राजोपाध्याय सम्बन्धि बिबिध सामाग्रीहरु एकै स्थानमा संकलन गरि आबश्यक परेको समयमा सबैले सजिलै प्राप्त गर्न सकियोस भन्ने उद्देश्यले राजोपाध्याय ब्लग २०६९ साल बैशाख १ गते खोलिएको हो l
२७ साउन, काठमाडौं । करिब ३८३ वर्षको इतिहाससँगै भिन्न पहिचान बोक्न सफल छ, काठमाडौं उपत्यकाको मध्यभागमा रहेको एउटा सम्पदा । एउटा आस्तिक राजाले सपनाको निर्देशनानुसार निर्माण गरेको मानिने यो मन्दिरमा कुँदिएको कला करिब पौने चार सय वर्षसम्म आइपुग्दा झनै महत्वपूर्ण बन्दै गएको छ ।
ढुंगैढुंगाबाट बनाइएको सो मन्दिरको कलाकृति र त्यहाँ राखिएको मूर्तिको हिसाबले समेत नेपालका अरू मन्दिरभन्दा भिन्न छ, पाटनको कृष्ण मन्दिर ।
दुईवटा मुख्य भगवानलाई उत्तिकै महत्व दिएर पूजा गर्ने संस्कारदेखि २१ वटा गजुरसम्मको निर्माणकलाले मन्दिरलाई अरूभन्दा भिन्न कोटिमा उभ्याएको छ ।
सामान्यतया नेपालका धेरै मन्दिरहरू प्यागोडा शैलीमा निर्माण हुने गर्छन् । तर यो मन्दिर तीनवटा शैलीको मिश्रणबाट तयार भएको वास्तुकलाका प्राध्यापक सुदर्शनराज तिवारीको एक आलेखमा उल्लेख छ । उनका अनुसार विसं १६९४ मा राजा सिद्धिनरसिंह मल्लले शिखर, द्रविड र मुगल शैलीलाई मिश्रण गरेर मन्दिर बनाएका हुन् ।
शैलीकै हिसाबले भक्तपुरको वत्सला मन्दिरको कला पनि पाटन दरबार मन्दिरको जस्तै छ । तर कृष्ण मन्दिर २१ वटा गजुरसहित निर्माण गरिएको छ भने वत्सलामा कम गजुर छ । कला र सौन्दर्यले भरिपूर्ण कृष्ण मन्दिरमा कृष्ण र शिवको मूर्ति राखिएको छ । मन्दिरको बाहिरपट्टि विष्णुको १० अवतारको प्रतिमा छ । इसान कोणमा मत्स्य अवतारको मूर्ति राखिएको छ । त्यसपछि क्रमशः घडीको दिशामा भगवानका विभिन्न अवतारको मूर्ति राखिएको छ ।
दुई भगवान् रहेको दुर्लभ मन्दिर
एउटै मन्दिरमा धेरै भगवानको मूर्ति राख्ने चलन त जतात्यतै देख्न सकिन्छ । तर मन्दिरमा तला छुट्टयाएर नै दुवै भगवान्लाई महत्व दिएर मूर्ति राख्ने परम्परा नेपालमा दुर्लभ रहेको तिवारीले आफ्नो आलेख ‘दि कृष्ण मन्दिर : एन इन्भेस्टिगेसन अफ इट्स स्टाइल’ मा उल्लेख गरेका छन् ।
विभिन्न पुरातात्विक प्रमाणहरूको आधारमा यस्तै शैलीको मन्दिर आठौं शताब्दीमा मद्रास नजिकै कान्चिपुरममा बनेको थियो । यद्यपि सिद्धिनरसिंहको समयमा भने यस्तो मन्दिर बनाउने चलन कम भइसकेको तिवारी बताउँछन् ।
एउटै मन्दिरमा शिव र कृष्णको मूर्ति राख्नुको पछि रोचक कारण रहेको पाटन कृष्ण मन्दिरका मूल पुजारी प्रतापधर शर्मा(राजोपाध्याय) बताउँछन् । उनका अनुसार १७ औं शताब्दीको अन्तिमतिर अहिले कृष्ण मन्दिर रहेको ठाउँमा झाडी थियो । शिवालय बनाउन भनेर तयार पारिएको जग्गामा शिवालय बनिसकेको थिएन । त्यही बेलामा राजा सिद्धिनरसिंहलाई त्यो झाडी फाँडेर श्रीकृष्णको मन्दिर बनाउन कसैले सपनामा सुझाव दिए ।
सपनामा भने मुताविक झाडी फाँड्ने क्रममा त्यहीँ श्रीकृष्णको मूर्ति भेटिएको भन्ने किंवदन्ती छ । कृष्णको मूर्ति भेटिएको ठाउँ र शिवालयको लागि जग्गा छुट्याएको ठाउँ भएकोले सिद्धिनरसिंहले शिव र कृष्णको समेत मूर्ति राखेर पूजा गराउन थाले ।
शिखर शैलीमा नै किन बनाइयो पाटन कृष्ण मन्दिर ?
कृष्ण मन्दिर १९.६७ मिटर अग्लो छ । जसको प्रवेशविन्दुमा गरुड र सिंहको मूर्ति राखिएको छ । शर्मा शिखर शैलीमा नै निर्माण गर्नुको पछि छुट्टै कारण रहेको बताउँछन् ।
धार्मिक राजा सिद्धिनरसिंह नियमित यज्ञकुण्डमा हवन गर्ने गर्थे । उनले सपना देखेकै दिन पनि त्यही हवनको क्रममा निस्किएको धुवाँले अहिलेको कृष्ण मन्दिरको आकृति लियो । त्यही आधारमा मन्दिर शिखर शैलीमा निर्माण गरिएको भन्ने मान्यता छ ।
मन्दिरभित्रको कलाकृति
नेपालका पुराना मन्दिरहरूमध्ये सम्भवतः यस्तो ढाँचाको मन्दिर अहिले पाइँदैन । मन्दिरको भित्रपट्टि रामायण र महाभारतको सारलाई शिलापत्रमा लेखिएको छ । मन्दिरको भुइँ तलामा रामायणको महत्वबारे उल्लेख गरिएको छ भने त्योभन्दा माथिल्लो तलामा महाभारत के हो ? महाभारत युद्ध किन भयो ? भन्ने विषय उल्लेख गरिएको छ । जुन ‘प्रचलित नेवारी लिपि’मा लेखिएको शर्मा बताउँछन् ।
कृष्ण मन्दिरमा रहेको २१ वटा गजुरको पनि छुट्टै अर्थ छ । हवन गर्दा २१ वटा कलश स्थापना गर्नु उपयुक्त मान्ने गरिन्छ भने गजुरले कुनै पनि काम फत्ते भएको अर्थलाई जनाउँछ ।
राजाले नियमित गर्ने हवन गर्ने क्रममा २१ वटा कलश स्थापना गरिएको थियो । ती कलशको नाम पनि छुट्टाछुट्टै थियो । यद्यपि ती कलशको नाम मन्दिरमा लेखिएको शिलालेखमा भने उल्लेख नरहेको पुजारी शर्मा बताउँछन् । सोही कलशलाई समेत यज्ञमा हवन गरिसकेपछि कलशको प्रतिनिधित्व गराउनको लागि २१ वटा गजुर बनाइएको मान्यता छ ।
उता, सिँढी चढेर मन्दिरको मूल प्रवेशद्वारबाट छिर्नेबित्तिकै एउटा शिव लिङ्ग देख्न सकिन्छ । त्यसभित्रको भित्तामा रामायणको विविध घटनाक्रमको चित्रण र व्याख्या गरिएको छ । माथिल्लो तल्लामा प्रवेश गर्ने बाटोमा नै सिंहको मूर्ति देख्न सकिन्छ जसलाई ‘शार्दूल’ भन्ने गरिन्छ । माथि उक्लिनुपूर्व नै श्रीकृष्णले बाँसुरी बजाइरहेको, रुक्मिणी र सत्यगामा नाचिरहेको आकृति देख्न सकिन्छ ।
त्यस्तै, माथिल्लो तलाको गर्भगृहमा कृष्ण, रुक्मिणी र सत्यगामा, गरुड आदिको मूर्ति राखिएको छ । भुइँतलामा रामायण के हो ? यसमा मुख्य कुरा के उल्लेख छ भन्ने कुरा समेटेजस्तै माथिल्लो तलाको भित्तामा महाभारतको विषयलाई संक्षेपमा उल्लेख गरिएको छ । साथै, श्रीकृष्णको विभिन्न स्वरूपको मूर्ति पनि देख्न सकिन्छ ।
श्रीकृष्णको मूर्ति रहेकोभन्दा माथिल्लो तलामा भने शिवको मूर्ति छ । शिवालयको जग्गा भएकोले शिवको समेत मूर्ति राखेर पूजा गर्न सपनामा आदेश भएपछि यस्तो संरचनामा पूजा सुरु गरिएको भन्ने मान्यता सुनाउँछन्, शर्मा ।
प्रा. तिवारीका अनुसार यो मन्दिरको निर्माण कलामा भारतीय शैलीको प्रभाव बढी छ । यो मन्दिर बनाउनका लागि साढे ६ वर्ष लागेको थियो । यही शैलीको मन्दिर ११ औंदेखि १३ औं शताब्दीतिर दक्षिण भारतमा बनाउने गरिएको थियो । यस्तो मन्दिर निर्माण गर्न ठूलो पुँजी लाग्ने भएकोले पनि यो आफैँमा दुर्लभ छ । तर जतिठाउँमा बनेका छन् ती ठाउँमा प्रायः विष्णु र उनको अवतारको भगवानको लागि नै यस्तो मन्दिर बनाउने गरिएको छ ।
पशुपतिनाथ मन्दिरसँग जोडिएको प्राचीनता, परम्परा र धार्मिक मूल्य मान्यता, रीतिस्थितिका सापेक्ष नै पुजारी परम्परा पनि चलिआएको छ । सनातनीय हिन्दूहरुको धार्मिक आस्था र विश्वासको केन्द्र श्रीपशुपतिनाथको पुजारी हुनका लागि निर्धारण गरिएका योग्यताहरु पनि हिन्दू धर्माबलम्बीहरुको आस्था र विश्वाससँग सम्बन्धित विषयहरु हुन् । त्यसलाई खल्बल्याएर हिन्दु धर्माबलम्बीहरुको आस्था र विश्वासमा चोट पुग्ने काम कसैले पनि गर्नु गराउनु हुँदैन । भारतीय भट्ट पुजारी परम्परा पशुपतिनाथमा अक्षुण्ण रुपले चलि आएको प्रचलन हो । परम्परा कानुनको रुपमा रहन पुगेको हुन्छ , वैधानिकता हुन्छ र त्यसलाई संविधानले पनि आत्मसात् गरेको हुन्छ । सनातन देखि चलि आएको परम्परा र त्यससँग जोडिएको धार्मिक आस्था र विश्वासलाई खलल पार्न कसैले पनि विवाद उठाउनु मनासिब रहदैँन ।
केही दिन अगााडि केही अनलाइन सञ्चार माध्यमबाट पशुपतिनाथ मन्दिरमा भारतीय भट्ट पुजारीलाई हटाई नेपाली ब्राह्मण पुजारी नियुक्त गर्ने सरकारी निर्णय भएको भनी समाचार सम्प्रेषण भएको थियो । यसको लगत्तै पशुपति क्षेत्र विकास कोषले एक विज्ञप्ति जारी गर्दै विभिन्न अनलाइन न्यूजपोर्टलमा आएका समाचारहरु प्रति कोषको गम्भीर ध्यानाकर्षण भएको र नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकोयस खालको सोच नरहेको भनी उल्लेख गरिएको छ । साथै नेपाल र भारतको सदियौँ देखिको सम्बन्धलाई धुमिल गर्न कतिपय शक्तिहरु सक्रिय रहेको र यस प्रकारका भ्रामक सूचनाको पछाडी नलाग्न समेत सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पशुपति क्षेत्र विकास कोष (कार्यव्यवस्था) नियमावली, २०५४ को नियम ३ मा श्री पशुपतिनाथको पुजारीको योग्यता तथा नियुक्तिको बारेमा उल्लेख गरिएको छ । उक्त नियममा “श्री पशुपतिनाथको पुजारी हुन जन्मसिद्ध हिन्दु धर्माबलम्बी, वेदाध्यायी, सदाचारी, धर्मशास्त्रमा विशिष्ठ ज्ञान भएको, संस्कृतज्ञ, स्नातक, विद्वान ब्राह्मण र स्वजातिमा विवाह भएको व्यक्ति हुनुपर्नेछ र विदूर वा एकभन्दा बढी पत्नी भएको व्यक्ति मूल पुजारी हुने छैन । ” भनी उल्लेख गरिएको छ । पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ को दफा १७(क१) अनुसार श्री पशुपतिनाथको मन्दीरको रेखदेख गर्ने कर्तव्य कोषको हुनेछ र मन्दिरको विभिन्न पूजाआजा चलाउने कर्तव्य मूलभट्टको हुनेछ ।
कर्नाटकमहाराष्ट्रा आन्ध्राद्रविडजातिजाः ।
विन्ध्याचल पर्वतको दक्षिणमा जन्म लिएका कर्नाटक, महाराष्ट्र, आन्ध्र तथा द्रविणदेशका सपत्नीक गृहस्थ ब्राह्मण नै पुजारी हुनुपर्ने प्रचलन रहेको छ र उपयुक्त भनाइ विभिन्न वंशावलीमा समेत उल्लेख रहेको छ ।तर पशुपतिनाथमा पुजारीको नियुक्ति पारिवारिक रोलक्रममा हुँदैन । राजशासन हुँदा वडागुरुज्यूको सिफारिसमा श्री ५ बाट हुन्थ्यो भने अहिले खुल्ला प्रतिष्पर्धाबाट छनौट भएका उम्मेदवारहरुलाई पशुपति क्षेत्र विकास कोषका अध्यक्ष संस्कृति मन्त्रीको सिफारिसमा संरक्षक प्रधानमन्त्रीबाट हुन्छ । पशुपतिनाथ र नेपाली इतिहाससँग भारतीय भट्ट पुजारी परम्पराको गहिरो सम्बन्ध रहेको छ नेपाल र भारत दुई मित्रदेश बीचको धार्मिक–सांस्कृतिक मित्रतालाई प्रगाढरुपले स्थापित गरेको छ ।
वि.सं. २०६५ पुष १३ गते पशुपतिनाथका तत्कालीन तीन भट्टले राजीनामा दिएपछि पशुपति क्षेत्र विकास कोषले श्रीपशुपतिनाथको उत्तर मुखका पुजारीको रुपमा नुवाकोट जिल्ला जिलिङ गाविसका स्थायी निवासी प्रा.डा. विष्णुप्रसाद दाहाल र वासुकीनाथको पुजारीमा सिन्धुपाल्चोक जिल्ला बाँसबारी गाविसका स्थायी निवासी शालिग्राम ढकाललाई नियुक्त गरेको थियो । यस विषयमा विवाद खडा भई सर्वोच्च अदालतमा रिट दायर भएको थियो र पुष १६ गते मा. न्यायधीश बलराम के.सीको एकल इजलासले नियुक्ति परम्परागत प्रक्रिया विपरीत गैरकानुनी भएको ठहर गरि नवनियुक्त नेपाली भट्टहरुको पदस्थापना बदर गरि साबिक कै मूलभट्ट र अन्य भट्टहरुबाट पूजा सञ्चालन गर्न अन्तरिम आदेश जारी गर्यो । त्यस पश्चात् विकास कोषका तत्कालीन कोषाध्यक्ष गणेश अधिकारीले सर्वोच्चबाट जारी गरिएको आदेश बदर गर्न माग गर्दै निवेदन दर्ता गराएपछि सर्वोच्च अदालतले अन्तरिम आदेश कायम राख्ने वा नराख्ने भनेर छलफल गर्न पुष २८ गते दुवै पक्षलाई हाजिर गराएको थियो । तर त्यो मिति अगाावै पुष २३ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थापिका संसदको बैठकमा पुजारीले विभिन्न मितिमा दिएका राजीनामा स्वीकृत गर्दै नयाँ नियुक्ती सम्बन्धि सम्पूर्ण कारबाही बदर गरेको घोषणा गरेका थिए ।
पशुपतिनाथमा उक्त परम्परा कहिलेदेखि सुरु भयो भन्ने विभिन्न विद्वानका पृथक मत रहेको छ । तर अलि प्रमाणिक मतको रुपमा यक्ष मल्ल (वि.सं.१४८५–१५३८) ले दक्षिण भारतीय ब्राह्मण झिकाई यो चलन चलाएको प्रमाणलाई लिइन्छ ।गृहस्थ ब्राह्मण पुजारी हुनुपूर्व पशुपतिमा भारतीय दण्डी सन्यासीहरु पुजारी रहने गर्दथे र यस भन्दा अगाडि नेपाली राजोपाध्याय ब्राह्मणहरु पशुपतिका पुजारीका रुपमा रहन्थे भन्ने तथ्य विभिन्न श्रोतबाट प्राप्त हुन आएको छ । पछि राजोपाध्यायहरुलाई पशुपतिको पुजारीबाट बर्खास्त गरि भारतीय ब्राह्मणलाई पुजारी नियुक्त गरिएको थियो । एक पटक नेपालका राजालाई पूजा विधि हेर्न मन भएछ र उनी पशुपतिनाथको नित्यपूजा विधि हेर्न थालेछन् । त्यो बेला पशुपतिमा स्वामी विमलानन्द पुजारी थिए । उनले सम्पूर्ण पूजा विधान सम्पन्न गरे र अन्तिममा दर्शन गर्ने बेलामा प्रत्यक्ष प्रणाम नगरि दण्डी धर्म अनुसार दण्डले पशुपतिनाथको दर्शन गरे । राजाले पुजारीलाई पशुपतिनाथलाई झपक्क नुहेर प्रणाम गर्न आदेश दिए तर स्वामी विमलानन्दले महाराज त्यसरी प्रणाम गर्नु हाम्रो दण्डी धर्मको नियमको खिलाफ हुन्छ भने । तर पनि राजाले यसको गुह्य अर्थ नसम्झेर भगवान् भन्दा तपाईं ठूलो होइन प्रत्यक्ष प्रणाम गर्नुहोस् भने । राजाले दिएको आदेशलाई बाध्य भएर आँगनको दक्षिणपट्टी रहेको धर्मशीलामा गएर झुकेर भूमिमा प्रणाम गरे । प्रणाम गर्ने बित्तिकै त्यो धर्मशीला बीचबाट प्वाट्ट फुट्यो । अहिले त्यो धर्मशीलामा ताम्रपत्रले ढाकिएको छ र हरेक पूर्णिमाको महास्नानमा भात, दाल, तरकारीआदि व्यञ्जनको भोग अर्पण त्यही शीलामा गरिन्छ । यो देखेर राजाले स्वामी विमलानन्दसँग तत्क्षण क्षमायाचना गरे र त्यस समयदेखि पशुपतिनाथलाई प्रत्यक्ष दण्डवत् गर्ने गृहस्थ ब्राह्मण पूजा उपासनाको लागि नियुक्त हुने गरेका छन् । (श्री पशुपति दर्शन, रावल अनन्त कृष्ण सोमयाजी) ।पशुपतिका पुजारीमा नियुक्त हुने ब्राह्मणले प्रथम पटक मन्दिर प्रवेश गर्नु पूर्व विधिपूर्वक रीतहरु पुर्याई गुप्तवास बसी मन्दिर परिसरमा रहेका दक्षिणामूर्ति, एकादश रुद्र, चण्डेश्वर, विश्वरुप, राममन्दिर लगायतका देवालय तथा गुह्येश्वरी, वत्सलेश्वरी, भुवनेश्वरी, राजराजेश्वरी लगायतका शक्ति पीठहरुमा पूजा गर्नुपर्ने हुन्छ । पुजारी आजन्म मांसाहार नगरेको, वीर्य अखण्डित भएको, पुजारी भएर रहँदाबस्दा लवण सेवन (नुन खान) गर्न नहुने, जाडोघाम नभनी सत्आचारमा रही कठोर विधि पुर्याएर नित्यनैमित्तिक पूजा सञ्चालन गर्नुपर्ने हुन्छ ।
(क्रमशः बाँयाबाट मूलभट्ट (पन्ध्रौँ) प्रधानार्चक रावल गणेश भट्ट, दक्षिणमुखका पुजारी रामकारान्त भट्ट, उत्तरमुखका पुजारी गिरीश भट्ट र पूर्वमुखका पुजारी नारायण मञ्जुनाथ भट्ट )
जनश्रुतिका अनुसार पशुपतिमा नेपाली पुजारी नियुक्त नगरि भारतीय भट्ट ब्राह्मण नियुक्त गर्ने प्रमुख कारण नेपाली जनताले शिवस्व नखाने चलन हो । इतिहासमा राजस्व, देवस्व र शिवस्वको ठूलो महत्व रहेको छ । राजद्रोही र राज्य विरुद्धको कसुर गर्नेलाई शिवस्व खुवाइन्थ्यो । शिवस्व खानेले चन्द्रसूर्य रहँदासम्म नरकमा नै यातना प्रताडना भोग्नुपर्ने मान्यता अहिलेसम्म पनि छ । अनि अर्को मान्यता अनुसार तत्कालीन हिन्दूराष्ट्र नेपालमा राजशासन रहेको र राजालाई विष्णुस्वरुप मानिने हुँदा, राजाको देहावसान हुँदा सम्पूर्ण नेपाली जनतालाई अशौच पर्ने मान्यता रही आएको थियो । तर अहिले गणतान्त्रिक राज्य व्यवस्था प्रणाली लागु भैसकेको अवस्थामा यो प्रथाको कुनै औचित्य नै रहदैँन ।
पूजा प्रक्रम चलाउने भट्ट ब्राह्मणहरु कृष्ण यजुर्वेदको तैत्तिरीय शाखाध्यायी हुनुपर्ने विधान छ । नेपालका हरेक क्षेत्रमा शुक्ल यजुर्वेदको विभिन्न शाखा अनुशरण हुने गरेका छन् । तर कृष्ण यजुर्वेद पढ्ने ब्रह्मनिष्ठ विद्वानको उपस्थिति अहिले सम्म बोध भएको छैन । यद्यपी केही काल अघिसम्म नेपालमा पनि कृष्ण यजुर्वेदका विभिन्न शाखाध्यायी (विशेष गरि तैत्तिरीय शाखाका) ब्राह्मणहरु थिए भन्ने कदाकदा सुन्नमा आएको चाहिँ छ । तर तत्कालीन समयमा कृष्ण यजुर्वेदको तैत्तिरिय शाखाध्यायी ब्राह्मण वंश रहे नरहेको पत्ता पाउन सकिएको छैन र यो अनुसन्धेय विषय हो । नेपाली विद्वानहरुले यदाकदा प्रश्न उठाउने गरेका छन्– नेपालका अरु मठमन्दीरमा शुक्ल यजुर्वेद अनुसारको पूजा तथा अनुष्ठान पद्धतिले कर्म चलाउन मिल्ने तर पशुपतिनाथमा शुक्ल यजुर्वेदीय पद्धति अनुसारको पूजाविधान चलाउन किन नमिल्ने ?विद्वान् प्रमोदवद्र्धन कौण्डिन्यान्यका अनुसार पुरानो समयमा ऋग्वेदका २१, शुक्लयजुर्वेदका १५, कृष्णयजुर्वेदका ८६, साम वेदका १००० र अथर्व वेदका ९ गरेर जम्मा ११३१ वटा शाखाहरु चतुर्वेदका शाखाहरु रहेका थिए । अहिले शुक्ल यजुर्वेदका प्रमुख २ शाखा माध्यन्दिनीय र काण्व, कृष्ण यजुर्वेदका तैत्तिरीय, मैत्रायणीय, काठक र कपिष्ठकठ गरि चार शाखा प्रचलनमा रहेका छन् । वर्तमानमा नेपालमा शुक्ल यजुर्वेद, केही सामवेदका शाखाहरु छन् । ऋगर्वेद र अथर्व वेदका शाखाध्यायी नेपालमा भएको थाहा पाइएको छैन । कृष्णयजुर्वेदीय शाखाध्यायी राजोपाध्याय ब्राह्मणमा भएको भन्ने सुनिए पनि हाल सम्म कृष्णयजुर्वेदी फेला परेको छैन । अब कुन शाखा चलाउने?परम्परा देखि चल्दै आएको विधानलाई एकाएक परिवर्तन गर्न त अत्याधिक कठिन काम हो, त्यसैले यस विषयमा विद्वानहरुको गम्भीर शास्त्रार्थ हुनु अपरिहार्य छ ।
एउटा रोचक प्रसंग पशुपतिनाथको ज्योर्तिलिङ्ग (मूल विग्रह) लाई मूलभट्ट र अन्य तीन भट्टले मात्र स्पर्श गर्दछन् । पशुपतिनाथ भित्रै एकएक महिनाको अवधिमा तीन तीनका दरले पालो फेरिने कुल १०८ भण्डारीहरुले पनि स्पर्श गर्दैनन् , विसेटले पनि स्पर्श गर्दैनन् । गर्भगृहमा जाने र श्रीको वैदिक तान्त्रिक पद्धतिबाट पूजाउपासना गर्ने अधिकार केवल भट्टहरुसँग मात्रै रहने गर्दछ । आदि जगद्गुरु शंकराचार्यले स्थापना गरेको चार पीठ मध्ये दक्षिणाम्नाय श्रृंगेरी शारदा मठ यजुर्वेदको मठ हो । त्यस मठ आसपास क्षेत्रका ब्राह्मण नै पशुपतिका पुजारीको लागि नियुक्त हुन्छन् ।
तन्त्रशास्त्रमा पशुपतिनाथको ६ वटा श्रीमुखहरु रहेको मानिन्छ । ती ६ श्रीमुखहरु मध्ये पूर्वको तत्पुरुष, दक्षिणको अघोर, पश्चिमको सद्योजात, उत्तरको वामदेव, उध्र्व (आकाश तर्फ)को ईशान र अधो (पाताल तिरको) को कालाग्निरुद्र हुन् । ती ६ वटा मुखसँगै तत् तत् मुखका आफ्नै आफ्नै शक्तिहरु रहेका हुन्छन् । यी शक्तिहरु पूर्वको पूर्णेश्वरी, दक्षिणको निशेश्वरी, पश्चिमको कुब्जिकेश्वरी, उत्तरको गुह्येश्वरी (सिद्धेश्वरी) उध्र्वको कामेश्वरी र अधोमुखको बज्रेश्वरी (तारेश्वरी) हुन् । यसरी पशुपतिको मूल विग्रहमा शिवको मात्र नभई प्रत्यक्ष शक्तिको पनि पूजा हुन्छ । उध्र्व वक्रमा श्रीयन्त्र बनाई भगवती राजराजेश्वरीको पूजा हुने गर्दछ । यी ६ वटा मुखको उपासना मार्गलाई आम्नाय भनिन्छ ।नेपाल संस्कृत विश्वविद्यालयका तन्त्रका उपप्राध्यापक डा. माधवप्रसाद लामिछानेका अनुसार, “श्रीविद्याको पूर्णक्रममा छ वटै आम्नायको सर्वाधिकार दीक्षा ग्रहण गरेपछि लघुपाशुपत, मध्यमपाशुपत र महापाशुपत विद्या प्राप्त गर्ने विधान पाइन्छ । पशुपतिका पुजारी भट्टहरुले मध्यमपाशुपत विद्या त लिनै पर्छ, कसैकसैले महापाशुपत विद्याको दीक्षा पनि लिएका थिए पनि भनिन्छ । त्यसैले पशुपतिको भट्ट हुन षड्आम्नाय सर्वाधिकार दीक्षा प्राप्त गरेको श्रीविद्याको उपासक हुनै पर्ने शास्त्रीय विधान छ ।” पशुपतिनाथमा तन्त्रमार्गको दक्षिणाचार बमोजिमको पूजा उपासना हुने गर्दछ । दक्षिणाचारमा अति कठोर नियम र विधिविधानहरु हुने गर्दछन्, पुजारीले सो सबै नियमहरु गोप्य राखी पूजा चलाउनु पर्छ ।
पशुपतिनाथमा चारजना पुजारी (अर्चक) हरु रहने व्यवस्था रही आएको छ । मूल अर्चकले पश्चिम, उध्र्व र अधोमुखको उपासना गर्दछन् भने ज्येष्ठताका मर्यादाले क्रमशः दक्षिण, उत्तर र पूर्व मुहारको उपासना गर्ने अन्य तीन जना भट्ट हुन्छन् । पशुपतिनाथको मन्दिरमा मात्र नभई परिसरको पूर्वोत्तर कोणमा रहेको बासुकीनाथको मन्दिरमा पनि दक्षिणात्य द्रविण ब्राह्मण नै रही आएका छन् । वर्तमानमा नेपाली विद्वत् वर्गमा पशुपतिमा केवल कृष्ण यजुर्वेदी ब्राह्मण भए मात्रै पुग्छ भन्ने वैचारिक दृष्टिकोण रहेको छ तर, त्यो आंशिक मात्र सत्य हो । पशुपतिनाथमा पुजारी हुन निगम र आगम (वेद र तन्त्र) दुईवटामा नै दीक्षित भई साधना गर्ने हुनुपर्छ । वेद मार्ग मात्र नभई आगमिक मार्गबाट पशुपतिमा अर्चना हुनु मूलभूत विशेषता हो । अहिले समाजमा तन्त्रलाई अभिचार कर्म ( मारण, मोहन, वशीकरण आदि) गर्ने साधनका दृष्टिकोणले मात्र हेर्ने गरिएको छ र यसको सैद्धान्तिक पक्ष नबुझेकाहरुले समाजमा डरत्रास देखाएर अर्थोपार्जन गर्ने गरेका छन् ।तन्त्र दर्शनको यो एउटा सानो पाटो मात्रै हो, तन्त्रले जीवन दर्शनलाई शक्तिसँग स्थापित गर्दछ र परमानन्दको रसास्वादन गराउँछ ।
\अब नेपालीलाई नै पशुपतिनाथको पुजारीमा नियुक्त गर्ने सम्बन्धमा चर्चा गरौँ । सनातनीय हिन्दूहरुको आस्थाको केन्द्रको रुपमा रहेको पशुपतिनाथमा नेपाली ब्राह्मण पुजारी नियुक्त गर्नु त सिंगो नेपाल र नेपालीका लागि गौरवको विषय हो तर पुजारी नियुक्ती गर्नको लागि चाहिने अति आधारभूत र अत्यावश्यकीय योग्यता चाहिँ पुर्याउनै पर्ने हुन्छ । प्रथमतः नेपालमा कृष्णयजुर्वेद पढाई हुँदैन, कृष्णयजुर्वेदीय ब्राह्मण तत्काललाई उपलब्ध छैन । यदि नियुक्त नै गर्ने हो भने कृष्ण यजुर्वेदको तैत्तिरीय शाखा पढाउने व्यवस्था मिलाउनु पर्यो । कृष्ण यजुर्वेद पढाउने जनशक्ति चाहिँ भारतबाट नै ल्याउनु पर्छ, अर्को विकल्प चाहिँ रहदै रहदैन । दोस्रो, पुजारी नियुक्त गर्न श्रीविद्या साधना गर्ने ब्राह्मण नै चाहिन्छ । यसलाई सैद्धान्तिक धारबाट अध्ययन गरेर हुँदैन, प्रयोगात्मक धार नै अपेक्षित हुन्छ । तन्त्रको श्रीविद्या परम्परा केवल गुरुशिष्य परम्पराबाट मात्रै साध्य छ । र अर्को तथ्य, तन्त्र मार्गको शाक्त परम्परामा प्रमुख दुई कुल छन् – कालीकुल र श्रीकुल । नेपालमा काली कुल सर्वसुलभ रुपमा व्याप्त रहेको छ तर श्रीकुलको संख्या अति न्यून छ वा हातमा गन्न मिल्ने रुपमा श्री कुलका साधकहरु छन् । श्रीकुलको दीक्षा नेपालमा लिन पाइँदैन, अझ स्पष्ट भन्दा वर्तमानमा त्यो परम्परा नेपालमा छैन । दक्षिणभारतमा मात्रै श्रीविद्याको अत्याधिक उपासना हुन्छ । अतः श्रीविद्या उपासनाका लागि पनि ब्राह्मणहरु तयार पारिनुपर्दछ । मुख्यतः यहाँ दुई कुराको उठान गरियो – पशुपतिनाथको उपासनाको लागि नियुक्त हुने पुजारीको लागि दुई महत्वपूर्ण आवश्यकता ः पहिलो कृष्ण यजुर्वेदीय तैत्तिरीय शाखाध्यायी हुनुपर्ने र दोस्रो आगम श्रीविद्या परम्परामा सर्वाधिकार दीक्षा प्राप्त भएको । यसका अलावा उपासक ब्रह्मनिष्ठ हुनुपर्ने, स्नातकोत्तीर्ण भएको, मांसाहार गर्न नहुने, आगम परम्पराको मर्यादा र गुह्यतालाई कायम राख्नुपर्ने आदि जस्ता गुणहरु अपरिहार्य नै छन् ।
अन्त्यमा, पशुपतिनाथको पुजारी परम्परा सनातनीय हिन्दूहरुको जनआस्था र विश्वाससँग जोडिएको महत्वपूर्ण विषय हो । विषयवस्तुको गाम्र्भीयता, सोसँग सम्बन्धित मौलिकता र त्यसले सिर्जना गर्ने भावी परिणामको गहनतम विचारविश्लेषण गरेर मात्र त्यसमा कदम उठाउन उपयुक्त हुने देखिन्छ । श्रीपशुपतिनाथले सम्पूर्ण प्राणीहरुको कल्याण गरुन् । अस्तु ।
लेखक तन्त्र तथा संस्कृति अन्वेषक हुन् ।
(प्रतिक्रियाको लागिसम्पर्क नं.: ९८५११८०९४०, ९८०८७२९४८८ वा sapkotasandip6767@gmail.com ईमेल मा जनाउनु होला ।)
File: The Rato Machhindranath chariot being pulled by the devotees at Kumaripati, on Monday, May 22, 2017. The chariot is pulled from Lagankhel to Jawalakhel where it will be kept till Bhoto Dekhaune Jatra.
Kathmandu, July 22
The Rato Machhindranath Jatra scheduled to kick off this Saturday has been postponed again citing the Covid-19 infection risks.
Though an astrologer had fixed the auspicious date and time to start the annual festival, which should have been held in April, to begin this Saturday, Guthi Sansthan, a government authority formed to support such festivals, decided to postpone it again as the government has not allowed such festivals despite ending the lockdown.
(Updated)
—
Rato Machhindranath Jatra To Start This Saturday
Kathmandu, July 22
Religious authorities of Lalitpur have decided to start the Rato Machhindranath Jatra this Saturday.
The 15-day festival should have taken place in April but was postponed citing growing Covid-19 fears. The authorities had then decided to postpone the festival until the end of the lockdown. With the government announcing the end of the lockdown yesterday, the jatra will take place from this Saturday, according to Lakshan Rajopadhyaya, the priest of Patan Taleju Temple.
The idol of Rato Machhindranath will be put on the chariot (rath) between 12:10 pm and 12:25 pm that day whereas the chariot’s journey will also begin the same day, according to Rajopadhyaya. Astrologer Kirti Madan Joshi, a member of the Nepal Panchanga Nirnayak Samiti, fixed the timing for the festival.
The annual festival will last for 15 days.
Before this, Bisket Jatra and Jibro Chhedne Jatra of Bhaktapur and Seto Machhindranath Jatra of Kathmandu have also been postponed for this year due to the Covid-19 crisis. Locals of Ason in Kathmandu also did not celebrate the annual Paachahre festival in March.
२९ असार, काठमाडौं । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ निर्माणको काम सुरु भएकै थिएन । गत चैत २८ गते मत्स्येन्द्रनाथलाई स्नान गराइसकेपछि एकाएक रथ निर्माणको काम अनिश्चितकालका लागि स्थगित गरियो । सामान्य अवस्थामा भएको भए मध्य वैशाखसम्म रथयात्राको सबै काम सम्पन्न भइसक्नुपर्ने थियो । अहिले असार सकिन लाग्दा बल्ल रथ तयार भएको छ ।
काठमाडौंमा कोभिडका संक्रमितहरू फाट्टफुट्ट देखिए पनि उपत्यका बाहिरजस्तो उच्च दर नभएको बेलामा असार १० गते रथ निर्माणको काम सुरु भयो । समयमा रथ यात्रा गर्न नसकेको भनेर क्षमापूजा गरियो । सबै प्रक्रिया पहिले नै सकिएको थियो । त्यसपछि भटाभट रथ निर्माणको काम सुरु भयो ।
रथ निर्माणकै क्रममा ज्योतिषले शुभ समय हेर्दा असार २४ गते रथारोहणको लागि शुभ रहेको भनेर सोहीअनुसार रथ निर्माणको काम सुरु भयो । चैतमा अधकल्चो छाडेको रथयात्राको बाँकी काम भइरहँदा काठमाडौंमा कोरोनाका संक्रमितहरू थपिन थाले ।
गुठी संस्थान ललितपुरका प्रमुख राजन भुजुले कोभिडको जोखिमलाई ख्याल गर्दै उपयुक्त समयमा रथयात्रा सञ्चालन गर्ने भन्दै यकिन मिति तय नभइसकेको उनले जानकारी दिए ।
दोस्रोपटक तय भएको समयमा पनि रथयात्रा हुन सकेन । गुठी संस्थानको निर्देशनमा त्यो दिनको रथयात्रा रोकिएसँगै अब यसको मितिबारे अन्योलता बढेको छ । कोभिडको जोखिम भइरहेको र सरकारले २५ जनाभन्दा धेरै भेला नहुन भनेर निर्देशन दिएकोले रथयात्राको कार्यक्रम समेत अन्योल भएको हो ।
कोभिडको समस्या कम भएकै थिएन, बरु बढ्दो क्रममा नै थियो । रथ यात्रा गर्न पाउने/नपाउने भन्ने अन्यौलताका बीच किन रथ निर्माणको काम सुरु गरियो त ? तलेजु मन्दिरका पुजारी राजोपाध्याय यसको पछि दुईवटा कारण देख्छन् । एउटा त वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको यो अखण्डित रथ यात्रा रोकिँदा खडेरीको भय बढ्दै जान्छ भन्ने मान्यता छ । यही भयका कारण पनि रथयात्रामा सबैले हतारो गरे । अर्काेतर्फ दशैंसम्म पनि यो रथयात्रा सञ्चालन गर्न सकिएन भने यसलाई भक्तपुरसम्म पु¥याउनुपर्ने जनश्रुतिका कारण पनि रथ निर्माणका लागि हतार गरियो ।
भक्तपुर लैजानुपर्ने भन्ने मान्यतामा भने सबै संस्कृतिविद्हरू सहमत छैनन् । संस्कृतिविद् हरेराम जोशीलाई उद्धृत गर्दै राजोपाध्याय भन्छन् ‘झण्डै चार सय वर्ष पहिलेसम्म यो रथयात्रा नै शरद् ऋतु (जुन समयमा दशैं मनाइन्छ)मा गर्ने गरिएको थियो । पछि मात्रै यो वसन्त ऋतुमा गर्न थालिएको हो । त्यसैले दशैंसम्म रथयात्रा नगर्ने हो भने यसलाई भक्तपुर लैजानुपर्छ भन्ने मान्यता विल्कुल गलत हो ।’
यसको इतिहासलाई हेर्ने हो भने विगतमा पनि समयमा रथयात्रा नभएका धेरै उदाहरणहरू छन् । तर तोकिएको समयमा नभएको भए पनि रथयात्राको काम दशैंपछिसम्म पु¥याएर भक्तपुर लैजानुपरेको जनश्रुति अहिलेसम्म छैन ।
रथ निर्माण सकियो, यात्राबारे अन्योल कायमै
ललितपुरको पुल्चोकमा निर्माणाधीन रहेको ३२ हात अग्लो यो रथ निर्माणको काम लगभग सम्पन्न भएको छ । निर्माण पक्षले दिएको जानकारी अनुसार अब रथको सबैभन्दा माथि राख्ने व्यामो स्थापित गर्न बाँकी छ । व्यामोसमेत तयार भइसकेको भए पनि यसलाई रथारोहणकै दिन राख्ने भनेर त्यसै राखिएको हो । तर, गुठी संस्थानका अधिकारीहरू नै यो रथयात्राको विषयमा अनभिज्ञ छन् । गुठी संस्थान ललितपुरका प्रमुख राजन भुजुले कोभिडको जोखिमलाई ख्याल गर्दै उपयुक्त समयमा रथयात्रा सञ्चालन गर्ने भन्दै यकिन मिति तय नभइसकेको उनले जानकारी दिए ।
३२ हात अग्लो रथले मत्स्येन्द्रनाथको ३२ लक्षणलाई जनाउने गर्छ । विभिन्न प्रजातिका काठलाई बेतको सहायताले बाँधेर बनाउने यो रथ यात्रा काठमाडौं उपत्यकाको सबैभन्दा लामो समय गराइने रथयात्रा हो । जसमा पाटनको तस्बहालबाट मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखी सांस्कृतिक बाजागाजाका साथ जात्रा गर्दै पुल्चोकमा निर्मित रथमा आरोहण गराइन्छ । रथको सबैभन्दा माथि चाँगुनारायणको मूर्ति राखिन्छ । मत्स्येन्द्रनाथको मूर्ति रथारोहण गरिएको चौथो दिन रथयात्रा गर्ने परम्परा छ ।
कति पुरानो हो रथयात्राको प्रचलन ?
वर्षाका देवता मत्स्येन्द्रनाथको रथयात्राको सुरुवातलाई खोतल्दै जाँदा लिच्छविकालीन राजा नरेन्द्रदेव प्रथमको समयसम्म पुग्न सकिन्छ । गोपाल वंशावलीका अनुसार राजा नरेन्द्रदेव प्रथमले वि.सं ६९१ देखि ७२८ सम्म नेपाल उपत्यकामा शासन गरेका थिए ।
त्यही समयदेखि नै रातो मत्स्येन्द्रनाथको रथयात्रा सुरु भएको मान्ने गरिएको छ । गोपालराज वंशावलीलाई उद्धृत गर्दै तीर्थलाल राजभण्डारीले प्राचीन नेपालमा प्रकाशित गरेको आलेखअनुसार कुमारी र कुमारी जात्राको सुरुवात समेत सोही समयमा भएको थियो जुन समय विक्रमको सातौं शताब्दीको अन्तिम र आठौं शताब्दीको सुरुवात थियो । त्यसैले यो जात्राको प्रचलन लिच्छविकालदेखि नै सुरु भएको देखिन्छ ।
रातो मत्स्येन्द्रनाथसँग जोडिएको जनश्रुति
काठमाडौं उपत्यकाभित्रको एक सहर पाटनका रातो मत्स्येन्द्रनाथको विषयमा एउटा प्रचलित लोक इतिहास पाउन सकिन्छ । जसको केही भाग गोपाल राजवंशावलीमा समेत लेखिएको छ । भगवान् शंकरले एक पटक विष्णुको मोहनी रूप देखेर कामानुरक्त भएर धैर्यधारण गर्न नसकी वीर्यपत्तन गरिदिए । त्यो पतीत वीर्य मत्स्य (माछा)ले खाँदा गर्भ रहन गयो । त्यहीँबाट जन्मेका हुनाले उनको नाम मत्स्येन्द्रनाथ भए ।
त्यस्तै, कामानुरक्त शिवले अर्काे ठाउँमा गएर एउटा गोबरमाथि वीर्य स्खलन गराए । त्यही ठाउँमा गोरखनाथको जन्म भयो । कालान्तरमा गोरखनाथ र मत्स्येन्द्रनाथ दुवै सिद्ध भए । तर गोरखनाथले मत्स्येन्द्रनाथलाई आफ्नो गुरु मान्ने गरेका थिए ।
लिच्छविराजा नरेन्द्रदेवको समयमा सिद्ध गोरखनाथ काठमाडौं उपत्यकामा घुम्न आएका थिए । तर राजा नरेन्द्रदेवले उनलाई कुनै पनि खातिरदारी गरेनन् । त्यही रीसमा सिद्ध गोरखनाथले वृष्टि गर्ने नागहरूको आसन बनाएर मृगस्थलीमा तपस्या गर्न थाले । बन्धनमा रहेका नागहरूले वृष्टि गराउन सकेनन् र केहीदिनमा नै काठमाडौं उपत्यकामा सुख्खा पर्न थाल्यो ।
त्यही बेलामा बन्धुदत्त नाम गरेका स्थानीयले मत्स्येन्द्रनाथलाई काठमाडौं ल्याएका थिए । त्यतिबेला गोरखनाथले मत्स्येन्द्रनाथको दर्शन गर्छु भनी नागको आसनबाट उठ्दा नागहरू स्वतन्त्र भए । स्वतन्त्र नागहरूले वृष्टि गराई सम्भावित अनिकाल टारेको भन्ने लोकधारणा छ ।
लामो जात्राको इतिहास रहेको मत्स्येन्द्र्रनाथको मन्दिर निर्माण र यो जात्राको विषयमा पाटनमा अर्काे पनि जनश्रुति छ । लिच्छविकालीन राजा अंशुवर्माको समयमा कालपति यमराज उनको सामु प्रकट भएका थिए । तिनै यमराजलाई खुसी पार्नका लागि चैत्र शुक्लको अष्टमीका दिन मत्स्येन्द्रनाथको मन्दिर स्थापना गराएर अंशुवर्माले पूजा सुरु गरेको भन्ने किंवदन्ती समेत पाइन्छ ।
राजा वीरदेवको राज्यकालमा ललितपुरमा बस्ती बसाली मीननाथ र लोकनाथको भव्य रूपमा यात्रा सुरु भयो भन्ने लोकोक्तिसमेत पाइन्छ । सोही समयमा अंशुवर्माले मत्स्येन्द्रनाथको गुठी समेत स्थापना गरेका थिए ।
मन्दिरमा पछि राजा नरेन्द्रदेवले वर्षेनी मत्स्येन्द्रनाथको यात्रा गर्ने परम्पराको थालनी गरे । त्यतिबेलादेखि नै मन्दिरभन्दा बढी जात्रालाई महत्व दिने गरिन्थ्यो । जात्रा हुन सकेन भने ठूलो खडेरी पर्ने भनेर पनि सधैं समयमा नै पात्रा सञ्चालन गरिँदै आएको विभिन्न ऐतिहासिक दस्तावेजहरूमा उल्लेख छ ।
ललितपुरमा रहेको मत्स्येन्द्रनाथको यात्रा गर्दा बोक्ने रथको मन्दिरमा राणा कालसम्म पनि मान्द्रोको छानो राख्ने चलन थियो । राजा सुरेन्द्रको समयमा जंगबहादुर राणाका छोरा जगतजङ्ग बहादुरले मत्स्येन्द्रनाथको मन्दिरको छानोबाट मान्द्रो हटाएर सुनको मोलम्बा लगाएका थिए ।
यही मन्दिरमा राजा श्रीनिवास मल्लले मत्स्येन्द्रनाथको मन्दिर निर्माण गराई अद्र्धरात्रिमा सिद्ध आरतीको प्रचलन बसाए । विसं १८२० मा मत्स्येन्द्रनाथको रथयात्राको क्रममा अग्निदाह भयो । त्यसमा धेरै क्षति भयो । त्यस्तो बेलामा समेत यसको रथयात्रा रोकिएको थिएन । विसं १९९० को महाभूकम्पमा दुई पटक भत्किएपछि त्यो मन्दिर पूर्ण रूपमा ध्वस्त भयो । त्यतिबेला समेत रथयात्रा रोकिएको थिएन ।
रथयात्रा र खटयात्राको महत्व
भगवानलाई यात्रा गराउनको लागि मुख्यतया तीनवटा तरिका अपनाउने गरिएको पाइन्छ । रातो मत्स्येन्द्रनाथको रथयात्रामा रथयात्रा र खटयात्राको तरिका अपनाउने गरिन्छ । तीर्थलाल राजभण्डारीले पुरातत्व विभागद्वारा प्रकाशित प्राचीन नेपालमा लेखेको आलेख अनुसार सिंहासनमा राखेर पनि भगवानको यात्रा गराउने गरिन्छ । यद्यपि कुनै पनि मन्दिरमा राखिने सिंहासन र यात्रामा प्रयोग गरिने सिंहासन भने फरक कुरा हो ।
कुमारी र रातो मत्स्येन्द्रनाथको सम्बन्ध
रातो मत्स्येन्द्रनाथको सम्बन्ध ललितपुरको कुमारीसँग समेत रहेको छ । परम्पराअनुसार रातो मत्स्येन्द्रनाथको स्नान गराउँदा कुमारीको उपस्थिति अनिवार्य छ । त्यसदिन कुमारीलाई खटमा राखी लगनखेलमा लगिन्छ । नरिवल खसाल्दा कुमारीलाई तथिटोलमा लगिन्छ ।
साथै, रातो मच्छिन्द्रनाथको रथ जावलाखेलमा तान्दा कुमारीलाई कुमारीपाटीमा लगिन्छ । भोटो देखाउने जात्रामा पनि कुमारीलाई जावलाखेलमा पु¥याइन्छ । यसबाट रातो मच्छिन्द्रनाथसँग कुमारी यात्राको सम्बन्ध देखिन्छ । Source: https://www.onlinekhabar.com/2020/07/881363