नरसिह जात्रा चलाउन धौ धौ
-सुनील महर्जन, ललितपुर
करिब ३ सय वर्ष पुरानो नरसिह जात्रा रकम अभावले धान्नै मुस्किल हुँदै गएको पाइएको छ ।
करिब ३ सय वर्ष पुरानो नरसिह जात्रा रकम अभावले धान्नै मुस्किल हुँदै गएको पाइएको छ ।
नेपाल संवत् अनुसारको नवौ महिना गुँला (श्रावण – भदौं ) महिनामा विशेषतः काठमाडौं उपत्यका लगायत देशका विभिन्न जिल्लामा अनेक जात्रा र पर्व सञ्चालन हुने गरिन्छ । त्यस मध्ये मँर्त र अमँर्त सांस्कृतिक सम्पदाका रुपमा रहेको नरसिह जात्रालाई संस्कृतिविद्हरुले विशिष्ट महत्वका रुपमा लिँदै आएको छ ।
धार्मिक र सांस्कृतिक महत्व बोकेको सो जात्रा हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन ललितपुरमा सञ्चालन हुने गर्दछ । यस अनुरुप आउँदो भदौं १५ गते शुक्रबारको सो जात्रा हुने भएको छ ।
छ कुल (षट्कुल) देवब्राम्हण (नेवार ब्राम्हण) राजोपाध्यायहरुको उपाकर्म गुठीका प्रत्येक सदस्यहरुले ज्येष्ठताका आधारमा पालैपालो आफ्नै खर्चमा सो जात्रा सञ्चालन गर्दै आएको छ ‘मल्लकालीन वैभव र कलाको झझल्को दिने सो नाच ऐतिहासिक दृष्टिले महत्वपँर्ण छ, तर रकम अभावले नाच सञ्चालन गर्न उपाकर्म गुठीका सदस्यहरुलाई निकै मुश्किल हुँदै गएको छ ।’ नरसिह जात्रा समारोह समितिका प्रवक्ता समेत रहनुभएका उपाकर्म गुठीका सचिव प्रमोद शर्माले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।
जात्रा सञ्चालनका लागि भनेर उपाकर्म गुठीलाई ललितपुर उपमहानगरपालिकाले वर्षेनी १३ हजार रुपैयाँ मात्र उपलब्ध गराउँदै आएको छ । महानगरपालिकालाई सांस्कृतिक नगरी बनाउने तयारी गरिरहँदा पर्यटकहरुको आर्कषणको केन्द्र रहेको नरसिह यात्रा संकटमा पर्दै जानुले महानगरपालिकाको सो नीतिलाई गिज्याइरहेको छ ।
जात्राको मुख्य आकर्षक पक्ष भगवान नरसिह, देवी लक्ष्मी र सरस्वतीका साथ नरसिहको पछाडि हिरण्याक्ष र हिरण्यकश्यपुको प्रतीक मानिने दुई पुतला लिएर नगर परिक्रमा गर्ने गर्दछ।
नगर परिक्रमा गर्ने क्रममा नरसिहको अघिल्लोपक्तिमा परम्परागत बाजागाजाका साथ भजन समँह, वाद्यय समू्ह, छत्र, कुचोले बाटो बढार्ने, दुबोले गाईको दँध र जल छर्कने, लावाअबिर छर्कने लगायत झाँकीहरु रहने गर्दछ । जात्रामा ताज, शिरविन्दु, भिपु माला लगाएका अप्सराको प्रतीकका रुपमा कुचो लिएका दुई बालिका अग्रपंक्तिमा रहने छन् ।
उनीहरुले नरसिंह हिडने बाटो सफा गर्ने भँमिका निर्वाह गर्ने छ । लगत्तै अर्का दुई बालिकाले गाईको दँध दँबो र लावा अविर छर्किएर बाटोलाई चोखो बनाउने गर्दछ । त्यसपछि राजदण्ड समाएर दुई बालिका अगाडी बढ्ने छ । उनीहरु प्रत्येक दुई र दुई जनालाई झल्लरवाला छत्रले ओढाउने गरिन्छ ।
यात्रामा नरसिंहका स्त्री ‘शक्ति सरस्वती र लक्ष्मीको भेषमा सजिएका दुई बालक नरसिंहको दायाँबायाँ बस्ने गर्दछ । भक्त प्रल्लाहदको भेषमा सजिएका एक पुरुषले नरसिंहलाई नमस्कार गर्दै पछाडीपट्टि फर्केर अगाडी बढ्ने गर्दछ ।
नरसिंह जात्रालाई नेवारीमा उपाकुलं सायाः भनिन्छ । राजोपाध्याय समुदायमा ज्येष्ठताको आधारमा पालो चलाइने जात्रा सायाः रुटमा परिक्रमा गराउने चलन छ ।
सो जात्रा सञ्चालनका लागि कम्तीमा २ लाख रुपैयाँ आवश्यक रहेको छ । यति रकम खर्च गर्न नसक्दा उपाकर्म गुठीका कतिपय सदस्यहरुले आफूले जात्रा सञ्चालन नगरी आफँ भन्दा कनिष्कलाई पालो दिने गरेको घटनाहरु दोहोरिँदै गएको गुठीले जनाएको छ । ‘यस्तो अवस्थाले निरन्तरता पाउँने हो भने यस जात्रा कुन बेला लोप हुने हो भन्न सकिन्न ’प्रवक्ता शर्माले भन्नुभयो ।
जात्रा सञ्चालनका लागि भनेर उपाकर्म गुठीलाई ललितपुर उपमहानगरपालिकाले वर्षेनी १३ हजार रुपैयाँ मात्र उपलब्ध गराउँदै आएको छ । महानगरपालिकालाई सांस्कृतिक नगरी बनाउने तयारी गरिरहँदा पर्यटकहरुको आर्कषणको केन्द्र रहेको नरसिह यात्रा संकंटमा पर्दै जानुले महानगरपालिकाको सो नीतिलाई गिज्याइरहेको नरसिह जात्रा समारोह समितिका संयोजक माधवश्याम शर्माले बताउनुभयो ।
पर्याप्त रकम नभएपनि उपाकर्म गुठीका सदस्यहरुले जात्रा सञ्चालन गर्ने जिम्मेवारी आइपर्दा आफ्नो पुर्खादेखि सञ्चालन हुँदै आएको धर्मकर्मको काम भनेर निरन्तरता दिँदै आएको पाइएको छ । छ कुल भनिएपनि सुन्धाराको कुल उतराधिकारीविहीन भएपछि हाल पाँच कुलका सदस्यहरुले मात्र जात्रा सञ्चालन गर्दै आएको पाइएको छ । यी पाँच कुल (बःलिम्ह, स्वनिम्ह, तधँलीवी, वलानिम्ह र मण्डिछें) ब्राम्हणहरुले गुठीको जात्रा सञ्चालन गर्दै आएको छ ।
सो परम्परा अनुसार यस वर्षको जात्रा सञ्चालन गर्ने पालोे ललितपुर पट्को टोलका धुव्रज्वालानन्द राजोपाध्यायको घरबाट संचालन हुन गइरहेको छ । यहि परिवारबाट पाँच पुस्ताले जात्रा संचालन गरिसकेको छ । जात्रो पालो लिने गुठीका सदस्यका ज्वाँई वा भाञ्जा मध्ये एक नरसिह बन्ने परम्परा रहेको छ ।
‘मलाई जात्रा संञ्चालन गर्ने पालो आएको हो । बडो भाग्यले मात्रा जात्रा सञ्चालन गर्ने जिम्मेवारी आइपर्दछ । ’ यस वर्षको जात्रा सञ्चालक राजोपाध्याय भन्नुभयो । उहँँले भन्नुभयो ‘आफ्नै खर्चमा जात्राको व्यवस्थापन गर्दछु । सरकार र स्थानीय तहबाट जात्राको लागि पर्याप्त रकम बन्दोबस्तो गरिदिए राम्रो हुने थियो ।’
रकम अभावको विषयलाई गम्भीरतापँर्वक उठाउने ललितपुर महानगरपालिका वडा नं १६ का अध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो।वडाअध्यक्ष शाक्यले भन्नुभयो ‘यस्ता संस्कृतिहरु लोप हुनदिने छैनौ ।’
वडा नं १६ लाई सांस्कृतिक र पर्यटकीय क्ष्ँेत्रको रुपमा विकास गर्ने लक्ष्य लिएको बताउँदै वडा वडाअध्यक्ष शाक्यले भन्नुभयोे ‘यही वडा अधिकाशं मँर्त र अमँर्त संस्कृति सञ्चालन हुने मुख्य थलोको रुपमा छ । त्यसैले कला, संस्कृतिका विशेष क्षेत्र वा सांस्कृतिक वडाको रुपमा घोषणा गरी सोही अनुरुप कार्य अघि बढाउन लागिएको छ । यस्तो अवस्था नरसिह जात्रा चलाउनको लागि वडाबाट बजेटको व्यवस्था गर्ने छु ।’
यो जात्रा कहिलेदेखि शुरु भयो भने अहिलेसम्म पनि यकिनका साथ भन्न सकिने अवस्था नभएको गुठीका सदस्यहरु बताउँछन् । ‘उपाकर्म गुठीको हस्तलिखित ग्रन्थमा नेपाल संवत् ८६९ अर्थात वि सं १८०६ देखिको जात्राको मात्र अभिलेख रहेको छ । ’जात्राका अध्येयता हेरम्बानन्द राजोपाध्यायले भन्नुभयो ।
वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले राजोपाध्यायहरुको सीमित प्रयासले गर्दा जेनतेन सञ्चालन हुँदै आएको सो जात्रालाई राष्ट्रियस्तरमा व्यापक गर्दै जानुपर्ने खाँचो औल्याउनुभयो । संस्कृतिविद् जोशीले भन्नुभयो ‘जात्राको महत्व बारे राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमै प्रचार प्रसार गर्नुपर्ने खाँचो छ । यस जात्रालाई पनि समयसापेक्ष सञ्चालन गर्नुपर्दछ ।’
स्रोत : http://www.newsofnepal.com/2018/08/30/137805/