Saturday, June 28, 2014

Rajopadhyaya in News :Rajopadhyay: Plastic ball to national team

Rajopadhyay: Plastic ball to national team

Subrat Rajopadhyay

Part of a series on the lives of sports personalities in Nepal by Arko network, this is basketball star Subrat Rajopadhyay.

As far as challenges go, there isn’t much bigger than taking up sport in a country as politically unstable and economically on the fringes as Nepal.
But there are many who defy all these and gamble into the world of sport hoping to make it big. Subrat Rajopadhyay is one of the many in this country who has followed this path.
Growing up in Kathmandu, basketball wasn’t his first choice of sport but when locals built a basketball court near his house in Indrachowk it was irresistable for a young boy not to have go.
Subrat Rajopadhyay playing at the SABA Championships 2014
Subrat Rajopadhyay playing at the SABA Championships 2014
He probably never thought at the time that having a bit of fun with friends with a plastic ball would one day lead him to represent his country in the game of basketball.
Rajopadhyay says, “that is where I learnt the first rule of basketball – one dribble two steps.”
However his real education in basketball began once he enrolled into Prime College.
“Football was my first choice of sport but I never got the opportunity”, he adds.”Once I joined Prime College, only availble option was basketball.”
What ever reason he had for choosing basketball, he did make it to the national team in 2005.
Injuries kept him out for a while but he made it back into the team this year, appearing at the SABA championships in Kathmandu.
He will be playing at the Morgan Cup which started on June 25, this time round with team Pentagon.
For all the achievements in the domestic games and making it all the way to the national team though, his biggest challenge has always been convincing his parents, that he made the right choice.
Rajopadhyay says, “my parents would still rather see me put on a suit and take up 9 to 5 job.”

Wednesday, June 18, 2014

Rajopadhyaya in news: ललितपुरमा ब्लड बैङ्क सञ्चालन

ललितपुरमा ब्लड बैङ्क सञ्चालन
·         Posted: Wednesday, Jun 18, 2014 12:51 PM ( 21 hours ago )
ललितपुर, असार ४ –  रगतको अभाव पूरा गर्ने उद्देश्यले ललितपूरमा बुधबारदेखि ब्लड बैङ्क सञ्चालनमा आएको छ ।
नेपाल हर्ट फाउन्डेशन ललितपूर शाखा, रोटरी ईन्टरनेशनल डिस्ट्रिक ३२९२ र नेपाल रेडक्रस सोसाइटी ललितपूरको संयुक्त पहलमा ब्लड बैङ्क संचालनमा आएको हो ।

केन्द्रीय रक्तसन्चार केन्द्र अन्तर्गत सन्चालन हुने ब्लड बैंकमा प्राविधिक पक्ष नेपाल रेडक्रस सोसाइटी र आर्थिक पक्ष रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ ले हेर्नेछ ।

ब्लड बैंकमा अहिले रगत संकलनको काम हुने र विस्तारै रक्त तत्व छुट्याउनेदेखि लिएर वितरणसम्मको काम हुने नेपाल हर्ट फाउन्डेसनका सचिव रुपककान्त राजोपाध्यायले जानकारी दिनुभयो ।

कोरिया रोटरीको सहयोगमा झण्डै ९० हजार डलरको लागतमा ब्लड बैंक स्थापना गरिएको हो । उद्घाटन कार्यक्रममा कोरिया रोटरीले झण्डै २ लाख डलर बराबरको उपकरण पनि हस्तान्तरण गरेको छ ।

रगत अत्यावश्यक पर्दा भक्तपूर र काठमाडौसम्म पुग्नुपर्ने बाध्यता हटाउनका लागि ललितपुरमा पनि ब्लड बैंक स्थापना गरिएको राजोपाध्यायले जानकारी दिनुभयो ।
Source:  http://ujyaaloonline.com/news/33559/blood-bank/

Tuesday, May 6, 2014

Sunday, May 4, 2014

Rajopadhyaya in News : चाँगुनारायण जात्रा सम्पन्न


Rajopadhyaya in News : चाँगुमा पर्यटक करको चरम दुरुपयोग – श्रीभक्त भँडेल

चाँगुमा पर्यटक करको चरम दुरुपयोग – श्रीभक्त भँडेल

विश्वसम्पदा सूचीमा सूचीकृत उपत्यकाभित्रकै सबैभन्दा पुरानो मन्दिर चाँगुनारायणमा पर्यटक करको व्यापक दुरुपयोग भएको पाइएको छ। सुरुमा भक्तपुर नगरपालिकाले चाँगुमा पर्यटक कर उठाउन थालेपछि त्यसको व्यापक विरोध भयो। तर, नगरपालिकाले सो करबाट नगर क्षेत्रभित्र अवस्थित विभिन्न मठ मन्दिर, पाटी पौवा, पोखरी, ढुंगेधारा, इनार, मुर्त तथा अमूर्त कला संस्कृति, विभिन्न बाजागाजाको मर्मत, स्याहार, सम्भार गरेपछि सबै चुप भए। नगरपालिकाले सो काम गरेबापत युनेस्कोबाट पुरस्कारसमेत प्राप्त गरेको थियो। त्यसैको अनुसरण गर्दै अन्य पुरातात्विक महत्व बोकेका स्थानमा पनि प्रवेश शुल्कको व्यवस्था गरिएको हो।
पर्यटक करको अत्यावश्यकता हेरेर चाँगु, हनुमानढोका, पाटन दरबार, पशुपति, लुम्बिनी आदि क्षेत्रमा पर्यटक कर उठाउन थालिएको थियो। पर्यटक कर भक्तपुर नगरपालिकाले जस्तै सम्पदा क्षेत्रको प्रचुर विकास पर्यटक विकासमा खर्च गरी बाँकी बक्यौता शिक्षा, स्वास्थ्यमा खर्च गर्नुपर्ने हो। तर विडम्बना चाँगुको हकमा पर्यटक करको ५५ प्रतिशत सम्पदा क्षेत्रमा खर्च गर्ने नीति लिए पनि अन्तत्वगत्वा २ प्रतिशत पनि सम्पदा क्षेत्रमा खर्च गरिएको छैन। विकासको नाममा टुक्रे, अधकल्चो, अपूर्ण विकासमा खर्च गर्न सल्लाहकार पाल्ने र पोस्ने गरिएकोछ। यही वजेटबाट दलीय प्रतिनिधि खुसी पार्ने काम भइरहेको छ। जसले गर्दा सम्पदा क्षेत्रको विकासमा पूर्णविराम लागेको छ भने सिर्जनामा लाग्नेहरू निरुत्साहित भएका छन्।
गुठी संस्थान एवं गाविसको गैरजिम्मेवारीपनका कारण चाँगुनारायण सम्पदा क्षेत्रभित्र यत्रतत्र थुप्रिएको फोहोरको व्यवस्थापन गर्न, जीर्ण मन्दिर, पाटी पौवाहरूको मर्मत सम्भार गर्न, पर्वपूजा, जात्रा मेलाहरूको सुव्यवस्था गर्न, लोपोन्मुख बाजागाजाहरूको पुनर्स्थापना गर्न सकिएको छैन। यस्तै, चाँगुनारायणको ऐतिहासिक, धार्मिक, कला संस्कृतिको पहिचान जोगाई, सोको व्यापक रूपमा प्रचार–प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकको आगमन संख्यामा वृद्धि गर्न पुजारीहरू, चार नाइके, ४० भँडेल, बाजादारहरू, गुठी संस्थानअन्तर्गत फूलपाती ल्याउनेसँग सम्बन्धित विभिन्न गुठी, चर्तुमास वाचक, महान्, द्वारपाल सदस्य र गाविस अध्यक्ष, प्रहरीसमेत रहने गरी पुजारी चकधरानन्द राजोपाध्यायको अध्यक्षतामा २०६९ सालमा चाँगु नारायण विकास समिति गठन गरियो। समितिले यत्रतत्र छरिएका घन्टाहरूको मर्मत, बत्ती बाल्ने दियोको सरसफाइ, मन्दिर र तेलिया इँटाको घाँस उखेल्ने तथा धिमेबाजा र माहाली बाजा सिकाउने कार्य गरिरहेको छ।
समस्या : चाँगुनारायणमा आउने पर्यटकहरूले भक्तपुर देकोचामा पुगेपछि चाँगु जाने बाटो सोध्नै पर्ने विडम्बनापूर्ण अवस्था छ। किनकि कहीँ पनि चाँगु जाने बाटो देखाउने होर्डिङबोर्ड छैन। बाटो पहिल्याई चाँगुको बसपार्क पुगेपछि उप्केका ढुंगाहरू, पार्कदेखि चाँगु मन्दिरसम्म चारैतिर थुप्रिएको फोहोर, मन्दिरको वरिपरि काँडा र सिस्नुका झ्याँग, मन्दिरभित्र यत्रतत्र छरपस्ट छरिएका तार, जीर्ण टुँडाल र मन्दिर, बिग्रेको र दुर्गन्धित शौचालय हेर्दै नकारात्मक भावना लिएर तीर्थालु र पर्यटक फर्किन बाध्य हुन्छन्। किनकि त्यहाँ न त कुनै परम्परागत बाजा बज्छ, न त नाच नै।
यस्तै, अव्यवस्थित तारहरू सर्ट भई आगलागी भएमा तत्काल नियन्त्रण गर्ने एउटै वारुणयन्त्रसमेत छैन। दमकल मन्दिरसम्म पुग्दैन। पार्कदेखि मन्दिरसम्म दमकलको पानीको पाइप बिछ्याउँदैमा मन्दिर खरानी हुन सक्छ। पोखरीमा एक थोपा पानी छैन। खानेपानी ट्यांकीमा खानकै लागि पानी पुग्दैन। शौचालय निकास ऐतिहासिक पोखरी बनेको छ। पर्यटक गाडीबाट उत्रनेवित्तिकै फोहोरको दुर्गन्धले स्वागत गर्दछ। मन्दिर परिसरमा सिसिक्यामेरा नहुँदा चाँदीको प्रसिद्ध किलेश्वर महादेव, गरुडको पाता, भूपतेन्द्र मल्ल र रानी, सूर्य नारायण, वंश गोपालको रथको चारवटा काठका हात्ती, मन्दिरभित्रकै सुनको मूर्ति चोरी भइसकेको छ। तैपनि गाविसको चेत खुलेको छैन।
सम्पदा क्षेत्रभित्र विशाल सिमेन्टका घरहरू बन्दैछन्। डाँडाको छेउछाउ विशाल घरहरू बन्दा डाँडा भासिने खतरा त्यत्तिकै छ भने मनोहरा खोला र छेउछाउको डाँडाबाट बालुवा खानी सञ्चालन गर्दा घरबस्तीका साथै मन्दिरै भासिने निश्चित छ। मन्दिरको विद्युत महसुल मात्र १३ लाख रुपैयाँ पुगिसकेको छ। कुनै दिन लाइन काटियो भने एउटा सोलार बत्तीसम्म नहुँदा मन्दिर परिसर पूरै अन्धकार हुने स्थिति छ। एक सय ४६ रोपनी जग्गाबाट कुत उठाई खान पाउने पुजारीहरूले मात्र वार्षिक १५ सय रुपैयाँ उठाउँछन्। नाइके, बाजादार रकमीहरूको हालत त्यही छ। यही रबैया रहिरहने हो भने कुनै दिन नित्य पूजा र आरतीसमेत बन्द हुनेछ।
नगरकोट, भक्तपुर, काठमाडौं हुँदै साँखुसम्म छर्लंग देखिने अत्यन्तै मनोरम डाँडा हो चाँगुनारायण। ठाउँठाउँमा सफा पर्यटक शौचालय, विश्राम गर्ने बेन्चहरूको निर्माण एवं व्यवस्थापन, सत्तल र मन्दिर वरिपरि परिक्रमा गर्ने चक्रपथ, बन सिमाना मिच्न नसक्ने गरी पैदल बाटोसहित पर्खाल निर्माण, स्थानीय चलनअनुसार परम्परागत बाजागाजा, नाचसहित स्वागत सत्कार, पर्यटकको बसाइँ लम्ब्याउन स्तरीय होटल, रेस्टुरेन्ट एवं ठाउँठाउँमा होमस्टे सञ्चालनतर्फ ध्यान दिनुपर्ने देखिन्छ। सम्पूर्ण दह, पाटीपौवाहरूको मर्मत सम्भार, पोखरीहरूमा पानीभरि माछापालन, काँडा र सिस्नु हटाई सुन्दर फूलैफूलले भरिएको बगैंचा निर्माण, मन्दिर परिसरभित्र ठाउँठाउँमा ठूल्ठूलो गमलासहित बास्नादार फूलको बिरुवा लगाउने काम गर्नु आवश्यक छ। बाँदरले झिंगटी फुटाल्ने, खसाल्ने गरेकाले त्यसको नियन्त्रण, व्यवस्थापन, फोहोरमैलाको समुचित व्यवस्थापन, भुस्याहा कुकुरको नियन्त्रण, सूर्योदय र सूर्यास्त हेर्ने भ्यू टावर निर्माण, नयाँ घर बनाउनेलाई डाँची इँटा र कोठाको सहुलियत दिई परम्परागत घर निर्माण, आन्तरिक धर्मावलम्बीहरू नुहाउने, जुत्ता राख्ने र्यासक आदिको व्यवस्थापन गर्नसके टिकट शुल्क पाँच सय राख्न सकिन्छ।
गाविसको हेपाहा प्रवृत्ति :
चाँगुनारायण समितिले यस्ता धेरै समस्यालाई सम्बोधन गरी सम्पदा क्षेत्रमा बजेट छुट्याई यस क्षेत्रको विकास गर्न माग गरेको थियो। तर विडम्बना एउटा आगन्तुक बाजाका लागि एक लाख दिनसक्ने गाविसले परम्परागत मौलिक चाँगुकै नित्यपूजा, आरती, जात्रा, पर्वपूजामा बजाउने पाँच प्रकारका बाजालाई सुकोदाम पनि छुट्याउन सकेको छैन। फोहोर व्यवस्थापन, शौचालयको सरसफाइ आदिमा पूरै बेवास्ता गरेको छ। आगलागी, विद्युतजस्तो अति नै संवेदनशील कुराको वास्ता नगर्नु गाविसको हेपाहा एवं मिचाहा प्रवृत्ति हो।
२०७० पुस २८ गते सम्पन्न कथित गाउँ परिषद्ले पर्यटक करको ५५ प्रतिशत सम्पदा खर्च गर्ने त कुरै छाडौं, २ प्रतिशत पनि खर्च नगरी अनावश्यक शीर्षकमा दलीय प्रतिनिधि खुसी पार्न पर्यटक करको चरम दुरुपयोग गरिएको छ। पर्यटक कर केमा खर्च गर्ने? पर्यटक कर ठूला दलका दलीय प्रतिनिधिलाई खुसी पार्न टुक्रे योजना दिने कि? सम्पदा क्षेत्रको मर्मत, सम्भार, विकास, विस्तार गर्ने? पर्यटकलाई खुसी पार्न विभिन्न योजनामा खर्च गर्ने कि मनपरी ढंगले खर्च गर्ने? भन्ने कुरा नै अहिलेको प्रमुख समस्या हो।