यसअघि छिटो शतक बनाउने रेकर्ड बैतडीकी रेखा रावलको नाममा थियो। उनले पोखराविरुद्धको खेलमा ७४ बलमा शतक बनाएकी थिइन्। जारी प्रतियोगितामा यो चौथो शतक हो। यसअघि नेपालगन्जकी नेरी थापा र बैतडीकी रेखासँगै अञ्जली चन्दले पनि शतक बनाएकी थिइन्।
पुल्चोक इन्जिनियरिङ क्याम्पस मैदानमा ७५ बलको इनिङ्समा नीराले कुल १८ चौका प्रहार गरिन्। ३९औं ओभरमा नीराले सुनिता जिसीलाई लगातार ६ चौका प्रहार गरिन्। एकै ओभरमा ६ चौका प्रहार गर्नु महिला राष्ट्रियको अर्को कीर्तिमान हो।
‘शतक बनाउँछु भनेर सोचेको थिइनँ, ४० ओभरसम्म खेल्छु भनेर गएको थिएँ। खेल्दै गएँ, स्कोर बोर्ड हेरेको पनि थिइनँ। अर्धशतक पूरा गर्न लागेपछि मैले ठूलो इनिङ्स खेलिरहेको महसुस भयो। ३० ओभरपछि मेरो स्कोर ७७ रन जति थियो, त्यसपछि मैले आक्रामक भएर खेले,’ नीराले भनिन्, ‘छिटो शतक र लगातार ६ चौका मैदान बाहिर आएपछिमात्र थाहा पाए। पूरा ओभरसम्म टिक्ने ममा स्टामिना छ भनेर देखाउनु थियो। पहिलो दुई खेलमा पनि मसँग त्यो अवसर थियो। तर आज यो अवसर गुमाइनँ ।’
नीरासँगै सरिता मगरले पनि ठुलो इनिङ्स खेल्दा सशस्त्रले ४ विकेट गुमाई ३ सय ३९ रन बनायो। महिला राष्ट्रियमा यो दोस्रो ठूलो टिम स्कोर हो। रेखा र अञ्जलीले शतक बनाउदा बैतडीले पोखराविरुद्ध ३ सय ६२ रन बनाएको थियो। पोखरालाई ३६.१ ओभरमा ५२ रनमा सीमित गरी सशस्त्रले २ सय ८७ रनले खेल जितेर अर्को नयाँ कीर्तिमान बनायो। बैतडीले पोखरासँगको खेल २ सय २९ रनले जित्नु महिला क्रिकेटको यसअघिको ठुलो रन अन्तरको जितहार थियो ।
पुल्चोक इन्जिनियरिङ क्याम्पस मैदानमा टस जितेको सशस्त्रबाट मधु थापा ३ रनमै आउट भइन्। ज्योति पाण्डेले १७ रनमा आउट भइन्। ओपनर सीता रानामगरले ४८ बलमा ५ चौकासहित ४६ रन बनाइन् । विनु बुढामगरले नीरासँग चौथो विकेटमा १ सय ८२ रनको साझेदारी गरिन्। विनुले २७ बलमा ६ चौकासहित ४५ रन बनाइन्। नीरा र सरिताले पाँचौं विकेटमा १ सय ६१ रनको अविजित साझेदारी गरिन्। सरितले ६० बल खेली ९ चौकासहित अविजित ८१ रन बनाइन्। नीरा र सरिता दुवैले ३९ बलमा अर्धशतक पूरा गरेकी थिइन् । पोखराकी करिना गुरुङले २ र प्रभा नेपालीले १ विकेट लिइन्।
कप्तान आरती बिडाँरीले १९ रन बनाउनुबाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन्। सशस्त्रकी विनुले ३ विकेट लिए। उनले ७ ओभरमा २ मेडन राख्दै ९ रन खर्चिन्। सोनु खड्का र करुणा भण्डारीले २–२ तथा सीताले १ विकेट लिइन्।