Thursday, December 26, 2013

अग्निशाला ब्यबस्थापन समितिको निर्बाचन सम्पन्न


नीरा राजोपाध्याय कोरियन केटीहरुलाई क्रिकेट सिकाउदै ....




Korean girls arrive in Kathmandu for basic cricket lesson



Incheon City in South Korea is gearing up to host the 17th Asian Games from September 19 to October 4 in 2014 and the Korean Cricket Association (KCA) has launched an ambitious project of preparing Korean national women’s team for the mega event.
And, Nepal has reason to feel proud in this initiative since the KCA has chosen Nepal to give basic cricket lesson to its wanna-be lady cricketers.
A Korean team, including 11 players, has arrived in Kathmandu early this week and six other girls are arriving in Kathmandu on Friday.
“We are hosting Asian Games in 2014 and we want to prepare ladies team by then,” said Nasir Khan, the coach and administrator of the Incheon Cricket Association, a regional association under KCA.
Korea called up interested athletes and selected 23 women for the training camp to prepare the women’s national cricket team.
“Some of the players are university students and school teachers while some are players of baseball, swimming and softball,” said Khan. “We have started teaching them basic cricket since last one and half months,” he added.
As IncheonCity has very cold weather and does not have facility of natural turf wickets, KCA chose Nepal to run training camp. According to Khan, they will run training camp in Nepal for a month period. Cricket Association of Nepal (CAN) has provided coaches — Raju Basnyat, Kalam Ali and Nira Rajopadhyaya — to teach the Korean girls along with other technical support.
“Nepal has been growing as a cricket country. Before coming here, we came to know there are skillful coaches like Nira to teach basics to our girls. We thought Nepal would be the best option to teach basics,” said Khan. “Meanwhile, we have good relation with Nepal Olympic Committee and Cricket Association of Nepal,” he added.
Song Seung Min, 20-year-old student of GacheonUniversity, is one of the players in the training camp. “I knew nothing when I first heard about the cricket some months ago but after going through the training, I’m interested in it,” said Song, who used to play baseball as a pitcher with her friends.
Song and her friends have started aiming high though she is yet to learn basics about cricket. “We want bronze medal in the Asian Games,” said Song without any hesitation.
Nepali coach Nira Rajopadhyaya, also the former captain of Nepal women’s team, found Korean girls hard working. “They are learning basics. We are teaching them basic techniques but they are quick to learn,” said Rajopadhyaya. “They are doing hard works and if they keep it up, they will progress soon,” she added.
After having basic cricket lesson from Nepal, the Koreans are planning to run training camps in Incheon. “We are trying to get some support from government and planning to call Nepali women’s team for practice matches before the Asian Games,” said Khan, who migrated to Korea from Lahore, Pakistan some 20 years ago and started playing cricket in Korea since then.
Nepal has almost similar story of stepping in women’s cricket. Cricketing Region No 5 (Nepalgunj) had taken the initiative in 2006 by assembling athletes from different other games. International Cricket Council (ICC) encouraged the initiative by giving away ICC Global Award then. Nepal had finished the ACC Women’s Trophy 2007 as runner-up in its first international participation in women’s cricket. It has been garnering successes at the international level in the women’s cricket since then.
(As reported to REPUBLICA)

Wednesday, November 27, 2013

ललित संदेशको ब्यबस्थापन मण्डलमा राजोपाध्याय


यो सामग्री काठमाडौ  निवासी श्री आभास राजोपाध्याय ज्युले उपलब्ध गराउनु भएको हो  र भबिष्यमा यस प्रकारको सहयोग जारी रहने प्रतिवद्दता प्रकट गर्नु भएको मा श्री आभास राजोपाध्याय ज्यु प्रति आभार प्रकट गर्दछौ /





Saturday, November 16, 2013

बैदिक नेवार ब्राम्हण द्यः ब्रम्हू



Source: http://rajopadhyaya.info/detail_article.html?article=8
Post by: RoSaN Rajopadhyaya
Post Date: Sunday 2010/12/05
Source: Padam Shrestha
ब्राम्हण थरका नेवार आचार्य, शर्मा, सुबेदि र रीमाल आचार्य, रीमाल, शर्मा, सुबेदि वा राजोपाध्याय जातीका बैदिक ब्राम्हण, नेवार समाजको नेतृत्वमा प्रत्येक बर्षपाटन कृष्ण मन्दिर अगाडी पर्रदर्शन हुने कात्ति प्याखं -कार्तिक नाच) कार्तिक शुक्ल षष्ठीको दिनदेखि शुरु हुने परम्परा छ ।

बिश्वप्रशिद्ध पाटन कृष्ण मन्दिर नेपाल सम्बत ७५७मा निर्माण सम्पन्न भइसकेपछि राजा सिद्धिनरसिंह मल्लका शिक्षा गुरु हरीबंश उपाध्यायको सल्लाह सुझाब मुताबिक 'कार्तिक नाच' प्रारम्भ गरीएको बताइन्छ । तत्कालीन पाटन देशमा रहेका सबैथरीका जातजातीलाई एउटै डबलीमा ल्याउने र उनीहरुको र्समर्थन, सहभागीता बढाएर राजा र राष्ट्रको शक्ति तथा धार्मिक समन्वय गराएर जनता राजाबीचको सम्बन्ध बलियो बनाउने उद्देश्यबाट शिक्षा गुरु हरीबंश उपाध्यायको आङ्खनै लेखन, निर्देशनमा कार्तिक नाच सञ्चालन भएको उल्लेख पाइन्छ ।

खिं बाजाको तालमा तान्त्रिक लवजको आधार दिइ रातिराति नचाइने कात्ति प्याखंमा शाक्य, बज्राचार्य, श्रेष्ठ, चित्रकार, ज्यापु, मल्ल, पोडे, कुश्ले लगायत प्राय सम्पूर्ण नेवारका जातजातीलाई छुट्टाछुट्टै भुमिकामा सहभागिता गराएको हुन्छ । नरसिंह अवतार लीलालाई मुल मानी नचाइने कार्तिक नाच ठग -कृष्ण) लीला, दधिलीला र बौद्ध धर्मावलम्बिहरुको सहभागितामा बुद्ध लीला पनि कार्तिक नाचको अवसरमा मञ्चन गर्ने प्रचलन पाइन्छ । बर्तमान कृष्ण मन्दिरका पुजारी तथा नरसिंह बनी नृत्य गर्नुहुने कार्तिक नाचका मुख्य पात्र प्रकाशधर शर्मा आचार्यका अनुसार तान्त्रिक पद्धतीका आधारमा रहि नचाइने कार्तिक प्याखं शुद्ध भइ नङ, कपाल काटि जनै फेरेर दिनभर भोकै रहि नृत्य गर्नुपर्ने परम्परा रहेको छ ।

मल्लकालमा राजाले पाटन दरवारको लुझ्याःमा बसी कार्तिक नाच अवलोकन गरी बस्थे भने नरसिंहद्वारा नाटकमा मारीने हिरण्यकश्यपुकी श्रीमति घरको कुनामा बिधीपूर्वक बलिरहने तेलको दिप हेरेर बसिरहन्थिन् ।

नरसिंहद्वारा नाटकमा हत्या गरीएका हिरण्यकश्यपलाई तलेजुका पुजारी ज्वालानन्द राजोपाध्यायले मंगलबजारको मंगाःहिटिबाट ल्याइएको पानी मन्त्रसाधना गरी नर्छर्की दिएसम्म उनको होश खुल्दैन भन्ने भनाइ पाइन्छ । यदि शुद्धता र तान्त्रिक साधनामा कमि भएमा हिरण्यकश्यप हुने ब्यक्तिको साच्चै मृत्यु हुनसक्ने कुरामा स्थानीय बासिन्दा गहिरो बिश्वास ब्यक्त गर्दछन् । गर्ग गोत्रिय बंश परम्परा अनुरुप सञ्चालन हुदै आइरहेको कार्तिक नाच राजा सिद्धिनरसिंह मल्लका शिक्षा गुरु बिश्वनाथ उपाध्यायपछि परशुराम, लक्ष्मीनारायण, चक्रधर, किर्तिधर, गोपीधर, प्रयागधर हाल प्रकाशधर शर्मा आचार्यपछि प्रतापधर शर्मा आचार्यसम्म नवौं पुस्ता भइसकेको छ । आङ्खनो बंशज पुर्खा कान्यकुन्जबाट आएका तन्त्र साधनाका प्रकान्द दुइ दाजुभाइ हुन् भन्नुहुने बिकाशधर शर्मा आचार्यका अनुसार त्यति बेलाको बौद्ध समाजले उनीहरुलाई कहिं पनि बस्न दिएन छन् । किम्बदन्ति अनुसार कान्यकुन्जबाट नेपाल पसेका गर्ग गोत्रिय शर्मा आचार्य बंशका ती दुइ दाजुभाइले र्सवप्रथम साँखु बज्रयोगिनी मणिचुडमा अग्निशाला स्थापना गरी बसेछन्, त्यहाँ अग्निशाला राख्न नदिएपछि बिशालनगर, हाडिगाउँमा र त्यहाँपनि बस्न नदिएपछि भाइ यशोधरा शर्मा आचार्यले पाटनमा बौद्ध भिक्षु बनी बस्न लागेछन् भने दाजुचाहिंले आङ्खनो कुलधर्म नछाडी प्रभाबलि नदि -हाल नख्खुखोला) छेउ अग्निशाला स्थापना गरी बस्न पुगेका बताइन्छ ।
भाइको नाउँमा स्थापित यशोधरा महाबिहार -ब्राम्हण संस्कारीत बुद्धबिहार) पाटन बुबहालमा अध्यावधिक पाइन्छ । निजका बंशज बज्राचार्य कहलाउन पुगे भने दाजु -नाउँ खुल्न नसकेका) चाहिंका सन्तान हाल पनि नेवार तान्त्रिक पद्धतीमा आधारीत बौद्ध संस्कार संरक्षण सर्म्बर्द्धनमा लागीरहेका छन् । पाटनमा अग्निशाला स्थापना गर्ने आचार्य शर्मा बंशज पश्चात तायव राज उपाध्याय, बिष्णु शर्मा, श्रीनाथ बहुपाध्याय पछिमात्र राजा सिद्धिनरसिं मल्लका शिक्षा गुरु हरिबंश उपाध्यायको नाउँ पाइन्छ । हरीबंश अगाडी चार पुस्ता र हरीबंश पछाडी नौ पुस्ता गरी जम्मा कृष्ण मन्दिर अगाडी कार्तिक नाच सञ्चालन गर्ने बंशज चौध पुस्ता बितीसकेको कुरा बर्तमान कृष्ण मन्दिरका पुजारी प्रकाशधर शर्मा बताउनुहुन्छ ।

बैदिक प्रतिष्ठानका अध्यक्ष तथा नेवारी संस्कृतीका दार्शनिक बलदेब जुजुको अध्ययन अनुसार मुख्यतया पाचडोरे जनैधारी नेवार ब्राम्हण तीन गोत्रका छन् । जस अनुसार भारद्वाज गोत्रिय बंशज सुबेदि राजोपाध्याय, चागुनारायणका पुजारी चक्रधरानन्द राजोपाध्याय, गर्ग गोत्रिय शर्मा आचार्य उपाध्याय शेष नारायण फर्पिङका पुजारी महेन्द्र नारायण राजोपाध्याय, र कौशिक गोत्रिय रीमाल नेवार ब्राम्हण इचंगु नारायणका पुजारी हुन् भने बिशंखुमा आधिकारीक कुनै पुजारी छैनन् भन्नुहुन्छ ।
लिच्छबी कालभन्दा अगाडी हरीदत्त बर्माकै पालामा निर्माण भएको चागु मन्दिरको इतिहास केलाउदा राजोपाध्याय, शर्मा, रीमाल, सुबेदि, नेवार बंशजको अस्तित्व प्रमाणित हुनुले नेवार ब्राम्हणको प्राचीनता ज्ञात हुन्छ । राजा जयस्थिती मल्लभन्दा अगाडी राष्ट्रदेब पशुपतिनाथको पुजारी राजोपाध्याय जातकै नेवार रहेकेा आधार हाल पनि प्रत्येक पुणिर्माका दिन महाभोग महाज्ञानमा मखंछेका भान्जा बंशज बिन्दुमणि राजोपाध्यायबाट आगन देवताको कलश पुजा गोप्य रुपमा गर्ने परम्पराले दिने गर्दछ । उपाकर्म गुठिको नाउमा संगठित राजोपाध्याय नेवार ब्राम्हणको मुख्य बसोबास काठमाडौंको वंघःछे“ -इन्द्रचोक), मखंछे“ -मखन), पाटन ललितपुरको सोथकवः, वलाकवः, महाद्यःननि, वलिम पटको, वनिम कवः तहूलिभि, अग्निशाला र भक्तपुरको इपाछेचुचाछेमा रहेको छ ।

उल्लेखित स्थानमा उपाकर्म गुथि रहने गरी तहुलिवि कवः ललितपुरबाट फर्पिङ, वलिम्ह कवः लपुवाट नाला, भुलिखेल, रसाखुं बसाइसराइ गएका राजोपाध्याय, सुबेदि शर्मा रीमाल जातीका नेवार पाइन्छन् । पाटन कृष्ण मन्दिर अगाडी राजोपाध्याय नेवार जातीको नेतृत्वमा हुने कार्तिक नाच बाहेक भक्तपुरको कांसी बिश्वनाथको भैरब रथ यात्रा र तलेजुपुजामा नेवार ब्राम्हणको नेतृत्वदायि भुमिका रहने परम्परा पाइन्छ ।

द्यः ब्रम्हु नेपाल ब्राम्हणको कर्मकाण्ड धर्म संस्कार ;

बैदिक पद्धतीमा उपत्यकाको मौलिक तन्त्र साधना समाहित गरीएपछि नेपाल नेवाल, वा नेवार ब्राम्हण कहलिन पुगेका द्यः ब्रम्हू तान्त्रिक र बैदिक दुबै पद्धतीका ज्ञाता हुने गर्दछन् । खस ब्राम्हण बिशुद्ध बैदिक मात्र भएको हुदा यिनीहरुमा तन्त्र पाईंदैन भने द्यः ब्रम्हू नेवार ब्राम्हणले तन्त्र पद्धती अनुरुप भैरब, कुमारी पुज्दा बलि सहित रागाको मासु प्रयोग गरी समयबजी ख्वाउने परम्परा रहेको कुरा बिश्वबिख्यात कृष्ण मन्दिरका पुजारी प्रकाशधर शर्मा बताउनुहुन्छ । बैदिक परम्परामा मत्स्य, मासु, मदिरा, मुद्रा, र मैथुनलाई ग्राहय मानिंदैन । तर नेवाल तन्त्र पद्धतीमा पञ्चमाकार पद्धतीलाई प्रयोग गरी साधनाको उच्च स्थान पुग्न सकिन्छ भन्ने मान्यतालाई स्वीकारीएको पाइन्छ । अर्थात बैदिक याचक हुन मात्र देवतासग याचना गरी समस्याको समाधानार्थ आग्रह गर्ने तर नेवार तन्त्र पद्धतीमा ब्राम्हण आफैं वा आङ्खनै शरीरमा देवता चढाएर चाहेको इच्छा पुरा गराउने दाबी गर्दछन् । तर पनि खसः बैदिक ब्राम्हणसग बिवाह चलाउने नेवार ब्राम्हण पनि स्यस्यः -श्रेष्ठ) जस्तै :
१. धौबजि नकः वनेगु -दुइ जीउकी छोरीलाई दहि चिउरा ख्वाउने)
२. मचाबू ब्यंकेगु -न्वारान)
३. न्हाय्पं प्वाः खनेगु -कान छेड्ने)
४. थःछेय् मचाबू लहिकः वनेगु -माइतीघरमा सुत्केरी पालिन जाने)
५. मचा जन्को -पास्नी)
६. आखः स्यनेगु -अक्षराम्भ)
७. कय्तापुजा -जनै दिएर बैदिक तन्त्र परम्परा अनुरुप ब्रतबन्ध)
८. पसिं बिइगु
९. बाःर्‍हा -बार्‍ह दिनसम्म कोठामा थुनी बाःर्‍हा राख्ने)
१०. इहिपाः -बिवाह)
११. जन्को -पास्नी)
१२. सिज्या -मृत्यर्ुकर्म)
बार्‍हैवटा संस्कार गरीन्छ । तर नेपाल ब्राम्हणमा ब्रतबन्ध अघि बसुखा नामको छुट्टै संस्कार टुप्पी राखी मन्त्र दिने परम्परा समेत तेर्‍हवटा संस्कार मानिने प्रथा पाइन्छ । बैदिक नेवार ब्राम्हणको भोज तथा अन्य कर्मकाण्डमा भने रागाको मासु चल्दैन ।

द्यःब्रम्हू राजोपाध्याय नेवार ब्राम्हणको धर्म :

पाटन कृष्ण मन्दिरका पुजारी प्रकाशधर शर्मा, बैदिक प्रतिष्ठानका अध्यक्ष बलदेब जुजु र भक्तपुरबासी संस्कृतीबिद रत्न जुजु -रमापतिराज शर्मा) तीनैजना आङ्खनो बंशलाई हिन्दु धर्मावलम्बि होइन, सनातन बैदिक धर्मावलम्बि भनिनुपर्ने तर्क दिनुहुन्छ । चार बेद, १८ पुराण रामायण महाभारत कतै उल्लेख नभएको हिन्दुस्थानी राष्ट्रियतालाई स्वतन्त्र र्सार्वभौमसत्ता सम्पन्न नेपाल राष्ट्रको थाप्लोमा हिन्दु धर्म भनी लाद्नु भारतीय गुलामी मानसिकता मात्र हो । बलदेब जुजु स्पष्ट शब्दमा भन्नुहुन्छ । हप्ताहलाई युनानी सप्ताह भन्ने गरे झैं सिन्धुघाटि सभ्यतामा हर्ुर्किएका सिन्धुस्थानीलाई मुसलमानले हिन्दुस्थान भन्न थाले र पछि बेलायती राज्य भारतमा चलेपछि त्यहि हिन्दु शब्दलाई इण्डो वा इण्डोइ हुदै इन्डिया भन्न थालिएको हो । मानव सभ्यताको बिकास भारत अर्थात हिन्दुस्थानबाट नभइ हिमाली क्षेत्रबाट भएको कुरा बैज्ञानिका आधारबाट प्रमाणित भइसकेको उल्लेख गर्दै संस्कृतीबिद रत्न जुजु आङ्खनो बंशजलाई भारतबाट आएका हिन्दुस्थानी भारतीयकरण गराउन खोजिरहेकोमा आपत्ती ब्यक्त गर्नुहुन्छ ।

उहाको बिचारमा प्राचीन ऋषि पहाडका गुफामा ध्यान गरी बस्थे भने प्राचीन बौद्ध साहित्यमा सिफुचो -शिवपुरी फुचो) फुल्चोकी लगी कैयौं ब्राम्हणलाई बौद्ध भिक्षुका रुपमा दिक्षित गरीएको आख्यान पाइन्छ । जुन ब्राम्हण आफु मथुरा, मगध, कान्यकुन्ज र नेपालकै मनहराका साथै कोशीको मूलबाट आएको बताउछन् । तर रत्न जुजुको बिचारमा बसाइसराइका क्रममा तर्राईबाट तलतल हुदै भारतका बिभिन्न ठाउमा पुगेर पछि पुनः आफन्तकै आडभरोसा लिंदै नेपालमा पसे ।



मल्लकालीन निर्देशक र कलाकारको खोजी

-प्रचण्ड मल्ल 

आश्विन १ - 'हरिसिद्धि पुराणअनुसार नेपालमा नाटक सर्वप्रथम कलिगत वर्ष २९६० अर्थात् विक्रम सम्वत्भन्दा ९४१ वर्ष अगाडि भएको थियो । त्यो हरिसिद्धि नाटक थियो । यसको कथावस्तु धार्मिक छ र उग्रतारा श्री नीलसरस्वतीलाई मूल बनाई सूत्रवीरले नागेन्द्रलाई वध गरेको उपाख्यानलाई लिएर नाटक रचना गरिएको छ । राजा विक्रमसेनले उग्रतारादेवीकै आज्ञा शिरोपर गरी यो नाटक निर्माण गरेको हो भन्ने वंशावलीको भनाइ छ । तर पछि नाटक लोप भयो । कलिगत ३७०५ मा विश्वकर्मा नामका मानिसले नाटकलाई नृत्यको रूपमा परिणत गरेछन् । विक्रम सम्वत् १००३ मा नाटक पुनः बन्द भयो । फेरि राजा प्रताप मल्लको शासनकालदेखि नृत्य परम्परामा यसको पुनर्निर्माण भयो, जुन आजसम्म चलिरहेकै छ । भाषा भने नबुझिने भइसकेको छ ।'उपर्युक्त कुरा 'जुजु जयप्रकाश मल्ल या रत्नेश्वर प्रादुर्भाव' मा सं. प्रेमबहादुर कसा लिखित 'झिगु नाटक परम्परा' बाट बुझिन्छ ।मल्लकालमा मञ्चित नाटकका निर्देशक एवं कलाकारको खोजी गर्दा त्यतिबेलाका नाटकप्रेमी राजाको नाम लिनुपर्ने हुन्छ ।भक्तपुरका नाटककार राजा- विश्व मल्ल, त्रैलोक्य मल्ल, जगज्योति मल्ल, जगत्प्रकाश मल्ल, जितामित्र मल्ल, भूपतिन्द्र मल्ल, रणजित मल्ल हुन् भने ललितपुर- सिद्धिनरसिंह मल्ल, श्रीनिवास मल्ल, योगनरेन्द्र मल्ल, विष्णु मल्ल तथा कान्तिपुरका- भूपालेन्द्र मल्ल, भाष्कर मल्ल -महिन्द्र मल्ल), जगज्जय मल्ल, जयप्रकाश मल्ल हुन् ।नेपाल विभाजन हुनुअघि एवं पछि दरबारमा आश्रति जनकवि नाटककारमध्ये जयत्, मणिकबर्द्धन, ज्योतिरीश्वर, वंशमणि उझा, शुभराज, धनपति, मणिनागराज, रामचन्द्र, हरिवंश शर्मा, वीरनारायण, श्रीधर, रघुनाथ, गोकुलनाथ, काशीनाथ, रामभद्र शर्मा, रामभारो, कृष्णानन्द, विश्वनाथ उपाध्याय, दैवज्ञ गंगाधर, गणेश, कृष्णदेव, चन्द्रशेखर आदि थिए ।पारम्परिक संस्कार, धार्मिक कार्य, राज्याभिषेक, राजपरिवारको जन्मोत्सव, व्रतबन्ध, तुलादान तथा मन्दिरमा गजुर हाल्दा, बाटो, पाटीपौवा निर्माण, मर्मत-सम्भार आदिको शुभारम्भमा र कार्य पूर्ण भएपछि नाटक मञ्चन गर्ने चलन थियो ।राजा जयस्थिति मल्लको जेठा छोरा धर्म मल्ल जन्मेको खुसियालीमा 'चतुरंग रामायण' नाटकको मञ्चन गरिएको थियो । यसको चर्चा गोपाल-वंशावलीमा छ । ने.सं. ४८७ प्रथमाषाढ कृष्ण अमावस्याका दिन यो मञ्चन भएको थियो । यिनै युवराजको व्रतबन्धमा 'राघवानन्द' नाटकको प्रदर्शन गरिएको थियो । ने.सं. ५०३ फागुनमा यिनको विवाह हुँदासमेत भैरवानन्द नाटक मञ्चन गरिएको थियो । दुवै नाटक कवि मणिकाबर्द्धनले लेखेका थिए ।राजा राय मल्लले ने.सं. ६०२-२१ तिर सुवर्ण तुलादान गर्दा 'चतुरंक महाभारत' नाटकको मञ्चन गरिएको थियो ।नाटककार राजा जगत्ज्योति मल्लले 'हरगौरी विवाह' नाटक लेखेर सूर्यग्रहण परेको समयमा तुलापुरुष दान गर्दा यो नाटक ने.सं. ७४९ मा मञ्चन गराए ।नाटककार राजा जगत्प्रकाश मल्लले -ने.सं. ७६३-९३) ले कान्छा छोरा उग्र मल्लको उपनयनमा आफैंले लेखेको नाटक 'मदन चरित' मञ्चन गराए । यिनै नाटककार राजाद्वारा रचित अर्को नाटक 'मलय गन्धिनी' पनि मञ्चित भएको थियो ।अर्का राजा जितामित्र मल्ल -ने.सं. ७९३-८१६) द्वारा रचित नाटक 'महाभारत' त्यतिबेला कुनै व्यक्तिको विवाहको उपलक्ष्यमा मञ्चित भएको थियो ।राजा भूपतिन्द्र मल्लले लेखेको नाटक 'विक्रम चरित' ने.सं. ८२६ मा भक्तपुरको मूलचोकको तलेजु मन्दिरमा ११ वटा गजुर चढाएर यज्ञ गर्दा मञ्चित भएको थियो ।यिनै राजाका छोरा रणजित मल्लको विवाहको उपलक्ष्यमा ने.सं. ८३३ मा सात अंकको 'उषाहरण' नाटकको प्रदर्शन गरियो ।राजा रणजित मल्लद्वारा लिखित प्रशस्त नाटकहरू मञ्चन भए । जसमध्ये ने.सं. ८५९ मा आफ्नो इष्टदेवताको मन्दिरमा ठूलो घण्ट चढाएको उत्सवमा 'कृष्ण चरित्र' नाटक मञ्चन भयो । ने.सं. ८७८ मा इष्टदेवताको मन्दिर जीर्णोद्धार गर्दा 'उषाहरण' नाटक । ने.सं. ८८१ मा कार्तिकप्रत पूरा भएको उपलक्ष्यमा 'ययात्युपाख्यान' नाटक । ने.सं. ८८८ मा इष्टदेवतालाई खुसी पार्न 'अन्धकासुखधोपाख्यान' नाटक आदि ।'गीत दिगम्बरम्' रूपक -नाटक) कविन्द्र राजा प्रताप मल्लले ने.संं. ७७७ श्रावण कृष्ण पञ्चमी बुधबारका दिन तुलपुरुष दान गरेको उपलक्ष्यमा मञ्चन गराए । यस नाटकका रचनाकार थिए- मैथिल कवि वंशमणि उपाध्याय ।राजा भास्कर मल्ल -महिन्द्र सिंहदेव) को राज्यकालमा 'ज्ञानवती' कथाको आधारमा तयार गरिएको नाटक ने.सं. ८४१ मा लग्नराछे टोलको डबलीमा खेलाइएको कुरा अंकित छ ।राजा जगज्जय मल्ल -ने.सं. ८४२-८५६) रचित नाटक 'अभिनव प्रवोध चन्द्रोदय' पशुपतिनाथको उद्देश्यले जत्रा चलाउँदा देशदेशान्तरका निमन्त्रित पण्डितलाई देखाउन मञ्चन गरिएको थियो । राजा जयप्रकाश मल्लको नाटक 'रत्नेश्वर प्रादुर्भाव' 'भैरव प्रादुर्भाव' ने.सं. ८८० मा मञ्चित भए ।ललितपुरका नाटककार रामभारोको 'वीरवाहु' ने.सं. ५४५ मा राजश्री महाविहारको स्थापना भएको उपलक्ष्यमा १२ दिनसम्म लक्षाहुति गरी मञ्चन गराइएको थियो । यो नाटक हेर्न भक्तपुरका राजा ज्योतिर्मल्ल ललितपुर आएका थिए ।राजा सिद्धिनरसिंह मल्ल -ने.सं. ७४२-७७७) ले ललितपुर दरबारको पश्चिमतिर रहेको डबलीमा कार्तिक नाच -नरसिंह नाच) मञ्चन गर्ने व्यवस्था गराए ।यो नाच हालसम्म पनि वर्सेनि कार्तिक महिनामा मञ्चन गरिन्छ । मल्लकालीन नाटक मञ्चनको नमुनाको रूपमा यस नाचलाई लिन सकिन्छ ।ललितपुर कार्तिक डबलीमा मञ्चन गरिने हास्यलघुनाटक 'यलय बाथः' का स्रष्टा राजा श्रीनिवास मल्लले मञ्चन गर्न लगाएको यस नाटकले नेपालको हास्याभिनयमा महत्त्वपूर्ण स्थान ओगटेको छ । नाटकमा तीन पात्र 'गं दाजु', 'समा दाजु' 'बाथः किजा' अभिनय गर्छन् । यी तीन पात्रमध्ये 'बाथः किजा' हुने पात्रको अभिनय ललितपुरको थकु जुजु -ठकुरी राजा, मल्ल राजा) को खलकले नै गर्नुपर्ने चलन भएको थियो । तर वि.संं. २००७ सालदेखि यो व्यवस्था हटाइएको छ ।वाथः किजा हुने मल्ल राजाका खलक को थिए ? खुल्दुली लाग्नु स्वाभाविक कुरा हो । नाटककार श्रीनिवास मल्ल युवराज छँदा 'वाथः किजा' भई अभिनय गर्थे भन्ने जनधारणा पनि रहेको छ । यदि यो कुरा सत्य हुन आयो भने अभिनय कलाको महत्त्वलाई मल्लकालमा विशेष स्थान दिइएको सावित हुन्छ । यो हास्य नाटक सिकाउने मूल गुरु -निर्देशक) थिए गंगाधर राजोपाध्याय ।मल्लकालमा लेखिएका केही नाटकहरूमा मिश्रति भाषाको प्रयोग भएको देखिन्छ । नाटककार राजा भूपतिन्द्र मल्लको 'माधवानल' मा प्रयुक्त भाषा- प्राकृत, संस्कृत, मैथिली र नेपाल भाषा थिए ।राजा जगत्प्रकाश मल्लले लेखेको नाटक 'पारिजातहरण' मा प्रयुक्त भाषा- संस्कृत, मैथिली, नेपाल भाषा र ब्रज भाषा थिए । नाटककार राजा रणजित मल्लको नाटक 'कृष्ण चरित' मा प्रयुक्त भाषा- संस्कृत, मैथिली, नेपाल भाषा थियो ।यिनै नाटककार राजा रणजित मल्लको नाटक 'कृष्ण कैलाशयात्रोपाख्यान' मा- बंगाली, संस्कृत र नेपाल भाषा थियो ।विभिन्न भाषाको ज्ञान भएका नाटककार मल्ल राजाहरू राजदरबारमा आश्रति कवि एवं जनकवि नाटककारहरूले एउटै नाटकभित्र विभिन्न भाषा पारी नाटक मञ्चन गराएका छन् । तर विचार गर्न कर लाउने कुरा के भने नाटकका संवादमा प्रयोग भएका भाषाले निर्देशक तथा कलाकारमा विविध भाषाको ज्ञान हुनु अझ चाललाग्दो छ । ती भाषामा संवाद बोलेर सर्वसाधारण दर्शकलाई नाटकको कथाबोध गराउन सक्ने क्षमता कलाकारमा हुनु विशिष्ट कुरो हो ।प्रकाशित मिति: २०६२ भाद्र ३१ ०६:२०