ललितपुरमा ब्लड बैङ्क सञ्चालन
·
Posted: Wednesday, Jun
18, 2014 12:51 PM ( 21 hours ago )
ललितपुर, असार ४ – रगतको अभाव पूरा गर्ने
उद्देश्यले ललितपूरमा बुधबारदेखि ब्लड बैङ्क सञ्चालनमा आएको छ ।
नेपाल
हर्ट फाउन्डेशन ललितपूर शाखा, रोटरी ईन्टरनेशनल डिस्ट्रिक ३२९२ र नेपाल रेडक्रस सोसाइटी ललितपूरको
संयुक्त पहलमा ब्लड बैङ्क संचालनमा आएको हो ।
केन्द्रीय
रक्तसन्चार केन्द्र अन्तर्गत सन्चालन हुने ब्लड बैंकमा प्राविधिक पक्ष नेपाल
रेडक्रस सोसाइटी र आर्थिक पक्ष रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ ले हेर्नेछ ।
ब्लड
बैंकमा अहिले रगत संकलनको काम हुने र विस्तारै रक्त तत्व छुट्याउनेदेखि लिएर
वितरणसम्मको काम हुने नेपाल हर्ट फाउन्डेसनका सचिव रुपककान्त राजोपाध्यायले
जानकारी दिनुभयो ।
कोरिया
रोटरीको सहयोगमा झण्डै ९० हजार डलरको लागतमा ब्लड बैंक स्थापना गरिएको हो ।
उद्घाटन कार्यक्रममा कोरिया रोटरीले झण्डै २ लाख डलर बराबरको उपकरण पनि हस्तान्तरण
गरेको छ ।
रगत
अत्यावश्यक पर्दा भक्तपूर र काठमाडौसम्म पुग्नुपर्ने बाध्यता हटाउनका लागि
ललितपुरमा पनि ब्लड बैंक स्थापना गरिएको राजोपाध्यायले जानकारी दिनुभयो ।
Source: http://ujyaaloonline.com/news/33559/blood-bank/
·
Posted: Wednesday, Jun
18, 2014 12:51 PM ( 21 hours ago )
No comments:
Post a Comment