Friday, September 30, 2016

यलाया अगिंमथ छगू म्हसीका - निजिरोस श्रेष्ठ न्याक्ष्यो






Newars and Their Positions in Newly Formed Provinces - Prof. Dr. Durga Lal Shrestha





गयो जुजु





Rajopadhyaya in News : ललितपुरका प्राचीन परम्पराहरु संकटमा

ललितपुरका प्राचीन परम्पराहरु संकटमा

बिहीबार, १३ असोज, २०७३ मा प्रकाशित, 1641 पटक हेरिएको

काठमाडौं, असोज १३ । ललितकलाले प्रख्यात ललितपुरको अस्पश्र्य सम्पदा संरक्षणमा राज्य गम्भीर नभएको भनाइ सरोकारवालाहरुले राखेका छन् ।
लिच्छिवीकालदेखि चल्दै आएका परम्परा यही कारण रोकिएको भन्दै नेपाल सरकार, गुथि संस्थान तथा स्थानीय निकायको उनीहरुले ध्यानाकर्षण गराएका छन् ।
नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाले विहीबार ललितपुर दरबार क्षेत्र मूलचोकसँग सम्बन्धित जात्रापर्वहरुको अवस्थाबारे आयोजना गरेको अन्तरक्रियामा उक्त कुरा उठेको हो ।
दसैंका अवसरमा विभिन्न स्थानका विभिन्न नाच, नृत्य, जात्रा, परम्पराहरु मूलचोक प्रवेश गराइनुपर्ने चलन रहेको छ, जुन चलनहरुमध्ये धेरैजसो हाल लोप भइसकेको अवस्था छ ।
यी जात्रा सन्चालन गर्दै आएका विभिन्न समुदायको उपस्थितिमा भएको सो कार्यक्रममा गण नृत्य प्रबन्ध समितिका अध्यक्ष राजेन्द्र शाक्यले संस्कृति मन्त्रालयले नै आजको समयमा यस्तो परम्पराको के काम भनेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
स्थानीय सक्रियतामा पुनः सन्चालनमा आएको गण नृत्य (अष्टमातृका नाच, गंप्याखं)का लागि सरकारले कुनैपनि किसिमको सहयोग नगरेको उनको भनाइ थियो ।
स्थानीय निकायको सामान्य सहयोगमा चन्दा संकलन गरी चलिरहेको यो परम्परामा आर्थिक अभावकै कारण २०६४ सालदेखि गमन जाने चलन रोकिएको उनले बताए ।
थेचोबाट ललितपुर दरबार क्षेत्र ल्याइने हाल सन्चालनमा नरहेको गथु प्याखं पनि गुथि संस्थानले अतिआवश्यक व्यवस्थामासमेत इमान्दार भएर नगरीदिँदा रोकिएको भनाइ भवानी देवी गुथि नाइके भक्तलाल मालीले राखे ।
तलेजु भवानीको पुजारी निरन ज्वालानन्द राजोपाध्यायले खड्गी समाजले चलाउँदै आएको हिखःद्यः जात्रा बन्द भएको बताए भने दरबार क्षेत्रको घन्टा बजाउने, नगरा बजाउने, पुरातत्वको बगैचाबाट विभिन्न देवदेवीलाई फूल चढाउनुपर्ने चलनहरु पनि लोप भएको बताए ।
परम्पराका लागि छुट्याइएको रकम बुझेर पनि काम नगर्ने प्रवृत्ति रहेको उनले आरोप लगाए ।
लोप भएको खड्गजात्रा पायोको आर्थिकस्रोत नभएकै कारण बन्द भएको राजोपाध्याय समाजका अध्यक्ष वदन शर्माको भनाइ थियो ।
ज्यापु समाजका उपाध्यक्षसमेत रहेका खड्गजात्रा पायो परम्परासँगसम्बन्धी सन्तमान महर्जनले आर्थिकस्रोतको अभावका साथै सुरक्षा नभएका कारण पनि यो परम्परा लोभ भएको बताए भने ललितपुर उपमहानगरपालिकाको आयको २५ प्रतिशत संस्कृति र परम्पराका लागि खर्चने विगतमा भएको सम्झौता कार्यान्वयन नभएको भन्दै असन्तुष्टि पोखे ।
हालै भएको एउटा सहमतिमा पर्यटक आगमन आयको ५ प्रतिशत रकम संस्कृति सरक्षणका लागि छुट्याउनेबारे पनि ध्यानाकर्षण गराएका थिए ।
भूकम्पबाट प्रभावित भएकै कारण सम्पदा संरक्षणमा चुनौती थपिएको भन्दै ललितपुर दरबार क्षेत्रको मूलआगम घर संरक्षणको बेवास्ता गरेकोमात्र नभइ सांस्कृतिक महत्वलाई ध्यान नदिइ उक्त क्षेत्र बिनाजानकारी ठेक्कामा लगाइएकोप्रति मूछेँआगंका पुजारी माधवश्याम शर्माले असन्तुष्टि पोखे ।
ललितपुर दरबार क्षेत्रसँग सम्बन्धित परम्पराको मूल स्थान मूलआगंछेँ (आगमघर)को संरक्षणमा प्राथमिकता रहनुपर्ने लिच्छिवीकालीन मानदेवका वंशज मूछेँ आगं सम्बन्धित कार्यका व्यवस्थापक साम्राज्यदेव श्रेष्ठले भने ।
ललितपुरको सांस्कृतिक परम्परामा जीवितदेवी कुमारीको महत्वपूर्ण स्थान रहेतापनि राज्यले त्यो महत्वप्रति चासो नदिएको भन्दै काठमाडौं र ललितपुरको कुमारीबीच विभेद गरेको भनाइ कुमारी व्यवस्थापन समितिका संयोजक सिद्धिरत्न बज्राचार्यले राखेका हुन् ।
कार्तिक नाच प्रबन्ध समितिका संजय शर्माले भने एक महिनाको कात्तिक नाच १२ दिनमा सीमित भएको र कात्तिक डबलीमा मन्चन हुने यो मल्लकालीन नाचसँग जोडिएका अरु परम्परा लोप भएको बताए ।
फूलपातीका दिन कात्तिका नाचका ३ देवीले भलिमन्डलबाट फूलपाती ल्याउनुपर्ने चलन लोप भएको उनको भनाइ थियो ।
नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय महासचिव सुनील महर्जनले भने अस्पश्र्य सम्पदाप्रति स्पस्ट धारणा नै नआएको भन्दै जात्रापरम्परा सन्चालनमा सक्रिय समुदायलाई प्रशासनको झन्झटिलो प्रक्रियाले अन्योल बढाएको बताए ।
सुरक्षाकै कारण कुनै परम्परामा कुनैपनि किसिमको अवरोध नहुने गरी सुरक्षा व्यवस्था मिलाउने भनाइ महानगरीय प्रहरी प्रभाग मंगलबजार प्रमुख रेशम बोहराको भनाइ थियो ।
ललितपुर नगरभित्र सन्चालनमा आइरहेको चलनहरु निरन्तर गर्न ललितपुर उपमहानगरपालिकाले सकेसम्म सहयोग गरेको भनाइ उपमहानगरपालिकाका कार्यकारी प्रमुख भरतमणि पाण्डेको थियो ।
यी परम्पराहरुको प्रवद्र्धन गर्नुपर्ने भन्दै निश्चित समयमामात्र नभइ अरु समयमा पनि पर्यटकका लागि यी परम्परा प्रस्तुत् गर्नसके पर्यटन क्षेत्रमा योगदान पुग्ने उनको भनाइ थियो ।
गुथि संस्थानका निमित्त प्रमुख वैकुण्ठ आचार्यले सरकारले गरेको व्यवस्थाबाहेकका आवश्यकता पूर्तिका लागि प्रक्रियागतरुपमा अगाडि बढ्नुपर्ने भएकोले समय लाग्ने बताए ।
सम्बन्धित गुथि संस्थान, जिल्ला प्रशासन कार्यालय, ललितपुर उपमहानगरपालिका, परम्परा सन्चालन गर्ने समुदाय तथा नीजि क्षेत्रबीच समन्वय हुनुपर्ने उनले बताए ।
पर्याप्त नभएपनि संस्कृति संरक्षणमा सहयोगको प्रयास ललितपुर उपमहानगरपालिकाको रहेको उपमहानगरपालिकाका कार्यकारी प्रमुख भरतमणि पाण्डेको भनाइ थियो ।
ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष सविन श्रेष्ठले भने रात्रिकालीन पर्यटनको विकास गर्नुपर्ने धारणा राख्दै संस्कृति संरक्षण र सन्चालनमा नीजि क्षेत्रसँगै क्रियाशील रहेको भनाइ राखे ।
पत्रकार दबू ललितपुर शाखाका अध्यक्ष सुरज ब्यञ्जनकारको सभापतित्वमा भएको उक्त कार्यक्रम सचिव राजेश बज्राचार्यले सन्चालन गरेका थिए भने प्रशान्त मालीले कार्यपत्र प्रस्तुत् गरेका थिए ।


Saturday, September 17, 2016

धार्मिक सहिष्णुताको पर्याय : 'कुमारी' - विराजकाजी राजोपाध्याय



Source : http://gorkhapatraonline.com/epaper/showimage?img=uploads%2Fepaper%2F2016-09-17%2Fa5e0b8c6e8341ccefcfcb60ec53b123f.jpg


Friday, September 9, 2016

राजोपाध्याय : संक्षिप्त परिचय

Rajopadhyaya

सिमित अध्ययन गरी राजोपाध्यायहरुका बारेमा गलत तथ्य लेखिएका धेरै ठाउँमा छन्। छोटोमा भन्नु पर्दाजयस्थिती मल्लका पालामा केही ब्राहमणहरु नेपाल भित्रिएका थिएतर ति राजोपाध्यायहरु नभै झा र मिश्र ब्राहमणहरु थिएजो सँग राजोपाध्यायहरुले कहिल्यै बिहेवारी वा अन्य संबन्ध बनाएनन। त्यती खेर भित्रिएका झा वा मिश्रहरुका घरमा अहिले पनि महिलाहरु नाकमा फुली लगाएका नै भेटिन्छन्जबकी राजोपाध्याय महिलाहरु नाकमा फुली लगाउदिनन् । झा वा मिश्रहरुका परिवारका बिहेवारी भारत वा तराइ भेगका झा वा मिश्रहरु सँगइ मात्र हुने गर्दछ। जबकी राजोपाध्याय हरु को बिहेवारी आफ्नो कवल बाहेक सात पुस्ते नाता नपर्ने देव ब्राह्मण सँगइ हुने गर्छ । राजोपाध्याय भनेको एउटा मूल बाट सुरु भएको बंश बृक्ष नभै पाटनको छ वटा कूलभक्तपुरको छ वटा र काठमाडौंको दुइ वटा फरक देव ब्राह्मण कूल वा परिवारको समूह लाई बुझाउने नेवार समुदायको एउटा बर्गको नाम हो ।

राजोपाध्यायहरुका पाटनमा षटकुल अर्थात छ वटाभक्तपुरमा षटकुल अर्थात छ वटा र काठमाडौंमा २ वटा मूल कवल (परिवार) छन। गोत्र अनुसारपाटनकाहरु गार्ग्य गोत्रभक्तपुरका भारद्वाज गोत्र र काठमाडौंका कौशिक गोत्रका हुन। यि तिनै शहरमा सबैका कुलघर देशको लायकू राजदरवार नजिकै रहेका छन। ६+६+२=१४ परिवार मात्र लाई राजोपाध्याय देव ब्राह्मण भनिन्छजस्का आ-आफ्ना ठाउँका आ-आफ्नै उपाकर्म गुठी हुने गर्दछ र कुनै पनि बाह्र्य ब्यक्ती वा परिवार यस्मा समाबेश गरिदैन। यदी कसैले अन्तर्जातिय विवाह गरिल्याएमा उनका सन्तानलाई आमा पट्टीको जात मा बर्गिकरण गर्ने मात्रीसत्तात्मक परम्परा रहेको छ तर सो सन्तान भने उपाकर्म गुठीबाट बाहिरिनुपर्ने भने हुन्छ र आमा पट्टीको थर उस्ले प्राप्ती गर्दछ ।

राजोपाध्यायहरु नेपालका एक मात्र निगमागम कौलिक ब्राहमण हुनअर्थात दाँया हातले वैदिक र बाँया हातले तान्त्रिक पूजा पूजा गर्ने अधिकार प्राप्त हुन। आफ्नो यही निगमागम पद्दती बाटै राजोपाध्यायहरु आ-आफ्नो र आफु संबन्धित मन्दिरको र आफ्नो यजमानको संस्कार गर्ने गर्दछन।

चारै बेदका अधिकारी भएपनीशुक्लयजुर्वेद र ऋग्वेदमा बिशेष दखल यो जातिको रहेको छ भने तन्त्रमा महानिर्वाण वा परमनिर्वाण सम्मको बिधी हाल सम्म यथावत रहेको छ। ललितपुरमा यो जाती अग्निशाला स्थापना गरी बसेको होत्यहा वारीपरी भएका रूखहरु यिनै अग्निशालामा यज्ञ गर्ने क्रमको प्रथम दिन रोपिएको मानिन्छ। त्यस्तै अग्निशाला भित्र गरिने पूजा बिधी लाई धेरै विद्वानहरुले वैदिककालको बिधी जुन अरुकोमा अवषेश मात्र बाँकी रेहेकोतर अग्निशालामा भने यथावत हाल सम्म पनि चलेको बताउदछन। अझअग्निशाला भित्र पुजिने देवता 'मित्रावरूणलाई भारतीय हिन्दूहरुले त बिर्सिसकेको अती प्राचीन देवता मानिन्छ। पाटनका प्राचिन बासिन्दाहरुका कुल देवी पूर्णचण्डीलाई स्वामीपूर्णानन्ददेवले स्थापना गरेका थिएजो मेरै पुर्खा हुन। अग्निशाला पाटनमा हुनु पूर्व यो मन्दिर साँखुमा रहेको लोक विश्वाश छ। तसर्थ ललितपुरका राजोपाध्यायहरुको कुरा गर्ने हो   भने अग्निशालाका रूख जती उमेर भयोपूर्णचण्डीको स्थापना भएको जती उमेर भयोहाम्रो यहाँ उपस्थिती त्यती नै बर्ष पुरानो हो। त्यस्तै काठमाडौंमा पशुपतीनाथका मूल पूजारी पहिले राजोपाध्यायहरु नै थिएपछी समसुद्दिन र गयासुद्दिनको आक्रमण बाट पशुपती लिङ्ग बिग्रेपछी खुन भएको ( टुटेको फुटेको ) लिङ्ग पूजा गर्न छोडेर मखन महादेव स्थापना गरी आफ्नो नित्य शिवार्चन गर्ने गरेका थिए। तर पछी बौद्ध हरुलेसन्यासीहरुले र पछी भारतीय भट्टहरुले राजोपाध्याय सँग दिक्षा लिइ पुरानो पशुपतीको नित्य पूजा सन्चालन गरे। काठमाडौंमा अवस्थित बिज्येश्वेरी देवी लाई मखँछेँ राजोपाध्याय कूलकी छोरी हुन भनी आज सम्म मान्यता प्राप्त छ। मखँछेँमा कोही जन्मेको अथवा मरेको सुतकको जानकारी हालसम्म पनि बिज्येश्वेरी देवीलाई चढाउनु पर्ने नियम अझै बाँकी नै छ। भक्तपुरमा चाँगुनारायण देवताको स्थापनाकाल देखी नै सोही परिवारले हालसम्म नित्यपुजा गरीनैरहेका छन। सो देवताको स्थापनाको कथा सँग सोही राजोपाध्यायदेव ब्राहमणको परिवारको कथा पनि जोडीएको छ।

समग्रमा प्राचिन काल देखी घरमा गौपालन ( गाई पालेर) गरी आफ्नो आगम तन्त्र र निगम बैदिकको ज्ञानका साथसाधारण जीवनयापन गर्नेराजखलक सँग निकट रहे पनि कहिल्यै राज्य संचालनमा प्रत्यक्ष हात नहाल्नेअरुलाई धर्म वा नियमको शिक्षा दिनेआगमको दिक्षा दिएर निर्वाण पथ देखाउनेबौद्ध धर्मी गुभाजुहरु सँगइ रही धार्मिक सहिष्णुताका साथ चल्नेआचाजुलाई तन्त्र दिक्षा र जोशीलाई ज्योतिष दिक्षा दिनेराजाको गुरु र पुरोहित मात्र नभै राजाको आगम समेतलाई आफ्नो बिधी बिधानले सन्चालन गर्नेगोपाल बंशी गोपालीहरुका पुरोहितकिरातकालमा शाक्तपन्थ बाट भैरवागम चलाऊनेलिच्छवीकालमा शाक्तपन्थ बाट वैष्णवागम चलाऊनेमल्लकालका शाक्तपन्थ बाटै शाक्तागम चलाऊनेमूल तलेजुका मूल पूजारीपाटन कृष्ण मन्दिरका पूजारीइचङ्गु नारायणका आदिकाल देखिका पूजारीशेषनारायण फर्पिङका आदिकाल देखिका पूजारीचाङ्गुनारायणका आदिकाल देखिका पूजारीसाँखु माधव नारायणका आदीकाल देखिका पूजारीथानकोट आदिनारायणका आदिकाल देखिका पूजारीअग्निशाला र पूर्णचण्डीका आदिकाल देखिका पूजारीहरिसिद्धीमाइका आदिकाल देखिका मूल पूजारीचापागाँउको प्याङ्गगाँउका आदिकाल देखिका पुरोहितकागतीगाँउ-चित्लाङ्ग-फर्पिङ-साँखु-बनेपा-दोलखा-किर्तिपुर-लुभु-पनौती -थैव -इचङ्गु-टोखा -सतुङगल- ठिमी- बोडेआदी इत्यादीका आदिकाल देखिका पुरोहित भएर हाल सम्म आफ्नो अस्तित्व बचाइराखेको जाती हो राजोपाध्यायजसलाई ब्राहमणहरुको श्रेणीमा देवब्राहमण अथवा द्य:बाज्याद्य:भाजुद्य:ब्रह्मु आदिले चिनिन्छ। यो राजोपाध्याय सम्बन्धी संक्षिप्त परिचय मात्र हो।

 समग्रमा पशुपती सँग को सम्बन्धलाई छोडेर मात्र कुरा गर्ने हो भने पनि लिच्छवीकालिन मन्दिरहरुमामन्दिर मात्र होइन मूल देवता स्थापनाकाल देखी नै राजोपाध्यायहरुको उपस्थिती यस् नेपाल मण्डलमा देखिन्छ। पाटनको अग्निशाला अर्को सशक्त उदाहरण हो। मल्लकालमा यो जातिले आफ्नो ज्ञानको भरपूर सदुपयोग गरेको देखिन्छ भनेशाह काल आएपछी बिर्ताहरण आदी को निहुँमा बिबिध पक्ष बाट धेरै सताइएकोदमन भएको जाती हो।

 Source: https://www.facebook.com/notes/bijay-sharma-rajopadhyay/rajopadhyaya/1148449081893025