Friday, October 25, 2019

Rajopadhyaya in News : भक्तपुर तलेजुमा ११ गते म्हःपूजा





यहि समाचार http://www.indepth.com.np/social/3187/ ले पनि प्रकाशित गरेको छ l




SOCIAL

भक्तपुर तलेजुमा ११ गते म्हःपूजा

Avatar
Published
 
on
 

Web Picture
भक्तपुर । भक्तपुर तलेजुमा कार्तिक ११ गते म्हःपूजा मनाइने भएको छ । तिथिमा विवाद भइरहेका बेला भक्तपुर तलेजुमा भने ११ गते म्हःपूजा गर्ने निर्णय भएको मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।
उनले म्हःपूजा ११ गते गर्ने कि १२ गते गर्ने भन्नेबारे धेरैलाई अन्योल भएपछि उक्त निर्णय गरिएको बताए ।
‘म्हःपूजा तिथिको आधारमा मंसिर कृष्ण पक्ष प्रतिपदामा गरिँदै आएको छ’, उनले भने, ‘यसअनुसार ११ गते बिहान ९ः५१ बजेदेखि १२ गते ९ः३० सम्म प्रतिपदा तिथि रहन्छ । जसअनुसार ११ गते बेलुका म्हःपूजा गर्नु उत्तम हुन्छ ।’
तिथिमिा अन्योल भएपछि भक्तपुरका सयौं जनाले तलेजुको साइत मागेको उनको भनाइ थियो । भक्तपुरका अधिकांश नेपालभाषीहरुले तलेजुलाई आधार मान्दै आएका छन् । त्यसैले तलेजूमा म्हःपूजा गरेकै दिन भक्तपुरका नेपालभाषीहरुले म्हःपूजा गर्ने गरेका छन् ।
भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी ।
‘पहिले पनि तिथि अन्योल हुँदा तलेजुको पूजा विधिलाई भक्तपुरवासीले मान्दै आएका छन्’, मूल नाइके जोशीले भने, ‘यस वर्ष तिथिमा अन्योल भएकाले पनि भक्तपुर तलेजुले तिथि सार्वजनिक गरेका हो ।’
उनले सरकारी पात्रो प्रकाशन गर्दा तिथिको समयावधिबारे स्पष्ट उल्लेख गर्नुपर्ने सुझाव दिए । पात्रोमै तिथि र त्यसको समयावधि उल्लेख गरिएको भए यस वर्षको जस्तो अन्योल नहुने उनको भनाइ थियो ।
उनका अनुसार भक्तपुर तलेजुमा १० गते लक्ष्मीपूजा गरिनेछ । उक्त दिन राजोपाध्याय नाइके उत्तमांगराज राजोपाध्यायले तलेजुमा विधिपूर्वक लक्ष्मी पूजा गर्नेछन् ।
त्यस्तै ११ गते जोशी नाइकेहरुले भक्तपुर तलेजुमा म्हःपूजा गर्नेछन् । तलेजुलाई आफ्नो आगछें मान्ने भएकाले परापूर्वकालदेखि जोशी नाइके परिवारहरुले तलेजुमा म्हःपूजा गर्दै आएको मूल नाइके जोशीले जानकारी दिए ।
उनका अनुसार तलेजुका राजोपाध्याय नाइके उत्तमांगराज राजोपाध्यायको समुपस्थितिमा जोशीहरुले म्हःपूजा गर्ने गर्छन् ।

न्हुँदभन्दा म्हःपूजा महत्वपूर्ण : जोशी

ज्योतिष परिषद् भक्तपुरका अध्यक्ष केदारप्रसाद जोशीले पनि तिथिअनुसार ११ गते नै म्हःपूजा गर्नु उत्तम हुने बताए । त्यस्तै नेपाल संवत्को नयाँ वर्षारम्भ हुँद भने १२ गतेमात्रै मनाउनुपर्नेको भनाइ थियो ।
उनले द्वापर युगदेखि नै म्हःपूजा गरिँदै आएकाले यसलाई कम महत्व दिन नहुने स्पष्ट पारे ।
अहिले न्हुँद (नेपाल संवत्को नयाँ वर्षारम्भ) लाई मात्रै महत्व दिँदा म्हःपूजा ओझेलमा परेको उनको भनाइ थियो ।
‘म्हःपूजा द्वापर युगदेखि हुँदै आएको हो’, भक्तपुर तलेजुका जोशी नाइकेसमेत रहेका उनले भने, ‘तर न्हुँद सुरु भएको ११३९ वर्षमात्रै भयो । त्यसैले न्हुँदलाई आधार मानेर म्हःपूजा गर्नु बुद्धिमानी होइन ।’
कार्तिक १० गते बिहान ११ः५१ बजेदेखि औंशी लाग्ने भएकाले उक्त दिनको साँझ लक्ष्मीपूजा गर्न कुनै बाधा व्यवधान नहुने उनी बताउँछन् । उनका अनुसार ११ गते बिहान ९ः४३ सम्म औंशी नै हो ।
‘त्यस्तै बिहान ९ः४४ देखि प्रतिपदा सुरु हुन्छ । जुन १२ गते बिहान ७ः५१ सम्म प्रतिपदा छ । त्यसैले ११ गते नै म्हःपूजा गर्नुपर्छ’, ज्योतिष जोशीले भने, ‘१२ गते बिहान न्हुँद मनाउनुपर्छ । यसैदिन बिहान ७ः५१ पछि भाइटीका गर्दा केही फरक पर्दैन ।’

No comments:

Post a Comment