Monday, April 1, 2013

अमेरिकाको टेक्सासमा बेल-बिबाह नेवार समुदायमा हुने


अमेरिकाको टेक्सासमा बेल-बिबाह नेवार समुदायमा हुने


                
विकास राज न्यौपाने, टेक्सास, अमेरिका – नेपाल नेवाः एसोसीएसन् डि. एफ. डब्लुद्वारा परम्परागत इही (बेल बिबाह) यहि आउँदो  २०१३ अप्रिल ६ तारिखको दिन अमेरिकाको टेक्सास राज्यको अर्भिंग डल्लास शहरमा हुँदैछ । बेल बिबाह नेपालको नेवार समुदायमा हुने एक प्रकारको बिहे हो जसमा कन्या केटीलाई बेल (एक प्रकारको फल) संग बिबाह गरिन्छ । हिन्दु धर्म अनुसार बेललाई बिष्णु भगवान मानिन्छ, जस अनुसार कन्या केटीहरु भगवान बिष्णु संग बिबाह भएको मान्यता नेवार समुदायमा विश्वास छ । भविष्यमा यदि कुनै केटीको श्रीमान स्वर्गीय भएको खण्डमा पनि त्यो केटीलाई बिधुवाको संज्ञा नदिऊन भन्ने हेतुले यो परम्परालाई अहिले सम्म पनि जिउँदो राखिएको छ । बेल बिबाहमा दुवै हिन्दु तथा बौद्ध धर्मालम्बी नेवार समुदायको बाहुल्यता पाइन्छ ।

यो कार्यक्रमका लागि मेरिलेण्डका बहुचर्चीत गुरु बसभ राजोपाध्याय ज्यू आमन्त्रण गरिएको कुरा कार्यक्रमका सयोजक प्रमेश श्रेष्ठ बताउनु हुन्छ । राजोपाध्या ज्यूले मेरिलेण्डमा गरिने हरेक धार्मिक क्रियाहरु उहाँ कै मन्त्रउच्चारणबाट शुरु हुन्छ । अहिले सम्म उल्लेख्य मात्रामा सहभागीहरुको नाम दर्ता गरिएकोले आयोजक समूह यो कार्यलाइ भाब्यताका साथ सफल बनाउन तल्लिन देखिन्छ । कार्यक्रमका मिडिया प्रबन्धक स्वयम्भु शाक्य भन्नु हुन्छ: यो कार्यक्रम डालस शहरमा पहिलो पल्ट हुँदैछ, तेसैले यही बस्ने बिदेशी परिवार तथा  हाम्रो समुदायको DFW मेट्रो लगाएत आसपासका सहरहरुमा बसोबास गर्ने सम्पूर्णसाथीहरुलाई यो कार्यक्रममा निमन्त्रण गर्नुभएको छ ।
कार्यक्रमको जानकारी
Lien Hoa Buddhist Monastery & Temple
2030 Rose Street, Irving, TX
Time: 7:00am – 400pm
for more information: visit https://www.facebook.com/events/315703978533089/
IHI Ceremony

April 6 at 7:00am in EDT
Lien Hoa Buddhist Monastery & Temple, 2030 Rose Street, Irving, TX


Source:

Sunday, March 31, 2013

Tuesday, March 19, 2013

स्व. बालकृष्ण सम बाट प्रशंशित स्व. श्री ज्ञानेशनन्द राजोपाध्याय





(वरिष्ठ चित्रकार श्री जीवन राजोपाध्याय ज्यूले कोर्नु  भएको  स्व श्री ज्ञानेशानन्द राजोपाध्यायज्यू को चित्र)
आज  २०६९ चैत्र ६ गते अर्थात् स्व. श्री ज्ञानेशनन्द राजोपाध्याय ज्यु को बार्षिक पुण्य  तिथि मा हार्दिक श्रद्दान्जली अर्पण गर्दा छौं
 

नाट्य  सम्राट  एवंम चित्रकार बालकृष्ण समले ललितपुर पाटन, स्वठ निवासी श्री ज्ञानेशनन्द राजोपाध्यायज्यु ले कोर्नु भएको चित्रकलाबाट प्रभावित हुनु भई  २०१७  सालमा आफ्नै हस्त लेखन बाट   ब्यक्त गर्नुभएको उद्रगार   सहितको प्रशंसा पत्र यंहा प्रस्तुत गरेका छौं  । श्री ज्ञानेशनन्द राजोपाध्याय, उहाको परिवार लगायत  सम्पूर्ण राजोपाध्याय  वर्गको लागि यो गौरवको बिषय हो । तर दुर्भाग्यको कुरा जुन चित्र हेरेर बालकृष्ण सम,  श्री ज्ञानेशनन्द राजोपाध्याय बाट प्रभावित हुनु  भएको थियो उक्त  चित्र हाल सम्म पनि फेला नपरेको नमिठो जानकारी श्री ज्ञानेशनन्द राजोपाध्यायका जेष्ठ सुपुत्र श्री वर्षण शर्माले दिनु भएको छ । तर खोजीकार्य जारी रहेको पनि वहाले बताउनु  भएको छ । आशा गरौ उक्त एतिहासिक चित्र छिट्टै फेला पर्ने छ र हामीले पनि हेर्न पाउने छौ ।  


यो हस्तलिखित प्रशंसा को प्रतिलिपि उपलब्ध गरिदिनु भएकोमा श्री वर्षण शर्माज्यू प्रति यो ब्लग आभार प्रकट गर्दै भबिश्यमा पनि यस प्रकारको सहयोग अपेक्षा गरेको छ । 

साथै सम्पूर्ण राजोपध्याय वर्ग आफुसंग भएका राजोपाध्याय संग सम्बन्धित यस प्रकारका साथै अन्य सामग्रीहरु  सबैले जानकारी गराउन का लागि यस ब्लग लाई उपलब्ध गराई दिनुहुन हार्दिक अनुरोध गर्दछौ ।