Monday, October 3, 2016

Rajopadhyaya in News: अमेरिकामा नेपालका युवा संस्कृतिविद बासव राजोपाध्याय कल्चरल एम्बेसडरमा नियुक्त

अमेरिकामा नेपालका युवा संस्कृतिविद बासव राजोपाध्याय कल्चरल एम्बेसडरमा नियुक्त
By Shyam Smrit -

2nd October 2016

काठमाडौ। अमेरिकाको टेक्सासमा आयोजित भव्य कार्यक्रममा नेपालका युवा संस्कृतिविद बासव राजोपाध्यायलाई कल्चरल एम्बेसडर नियुक्त गरेको छ। युनाइटेड नेवा युएसएको आयोजनामा वल्र्ड नेवा अर्गनाइजेसनले अमेरिकामा नेपालको भाषा, संस्कृति, परम्परालाई सन् २००७ देखि निरन्तर संवद्र्धन तथा संरक्षण गर्दैआएका राजोपाध्यायको सम्मान स्वरुप कल्चरल एम्बेसडर नियुक्त गरेको हो।
काठमाडौको न्ह्योखा टोलममा जन्मेका राजोपाध्यायको अगुवाईमा अमेरिकाका विभिन्न राज्यहरुमा नेवार संगठनहरुको संस्थापन तथा धार्मिक एवम् सांस्कृतिक कार्यक्रमहरु हुँदैआएका छन्। म्हःपूजा, ईही, विवाह, ब्रतवन्ध, इन्द्रजात्रा लगायतका महत्वपूर्ण नेवार कला तथा संस्कृतिको उत्थानमा उपाध्यायको महत्वपूर्ण योगदान रहेको बताइएको छ।
नेवार सिभिलाइजेसन विस्तारै अमेरिकामा फस्टाउनुमा बासव राजोपाध्यायको महत्वपूर्ण योगदान रहेको सरोज राजोपाध्यायको जिकिर रहेको छ। सरोज राजोपाध्यायका अनुसार बासवले हालसम्म अमेरिकाका ४३ राज्यमा पुगेर उनीभित्रका सिप प्रदर्शन गरिसकेका छन्।


प्रकाशन मिति२०७३ साल असोज १६ गते आइतवार ।

No comments:

Post a Comment