Monday, April 8, 2013

नेपालमा परम्परागत भोजको विधि


नेपालमा परम्परागत भोजको विधि

+ Font Size | - Font Size Bookmark and Share
कृष्णप्रकाश श्रेष्ठ, रुस - 2012-09-29 20:28:42
परम्परागत भोजको विधिविधान सम्बन्धी वर्णनको दायरानिकै साँगुरो पारेर नेवारजातिको भोजको मात्र यहाँ संक्षेपमा उल्लेखगरिने किनभने यसको आधारमा नेपाली भोजको राम्रो अनुमानलगाउन सकिन्छ भन्नु अत्युक्ति हुँदैन  नेपालमा नागरीय सभ्यताकोप्रतिनिधित्व गर्ने नेवारजाति काठमाडौं उपत्यकामा मात्र सीमित नरहेरदेशका सबै प्रशासकीय केन्द्रहरुमा समेत फैलिएर  बसोवास गरिरहेकाछन्  नेवारहरुले कुनै  कुनै रुपमा भोजको परम्परा सुरक्षित राखेका छन्यद्यपि आधुनिकताकोप्रभावले गर्दा भोजको रुपमा पनि परिवर्तन आइरहेको  
परम्पराअनुसार बलि दिइएको पशुको गर्दनको मासुबाट तयार पारिएको परिकार देवीलाई चढाइन्छ । मूबलि भनिने यो क्रिया सम्पन्न गरिएपछि मात्र अन्य परिकारहरुसँग देवीलाई चढाइएको मासुको परिकार मिसाएर प्रसादको रुपमा समै बाँडिन्छ । यस तथ्यबाट पनि समैलाई देवीको प्रसादको रुपमा ग्रहण गरिन्छ भन्ने बुझिन्छ । तर पञ्चमकारयुक्त सगँ (सगुनलाई  प्रसादको रुपमा लिनु युक्तिसङ्गत प्रतीत हुँदैन ।
माथि भनिएझैं भोजको पूर्वसन्ध्यामा भोजका सहभागीहरुलाई समै वितरण गरिन्छ । बौद्ध धर्माबलम्बी नेवारहरु बुद्धलाई बलिको रुपमा मुख्यतः शाकाहारी नैबेद्य नै चढाउँछन्  तापनि प्रसादको रुपमा समै ग्रहण गर्दा छोय्ला आदि पनि थपेर लिन्छन् । यस प्रकार समैमा परिकारहरुको संख्या १० भन्दा बढी पुग्दछ । मुख्य कुरा के हो भने यस्तो समैमा मांस (छोय्लार मद्य (अय्ला वा थों)अवश्य नै हुन्छ । जेष्ठानुक्रमअनुसार भोजका सहभागीहरुले आ-आफ्नो आसन ग्रहण गरेपछि सुरुमा उनीहरुलाई प्रदान गर्न समैको परिकारसहित खोला (काठको बटुकोवा माटोको प्याला (सलिँ)ल्याइन्छ । यस क्रियालाई सगँ भनिन्छकिनभने त्यो सगुन दिने प्रक्रियाकै अनुरुप हुन्छ । थकालीबाट टीका ग्रहण गरिएपछि भोजको प्रक्रिया सुरु हुन्छ । नकिं (घरकी मूलीले तरुनी महिला(अक्सर बुहारीको साथमा आएर भोजको हरेक सहभागीको सामुन्ने चिउरा आदि खानेकुराका लागि लप्ते (टपरीर विभिन्न बुभः (गेडागुडीका परिकारहरुआदिका लागि बोहोता (दुनाराख्तछे भने तरुनीले चाहिं जाँड वा रक्सीका लागि सलिँ (माटोको प्यालाराख्तछे । त्यसपछि भःनि (भोजको सामग्री जोरजाम गर्ने पुरुषले चिउरामासु आदि परिकारहरु टपरी र बोहतामा राख्तछ भने तरुनी महिलाले अन्तिको टुटीबाट विशेष तरिकाले तलदेखि माथिसम्म अय्ला (रक्सीको धारा प्रवाहित गरेर सलिँ भर्दछे । यसरी कलात्मक ढङ्गले भोजको आरम्भ गरिन्छ  
भोजका लागि चौरासी प्रकारका व्यन्जनहरु तयार पार्नुपर्दछ भन्ने आम धारणा छ । नेवारीमा व्यन्जनलाई घासा भनिन्छ । तर वास्तविक जीवनमा यतिबिघ्न परिकार तयार पार्नु सम्भव हुँदैन । वर्तमान परिस्थितिमा नेवारहरुले विभिन्न गेडागुडीबाट थरी थरीका परिकारहरु बनाउने गरेका छन् जसलाई संयुक्त रुपमा बूभः भनिन्छ । बूभः वास्तवमा सहयोगी परिकार हो र यो पाँच,आठ अथवा बाह्र किसिमका  हुन्छन् । यस अङ्कमा पनि विशेष आध्यात्मिक तात्पर्य सन्निहित छ । बुद्धमार्गी नेवारहरु पन्चबुद्धको प्रतीकस्वरुप पाँच किसिमका बूभः तयार पार्दछन् (हिन्दू धर्माबलम्बी नेवारहरु यसलाई पन्चतत्वको प्रतीक मान्दछन्। तर यत्तिकै परिकारमा सीमित नरहेर बूभःको संख्या आठसम्म पनि पुर्याउने गरिन्छ र यो अष्टमात्रिका (अजिमाद्यःको प्रतीक बन्न पुग्दछ । अधिकांश हिन्दू धर्माबलम्बी नेवारहरु शाक्त सम्प्रदायका अनुयायी हुनुको नै यो द्योतक हो भन्ने प्रतीत हुन्छ । उल्लेख्य के पनि छ भने नेवारी भोजका लागि तयार पारिने अन्य आठ प्रकारका परिकारले पनि अष्टमात्रिकाको प्रतिनिधित्व गरेको पाइन्छ । उदाहरणार्थमाय्ओ (मासको रोटीले ब्रह्मायणी,सकिमनाले कुमारीवाउँचाले बैष्णवीनलिघासाले बाराहीगुलिघासाले इन्द्रायणीखायानिले चामुण्डा र लैँभुजुरीले महालक्ष्मीको प्रतिनिधित्व गर्दछ । कतिपय नेवार परिवारहरु चाहिं माथि उल्लिखित आठ परिकारमा अरु दुर्इ परिकार थपेर गनेद्यः (गणेशर भैलद्यः (भैरवको पनि प्रतिनिधित्व गराउँछन् भने अन्य कतिपय परिवारहरुले चाहि त्यसमा पनि अरु दुर्इ परिकार थपेर सिंहिनी र ब्याघ्रिनी नामक  दुर्इ देवीको समेत प्रतिनिधित्व गराउँदै परिकारको संख्या बाह्र पुर्याउँछन् । यसरी भोजका लागि तयार पारिने प्रत्येक परिकार (घासाले देवदेवीको प्रतिनिधित्व गरेको पाइन्छ । जे भए तापनि परम्परागत नेवारी भोजमा मासुका केही परिकारहरु समाविष्ट गरिनु अनिवार्य नै मानिन्छ । तीमध्ये छोय्लाकचिलाहेँलाब्याकुला (कवाफ), पुकःला (भुटन), तखाछेल्लासन्याखुना आदिविशेष प्रचलित छन् । भोजको समयमा विभिन्न परिकारहरु निश्चित् क्रममा ल्याएर टपरीमा थप्दै जाने गरिन्छ (हेर्नुस्, तालिका नं. ५)       
नेवारी संस्कृतिका अनुसन्धानकर्ता सुरेन्द्रमान श्रेष्ठले तान्त्रिक पद्धतिअनुसार सम्पन्न गरिने परम्परागत भोजको विधिबारे अंशतः निम्न कुरा सूचित गरेका छन् : “नेवार ब्राह्मण द्यःबाज्या(राजोपाध्यायको स्वामीत्वमा रहेको एउटा पाण्डुलिपिमा हामी निम्न अभिलेख पढ्न सक्तछौं :-
पहिलो भोजको विधि । सुरुमा भोज खानका लागि मानिसहरु लहरै बस्ने लामो सुकुल बिछ्याइने ठाउँको भुइँ लिपपोत गरेर शुद्ध गरिन्छ । १भोजको हरेक सहभागीको अगिल्तिर सालको पातबाट तयार पारिएको लप्ते (टपरीराखिन्छ । २बोघासा (दि्वदल अर्थात् बोडी, सिमीकेराउँ आदिबाट तयार पारिने परिकारहरुल्याएर राखिन्छ । ३बजि (चिउराराखिन्छ । ४खुलागुला(झोलसहित मासुको परिकारराखिन्छ । ५वाउँचा (रायो, तोरी आदि हरियोपरियोको तरकारी)राखिन्छ । ६बलिभाग (एक गाँस खानेकुरापितृका लागि अलग्ग राखेर भोज खान आरम्भ गरिन्छ । ७छोय्ला (मासुको परिकारराखिन्छ  । ८फासा (फर्सीको परिकारराखिन्छ । ९भुति(सिमीबोडी आदिको परिकारराखिन्छ । यस प्रकार विभिन्न परिकारहरु क्रमशः राख्दै भोजको पहिलो क्रम सम्पन्न गरिन्छ ।
दोस्रो भोजको विधि । १बजि (चिउराराखिन्छ । २सियागुला (भुटेको मासुराखिन्छ । ३सिमिको परिकार राखिन्छ । ४कयेगु (केराउँको परिकार राखिन्छ । ५चना (सुकाइएको मुला)को परिकार राखिन्छ । यसरी दोस्रो भोजको विधि सम्पन्न गरिन्छ ।
तेस्रो भोजको विधि । १बजि (चिउराराखिन्छ । २पाउँ (लप्सीको परिकारराखिन्छ । यसरी तेस्रो भोजको विधि सम्पन्न गरिन्छ ।
चौथो भोजको विधि । १बजि (चिउराराखिन्छ  । २धौ (दहीराखिन्छ । ३साखः (गुड वा सक्खरराखिन्छ । ३सिसाफल (उखुका टुक्रा र फलफुलराखिन्छ । ४खौका (दाँत सफा गर्न बाँसका मसिना सिन्काहरुराखिन्छ । ६बाटा (पित्तलको भाँडोल्याएर राखिन्छ । ७नुसिहायेके(मुख चुठ्न र हात धुनकरुवाबाट पानीको धारा खन्याइन्छ । ८चिपकाये (पुरो अर्थात् बाँकी जूठो खानाउठाइन्छ । ९कलंका पूजा याये (भूलचुकमा क्षमायाचना पूजासम्पन्न गरिन्छ । १०.कलंका छोये (गल्ती र त्रुटि निवारणगरिन्छ । ११प्रसाद जल बिये (प्रसादको रुपमा पानीदिइन्छ । १२ग्वा ग्वय् बिये (पान र सुपारीप्रदान गरिन्छ । १३मत बिये (देवताको आरतीका लागि)बत्ती बालिन्छ । १४बिदा फोने (बिदाबारीगरिन्छ । १५थःथः थासे वने (आ-आफ्नो स्थानमा जानका लागिप्रस्थान गरिन्छ । यसरी चौथो भोजको विधि सम्पन्न गरिन्छ” (श्रेष्ठ सुरेन्द्रमान, नेपाया तान्त्रिक द्य: व तान्त्रिक पूजा, ने.सं. ११०५, पृ. ७२) ।
एउटै लेखमा सबै प्रकारका नेवारी भोजको चर्चा गर्नु सम्भव छैन । तर सिकाभ्वय् भनिने भोजको चर्चा नगरिएमा लेख अधुरो नै रहन्छ । के पनि उल्लेखनीय छ भने यस भोजमा पुर्खाका लागि बलिभाग छुट्याइएपछि  खानेकुराको पहिला पाँच गाँस जीवनका लागि अत्यावश्यक मानिने पाँच वायुदेवतालाई विशेष रुपमा प्रदान गरिन्छ । यस सन्दर्भमा सुरेन्द्रमान श्रेष्ठ लेख्तछन् : “बूढी औला र अनामिका औंलाले लिइएको पहलो गाँस प्राणवायुलाई प्रदान गरिन्छ भने बूढी औला र चोर औंलाले अपानवायुको निम्ति दोस्रो गाँसबूढी औला र माझी औंलाले  व्यानवायुको निम्ति तेस्रो गाँसबूढी औला र कान्छी औलाले उदानवायुको निम्ति चौथो गाँस र पाँचै औलाका टुप्पाले समानवायुको निम्ति पाँचौं गाँस लिएर बलि दिइन्छ । सम्भवतः तान्त्रिक मुद्राको रुपमा औंलाहरुकोमद्दतले विभिन्न चिन्ह बनाएर लिइने पहिला पाँच गाँसलाई पन्चग्रास भनिन्छ । मूल भोजमा प्रवेश गर्नुभन्दा पहिले सम्पन्न गरिने यस क्रियाको समाप्तिपश्चात् पानी खानुपर्दछ” (श्रेष्ठ सुरेन्द्रमान, नेपाया तान्त्रिक द्य: व तान्त्रिक पूजा, ने.सं. ११०५, पृ. ७६)। भोज खाने प्रक्रिया समाप्त भएपछि नकिं र उसका सहयोगीहरुले पित्तलको ठूलो बाटा ल्याउँछन् र ढलौटको करुवाको टुटीबाट भोजारुहरुको जुठो हात धुन पानीका धारा यसरी खन्याउँछन् कि फोहोर पानी बाटामा पर्दछ । यो क्रिया सम्पन्न नगरिएसम्म भोजका सहभागीहरुले आफ्नो आसन छाड्नु  हुँदैन ।
नेवारहरुले मनाउने विभिन्न भोजहरुमध्ये सिकाभ्वयको आफ्नै विशेष महत्व छ । यस भोजमा विशेष रुपमा परम्परागत विधिको पालना गरिन्छ ।  सिकाभ्वयका लागि दशैं वा अन्य पूजाहरुमा पनि देवीलाई बलि चढाइएको पशुको टाउको नभई हुदैन । पशुबलि दिइँदा टाउको यदि परम्पराअनुसार देवस्थलका पुजारी वा अन्य कसैको भागमा पर्दछ भने पैंसा दिएर भए पनि त्यो किनेर ल्याउनु पर्ने हुन्छ । बलि दिइएको पशुको टाउको घरमा ल्याएर त्यसबाट विशेष परिकार तयार पारिन्छ । संस्कृतको शेषबलिभोजन भन्ने वाक्यांशबाट नेवारीमा सिकाभ्वय् भन्ने नाम रहेको हो । नेवारी भोजहरुको श्रृंखलामा सिकाभ्वय् समापन भोजको रुपमा रहेको पाइन्छ ।
यस भोजका लागि परिवार वा कुलका सम्पूर्ण सदस्यहरु भेला हुन्छन् र “पुरुषहरुले जेष्ठतानुक्रमअनुसार आ-आफ्नो स्थान ग्रहण गरेपछि परम्पराअनुसार आफ्नो भागमा पर्ने विशेषपरिकार सगुनको रुपमा प्राप्त गर्दछन् । थकाली अर्थात् सबभन्दा जेष्ठ व्यक्तिको विशेष सम्मान गरिन्छ (श्रेष्ठ कृष्णप्रकाश, नेपालमा पशुपक्षीको पूजा, ई.सं. १९९३, पृ. ४०) । बलि दिइएको पशुको टाउकोका विभिन्न अवयव (आँखाकानबंगाराथुतुनो आदिबाट तयार पारिएका परिकारहरु क्रमशः प्रदान गरेर जेष्ठताक्रमअनुसारको सम्मान जनाइन्छ । उदाहरणार्थ थकालीलाई दायाँ आँखाकोपरिकार प्रदान गरिन्छ भने त्यसपछि बायाँ आँखा इत्यादि । एक शब्दमा भन्ने हो भने सिकाभ्वयले बलि दिइएको पशुको मासुका टुक्राहरु पवित्र अग्निकुण्डमा होमेर गरिने मांसाहुति होमको प्रतिनिधित्व गर्दछ भन्ने प्रतीत हुन्छ ।     
उल्लेखनीय के छ भने देवीस्थानमा पशुवलि दिइएपछि सर्वप्रथम सिकाभ्वयका सहभागीहरुलाई बलि दिइएको पशुको रगतको टीका र देवीको पूजाको समयमा (दशैंको नवरात्रिमा नवदुर्गा पूजाको अवधिभरिबालिएको बत्तीमाथि राखिएको माटोको पालामा जम्मा भएको मोसोको कालो टीका लगाइन्छ । देवीलाई चढाइएको रातो र सेतो कपडाको धरो वा धागोबाट बनेको कोखा भनिने पवित्र माला उनीहरुलाई प्रसादको रुपमा घाँटीमा लगाइन्छ र समै पनि प्रदान गरिन्छ ।बलिपूजा सम्पन्न गरिंदा सिकाभ्वय्को आयोजना गरिन्छ । त्यसमा परिवारका सबै सदस्यहरुले भाग लिन्छन् । कोही थला नै पर्ने गरी बिरामी भएको छ भने उसलाई उसको भोजभाग लगेर दिइन्छ र यसरी उसले आफ्नो भोजभागमा ढोगेर  प्रतीकात्मक रुपमा भोजमा सहभागी बन्न पुग्दछ । यदि परिवारको कुनै सदस्य घरबाट निकै टाढा गएको छ भने पनि उसको भोजभाग छुट्याएर राखिन्छ र ऊ घर फर्केपछि उसको भाग प्रदान गरिन्छ । यस्तो भोजमा यदाकदा गुठियारहरुबीच रोलक्रम वा भाग मिचिएको खण्डमा झगडा समेत हुने गर्दछ । यस्तो झगडा साम्य पार्न कहिलेकाहीं भोजको आयोजकले दोस्रो पटक पनि बलिपूजा सम्पन्न गरेर भोजको आयोजना गनुपर्ने हुन्छ । अर्कोतिर सबै गुठियारहरुले पहिलेका सबै वैरभाव र वैमनस्य बिर्सेर यस्तो सामूहिक सिकाभ्वयमा भाग लिन्छन्(श्रेष्ठ सुरेन्द्रमान, नेपाया तान्त्रिक द्य: व तान्त्रिक पूजा, ने.सं. ११०५, पृ. ७०) 
यहाँ प्रस्तुत उद्धरणले सिकाभ्वयको कति ठूलो महत्व छ भन्ने प्रष्ट बोध गराउँछ । थाहा भएकै कुरा हो कि कुनै पनि जीवधारीसँग पाँच ज्ञानेन्द्रिय हुन्छ जसको द्योतक आँखाकाननाक,जिब्रो र त्वचाले गर्दछन् । तसर्थ बलि दिइएको पशुको यी पाँच इन्द्रियका द्योतक (२ आँखा२ कान,१ नाक१ जिब्रो र २ बंगारा गरी जम्मा ८अवयवबाट आठ मुख्य भाग (नेवारीमा सि भनिन्छ)तयार हुन्छ जो जेष्ठानुक्रमले परिवारका वा गुठीका पहिला आठजनाले पाउँछन् (हेर्नुस्, तालिका नं. ६)
यदि परिवारमा जेष्ठानुक्रमअनुसार यस्तो सि-भाग पाउने अधिकारयुक्त पुरुषहरुको संख्या आठभन्दा कम छ भने महिलाहरुले पनि बचेको सि-भाग पाउने हुँदा उनीहरुले पनि सिकाभ्वयमा भाग लिन सक्तछन् । त्यसपछि पनि सि-भाग बाँकी रहन गयो भने यसरी बचेको सारा भाग थकालीलाई दिइन्छ । “परन्तु गुरु (सम्भवतः राजोपाध्यायको समेत सहभागितामा सम्पन्न गरिने आगमपूजाको सन्दर्भमा मर्यादाक्रममा सबभन्दा जेठोले पाउने दाहिने आँखाको भोजभाग (जवगु मिखासिमा गुरुको अग्राधिकार हुन्छ भने गुठीपूजा अथवा दिगुपूजा आदिको सन्दर्भमा चाहिं त्यस पूजामा भाग लिने आचाजु (कर्माचार्य­) वा जोशीलाई पाँचौं अर्थात् बङ्गाराको भोजभाग (थुनासिप्रदान गरिन्छ ।  कतिपय अवस्थामा (जस्तै कि बलि दिइएको पशु राँगो भएको खण्डमाचाहि गुरुले आफ्नो भागको सि ग्रहण नगर्ने पनि सम्भावना हुन सक्तछ । यदि हाँस वा भाले कुखुरा बलि दिइएको छ भने थकालीले सिंगै टाउको सि-भागको रुपमा पाउँछ । अन्य चारजनालाई बलि दिइएको पन्छीको दुर्इ पखेटाको अंग र दुर्इ फिला सि-भागको रुपमा प्रदान गरिन्छ” (श्रेष्ठ सुरेन्द्रमान, नेपाया तान्त्रिक द्य: व तान्त्रिक पूजा, ने.सं. ११०५, पृ. ७१) ।
जुनसुकै भोजको अन्त्यमा बाँकी रहेको जूठो र अन्य रहलपहल खानेकुरा जुन क्रमले आरम्भमा भोजभाग हालिएको थियो त्यसैको उल्टो क्रमबाट संग्रह गरिन्छ अर्थात् यसरी थकालीबाट सुरु गरिएको भोजको क्रम अन्त्यमा थकालीमै टुंग्याइन्छ । यसरी हरेक भोजमा कुल वा वंशको एक चक्र पूरा हुन्छ । अनि भोजको संकलित रहलपहल नजिकैको दोबाटोको बीचमा छ्वासः भनिने ठाउँमा कुक्कुर र कागको निम्ति फ्याँकिन्छ । यस प्रकार के निष्कर्ष निकाल्न सकिन्छ भने सिकाभ्वय् नेवारी परम्परागत भोजहरुको लामो चक्रको अन्तिम भोज भए तापनि यो कम महत्वको भोज भने होइन । एउटै परम्परागत भोजमा समै (सम्यक्)सगँ (सगुन), मूभ्वय् (मूलभोजर सिकाभ्वय्(शेषबलिभोजको एक क्रम सम्पन्न गरिन्छ  
भोजको क्रममा सिकाभ्वय् सम्पन्न नगरिएको खण्डमा भोजको अन्त्यमा सामान्यतः धौबजि(दही चिउराखाने क्रिया सम्पन्न गरिएपछि भोज समाप्त भएको मानिन्छ । अनि सिसापुसा वा सिसाफल (उखुका टुक्रा र फलफूलल्याएर राखेपछि भोज खाने काम सकिएको बोध हुन्छ । त्यसपछि माथि उल्लिखित क्रमअनुसार अन्य विधिविधान सम्पन्न गरिन्छ ।
   माथिको वर्णनबाट ब्राह्मण भोजन र नेवारी भोजको विधिविधानमा निकै समानता रहेको स्पष्ट हुन्छ । फरक भोजको विधिमा नभई केवल स्तरमा मात्र पाइन्छ भन्न सकिन्छ । ब्राह्मण भोजन सरल हुन्छ र त्यसमा नेवारी भोजको जस्तो भव्यता देखिंदैनतर भोजको विधि भने एकै प्रकारको छ । ब्राम्हणभोज र नेवारी भोजको विधिविधानको तुलनाबाट भोजको परम्परामा निकै समानता रहेको छर्लंग हुन्छ (हेर्नुस्, तालिका नं. ७)
                                                   तालिका नं. ७
ब्राह्मण र नेवारजातिको भोजनविधिको तुलनात्मक तालिका
क्रमसंख्या
नाम (संस्कृत र नेवारी)
अनुवाद
ब्राह्मण भोजन
नेवारी भोज   
क्रिया
१.गोग्रास
२.बलि
१.गाईको गाँस
२.पितृको गाँस
गाईका लागि एक गाँस छुट्याइन्छ
पितृका लागि एक गाँस छुट्याइन्छ
नेवारहरूमा थकाली वा घरको मूलीले खाना खानुअघि एक गाँस सम्भवत: पितृको स्मरण गर्दै भुईँमा राखिएको पातमा   राख्दछ ।
त्रिग्रास (त्रितत्वभोग) रक्ततत्व,जीवतत्व र मांसतत्व
तीन गाँस (तीन तत्व भोग : रक्ततत्व,जीवतत्व र मांसतत्व)
भोजन गर्नुभन्दा पहिले बलिको रूपमा तीन गाँस भोग दिइनछ । 
सगुन लिंदा अथवा सिकाभ्वय् भनिने भोज खाँदा तीन पल्ट अलिकति टोकेर खानुपर्दछ ।
तीन चोटि टोकेर नखाईकन हातमा दिइएको खानाभुईंमा राख्न हुँदैन (ब्राह्मण भोजनमा तीन गाँस थालको दायाँतिर भुईँमै राखिन्छ) ।
आचमन
पानी पिउने क्रिया
हात धोएर भिजेकै हातले आँखामा स्पर्श गरेर विष्णुको स्मरण गरी अम्खोराबाट पानी खाइन्छ ।
करुवाबाट पानी खाएर न्यासध्यान गरिन्छ ।

पञ्चग्रास
खानेकुराको पाँच गाँस
लगातार पाँच गाँस खाना खाइन्छ ।
पञ्च वायुदेवता (प्राणअपान,व्यानउदान र समान) को निम्ति अर्पण गरेर पाँच गाँस खाना खाइन्छ ।
नेवारहरुमा बूढी औंलाको टुप्पामा क्रमश: अन्य औंलाको टुप्पा जोडेर औंला फेर्दै विभिन्न मुद्रा बनाएर गाँस मुखमा हाल्दै अन्त्यमा पाँचै औंलाको टुप्पा जोडेर पाँचौं गाँस लिई यो क्रिया सम्पन्न गरिन्छ ।
जलपान
पानी पिउने क्रिया
हात धोएर भिजेको हातले आँखामा स्पर्श गरी आम्खोराबाट पानी खाइन्छ ।
मुख्य भोज खानुबन्दा अघि करुवाबाट पानी खाइन्छ ।  
ब्राह्मण र नेवार दुवैले भोजको विधिमा यसरी पानी खानु अनिवार्य मानिन्छ ।
न्यासध्यान
देवताको स्मरण

न्यासध्यान गरिन्छ ।
शुद्धिकरण ।
भोजन
खाना खाने क्रिया
अलग्गै पलेटी कसी कमलासनमा बसेर खाना खाइन्छ ।
अलग्गै पलेटी कसेर बसी खाना खाइन्छ ।
नेवारी भोजमा निश्चित खानेकुराहरू विशेष क्रमानुसार ल्याएर थप्दै दिइन्छ ।
शेष-बलि (कलँ)
रहलपहल खाने कुराको बलि
बचेको एक गाँस खाना हातमा लिएर आसनबाट उठी निश्चित स्थानमा राखिन्छ र सोह्र पटक कुल्ला गरेर मुख र हात धोइन्छ ।
भोज खाएकै ठाउँमा विशेष विधिअनुसार हात-मुख धोएपछि मात्र आसन छाड्न सकिन्छ ।
ब्राह्मणले भोजगपश्चात् स्वयं अन्तिम गाँस निश्चित स्थानमा राखेर हात-मुख धुन्छ भने नेवारहरूको भोजपछि रहलपडल पुरा जम्मा गरेर छ्वास: भनिने स्थानमा विसर्जन गर्न लगिन्छ ।
भोजको समापन
भोज सकिएपछि बिदाबारी
हात-मुख चुठेपछि भिजेकै हातले पेट मुसारी सय कदम हिंड्ने गरिन्छ ।
पान-सुपारी दिएर भोजका सहभागीहरूलाई बिदा गरिन्छ ।
भोजको विधिविधान यसरी  सुसम्पन्न हुन्छ ।
नेपालमा आर्यसभ्यताको प्रतिनिधित्व गर्ने ब्राह्मण तथा आर्यमंगोलभोटबर्मेली विभिन्न नृवंशात्मक समष्टिको प्रतिनिधित्व गर्नुका साथै हिन्दू र बौद्ध धर्मको समन्वयको नमूनास्वरुप रहेको नेवारजातिको परम्परागत भोजमा पाइएको समानताको आधारमा के निष्कर्ष निकाल्न सकिन्छ भने विभिन्न संस्कृति र सभ्यताको संश्लिष्ट रुप नै नेपाली संस्कृति र सभ्यताको द्योतक हो ।

(रूसी भाषामा प्रकाशित : श्रेष्ठ कृष्णप्रकाशनेपालमा परम्परागत विधिपूर्वक भोज (रितुआल्नो-अब्य्रादोभिए त्रापेजी भ नेपाले) ।।पूर्वेली जनताहरूको पर्म्परा (एतिकेत नारोदोभ मीरा),मास्कोसन् २०११पृ. ४६९-४७७)
२६ सेप्टेम्बर २०१२ (बुधवार)
मास्को, रूस महासंघ ।

Source:

Monday, April 1, 2013

अमेरिकाको टेक्सासमा बेल-बिबाह नेवार समुदायमा हुने


अमेरिकाको टेक्सासमा बेल-बिबाह नेवार समुदायमा हुने


                
विकास राज न्यौपाने, टेक्सास, अमेरिका – नेपाल नेवाः एसोसीएसन् डि. एफ. डब्लुद्वारा परम्परागत इही (बेल बिबाह) यहि आउँदो  २०१३ अप्रिल ६ तारिखको दिन अमेरिकाको टेक्सास राज्यको अर्भिंग डल्लास शहरमा हुँदैछ । बेल बिबाह नेपालको नेवार समुदायमा हुने एक प्रकारको बिहे हो जसमा कन्या केटीलाई बेल (एक प्रकारको फल) संग बिबाह गरिन्छ । हिन्दु धर्म अनुसार बेललाई बिष्णु भगवान मानिन्छ, जस अनुसार कन्या केटीहरु भगवान बिष्णु संग बिबाह भएको मान्यता नेवार समुदायमा विश्वास छ । भविष्यमा यदि कुनै केटीको श्रीमान स्वर्गीय भएको खण्डमा पनि त्यो केटीलाई बिधुवाको संज्ञा नदिऊन भन्ने हेतुले यो परम्परालाई अहिले सम्म पनि जिउँदो राखिएको छ । बेल बिबाहमा दुवै हिन्दु तथा बौद्ध धर्मालम्बी नेवार समुदायको बाहुल्यता पाइन्छ ।

यो कार्यक्रमका लागि मेरिलेण्डका बहुचर्चीत गुरु बसभ राजोपाध्याय ज्यू आमन्त्रण गरिएको कुरा कार्यक्रमका सयोजक प्रमेश श्रेष्ठ बताउनु हुन्छ । राजोपाध्या ज्यूले मेरिलेण्डमा गरिने हरेक धार्मिक क्रियाहरु उहाँ कै मन्त्रउच्चारणबाट शुरु हुन्छ । अहिले सम्म उल्लेख्य मात्रामा सहभागीहरुको नाम दर्ता गरिएकोले आयोजक समूह यो कार्यलाइ भाब्यताका साथ सफल बनाउन तल्लिन देखिन्छ । कार्यक्रमका मिडिया प्रबन्धक स्वयम्भु शाक्य भन्नु हुन्छ: यो कार्यक्रम डालस शहरमा पहिलो पल्ट हुँदैछ, तेसैले यही बस्ने बिदेशी परिवार तथा  हाम्रो समुदायको DFW मेट्रो लगाएत आसपासका सहरहरुमा बसोबास गर्ने सम्पूर्णसाथीहरुलाई यो कार्यक्रममा निमन्त्रण गर्नुभएको छ ।
कार्यक्रमको जानकारी
Lien Hoa Buddhist Monastery & Temple
2030 Rose Street, Irving, TX
Time: 7:00am – 400pm
for more information: visit https://www.facebook.com/events/315703978533089/
IHI Ceremony

April 6 at 7:00am in EDT
Lien Hoa Buddhist Monastery & Temple, 2030 Rose Street, Irving, TX


Source:

Sunday, March 31, 2013