Monday, September 3, 2012

कर्मकाण्ड तालिम

भद्रपुर। नेवार जातिको लोप हुन लागेको जन्मेदेखि मृत्युसम्मका मौलिक रीतिरिवाज तथा कर्मकाण्डलाई पुनर्जागरण गराउने उद्देश्यले नेवाः देय् दबू झापाले तीनदिने कर्मकाण्ड तालिम बिर्तामोडमा सुरु गरेको छ ।
तालिममा झापाका ३० गाविसबाट आएका ४० प्रशिक्षार्थीलाई प्रशिक्षकद्वय सञ्जय राजोपाध्याय र विजय राजोपाध्यायले प्रशिक्षण दिनुहुनेछ । नेवाः देय् दबू झापाका अध्यक्ष कृष्ण उदासको अध्यक्षतामा उक्त तालिम प्रशिक्षण भएको हो ।यसअघि झापाका काँकडभिट्टा र बिर्तामोडमा नेवार जातिका महिलालाई तीनघन्टे पूजा विधि प्रशिक्षण दिइएको थियो । रासस

No comments:

Post a Comment