Saturday, May 19, 2018

Rajopadhyaya in News : उस्ताद जलेशानन्द र धर्मानन्द राजोपाध्यायको स्मरणमा संगीत स्मृति प्रतिष्ठान गठन गरिने


उस्ताद जलेशानन्द राजोपाध्याय 



उस्ताद धर्मानन्द राजोपाध्याय 

जेठ ५, ललितपुर – संगितको विभिन्न विधाको उत्थानको लागि  उस्ताद जलेशानन्द र धर्मानन्द राजोपाध्यायको स्मरणमा संगीत स्मृति प्रतिष्ठान गठन गरिने भएको छ ।

 सुदर्शन राजोपाध्याय् ,  जीवन राजोपाध्याय् ,  विष्णुधर राजोपाध्याय् , मंजरी राजोपाध्याय् तथा शारदा राजोपाध्याय् सम्मिलित समितिले प्रतिष्ठान गठन गर्ने निर्णय गरेको हो ।

संगितको विभिन्न विधाको उत्थान सहित प्रतिष्ठानले शास्त्रीय गायन, तबला, सितार, सरोदको प्रशिक्षण पनि दिनेछ । रेडियो नेपालमा अनवरत रूपमा तीन दशक कार्यरत स्वर्गिय  उस्ताद जलेशानन्द इसराजबादक हुनुहुन्थ्यो भने स्वर्गिय धर्मानन्द राजोपाध्याय्  शास्त्रीय गायनमा सहप्राध्यापक हुनुहुन्थ्यो । दुर्इ दशकसम्म उहाँले  ललितकला क्याम्पसमा पनि शास्त्रीय गायन सिकाउनु भएको थियो ।

No comments:

Post a Comment