जहाँ पुजारी नै स्वयंसेवक छन्
दैनिक पूजापाठ र धार्मिक कार्यमा
खटिएबाफत विभिन्न मठ–मन्दिरका पुजारीले पारिश्रमिक पाउँछन् । उनीहरूले सरकारी
निकाय र स्थानीय टोलस्तरबाट पनि आर्थिकसँगै अन्य सहयोग लिन्छन् । तर, विश्व सम्पदामा सूचीकृत भक्तपुरको चाँगुनारायण मन्दिरका पुजारीले
कुनै रकम लिँदैनन् । बिहान सबेरैदेखि पूजापाठ र धार्मिक कार्यमा खटिँदै आएका
मन्दिरका पुजारी चक्रधरानन्द
राजोपाध्ययले बिना पारिश्रमिक स्वयंसेवकको रूपमा काम गर्छन् । उनको यो रहर
होइन, बाध्यता हो । कुनैताका रहरले मन्दिरको
पूजाआजामा लागेका राजोपाध्याय अहिले बाध्य भएर पूजापाठ गर्दै आएका छन् । मन्दिरमा
अन्य पुजारी कोही नभएको र कुनै पारिश्रमिक नआउने भएपछि उनी चिन्तामा छन्।
उनी वर्षाैदेखि मन्दिरभित्र बिहान
पूजाआजा र साँझ आरती र नित्य कर्म गर्दै आएका छन् । मन्दिरबाट कुनै पारिश्रमिक र
सुविधा लिन नपाउने भएपछि अर्का पुजारी कृष्णधरानन्द राजोपाध्यायले आठ वर्षअघिदेखि नै मन्दिरको पूजाआजामा
आउन छाडेका थिए । त्यसयता उनले नै मन्दिरको पूजाआजा गर्दै आएको सुनाए । ‘उहाँले
छाडेदेखि म खटिँदै आएको छु,’ उनले भने, ‘धर्मकर्म भनेर मात्रै भएन, आफ्नो जीविका चलाउन गाह्रो छ ।’ उनले
ऐतिहासिक मन्दिरमा खटिँदा स्थानीय र सरकारी निकायले कुनै आर्थिक सहयोग नगरेको
गुनासो गरे।
पुजारी राजोपाध्यायका अनुसार मन्दिरमा
सरकारीस्तरको व्यवस्थापन समिति छैन । त्यसो हुँदा कसैले पनि मन्दिरको व्यवस्थापन
पक्षलाई भनेर सहयोग गर्दैनन् । मन्दिरमा उठेको रकम भण्डारीले उठाउँदै आएको उनले
बताए ।
त्यसो त मन्दिरमा महिनैपिच्छे भण्डारी फेरिन्छन् । जसका कारण महिना अनुसार भेटी फरक–फरक उठ्ने गरेको छ ।
आफूले ११ वर्षको उमेरदेखि नै मन्दिरमा पूजा गर्दै आएको पुजारी राजोपाध्ययले बताए । ‘मैले काम छाडे भने मन्दिरको पूजापाठ बन्द हुन्छ,’ उनले भने, ‘परम्परालाई जोगाउन मैले काम गरिरहेको छु । तर, पछिल्लो समय मलाई स्वयंसेवकजस्तै बनाइयो।’
त्यसो त मन्दिरमा महिनैपिच्छे भण्डारी फेरिन्छन् । जसका कारण महिना अनुसार भेटी फरक–फरक उठ्ने गरेको छ ।
आफूले ११ वर्षको उमेरदेखि नै मन्दिरमा पूजा गर्दै आएको पुजारी राजोपाध्ययले बताए । ‘मैले काम छाडे भने मन्दिरको पूजापाठ बन्द हुन्छ,’ उनले भने, ‘परम्परालाई जोगाउन मैले काम गरिरहेको छु । तर, पछिल्लो समय मलाई स्वयंसेवकजस्तै बनाइयो।’
आफूले पाउनुपर्ने पारिश्रमिक खान्गी
बालीको लागि सम्बन्धित निकायमा पटकपटक निवेदन दिँदा पनि बेवास्ता गरिएको उनले
दुखेसो पोखे । उनले पछिल्लो पटक ०६९ जेठ १९ गते गुठी संस्थान भक्तपुर शाखामा
निवेदन दिएका थिए । तर, ती शाखाले पनि बेवास्ता गर्दै आएको
उनको गुनासो छ । ‘सरकारी संस्थाले पनि कुनै किसिमबाट वास्ता गरेन,’ नागरिकसँग उनले भने, ‘श्रम तथा रोजगार
मन्त्रालयमा पनि श्रमको मूल्य पाउँ भनि बारम्बार निवदेन दिँदै आएको छु ।’
१८५० सालको लालमोहर अनुसार मन्दिरका दुई पुजारीलाई पूजा गरेबापत एक सय रोपनी जग्गा दिइन्थ्यो । यसबाहेक पुजारी जागिरबापत दुई सय मुरीभन्दा बढी धान खान्गी उठ्यो । त्यहीँबाट उनीहरूको जीवनयापन चल्दै आएको थियो । २०२१ सालपछि गुठीको जग्गा हराउनु, जग्गाको वर्गीकरण (किसिम) छुटाउनु जस्ता कार्यले गर्दा पुजारीको भाग पनि घटेको थियो।
१८५० सालको लालमोहर अनुसार मन्दिरका दुई पुजारीलाई पूजा गरेबापत एक सय रोपनी जग्गा दिइन्थ्यो । यसबाहेक पुजारी जागिरबापत दुई सय मुरीभन्दा बढी धान खान्गी उठ्यो । त्यहीँबाट उनीहरूको जीवनयापन चल्दै आएको थियो । २०२१ सालपछि गुठीको जग्गा हराउनु, जग्गाको वर्गीकरण (किसिम) छुटाउनु जस्ता कार्यले गर्दा पुजारीको भाग पनि घटेको थियो।
भाग घटेपछि एक पुजारीको भागमा करिब ३०÷३० मुरी धान पर्न आउँथ्यो । तर, पछि पुजारीले वार्षिक पाँच मुरी धान
मात्रै पाउँथे।
पुजारीको आयस्रोत नभएपछि अर्का पुजारी
कृष्णधरानन्द राजोपाध्यायले
२०६७ सालदेखि नै पूजा गर्न छाडेका हुन् । उनले पूजा गर्न छाडेदेखि चक्रधरानन्दलाई दोब्बर काम
गर्नु परेको छ । ‘एक्लै भएका कारण आफ्नै जन्मदाताको मृत्यु संस्कारमा समेत सामेल
हुन पाएको छैन,’ पुजारी चक्रधरानन्दले समस्या सुनाए,’ ‘पछिल्लो समय जुठो नबारी अविच्छिन्न पूजा सञ्चालन गर्नुपर्ने
बाध्यता छ।’
भूकम्पपछि मन्दिरसँगैको तीनतले पुजारी
घर पनि भत्किएपछि पुजारीले चाँगुनारायण पिखेल पकुनेपाटीस्थित घरबाट ओहोरदोहोर
गर्दै आएका छन्।
त्यसो त मन्दिरका पुजारीलाई वार्षिक
पोशाक भत्ताको पनि व्यवस्था छ । तर, उक्त रकम निकै कम छ । वार्षिक २६
रूपैयाँमात्रै पोशाकभत्ता छ।
उनका अनुसार पुजारीको वार्षिक पोशाक
भत्ता चामल एक मुरीको दुई रूपैयाँ ५० पैसाँको हुँदाको हो । त्यो बेलादेखि पोशाक
भत्ता बढ्न नसकेकोले हाल वार्षिक पोशाक भत्ता २६ रूपैयाँमा सीमित हुन पुगेको हो ।
अहिले सबै सरकारी कर्मचारीको पोशाक भत्ता वार्षिक सात हजार पाँच सय छ । आफूले
स्वयंसेवक भएर काम गर्नुपरेको भन्दै उनले धेरैपल्ट सम्बन्धित निकायमा निवदेन दिएका
थिए । उनले भने, ‘मैले स्थानीयदेखि केन्द्रसम्म निरन्तर
निवेदन गर्दै आएको छु, गुठी संस्थान भक्तपुर शाखा, केन्द्रिय गुठी संस्थान, भूमिसुधार तथा व्यवस्था मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, भक्तपुर क्षेत्र नं १ का पूर्वसभासद्, जिल्ला प्रशासन कार्यालय, तत्कालिन गाउँ विकास समितिको कार्यालय
चाँगुनारयणलगायतलाई लिखित रूपमै निवेदन दिएको छु।’
आयस्रोत सबै समाप्त भएकाले २०६९ साउनदेखि
अन्य विश्व सम्पदा स्थलका मन्दिरका पुजारीसरह मासिक पारिश्रमिक ४० हजार र बिरामी
पर्दा औषधि उपचार खर्च पाउनुपर्ने उनको माग छ।