BE%E0%A4%A5%E0%A4%AE%E0%A4%BE-%E0%A4%AA%E0%A4%B9%E0%A4%BF%E0%A4%B2%E0%A5%87-%E0%A4%AE%E0%A5%82%E0%A4%B2-%E0%A4%AA%E0%A5%81/