"थ्यासफुमा उल्लेखित राजोपाध्याय सुवेदीहरुको वंशावली" - सुवेदी वंशावलीबाट
आज मिति ०७५ चैत्र २६ गते मंगलबार का दिन काम बिशेषले त्रिभुवन बिश्वबिद्यालय केन्द्रीय पुस्तकालय, किर्तिपुर पुगेको थिए l पुस्तकालयमा नेपाल सम्बन्धि पुस्तकहरुको संग्रह खण्डमा सुबेदी कल्याण प्रतिष्ठानले २०६३ सालमा प्रकाशित 'सुबेदी बंशावली' मा मेरो आँखा पर्यो l रिमाल सामाजद्वारा प्रकाशित 'रिमाल वंशावली'मा इन्द्रचोक, काठमान्डौका राजोपाध्याय रिमालहरुलाई पनि समेटिएको सम्झना आयो l त्यसैले पुस्तक देख्ने बित्तिकै भक्तपुरका राजोपाध्याय सुवेदीहरुका बारेमा केहि उल्लेख गरिएको छ की भन्ने कौतुहलता जाग्यो l बिषय सुची मा उल्लेख भए अनुसार भक्तपुर खण्डमा "थ्यासफुमा उल्लेखित राजोपाध्याय सुवेदीहरुको वंशावली" शिर्षक मा उल्लेख भएको बंशावली को फोटो यहाँ प्रस्तुत गरेको छु ...
सुबेदी कल्याण प्रतिष्ठान र रिमाल समाजले क्रमश: सुवेदी र रिमाल वंशावली प्रकाशित गरि सकेको बारे माथिनै उल्लेख गरि सकेको छु l
बिभिन्न वंशावलीहरु देखि सके पछी राजोपाध्याय वंशावलीको कल्पना गर्नु स्वाभाविकै हो l राजोपाध्याय वंशावली प्रकाशन गर्ने कसले ? भन्ने प्रश्न उठ्नु पनि स्वाभाविक नै हो l राजोपाध्यायहरुको छाता संगठनको रुपमा एक मात्र आधिकारीक संगठन भनेको राजोपाध्याय समाज नै हो भन्नु अत्युक्ति नहोला l त्यसैले यो वंशावली प्रकाशनको जिम्मेवारी पनि राजोपाध्याय समाजको हो भन्नु पनि अत्युक्ति नहोला l यस कार्यको लागि समाजका सदस्यहरुले चासो व्यक्त गरिनु पनि त्यतिकै आबश्यक हुन्छ l
राजोपाध्याय समाजको हालै सम्पन्न ५ औं साधारण सभामा प्रस्तुत महासचिवज्यूको प्रतिवेदनमा वंशावली प्रकाशनको वारे केहि उल्लेख भएको जस्तो लागेन l आगामी दिनहरुमा राजोपाध्याय समाजले राजोपाध्याय वंशावली प्रकाशनको कार्यलाई बिशेष प्राथमिकता दिने छ भन्नेमा म आशाबादी छु l साथै म र मेरो परिवार यस कार्यमा हुन सक्ने सबै सहयोग गर्ने प्रतिवद्दता पनि ब्यक्त गर्दछु l
- बिमल चन्द्र शर्मा
No comments:
Post a Comment