Saturday, November 16, 2013

बैदिक नेवार ब्राम्हण द्यः ब्रम्हू



Source: http://rajopadhyaya.info/detail_article.html?article=8
Post by: RoSaN Rajopadhyaya
Post Date: Sunday 2010/12/05
Source: Padam Shrestha
ब्राम्हण थरका नेवार आचार्य, शर्मा, सुबेदि र रीमाल आचार्य, रीमाल, शर्मा, सुबेदि वा राजोपाध्याय जातीका बैदिक ब्राम्हण, नेवार समाजको नेतृत्वमा प्रत्येक बर्षपाटन कृष्ण मन्दिर अगाडी पर्रदर्शन हुने कात्ति प्याखं -कार्तिक नाच) कार्तिक शुक्ल षष्ठीको दिनदेखि शुरु हुने परम्परा छ ।

बिश्वप्रशिद्ध पाटन कृष्ण मन्दिर नेपाल सम्बत ७५७मा निर्माण सम्पन्न भइसकेपछि राजा सिद्धिनरसिंह मल्लका शिक्षा गुरु हरीबंश उपाध्यायको सल्लाह सुझाब मुताबिक 'कार्तिक नाच' प्रारम्भ गरीएको बताइन्छ । तत्कालीन पाटन देशमा रहेका सबैथरीका जातजातीलाई एउटै डबलीमा ल्याउने र उनीहरुको र्समर्थन, सहभागीता बढाएर राजा र राष्ट्रको शक्ति तथा धार्मिक समन्वय गराएर जनता राजाबीचको सम्बन्ध बलियो बनाउने उद्देश्यबाट शिक्षा गुरु हरीबंश उपाध्यायको आङ्खनै लेखन, निर्देशनमा कार्तिक नाच सञ्चालन भएको उल्लेख पाइन्छ ।

खिं बाजाको तालमा तान्त्रिक लवजको आधार दिइ रातिराति नचाइने कात्ति प्याखंमा शाक्य, बज्राचार्य, श्रेष्ठ, चित्रकार, ज्यापु, मल्ल, पोडे, कुश्ले लगायत प्राय सम्पूर्ण नेवारका जातजातीलाई छुट्टाछुट्टै भुमिकामा सहभागिता गराएको हुन्छ । नरसिंह अवतार लीलालाई मुल मानी नचाइने कार्तिक नाच ठग -कृष्ण) लीला, दधिलीला र बौद्ध धर्मावलम्बिहरुको सहभागितामा बुद्ध लीला पनि कार्तिक नाचको अवसरमा मञ्चन गर्ने प्रचलन पाइन्छ । बर्तमान कृष्ण मन्दिरका पुजारी तथा नरसिंह बनी नृत्य गर्नुहुने कार्तिक नाचका मुख्य पात्र प्रकाशधर शर्मा आचार्यका अनुसार तान्त्रिक पद्धतीका आधारमा रहि नचाइने कार्तिक प्याखं शुद्ध भइ नङ, कपाल काटि जनै फेरेर दिनभर भोकै रहि नृत्य गर्नुपर्ने परम्परा रहेको छ ।

मल्लकालमा राजाले पाटन दरवारको लुझ्याःमा बसी कार्तिक नाच अवलोकन गरी बस्थे भने नरसिंहद्वारा नाटकमा मारीने हिरण्यकश्यपुकी श्रीमति घरको कुनामा बिधीपूर्वक बलिरहने तेलको दिप हेरेर बसिरहन्थिन् ।

नरसिंहद्वारा नाटकमा हत्या गरीएका हिरण्यकश्यपलाई तलेजुका पुजारी ज्वालानन्द राजोपाध्यायले मंगलबजारको मंगाःहिटिबाट ल्याइएको पानी मन्त्रसाधना गरी नर्छर्की दिएसम्म उनको होश खुल्दैन भन्ने भनाइ पाइन्छ । यदि शुद्धता र तान्त्रिक साधनामा कमि भएमा हिरण्यकश्यप हुने ब्यक्तिको साच्चै मृत्यु हुनसक्ने कुरामा स्थानीय बासिन्दा गहिरो बिश्वास ब्यक्त गर्दछन् । गर्ग गोत्रिय बंश परम्परा अनुरुप सञ्चालन हुदै आइरहेको कार्तिक नाच राजा सिद्धिनरसिंह मल्लका शिक्षा गुरु बिश्वनाथ उपाध्यायपछि परशुराम, लक्ष्मीनारायण, चक्रधर, किर्तिधर, गोपीधर, प्रयागधर हाल प्रकाशधर शर्मा आचार्यपछि प्रतापधर शर्मा आचार्यसम्म नवौं पुस्ता भइसकेको छ । आङ्खनो बंशज पुर्खा कान्यकुन्जबाट आएका तन्त्र साधनाका प्रकान्द दुइ दाजुभाइ हुन् भन्नुहुने बिकाशधर शर्मा आचार्यका अनुसार त्यति बेलाको बौद्ध समाजले उनीहरुलाई कहिं पनि बस्न दिएन छन् । किम्बदन्ति अनुसार कान्यकुन्जबाट नेपाल पसेका गर्ग गोत्रिय शर्मा आचार्य बंशका ती दुइ दाजुभाइले र्सवप्रथम साँखु बज्रयोगिनी मणिचुडमा अग्निशाला स्थापना गरी बसेछन्, त्यहाँ अग्निशाला राख्न नदिएपछि बिशालनगर, हाडिगाउँमा र त्यहाँपनि बस्न नदिएपछि भाइ यशोधरा शर्मा आचार्यले पाटनमा बौद्ध भिक्षु बनी बस्न लागेछन् भने दाजुचाहिंले आङ्खनो कुलधर्म नछाडी प्रभाबलि नदि -हाल नख्खुखोला) छेउ अग्निशाला स्थापना गरी बस्न पुगेका बताइन्छ ।
भाइको नाउँमा स्थापित यशोधरा महाबिहार -ब्राम्हण संस्कारीत बुद्धबिहार) पाटन बुबहालमा अध्यावधिक पाइन्छ । निजका बंशज बज्राचार्य कहलाउन पुगे भने दाजु -नाउँ खुल्न नसकेका) चाहिंका सन्तान हाल पनि नेवार तान्त्रिक पद्धतीमा आधारीत बौद्ध संस्कार संरक्षण सर्म्बर्द्धनमा लागीरहेका छन् । पाटनमा अग्निशाला स्थापना गर्ने आचार्य शर्मा बंशज पश्चात तायव राज उपाध्याय, बिष्णु शर्मा, श्रीनाथ बहुपाध्याय पछिमात्र राजा सिद्धिनरसिं मल्लका शिक्षा गुरु हरिबंश उपाध्यायको नाउँ पाइन्छ । हरीबंश अगाडी चार पुस्ता र हरीबंश पछाडी नौ पुस्ता गरी जम्मा कृष्ण मन्दिर अगाडी कार्तिक नाच सञ्चालन गर्ने बंशज चौध पुस्ता बितीसकेको कुरा बर्तमान कृष्ण मन्दिरका पुजारी प्रकाशधर शर्मा बताउनुहुन्छ ।

बैदिक प्रतिष्ठानका अध्यक्ष तथा नेवारी संस्कृतीका दार्शनिक बलदेब जुजुको अध्ययन अनुसार मुख्यतया पाचडोरे जनैधारी नेवार ब्राम्हण तीन गोत्रका छन् । जस अनुसार भारद्वाज गोत्रिय बंशज सुबेदि राजोपाध्याय, चागुनारायणका पुजारी चक्रधरानन्द राजोपाध्याय, गर्ग गोत्रिय शर्मा आचार्य उपाध्याय शेष नारायण फर्पिङका पुजारी महेन्द्र नारायण राजोपाध्याय, र कौशिक गोत्रिय रीमाल नेवार ब्राम्हण इचंगु नारायणका पुजारी हुन् भने बिशंखुमा आधिकारीक कुनै पुजारी छैनन् भन्नुहुन्छ ।
लिच्छबी कालभन्दा अगाडी हरीदत्त बर्माकै पालामा निर्माण भएको चागु मन्दिरको इतिहास केलाउदा राजोपाध्याय, शर्मा, रीमाल, सुबेदि, नेवार बंशजको अस्तित्व प्रमाणित हुनुले नेवार ब्राम्हणको प्राचीनता ज्ञात हुन्छ । राजा जयस्थिती मल्लभन्दा अगाडी राष्ट्रदेब पशुपतिनाथको पुजारी राजोपाध्याय जातकै नेवार रहेकेा आधार हाल पनि प्रत्येक पुणिर्माका दिन महाभोग महाज्ञानमा मखंछेका भान्जा बंशज बिन्दुमणि राजोपाध्यायबाट आगन देवताको कलश पुजा गोप्य रुपमा गर्ने परम्पराले दिने गर्दछ । उपाकर्म गुठिको नाउमा संगठित राजोपाध्याय नेवार ब्राम्हणको मुख्य बसोबास काठमाडौंको वंघःछे“ -इन्द्रचोक), मखंछे“ -मखन), पाटन ललितपुरको सोथकवः, वलाकवः, महाद्यःननि, वलिम पटको, वनिम कवः तहूलिभि, अग्निशाला र भक्तपुरको इपाछेचुचाछेमा रहेको छ ।

उल्लेखित स्थानमा उपाकर्म गुथि रहने गरी तहुलिवि कवः ललितपुरबाट फर्पिङ, वलिम्ह कवः लपुवाट नाला, भुलिखेल, रसाखुं बसाइसराइ गएका राजोपाध्याय, सुबेदि शर्मा रीमाल जातीका नेवार पाइन्छन् । पाटन कृष्ण मन्दिर अगाडी राजोपाध्याय नेवार जातीको नेतृत्वमा हुने कार्तिक नाच बाहेक भक्तपुरको कांसी बिश्वनाथको भैरब रथ यात्रा र तलेजुपुजामा नेवार ब्राम्हणको नेतृत्वदायि भुमिका रहने परम्परा पाइन्छ ।

द्यः ब्रम्हु नेपाल ब्राम्हणको कर्मकाण्ड धर्म संस्कार ;

बैदिक पद्धतीमा उपत्यकाको मौलिक तन्त्र साधना समाहित गरीएपछि नेपाल नेवाल, वा नेवार ब्राम्हण कहलिन पुगेका द्यः ब्रम्हू तान्त्रिक र बैदिक दुबै पद्धतीका ज्ञाता हुने गर्दछन् । खस ब्राम्हण बिशुद्ध बैदिक मात्र भएको हुदा यिनीहरुमा तन्त्र पाईंदैन भने द्यः ब्रम्हू नेवार ब्राम्हणले तन्त्र पद्धती अनुरुप भैरब, कुमारी पुज्दा बलि सहित रागाको मासु प्रयोग गरी समयबजी ख्वाउने परम्परा रहेको कुरा बिश्वबिख्यात कृष्ण मन्दिरका पुजारी प्रकाशधर शर्मा बताउनुहुन्छ । बैदिक परम्परामा मत्स्य, मासु, मदिरा, मुद्रा, र मैथुनलाई ग्राहय मानिंदैन । तर नेवाल तन्त्र पद्धतीमा पञ्चमाकार पद्धतीलाई प्रयोग गरी साधनाको उच्च स्थान पुग्न सकिन्छ भन्ने मान्यतालाई स्वीकारीएको पाइन्छ । अर्थात बैदिक याचक हुन मात्र देवतासग याचना गरी समस्याको समाधानार्थ आग्रह गर्ने तर नेवार तन्त्र पद्धतीमा ब्राम्हण आफैं वा आङ्खनै शरीरमा देवता चढाएर चाहेको इच्छा पुरा गराउने दाबी गर्दछन् । तर पनि खसः बैदिक ब्राम्हणसग बिवाह चलाउने नेवार ब्राम्हण पनि स्यस्यः -श्रेष्ठ) जस्तै :
१. धौबजि नकः वनेगु -दुइ जीउकी छोरीलाई दहि चिउरा ख्वाउने)
२. मचाबू ब्यंकेगु -न्वारान)
३. न्हाय्पं प्वाः खनेगु -कान छेड्ने)
४. थःछेय् मचाबू लहिकः वनेगु -माइतीघरमा सुत्केरी पालिन जाने)
५. मचा जन्को -पास्नी)
६. आखः स्यनेगु -अक्षराम्भ)
७. कय्तापुजा -जनै दिएर बैदिक तन्त्र परम्परा अनुरुप ब्रतबन्ध)
८. पसिं बिइगु
९. बाःर्‍हा -बार्‍ह दिनसम्म कोठामा थुनी बाःर्‍हा राख्ने)
१०. इहिपाः -बिवाह)
११. जन्को -पास्नी)
१२. सिज्या -मृत्यर्ुकर्म)
बार्‍हैवटा संस्कार गरीन्छ । तर नेपाल ब्राम्हणमा ब्रतबन्ध अघि बसुखा नामको छुट्टै संस्कार टुप्पी राखी मन्त्र दिने परम्परा समेत तेर्‍हवटा संस्कार मानिने प्रथा पाइन्छ । बैदिक नेवार ब्राम्हणको भोज तथा अन्य कर्मकाण्डमा भने रागाको मासु चल्दैन ।

द्यःब्रम्हू राजोपाध्याय नेवार ब्राम्हणको धर्म :

पाटन कृष्ण मन्दिरका पुजारी प्रकाशधर शर्मा, बैदिक प्रतिष्ठानका अध्यक्ष बलदेब जुजु र भक्तपुरबासी संस्कृतीबिद रत्न जुजु -रमापतिराज शर्मा) तीनैजना आङ्खनो बंशलाई हिन्दु धर्मावलम्बि होइन, सनातन बैदिक धर्मावलम्बि भनिनुपर्ने तर्क दिनुहुन्छ । चार बेद, १८ पुराण रामायण महाभारत कतै उल्लेख नभएको हिन्दुस्थानी राष्ट्रियतालाई स्वतन्त्र र्सार्वभौमसत्ता सम्पन्न नेपाल राष्ट्रको थाप्लोमा हिन्दु धर्म भनी लाद्नु भारतीय गुलामी मानसिकता मात्र हो । बलदेब जुजु स्पष्ट शब्दमा भन्नुहुन्छ । हप्ताहलाई युनानी सप्ताह भन्ने गरे झैं सिन्धुघाटि सभ्यतामा हर्ुर्किएका सिन्धुस्थानीलाई मुसलमानले हिन्दुस्थान भन्न थाले र पछि बेलायती राज्य भारतमा चलेपछि त्यहि हिन्दु शब्दलाई इण्डो वा इण्डोइ हुदै इन्डिया भन्न थालिएको हो । मानव सभ्यताको बिकास भारत अर्थात हिन्दुस्थानबाट नभइ हिमाली क्षेत्रबाट भएको कुरा बैज्ञानिका आधारबाट प्रमाणित भइसकेको उल्लेख गर्दै संस्कृतीबिद रत्न जुजु आङ्खनो बंशजलाई भारतबाट आएका हिन्दुस्थानी भारतीयकरण गराउन खोजिरहेकोमा आपत्ती ब्यक्त गर्नुहुन्छ ।

उहाको बिचारमा प्राचीन ऋषि पहाडका गुफामा ध्यान गरी बस्थे भने प्राचीन बौद्ध साहित्यमा सिफुचो -शिवपुरी फुचो) फुल्चोकी लगी कैयौं ब्राम्हणलाई बौद्ध भिक्षुका रुपमा दिक्षित गरीएको आख्यान पाइन्छ । जुन ब्राम्हण आफु मथुरा, मगध, कान्यकुन्ज र नेपालकै मनहराका साथै कोशीको मूलबाट आएको बताउछन् । तर रत्न जुजुको बिचारमा बसाइसराइका क्रममा तर्राईबाट तलतल हुदै भारतका बिभिन्न ठाउमा पुगेर पछि पुनः आफन्तकै आडभरोसा लिंदै नेपालमा पसे ।



No comments:

Post a Comment