Sunday, December 7, 2014

Rajopadhyay in News : चाँगुनारायणमा महास्नान पर्व सकियो

चाँगुनारायणमा महास्नान पर्व सकियो


    भक्तपुर, मंसिर २१ - 

    हरेक वर्षको मंसिर शुक्लपक्ष एकादशीदेखि ६ दिनसम्म चाँगुनारायण मन्दिरमा मनाइने महास्नान पर्व आइतबार सकिएको छ। यो बिस्केट जात्रापछिको दोस्रो ठूलो पर्व हो। 

    मंसिर शुक्लपक्ष एकादशीका दिन भगवान् नारायणलाई आह्वान गर्दै निमन्त्रणा पूजा गरी राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिले संकल्प गरेको 'पगरी र जटाधारी' नरिवल चाँगुनारायणलाई अर्पण गरी यो पर्व सुरु हुन्छ। पौष कृष्ण प्रतिपदाका दिन आइतबार 'बिदापूजा' गरी सकिएको मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले बताए। 

    भारतको काशीबाट भगवान् बद्रीनाथ चाँगुनारायण आउने विश्वास एवं किंवदन्तीनुसार वाग्मतीबाट ल्याइएको जल, पञ्चामृतबाट महास्नान गराई यो पर्व मनाइन्छ। धर्तीमा उब्जनी भएको मकै, कोदो र मस्यामबाहेक सबै अन्न चढाई छ दिन महास्नान पर्व मनाउने परम्परा छ। 

    मंसिर शुक्लपक्षको साँझ ८ धार्नी घिउ, त्यति नै चिनी, ५ पाथी दही, त्यति नै दूध र महले चाँगुनारायणलाई महास्नान गराइन्छ। पर्वका लागि चाँगुनारायण मन्दिर परिसरको छिन्नमस्ता, नाट्येश्वरी, भैरवलगायतका विभिन्न मन्दिरमा पहिलो दिन २ राँगा, ९ बोका, एक कालो भेडा, एक सेतो भेडा, ३१ हाँस बलि दिइएको छ। 

    बलि दिन गुठी संस्थान शाखा कार्यालय भक्तपुरले प्रत्येक वर्ष पशुपक्षीको व्यवस्था गरिदिनुपर्ने परम्परा रहेको गुठी संस्थान प्रमुख लेखनाथ सापकोटाले बताए। उनका अनुसार गुठी संस्थानले दान दिने दुई गाई, पर्व चलाउन २६ मुरी १० पाथी चिउरा, २० मुरी ७ पाथी ७ माना चामल, ४ तोला चाँदी, ७ मासा सुन, २ किलो ७४ ग्राम पित्तल, ५ किलो ७ सय ७५ ग्राम तामालगायत एक सय ९ थरी जिन्सी सामानहरू पर्वका लागि उपलब्ध गराएको थियो। चाँगुनारायण महास्नान पर्व चलाउन प्रत्येक वर्ष गुठीले करिब ७ लाख खर्च गर्दै आएको छ। 

    त्रयोदशी र चतुर्दशीका दिन बाँकी पशुपक्षीको बलि दिइएको भँडेल नाइके श्रीकुमार भँडेलले बताए। पर्वको दोस्रो दिन अर्थात् मंसिर शुक्लपक्ष त्रयोदशीको दिन भँडेल भोजको आयोजना गरिएको थियो। ४० घर भँडेलका पुरुषहरूले मात्रै भोज खान पाउने परम्परा रहेको भँडेल नाइके भँडेलले बताए। 

    त्यस्तै, पर्वको तेस्रो दिन ३६ जना ब्राह्मणलाई विभिन्न परिकारको ब्राह्मण भोजन, चतुर्थी पूजा गरी भोज खुवाउने र अन्तिम दिन पौष कृष्ण प्रतिपदाका दिन पाँच दिन महास्नान पर्वमा खटिने सबैलाई बिदापूजा गरी करिब एक ट्रक अनाज चढाई पूजा गरी महास्नान पर्व सम्पन्न भएको छ। लिच्छवि राजा मानदेवको पालादेखि यस मन्दिरमा महास्नान पर्व सञ्चालन हुँदै आएको संस्कृतिकर्मी बताउँछन्।
    source: http://www.ekantipur.com/kantipur/2071/8/21/full-story/335164.html

    प्रकाशित मिति: २०७१ मंसिर २२ ०८:५९

    Wednesday, November 12, 2014

    Rajopadhyaya in News : राजोपाध्याय समाजको साधारण सभा

    राजोपाध्याय समाजको साधारण सभा

    नेपालसमाचारपत्र
    काठमाडौं
    राजोपाध्याय समाजको प्रथम साधारण सभा हालै सम्पन्न भएको छ। सो अवसरमा २०७० सालको एसएलसी परीक्षामा उत्तीर्ण विद्यार्थी एवम् आ–आफ्नो क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुहुने व्यक्तित्वहरूलाई सम्मान गरिएको छ।
    कार्यक्रममा राजोपाध्याय समुदायभित्रबाट प्रथम मेडिकल डाक्टर बन्न सफल डा. आदित्य सुवेदी राजोपाध्याय र समाजबाट सर्वप्रथम विद्यावारिधिअर्थात् पीएचडी गर्नुहुने स्व. दीपककान्त राजोपाध्यायलाई मरणोपरान्त सम्मान गरिएको थियो। सम्मानित विद्यार्थी एवम् व्यक्तित्वहरूलाई कार्यक्रमका प्रमुख अतिथि ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी शशिशेखर श्रेष्ठले खादा ओढाई सम्मानपत्र प्रदान गर्नुभएको थियो।

    सोही कार्यक्रममै
    मृगेन्द्रराज सुवेदी राजोपाध्यायद्वारा लिखित अनुसन्धानात्मक पुस्तक तन्त्रमा नेवारको पनि विमोचन गरिएको थियो। विमोचित पुस्तकका लेखक मृगेन्द्रराज सुवेदी राजोपाध्यायले आफूले उक्त पुस्तक किन लेख्नुपर्यो भन्ने विषयमा र पुस्तकमा संकलित सामग्रीहरूबारे प्रकाश पार्नुभएको थियो।

    कार्यक्रमका प्रमुख अतिथि प्रजिअ श्रेष्ठका साथै ताम्राकार समाजका सचिव विनोद ताम्राकार, ज्यापु समाजका अध्यक्ष मंगल महर्जन, स्यस्यः समाज ललितपुरका अध्यक्ष केदारलाल श्रेष्ठ तथा जोशी समाज ललितपुरका अध्यक्ष वेदराज जोशीले समाज र देशको विकासका लागि एकजुट भई अघि बढ्नुपर्नेमा जोड दिनुभयो। सम्मान कार्यक्रम पश्चात् बन्द सत्रमा समाजका महासचिव
    सञ्जय शर्मा राजोपाध्यायले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदनमा छलफल भयो भने समाजका कोषाध्यक्ष जयन्ती शर्मा राजोपाध्यायले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। आर्थिक प्रतिवेदनमा उठेका जिज्ञाशाहरूको समाजका अध्यक्ष वदन ज्वालानन्दले उत्तर दिनुभएको थियो। कार्यक्रममा अध्यक्ष वदन ज्वालानन्द राजोपाध्यायको सभापतित्वमा भएको थियो
    Published Date: November 13, 2014

    Source: http://www.newsofnepal.com/new/nepal/2014/11/75089
    This was also published in "Nepal Samachar Patra" daily , Nov. 13, 2014 (२०७० कार्तिक २७ ) page no. 9 

    Monday, October 27, 2014

    Rajopadhyaya in News : पौने चारसय वर्ष लामो इतिहास बोकेको नाच शुरु

    पौने चारसय वर्ष लामो इतिहास बोकेको नाच शुरु

    • Posted: Monday, Oct 27, 2014 09:17 AM ( 4 hours ago )

    शर्मिला राजोपाध्याय् / उज्यालो । काठमाडौं, कात्तिक १० - पौने चारसय वर्ष लामो इतिहास बोकेको कात्तिक नाच  शुरु भएको छ । आइतबार सुरदास नाच देखाएर यसवर्षको नाच शुरु भएको हो । सोमबार  ललितपुरको मंगलबजारमा बेलुकी ७ बजेदेखि नाच देखाइने कात्तिक नाच संरक्षण समितिका किरण चित्रकारले बताउनुभयो ।
    गएको वर्ष १० दिन देखाइएको नाच यसपटक १२ दिनसम्म देखाइनेछ । यसपटक थप भएको दुर्इ दिनमा सुरदास र उषाहरण कथामा आधारित नाच देखाइने चित्रकारले बताउनुभयो । पहिले यी दुर्इ नाच संक्षेपमा अन्य नाचमा गाभिएर देखाइएकोमा अब विस्तृत रुपमा देखाउनेको लागि तयारी भएको छ ।
    कात्तिक नाचको विशेष आकर्षण अन्तिम दिन देखाइने पौराणिक कथा नरसिहं अवतारमा आधारित नरसिहं नाच हो । साँस्कृतिक र तान्त्रिक महत्व बोकेको नाचमा नरसिहं हुने र हिरण्यकशिपु हुने व्यक्तिले अन्य देवदेवीको नाचमा जस्तै धेरै नियममा बस्नु पर्दछ । मंगलबजारको कृष्ण मन्दिरका पूजारी राजोपाध्याय समुदायका नरसिहं बन्ने गर्दछन् भने चित्रकार समुदायका हिरण्यकशिपु बन्छन् । नरसिहं र हिरण्यकशिपु  विचको लर्डाईमा नरसिहंले हिरण्यकशिपुलाई आफ्नो नङ्गले मात्र कोपरेर न त दिनको समय नत रातको समयमा मार्ने दृश्यलाई हेर्न मंगलबजारमा एकदमै भीड लाग्ने गर्दछ ।
    दिनभर केहि नखाइ चोखो नियममा बसेका ललितपुर तलेजुका राजोपाध्याय् पूजारीले मरेको हिरण्यकशिपु बनेकालाई ब्यूँताउने गर्दछ ।  उनले मन्त्र फुकेर ढुङ्गेधाराको पानी छर्के पछि अचेत हिरण्यकशिपु बनेका ब्यक्ति चलमलाउने गर्दछ।
    हरेक वर्ष नाट्येश्वरको पुजा पछि नेपालको इतिहासमा निरन्तर रुपमा धेरै समयसम्म चलेको यो नाच विधिवत रूपमा शुरु हुन्छ । नेपाल सम्वत ६७१ मा  सद्दिनरसिंह मल्लले शुरु गरेको नाच अहिलेसम्म निरन्तर चल्दै आएको छ । सिद्दिनरसिंह मल्लको पालामा ८ दिनसम्म देखाइएको नाच श्रीनिवास मल्लको पालामा १५ दिनसम्म र योगनरेन्द्र मल्लको पालामा एक महिनासम्म संचालन भएको थियो । ३ सय ७४ वर्षअघि पनि नेवार समुदाय भित्रका सबै जातलाई सम्मिलित गरेर चलाएको यो नाचले मल्लकालमा पनि समावेशी विचारको अस्तित्व रहेको प्रमाणित गर्दछ । 
    Source : http://ujyaaloonline.com/news/37535/kattik-dance-begins/

    Saturday, June 28, 2014

    Rajopadhyaya in News :Rajopadhyay: Plastic ball to national team

    Rajopadhyay: Plastic ball to national team

    Subrat Rajopadhyay

    Part of a series on the lives of sports personalities in Nepal by Arko network, this is basketball star Subrat Rajopadhyay.

    As far as challenges go, there isn’t much bigger than taking up sport in a country as politically unstable and economically on the fringes as Nepal.
    But there are many who defy all these and gamble into the world of sport hoping to make it big. Subrat Rajopadhyay is one of the many in this country who has followed this path.
    Growing up in Kathmandu, basketball wasn’t his first choice of sport but when locals built a basketball court near his house in Indrachowk it was irresistable for a young boy not to have go.
    Subrat Rajopadhyay playing at the SABA Championships 2014
    Subrat Rajopadhyay playing at the SABA Championships 2014
    He probably never thought at the time that having a bit of fun with friends with a plastic ball would one day lead him to represent his country in the game of basketball.
    Rajopadhyay says, “that is where I learnt the first rule of basketball – one dribble two steps.”
    However his real education in basketball began once he enrolled into Prime College.
    “Football was my first choice of sport but I never got the opportunity”, he adds.”Once I joined Prime College, only availble option was basketball.”
    What ever reason he had for choosing basketball, he did make it to the national team in 2005.
    Injuries kept him out for a while but he made it back into the team this year, appearing at the SABA championships in Kathmandu.
    He will be playing at the Morgan Cup which started on June 25, this time round with team Pentagon.
    For all the achievements in the domestic games and making it all the way to the national team though, his biggest challenge has always been convincing his parents, that he made the right choice.
    Rajopadhyay says, “my parents would still rather see me put on a suit and take up 9 to 5 job.”

    Wednesday, June 18, 2014

    Rajopadhyaya in news: ललितपुरमा ब्लड बैङ्क सञ्चालन

    ललितपुरमा ब्लड बैङ्क सञ्चालन
    ·         Posted: Wednesday, Jun 18, 2014 12:51 PM ( 21 hours ago )
    ललितपुर, असार ४ –  रगतको अभाव पूरा गर्ने उद्देश्यले ललितपूरमा बुधबारदेखि ब्लड बैङ्क सञ्चालनमा आएको छ ।
    नेपाल हर्ट फाउन्डेशन ललितपूर शाखा, रोटरी ईन्टरनेशनल डिस्ट्रिक ३२९२ र नेपाल रेडक्रस सोसाइटी ललितपूरको संयुक्त पहलमा ब्लड बैङ्क संचालनमा आएको हो ।

    केन्द्रीय रक्तसन्चार केन्द्र अन्तर्गत सन्चालन हुने ब्लड बैंकमा प्राविधिक पक्ष नेपाल रेडक्रस सोसाइटी र आर्थिक पक्ष रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ ले हेर्नेछ ।

    ब्लड बैंकमा अहिले रगत संकलनको काम हुने र विस्तारै रक्त तत्व छुट्याउनेदेखि लिएर वितरणसम्मको काम हुने नेपाल हर्ट फाउन्डेसनका सचिव रुपककान्त राजोपाध्यायले जानकारी दिनुभयो ।

    कोरिया रोटरीको सहयोगमा झण्डै ९० हजार डलरको लागतमा ब्लड बैंक स्थापना गरिएको हो । उद्घाटन कार्यक्रममा कोरिया रोटरीले झण्डै २ लाख डलर बराबरको उपकरण पनि हस्तान्तरण गरेको छ ।

    रगत अत्यावश्यक पर्दा भक्तपूर र काठमाडौसम्म पुग्नुपर्ने बाध्यता हटाउनका लागि ललितपुरमा पनि ब्लड बैंक स्थापना गरिएको राजोपाध्यायले जानकारी दिनुभयो ।
    Source:  http://ujyaaloonline.com/news/33559/blood-bank/

    Tuesday, May 6, 2014

    Sunday, May 4, 2014

    Rajopadhyaya in News : चाँगुनारायण जात्रा सम्पन्न


    Rajopadhyaya in News : चाँगुमा पर्यटक करको चरम दुरुपयोग – श्रीभक्त भँडेल

    चाँगुमा पर्यटक करको चरम दुरुपयोग – श्रीभक्त भँडेल

    विश्वसम्पदा सूचीमा सूचीकृत उपत्यकाभित्रकै सबैभन्दा पुरानो मन्दिर चाँगुनारायणमा पर्यटक करको व्यापक दुरुपयोग भएको पाइएको छ। सुरुमा भक्तपुर नगरपालिकाले चाँगुमा पर्यटक कर उठाउन थालेपछि त्यसको व्यापक विरोध भयो। तर, नगरपालिकाले सो करबाट नगर क्षेत्रभित्र अवस्थित विभिन्न मठ मन्दिर, पाटी पौवा, पोखरी, ढुंगेधारा, इनार, मुर्त तथा अमूर्त कला संस्कृति, विभिन्न बाजागाजाको मर्मत, स्याहार, सम्भार गरेपछि सबै चुप भए। नगरपालिकाले सो काम गरेबापत युनेस्कोबाट पुरस्कारसमेत प्राप्त गरेको थियो। त्यसैको अनुसरण गर्दै अन्य पुरातात्विक महत्व बोकेका स्थानमा पनि प्रवेश शुल्कको व्यवस्था गरिएको हो।
    पर्यटक करको अत्यावश्यकता हेरेर चाँगु, हनुमानढोका, पाटन दरबार, पशुपति, लुम्बिनी आदि क्षेत्रमा पर्यटक कर उठाउन थालिएको थियो। पर्यटक कर भक्तपुर नगरपालिकाले जस्तै सम्पदा क्षेत्रको प्रचुर विकास पर्यटक विकासमा खर्च गरी बाँकी बक्यौता शिक्षा, स्वास्थ्यमा खर्च गर्नुपर्ने हो। तर विडम्बना चाँगुको हकमा पर्यटक करको ५५ प्रतिशत सम्पदा क्षेत्रमा खर्च गर्ने नीति लिए पनि अन्तत्वगत्वा २ प्रतिशत पनि सम्पदा क्षेत्रमा खर्च गरिएको छैन। विकासको नाममा टुक्रे, अधकल्चो, अपूर्ण विकासमा खर्च गर्न सल्लाहकार पाल्ने र पोस्ने गरिएकोछ। यही वजेटबाट दलीय प्रतिनिधि खुसी पार्ने काम भइरहेको छ। जसले गर्दा सम्पदा क्षेत्रको विकासमा पूर्णविराम लागेको छ भने सिर्जनामा लाग्नेहरू निरुत्साहित भएका छन्।
    गुठी संस्थान एवं गाविसको गैरजिम्मेवारीपनका कारण चाँगुनारायण सम्पदा क्षेत्रभित्र यत्रतत्र थुप्रिएको फोहोरको व्यवस्थापन गर्न, जीर्ण मन्दिर, पाटी पौवाहरूको मर्मत सम्भार गर्न, पर्वपूजा, जात्रा मेलाहरूको सुव्यवस्था गर्न, लोपोन्मुख बाजागाजाहरूको पुनर्स्थापना गर्न सकिएको छैन। यस्तै, चाँगुनारायणको ऐतिहासिक, धार्मिक, कला संस्कृतिको पहिचान जोगाई, सोको व्यापक रूपमा प्रचार–प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकको आगमन संख्यामा वृद्धि गर्न पुजारीहरू, चार नाइके, ४० भँडेल, बाजादारहरू, गुठी संस्थानअन्तर्गत फूलपाती ल्याउनेसँग सम्बन्धित विभिन्न गुठी, चर्तुमास वाचक, महान्, द्वारपाल सदस्य र गाविस अध्यक्ष, प्रहरीसमेत रहने गरी पुजारी चकधरानन्द राजोपाध्यायको अध्यक्षतामा २०६९ सालमा चाँगु नारायण विकास समिति गठन गरियो। समितिले यत्रतत्र छरिएका घन्टाहरूको मर्मत, बत्ती बाल्ने दियोको सरसफाइ, मन्दिर र तेलिया इँटाको घाँस उखेल्ने तथा धिमेबाजा र माहाली बाजा सिकाउने कार्य गरिरहेको छ।
    समस्या : चाँगुनारायणमा आउने पर्यटकहरूले भक्तपुर देकोचामा पुगेपछि चाँगु जाने बाटो सोध्नै पर्ने विडम्बनापूर्ण अवस्था छ। किनकि कहीँ पनि चाँगु जाने बाटो देखाउने होर्डिङबोर्ड छैन। बाटो पहिल्याई चाँगुको बसपार्क पुगेपछि उप्केका ढुंगाहरू, पार्कदेखि चाँगु मन्दिरसम्म चारैतिर थुप्रिएको फोहोर, मन्दिरको वरिपरि काँडा र सिस्नुका झ्याँग, मन्दिरभित्र यत्रतत्र छरपस्ट छरिएका तार, जीर्ण टुँडाल र मन्दिर, बिग्रेको र दुर्गन्धित शौचालय हेर्दै नकारात्मक भावना लिएर तीर्थालु र पर्यटक फर्किन बाध्य हुन्छन्। किनकि त्यहाँ न त कुनै परम्परागत बाजा बज्छ, न त नाच नै।
    यस्तै, अव्यवस्थित तारहरू सर्ट भई आगलागी भएमा तत्काल नियन्त्रण गर्ने एउटै वारुणयन्त्रसमेत छैन। दमकल मन्दिरसम्म पुग्दैन। पार्कदेखि मन्दिरसम्म दमकलको पानीको पाइप बिछ्याउँदैमा मन्दिर खरानी हुन सक्छ। पोखरीमा एक थोपा पानी छैन। खानेपानी ट्यांकीमा खानकै लागि पानी पुग्दैन। शौचालय निकास ऐतिहासिक पोखरी बनेको छ। पर्यटक गाडीबाट उत्रनेवित्तिकै फोहोरको दुर्गन्धले स्वागत गर्दछ। मन्दिर परिसरमा सिसिक्यामेरा नहुँदा चाँदीको प्रसिद्ध किलेश्वर महादेव, गरुडको पाता, भूपतेन्द्र मल्ल र रानी, सूर्य नारायण, वंश गोपालको रथको चारवटा काठका हात्ती, मन्दिरभित्रकै सुनको मूर्ति चोरी भइसकेको छ। तैपनि गाविसको चेत खुलेको छैन।
    सम्पदा क्षेत्रभित्र विशाल सिमेन्टका घरहरू बन्दैछन्। डाँडाको छेउछाउ विशाल घरहरू बन्दा डाँडा भासिने खतरा त्यत्तिकै छ भने मनोहरा खोला र छेउछाउको डाँडाबाट बालुवा खानी सञ्चालन गर्दा घरबस्तीका साथै मन्दिरै भासिने निश्चित छ। मन्दिरको विद्युत महसुल मात्र १३ लाख रुपैयाँ पुगिसकेको छ। कुनै दिन लाइन काटियो भने एउटा सोलार बत्तीसम्म नहुँदा मन्दिर परिसर पूरै अन्धकार हुने स्थिति छ। एक सय ४६ रोपनी जग्गाबाट कुत उठाई खान पाउने पुजारीहरूले मात्र वार्षिक १५ सय रुपैयाँ उठाउँछन्। नाइके, बाजादार रकमीहरूको हालत त्यही छ। यही रबैया रहिरहने हो भने कुनै दिन नित्य पूजा र आरतीसमेत बन्द हुनेछ।
    नगरकोट, भक्तपुर, काठमाडौं हुँदै साँखुसम्म छर्लंग देखिने अत्यन्तै मनोरम डाँडा हो चाँगुनारायण। ठाउँठाउँमा सफा पर्यटक शौचालय, विश्राम गर्ने बेन्चहरूको निर्माण एवं व्यवस्थापन, सत्तल र मन्दिर वरिपरि परिक्रमा गर्ने चक्रपथ, बन सिमाना मिच्न नसक्ने गरी पैदल बाटोसहित पर्खाल निर्माण, स्थानीय चलनअनुसार परम्परागत बाजागाजा, नाचसहित स्वागत सत्कार, पर्यटकको बसाइँ लम्ब्याउन स्तरीय होटल, रेस्टुरेन्ट एवं ठाउँठाउँमा होमस्टे सञ्चालनतर्फ ध्यान दिनुपर्ने देखिन्छ। सम्पूर्ण दह, पाटीपौवाहरूको मर्मत सम्भार, पोखरीहरूमा पानीभरि माछापालन, काँडा र सिस्नु हटाई सुन्दर फूलैफूलले भरिएको बगैंचा निर्माण, मन्दिर परिसरभित्र ठाउँठाउँमा ठूल्ठूलो गमलासहित बास्नादार फूलको बिरुवा लगाउने काम गर्नु आवश्यक छ। बाँदरले झिंगटी फुटाल्ने, खसाल्ने गरेकाले त्यसको नियन्त्रण, व्यवस्थापन, फोहोरमैलाको समुचित व्यवस्थापन, भुस्याहा कुकुरको नियन्त्रण, सूर्योदय र सूर्यास्त हेर्ने भ्यू टावर निर्माण, नयाँ घर बनाउनेलाई डाँची इँटा र कोठाको सहुलियत दिई परम्परागत घर निर्माण, आन्तरिक धर्मावलम्बीहरू नुहाउने, जुत्ता राख्ने र्यासक आदिको व्यवस्थापन गर्नसके टिकट शुल्क पाँच सय राख्न सकिन्छ।
    गाविसको हेपाहा प्रवृत्ति :
    चाँगुनारायण समितिले यस्ता धेरै समस्यालाई सम्बोधन गरी सम्पदा क्षेत्रमा बजेट छुट्याई यस क्षेत्रको विकास गर्न माग गरेको थियो। तर विडम्बना एउटा आगन्तुक बाजाका लागि एक लाख दिनसक्ने गाविसले परम्परागत मौलिक चाँगुकै नित्यपूजा, आरती, जात्रा, पर्वपूजामा बजाउने पाँच प्रकारका बाजालाई सुकोदाम पनि छुट्याउन सकेको छैन। फोहोर व्यवस्थापन, शौचालयको सरसफाइ आदिमा पूरै बेवास्ता गरेको छ। आगलागी, विद्युतजस्तो अति नै संवेदनशील कुराको वास्ता नगर्नु गाविसको हेपाहा एवं मिचाहा प्रवृत्ति हो।
    २०७० पुस २८ गते सम्पन्न कथित गाउँ परिषद्ले पर्यटक करको ५५ प्रतिशत सम्पदा खर्च गर्ने त कुरै छाडौं, २ प्रतिशत पनि खर्च नगरी अनावश्यक शीर्षकमा दलीय प्रतिनिधि खुसी पार्न पर्यटक करको चरम दुरुपयोग गरिएको छ। पर्यटक कर केमा खर्च गर्ने? पर्यटक कर ठूला दलका दलीय प्रतिनिधिलाई खुसी पार्न टुक्रे योजना दिने कि? सम्पदा क्षेत्रको मर्मत, सम्भार, विकास, विस्तार गर्ने? पर्यटकलाई खुसी पार्न विभिन्न योजनामा खर्च गर्ने कि मनपरी ढंगले खर्च गर्ने? भन्ने कुरा नै अहिलेको प्रमुख समस्या हो।

    Thursday, March 20, 2014

    Rajopadhyaya in News: सदाबहार पानी रंग

    सदाबहार पानी रंग



      काठमाडौ, चैत्र ५ - 
       चित्रकलामा पानी रंग -वाटर कलर) को विशिष्ट स्थान रहेको मानिन्छ । प्राचीन माध्यमका रूपमा हेरिने पानी रंगका पेन्टिङको महत्त्व अहिले पनि उत्तिकै बेजोड छ । यही महत्त्वलाई बुझेर यतिबेला नेपाल ललितकला प्रज्ञा प्रतिष्ठाननको चित्रकला विभागले नेपाल वाटर कलर सोसाइटी र ट्रान्सप्यारेन्ट वाटर कलर सोसाइटीसँग मिलेर कला प्रदर्शनी गरेको छ ।

      नक्सालस्थित ललितकला प्रतिष्ठान हलमा बुधबारदेखि आठ दिनका लागि ४१ कलाकारका पेन्टिङ प्रदर्शनीमा छन् । प्रदर्शनी वाटर कलरका लागि मात्रै नभई संलग्न कलाकारका कारण पनि कला पारखीका लागि उपयोगी देखिएको छ । स्वर्गीय दिलबहादुर -डीबी) चित्रकारदेखि समकालीन कलाकारहरू दुर्गा बराल, किरण मानन्धर, टेकवीर मुखिया, श्यामलाल श्रेष्ठ, शंकरराज सिंह सुवाल, शारदा चित्रकारका सिद्धहस्त पेन्टिङ समकालीन वाटर कलरको साक्षी लाग्छन् । 

      'मोजेक नेपाली वाटरकलर पेन्टिङस्' नाम दिइएको उक्त प्रदर्शनीलाई बुधबार संस्कृति मन्त्री भीम आचार्यले उद्घाटन गरे । प्रदर्शनीमा पुराना र नयाँ पुस्ताले पानी रंगको माध्यमबाट कोरिएका कला राखिएका छन् । जसमा शान्तकुमार राई, धनु याख्खा, क्षेत्रलाल कायश्थ, बुद्धि गुरुङ, जीवन राजोपाध्याय, श्रीजन राभण्डारी, रत्नकाजी शाक्य, चिरञ्जीवी मकाजू, राजेन्द्रप्रसाद यकामी, नारायण लामिछाने, राजु पिठाकोटी, भीम श्रेष्ठ, विनोद गुप्ता, डिराम पाल्पाली, एनबी गुरुङ, एलपी गुरुङ, राजु चित्रकार, सूर्य बराइली, बीआर श्रेष्ठ, पदम घले, रमेश श्रेष्ठ, शान्ता हिताङ, इसान परियार, सुरेन्द्र प्रधान, बाबुराजा द्योला, मन्दिरा मल्ल, कृष्णबहादुर थिंग, विश्वराज पराजुली, सागर मानन्धर र नीरा जोशीका वाटरकलर पेन्टिङ राखिएका छन् । 

      कलाकार डिबी चित्रकारले सन् २००९ मा कोरेको मन्दिर र पाटीको पेन्टिङले धर्म, संस्कृति र परम्परालाई व्याख्या गरेको छ । मन्दिर परिसरसँगै रहेको पाटीले सार्वजनिक बासस्थानको पुरानो प्रचलनलाई झल्काएको छ । 

      कलाकार कर्ण मास्केको स्टिल लाइफमा टोकरीमा अनेक थरीका फलफूल अटाएको देखिनुले कतै समतामूलक समाजको प्रतिविम्ब पो गरेको छ कि झैं लाग्छ । 

      टेकवीर मुखियाको पेन्टिङमा भने बाच्छो  अंगाल्दै गरेकी बालिकाको आकृतिलाई क्यानभासमा समेटेको छ । जसमा मानव र जनावरको अन्तरसम्बन्ध दर्शाउन र जनावरप्रतिको प्रेमभाव देखाउन चित्र कोरेको मुखियाले बताए । प्रतिष्ठानका कुलपति किरण मानन्धरले अमूर्त शैलीमा पुरुष र नारीको महत्त्व चित्रमा देखाउने प्रयास गरेका छन् । एब्स्ट्रयाक आर्टमा मानन्धरले नारी-पुरुषको निकटतालाई दर्शाएका छन् । कार्टुनिस्ट वात्स्यायनका नामले बढी चिनिएका दुर्गा बरालको वाटर कलरमा रहेको सहरी ल्यान्डस्केपबाट हाम्रो समाजलाई प्रतिविम्बित गर्ने प्रयास गरेका छन् । उनका कलाले राजनीतिक व्यवस्था, पार्टी र नेता प्रवृत्तिमाथि व्यंग्य गरिरहेको बुझ्न गाह्रो पर्दैन । एउटा सहरिया सडकको परिवेश चित्रमा उतारेका उनले अहिलेसम्म नेपालीले के पाए र के गुमाए ? भन्ने प्रश्नको उत्तर खोज्न बाध्य बनाउँछ । खाल्डो बनेको सडक, जथाभावी ट्राफिक, अभद्र सहरको दृश्य हरेपछि दर्शकले सबै प्रश्नको जवाफ पाउँछ ।

      शारदा चित्रकारले हिमाली र पहाडी दृश्यलाई उतारेकी छन् । शान्ताकुमार राईले चाहिँ नारीको कोमल भाव चित्रमा देखाउने प्रयास गरेकी छन् । अत्यन्त प्रेमपूर्ण भावमा जनावरलाई नियाल्दै गरेको आकृतिले नारीभित्रको कोमलता झल्किन्छ । शान्ता कुमारले वाटर कलर छिट्टै सुक्ने गुण भएकाले बाहिर जहाँसुकै लगेर पनि काम गर्न मिल्ने बताए ।  

      बोटानिकल क्षेत्रमा पेन्टिङ बनाउन रुचाउने नीरा जोशी प्रधानले राष्ट्रिय फूल लालीगुराँस कोरेकी छन् । राजु पिठाकोटीले चन्द्रमाको उज्ज्यालो प्रकाशले वनस्पतिमा सौन्दर्य प्रदान गरेको सुन्दर दृश्य उतारेका छन् ।

      प्रकाशित मिति: २०७० चैत्र ६ ०९:२६

      Monday, February 17, 2014

      छापामा राजोपाध्याय :अमेरिकाको स्वस्थानी ब्रतमा शालिनदीको झल्को

      अमेरिकाको स्वस्थानी ब्रतमा शालिनदीको झल्को

      २०७० फागुन ३ गते १८:५४ मा प्रकाशित

      स्रोत:http://www.onlinekhabar.com/2014/02/166946/ 
      noa 4
      ३ फाल्गुन, भर्जिनिया । अमेरिकाको डिसी महानगरस्थित म्यारिल्याण्ड राज्यको हिन्दू मन्दिरमा नेवाः संगठन अमेरिकाको आयोजनामा पौषशुक्ल पूर्णिमादेखि प्रारम्भ गरिएको एकमहिने स्वस्थानी व्रत पूजा गरी सम्पन्न भएको छ l

      समापनमा यस क्षेत्रमा बसोबास गर्ने श्रदालु तथा व्रतालुहरूको घुईंचो लागेको थियो । नेवाः संगठन अमेरिकाका पुरोहित बासव राजोपाध्यायले काठमाडौँ साँखुको शालिनदीमा जस्तै पूर्ण बिधिअनुसार पूजा गराएका थिए l


      नेवाः संगठन अमेरिकाका पुरोहित बासव राजोपाध्यायले हिन्दू धर्मावलम्बीमा नेपालमामात्र स्वस्थानी व्रतकथा प्रत्यक्ष परमात्मासँग सम्पर्कमा रही गरिने पूजा भएको बताए l राजोपाध्यायले आफ्नो पहलमा स्वस्थानी व्रतकथाको नेपाली तथा अंग्रेजीको पुस्तक छिट्टै प्रकाशित गर्ने जानकारी गराए अमेरिकी नागरिक जेस्सिका भ्यान्टिन बर्केनहोल्जले शिकागो विश्वविद्यालयबाट सन् ०१० मा स्वस्थानी व्रतकथामा विद्यावारिधि गरेकी छिन l


      संस्थाका अधक्ष्य सिजन श्रेष्ठले अमेरिकामा रहेपनि परम्परा, धार्मिकोत्सव,चाडपर्व र संस्कृति सम्बर्धन गर्ने नेवाः संगठन अमेरिकाको मुख्य उदेश्य रहेकाले तीनव वर्षअघिदेखि डिसी महानगरक्षेत्रमा स्वस्थानी ब्रत गर्दै आएको बताए l


      हिन्दू महिला इच्छा पूरा हुने विश्वासकासाथ एक महिनासम्म एकछाकमात्र खाएर व्रत बस्ने परम्परा छ । अन्तिम दिनमा जनै, अक्षता, बेलीपुष्प, पान, मसला लगायतका नैवेद्य स्वस्थानीलाई चढाउन अमेरिकामा पनि सामान जुटाईएको थियो ।

       noa 2 noa 3 noa 5

      - See more at: http://www.onlinekhabar.com/2014/02/166946/#sthash.SrEJ7Uc7.dpuf

      Saturday, February 1, 2014

      छापामा राजोपाध्याय : तलेजुको गोप्यता भंग हुने चिन्ता

      तलेजुको गोप्यता भंग हुने चिन्ता

      भक्तपुर : तलेजु मन्दिरको गोप्यता भंग हुने खतरा बढेको भन्दै मूल नाइके र पुजारीले चिन्ता व्यक्त गरेका छन्। मन्दिरको मूल प्रवेशद्वारको फोटो खिच्न दिन थालिएपछि भित्रको गोप्यता पनि खतरामा परेको छ।
      पुरातत्त्व विभागअन्तर्गत स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयको आदेशमा एक वर्षअघि तलेजु मन्दिरको मुख्य प्रवेशद्वारको फोटो खिच्न खुला गरिएको थियो।
      भक्तपुर तलेजु मन्दिरको मुख्य प्रवेशद्वारको फोटो खिच्दै पर्यटक
      भक्तपुर तलेजु मन्दिरको मुख्य प्रवेशद्वारको फोटो खिच्दै पर्यटक
      यो निर्णयपछि पर्यटकले प्रवेशद्वार पुगेरै भित्रको पनि फोटो खिचेको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले बताए। तलेजुभित्र क्यामरा, मोबाइललगायत प्रतिबन्धित छन्। मूल प्रवेशद्वारसँगै मन्दिरभित्रको फोटो खिच्न नपाइने सूचना टाँसिएको छ।
      तर त्यसलाई कसैले पालना नगरेको गुनासो जोशीले गरे। 'तलेजु मन्दिरभित्र फोटो खिच्न पाइँदैन', उनले भने, 'तर मूल प्रवेशद्वारबाट भित्रका सबै फोटो खिच्ने गरिएको छ। यसले गोप्य राख्नुपर्ने आगमको मर्यादा भंग हुन्छ।'
      तलेजुका पुजारी नाइके उत्तमांगराज राजोपाध्यायले मन्दिरमा पदस्थापन हुने सबैले आगमभित्रको गोप्यता भंग नगर्ने कसम खाने भएकाले तलेजुभित्रको गोप्यता बचाउन फोटो खिच्ने व्यवस्था हटाउन माग गरे।
      'हामीमध्ये कोही नयाँ तलेजुमा पदस्थापना हुँदा भित्रको कुनै पनि गोप्यता भंग गर्दिनँ भनी तीनपटक कसम खानुपर्छ', राजोपाध्यायले भने, 'भंग गरे पञ्चमहापाप गरेसरह मानिन्छ। त्यसैले गोप्य गरिएको ठाउँलाई गोप्य नै राख्नु उत्तम हुन्छ।'
      मूल प्रवेशद्वारबाट कुमारीचोकस्थित दसैंघर, ऐतिहासिक श्रीखण्ड झ्याल, मूलचोकको दक्षिण ढोकासँगै मूलचोकस्थित बाहिरी भित्ताहरूमा लेखिएका तन्त्रमन्त्रयुक्त भित्तेलेखन स्पष्टै देखिने तलेजुका पुजारी पद्मलोचन कर्माचार्यले बताए।
      'तलेजु मन्दिर आगम हो, आगमका धेरै कुरा गम गर्न हुँदैन', कर्माचार्यले भने, 'तलेजु आगमलाई गोप्य नै राखेर यसको गरिमा र महत्त्व बढाउनुपर्छ।'
      स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख इन्जिनियर मोहनकृष्ण श्रेष्ठले सर्वदलीय बैठकमा तलेजु प्रवेशद्वारसम्म खुला गर्ने मौखिक सहमति भएको जानकारी दिए।


      'कुनै निर्णय गरेर फोटो खिच्न खुला गरिएको होइन', उनले भने, 'त्यसले हानि गर्ने देखिए प्रतिबन्ध लगाउन सकिन्छ।' पहिले मूल प्रवेशद्वार वरिपरिसमेत फोटो खिच्न प्रतिबन्ध थियो।
      Source: http://annapurnapost.com/en/news/social/3300/%25E0%25A4%25A4%25E0%25A4%25B2%25E0%25A5%2587%25E0%25A4%259C%25E0%25A5%2581%25E0%25A4%2595%25E0%25A5%258B-%25E0%25A4%2597%25E0%25A5%258B%25E0%25A4%25AA%25E0%25A5%258D%25E0%25A4%25AF%25E0%25A4%25A4%25E0%25A4%25BE-%25E0%25A4%25AD%25E0%25A4%2582%25E0%25A4%2597-%25E0%25A4%25B9%25E0%25A5%2581%25E0%25A4%25A8%25E0%25A5%2587-%25E0%25A4%259A%25E0%25A4%25BF%25E0%25A4%25A8%25E0%25A5%258D%25E0%25A4%25A4%25E0%25A4%25BE.htm

      Monday, January 13, 2014

      देवताहरुको वंशावली

      यो सामग्री उपलब्ध गराई सहयोग गरिदिनु भएकोमा श्री आभास राजोपाध्याय ज्यु प्रति आभार प्रकट गर्दछौ /




      Tuesday, January 7, 2014

      ऐतिहासिक गल्तीको शिकार : नेवार समुदाय - ओम्धरानन्द राजोपाध्याय

      posted by Biru Subedi. article of om dharananda on 2012 June 1 
      ऐतिहासिक गल्तीको शिकार : नेवार समुदाय
      ओम धरानन्द राजोपाध्याय
      Source: https://www.facebook.com/groups/128162230572742/permalink/505661206156174/
      - "... यार तैले त जातैले पाएको, जे पनि खान पाउंछस् हामीले पो ..."
      - "... तिमीहरुको भोजभतेर त खतरा पो हुन्छ, घाँटी पोल्ने सोमरस नभई त ..."
      - "... तिमी साहूजीहरु त वैश्य होइनौ र - फेरि यो जनै कहाँबाट आयो - ..."
      - "... तपाईंहरुको विवाह त बज्राचार्यहरुसँग हुन्छ होला, होइन - ..."
      - "... तपाईं कुन जातको हुनु भो - बाहुन, छेत्री कि नेवार ..."
      यी वाक्यांशहरु कपोलकल्पित नभएर स्वयं यी पंक्तिकारप्रति लक्षित बेलाबखतका अभिव्यक्ति हुन् । त्यसमा पनि उदेक लाग्दो कुरो त के भने यी सबै वाक्यांशहरु नेपालका प्रबुद्ध कहलिएका व्यक्तिहरुको मुखारविन्दबाट प्रस्फुरित हुन् । विज्ञ पाठकवर्ग सोचमा पर्नुभएको होला यो के छेउ न टुप्पाको अप्रासङ्गकि कुरा फलाक्दैछ - यस निमित्त म केही बेरको धर्ैयको अपेक्षा गर्दै यहाँहरुलाई एकै क्षण कल्पनालोकमा विचरण गराउन चाहन्छु ।
      × × ×
      दर्ुइ विशाल किन्तु पृथक धर्म र संस्कृतिका अनुयायीहरु भएको देशहरुको बीचमा विश्व मानचित्रमा कुनै 'क' नाम गरेको मुलुक अवस्थित छ । यस देशका अधिकांश जनताको धर्म र संस्कृति मिल्दोजुल्दो भएकोले दक्षिणतर्फो विशाल मुलुकसंग कुनै सीमा बन्देज छैन, दुबै मुलुकका नागरिकहरु निर्बाध रुपले सीमा प्रवेश तथा निवेश गर्न स्वतन्त्र छन् । यसै सौविध्यको सदुपयोग गर्दै छिमेकी मुलुकको सुरक्षा सेनासम्ममा पनि 'क' देशका नागरिकले प्रवेश पाउंदै आएका छन् । यिनीहरुको शौर्य, वीरता र इमान्दारी जगजाहेर छ र त्यसैकारण यी नागरिक तेश्रो मुलुकमा पनि भाडाका सिपाही बन्न ग्राहृय मानिन्छन् । यी परिश्रमी योद्धाको साहस र विश्वसनीयताको कदरस्वरुप यिनले विभिन्न सम्मान, पदक तथा अलङ्कार पनि पाएकाछन् ।

      दक्षिणतर्फो छिमेकीको महत्वाकाङ्क्षाको फलस्वरुप यो सानो मुलुकले सामरिक रुपमा आफ्नो अस्तित्वको रक्षा गर्न नसकी अन्ततः त्यसैमा विलीन भयो । उसै त युद्धमा परास्त गरेर जितेको राज्य, त्यसमा पनि विजेता राष्ट्र धर्म र जातपातको भेदभावमा आपादमस्तक डुबेको हुंदा नौलो राज्यका नागरिकले सम्मान पाउने त कुरै भएन, उल्टो तिनलाई हरुवा भएकाले हेयाउने प्रयासहरु शुरु भए । यस निम्ति तिनलाई ठूलो परिश्रमको आवश्यकता पनि परेन । नौलो राज्यका नागरिक वीर सेनानीहरु भएको तथ्य जगजाहेर छंदैथियो, त्यसैले तारिफ गरेजस्तो गरी यी मानिसहरु वीर हुन््, क्षेत्रीय हुन्, यिनको रणकौशल गजबको हुन्छ भन्ने प्रचार शुरु भयो । सानो भइकन पनि आफैमा चार वर्ण्र्ाा छत्तीस जातको साझा फूलबारी भनिएको सो मुलुकका नागरिकहरु यसरी रातारात एकै वर्ण्र्ाा एकै जात अर्थात् क्षेत्रीयमा परिणत भए ।

      समयचक्र निरन्तर घुम्दै रहृयो । आफूबीचको आदायप्रदाय नै पर्याप्त भएकाले बाहृय समाजसंगको सर्म्पर्कको अभावमा आफूलाई एकै जात र धर्ममा परिणत गरेको कुरामा नौलो प्रान्तका नागरिकलाई न त चासो रहृयो, न जानकारी नै । यसरी नै कयौं पुस्ता बिते । यसबीचमा बाहृय समाजको सर्म्पर्कमा आउन थालेका केहीले यस विषयमा थाहा पाए तथा भ्रमपर्ूण्ा मान्यताको प्रतिकार गर्ने प्रयास पनि गरे तर त्यतिञ्जेलसम्म ढीलो भइसकेकोले तिनीहरुको स्वरलाई दमन गरियो । निरन्तरको सुगारर्टाई र भ्रमपर्ूण्ा पाठ्य सामग्रीको प्रतिफल अझ भयावह रुपमा देखा पर्‍यो - कुनैबेला पृथक अस्तित्व बोकेको राष्ट्रका ती नागरिकहरु स्वयंले आफूलाई र्सगर्व हामी फलानो जाती भनेर आप\mनो परिचयलाई सीमित र सङ्कुचित गर्न थाले ।
      × × ×
      अव वास्तविकतातर्फफर्कौं । यस कल्पित घटनाक्रममा यदि नेपाल नै सो 'क' नामको मुलुक भएको भए भारतमा विलय हुंदाको अवस्थामा सबै नेपाली रातारात क्षेत्रीय बन्ने थिए त - र्ससर्ति हर्ेदा यसो हुनै सक्दैन भन्ने भ्रम पर्न सक्छ । तर कटु सत्य के हो भने यथार्थमै यस्तो युगान्तकारी घटनाक्रमबाट कुनै ऐतिहासिक कालखण्ड गुज्रिसकेकोछ । फरक केवल नाम र साधनको हो । प्राचीन नेपाल राष्ट्र -नेवार राज्य) लाई सो 'क' नामको मुलुक मान्नुहोस् र तिनको पहिचानमा रहेको वीरताको ठाउंमा व्यापार व्यवसायलाई राख्नुहोस् । त्यसैगरी विजयोन्मादी राज्यको रुपमा राजा पृथ्वीनारायण शाहको गोरखालाई लिनुहोस् । अब आप\mनो अन्तरआत्मालाई साक्षी राखी आफैसंग सोध्नुहोस् - के माथि उल्लिखित घटनाक्रम ऐतिहासिक वास्तविकता होइन - के व्यापार व्यवसायमा साख रहेेकै कारण रातारात सम्पर्ूण्ा नेपाल राज्यका नागरिकहरु एकैपटक साहुजी याने वैश्य मानिन पुगेनन् - अझ बिडम्बनाको कुरा के स्वयं नेवार समुदायका मानिसहरु, जो तत्कालीन स्वतन्त्र र पृथक धर्म तथा जातजाति भएको नेवार -तत्कालीन नेपाल) राष्ट्रका नागरिक थिए, आजकल जातको ठाउंमा नेवार लेख्दैनन् - के यसैबाट नेवार समुदाय एक गम्भीर ऐतिहासिक गल्तीको शिकार भएको आभास हुंदैन -
      विज्ञ पाठकवर्गलाई इतिहास सम्झाइरहनु पर्ने आवश्यकता म देख्दिन । परापर्ूवकालदेखि नै नेपाल राज्यमा सनातन वर्ण्र्ाायवस्था रहेको भएपनि ठकुरी राजा -मल्ल राजालाई थकु जुजु पनि भन्दछन् जसको अर्थ ठकुरी राजा हुन्छ) जयस्थिति मल्लको समयसम्म पुग्दा बौर्द्धधर्म निकै विकसित भएको र त्यस समयमा नागरिकहरु सम्पन्न भई खानलाउनको दुःख पनि नभएकोले श्रमप्रधान वा फोहर चलाउनुपर्ने कामहरु गर्न छाडी सबैले विलासितापर्ूण्ा जीवन यापन गर्न थालेकाले श्रम र सामाजिक सन्तुलन कायम गर्न तथा ह्रासोन्मुख वर्ण्ााश्रम व्यवस्था बचाउनकै लागि अ-आप\mनो जातलाई तोकिएको काम गर्दिन भन्न नपाउने गरी कामको बांडफांडको व्यवस्था राजा जयस्थिति मल्लले मिलाए । तर यसैलाई तिनले जातिपातिको व्यवस्था गरेको रुपमा इतिहासको अपव्याख्या भइरहेको छ । यदि उसबेला मात्र जातीय व्यवस्था शुरु भएको मान्ने हो भने जयस्थिति मल्ल भन्दा अगाडि नेपालका मन्दिर, देवालयहरुमा पूजापाठ समेत हुंदैनथ्यो, वर्ण्ााश्रम धर्म अनुकूलका कर्मकाण्ड सम्पन्न हुंदैनथे भनी सनातनकालदेखि चल्दै आएका परम्पराको अस्तित्व नै अस्वीकार गर्नुपर्ने हुन्छ । त्यसो होइन भने वर्ण्र्ााजात र संस्कारको प्रचलन त जयस्थिति मल्लको समयअघि पनि भएकै मान्नर्ुपर्छ । त्यसैले जयस्थिति मल्लको समयमा नेवार समुदायभित्र वैश्य समाज मात्र रहेको र त्यसमध्येबाटै जातजातिको प्रादर्ुभाव भएको भन्ने संकर्ीण्ा मानसिकताले ग्रस्त मान्यताले टेक्ने कुनै ठोस धरातल विद्यमान छैन ।

      नेवार समुदायभित्रको अन्य जातजातिका सम्बन्धमा म अधिक जानकारी राख्दिन किन्तु म स्वयंले देखे भोगेका यथार्थ र आप\mनै जातथरबारेको विश्लेषण नै पनि धेरै हो भन्ने मलाई लाग्दछ । हाल राष्ट्रभाषाको रुपमा नेपाली भाषा प्रचलनमा छ र देशका धेरै जनताले पारिवारिक भाषाको रुपमा यसलाई अङ्गकिार गरेका छन् । तर के नेपाली बोल्ने भएकै कारणले मात्र कोही नेपाली ब्राहृमणलाई नेपालेतर ब्राहृमणले सवर्ण्र्ााोइन भन्न मिल्छ - त्यसैगरी तत्काल प्रचलनमा रहेको राष्ट्रभाषालाई मातृभाषाको रुपमा स्वीकार गरेकै कारणले नेवार समुदायका ब्राहृमणले चाहिं वैश्य बन्नुपर्ने स्थिति किन उत्पन्न भयो त - यस विश्लेषणको अभ्रि्राय कुनै जातिवादी कलह उत्पन्न गर्ने दुश्चेष्टा नभई केवल एक ठूलो ऐतिहासिक त्रुटिको चित्रण गर्नुमा सीमित छ । जातिवादी अमानवीय व्यवस्थाको पक्षधर म स्वयं पनि होइन, तर संस्कृतिको विकृतिपर्ूण्ा व्याख्या भइरहेको तथ्यलाई उजागर गर्न भने आवश्यक ठानेको छु ।

      आफूले भोगेका र देखेका केही प्रसङ्ग राखौं । नेवारेतर व्यक्तिलाई मैले आफ्नो परिचय दिंदा धेरैजसो अवस्थामा सुन्नेले 'राज उपाध्याय' सुन्दछन् र तत्कालको प्रतिक्रिया बडो उदेक लाग्दो हुन्छ । "..उपाध्याय भन्नुहुन्छ फेरि राम्रैसंग नेवार कुरा पनि गर्नुहुन्छ !..." म तत्काल सच्याइदिन्छु - 'राज उपाध्याय' होइन 'राजोपाध्याय' । अब उनले कुरा बुझ्दछन् र टाउको हल्लाउंछन् । तर बिडम्बना ... बुभ\mन त बुभ\mछन् किन्तु गलत बुभ\mछन् । भलै म उनको सगोत्री/सजातीय किन नहोउं, उनी मलाई वैश्य मानिहाल्छन् । त्यत्तिखेर मलाई उनको विद्वत्ताप्रति दया लाग्दछ - खासगरी एकै गायत्रीमन्त्र जप्ने र उनै वैदिक ऋचाले त्रिकाल सन्ध्योपासन गर्ने भएपनि मानसिकरुपमै विभेदपर्ूण्ा मान्यता बोक्ने तथाकथित 'व्रि्र' लाई यथार्थ बुझाउनमा समयको अपव्यय गर्नु श्रेयस्कर पनि हुंदैन ।

      वृहत् समुदायले बोल्ने भाषालाई जातीयताको परिभाषाभित्र सीमित गर्ने हो भने हिन्दी, अवधी, मैथिली, भोजपुरी आदि विभिन्न भाषा बोल्नेहरुलाई पनि पृथक जात नै मान्नुपर्ने हुन्छ । स्वयं नेवार समुदायमा धेरैपछि मात्र प्रवेश पाएका तिरहूतहरुको आजसम्म पनि मिथिलाप्रदेशको तिरहूतसंगै वैवाहिक सम्बन्ध कायम भइरहेकोछ तर उनीहरुले पनि मातृभाषाको रुपमा नेवारभाषालाई नै स्वीकार गरिआएकाछन् । ती झा तथा मिश्रहरुलाई नेपालप्रवेशको छोटो अवधिमा मिथिलाञ्चलसंग सर्म्पर्क टुटिनसकेको कारणले आज पर्यन्त ब्राहृमणकै रुपमा स्वीकार गरिएकोछ । तर आचार्य, सुवेदी, लामिछाने, रिमाल लगायतका विभिन्न थर गोत्र भएका राजोपाध्यायहरु भने प्राचीनताकै कारणले वैश्य बन्नुपर्ने स्थिति किन आयो -
      २०५८ सालको जनगणनाको क्रममा मेरो आप\mनै भोगाईको एक क्षण यस्तो रहृयो -
      - तपाईंको जात -
      - उपाध्याय ब्राहृमण ।
      - मातृभाषा -
      - नेपालभाषा -नेवारी शव्द विकृतिजन्य हो । तत्कालीन नेपाल राष्ट्रको राष्ट्रभाषा नेपालभाषा नै कहलिनर्ुपर्छ, अन्यथा इतिहासलाई असम्मान गरेको ठहरिन्छ भन्ने मेरो मान्यता छ)
      - यस्तो कसरी हुन्छ - नेवार पनि कहीं ब्राहृमण हुन्छ -
      - उसो भए हिन्दूधर्मावलम्वी नेवारको ब्राहृमणबाट गरिनुपर्ने कर्मकाण्ड आजसम्म कसले गराउंदै आएको मान्नुहुन्छ - कि परापर्ूव एवं लिच्छवी तथा मल्लकालमै पनि तपाईंले जस्तै नेपाली भाषा बोल्ने ब्राहृमणहरु नेपाल उपत्यकाभित्र दैनिक आएर कर्मकाण्ड गराएर फर्किने गर्थे भनिठान्नुहुन्छ -
      - त्यो मलाई थाहाछैन, तर नेवारको पनि बाहुन भन्ने हो भने हामीचाहिं के बाहुनको बाहुन भयौं त - यस्तो पनि कहीं हुन्छ - यो त लेख्नै मिल्दैन ...
      अब देशको जनसंख्या, भाषा, वर्ण्र्ााजात, पेशा, संस्कार आदिको तथ्याङ्क सङ्कलन गर्न हिंडेका ती कर्मचारीको पर्ूवाग्रहयुक्त मनस्थितिले तथ्याङ्क सङ्कलन भयो होला कि मिथ्याङ्क, त्यो त दैव जानुन् तर मेरो समयको भने अनाहकमा निकै अपव्यय भयो ।

      नागरिकताको प्रमाणपत्र लिने क्रममा पनि मेरा एक मित्रलाई यस्तै समस्या आइपर्‍यो । कुरो के भएछ भने उनका पिताले आप\mनो नागरिकतामा राजोपाध्याय लेखाउनु भएको रहेछ । जबकि राजोपाध्यायले शर्मा वा आप\mनो थर मात्र लेख्ने गरेको पनि प्रशस्त उदाहरण छन् । त्यसैले मेरा मित्र साढेपांच अक्षर लामो राजोपाध्याको साटो आप\mनो समाजमा सहज प्रचलनमा रहेको शर्मा मात्र लेख्न चाहन्थे । नेवारको छोरो बाहुन हुन सक्दैन भन्ने पर्ूवाग्रहले यहाँ पनि आप\mनो कमाल देखायो । शैक्षिक लगायत आप\mना अरु प्रमाणपत्रहरुमा शर्मा लेखाएका उनको नागरिकतामा भने राजोपाध्याय लेखिएकै कारणले पछि कतिपटक यस दर्ुभावनाको उनले शिकार हुनुपर्‍यो गनी साध्य छैन । नेवारलाई एउटै जात मान्ने मिथ्या सुगारर्टाईले अरु कति दुष्प्रभाव परिरहेको होला, सोचनीय छ ।
      राजाको गुरु वा पुरोहित भएका कारणले राजोपाध्याय लेखिन थालेको वा अमूक राजाले उपाधिको रुपमा दिएको भन्ने एकथरी मत छ भने अर्को मत अनुसार विगतमा नगरक्षेत्र बाहिरको प्रादेशिक प्रशासनको कार्यभार समेत धर्माधिकारीको हैसियतले यीनै राजोपाध्यायले वहन गरेको हुंदा यिनलाई राज्योपाध्याय भनिएको हो र पछि राज्योपाध्यायबाट राजोपाध्याय बन्न पुगेको हो । प्राचीन लिखतहरुमा कतै कतै राज्योपाध्याय शव्द प्रयोग भएको पनि पाइन्छ । यस मतको पुष्टिको निमित्त दर्ुइवटा कुरा अघि सारिएकाछन् - पहिलो कुरा त राजोपाध्याय ब्राहृमणलाई अद्यापि जुजु -यस शव्दको अर्थ राजा हुन्छ) वा कतैकतै राजा नै भनेर पनि संवोधन गरिन्छ र यसक्रममा नेपालभाषामा उपल्लो तहकै सम्मानपर्ूण्ा वचन -बक्सियोस् आदि) को प्रयोग गरिन्छ तथा चाँगुनारायण जस्तो देवालयमा पूजाहारीले आशौच समेत बार्न नहुने र रातो पोशाक लगाएर नित्य पूजाआजा गर्नुपर्ने परम्परा छ जबकि बाबुआमा मर्दा आशौच बार्न नपर्ने उन्मुक्ति केवल गद्दीनसीन राजालाई मात्र प्राप्त हुन्छ । त्यस्तै, दोश्रो उदाहरण हालसम्म पनि प्रचलनमा रहेको पशुपतिनाथसंग सम्बद्ध छ -पशुपतिमा प्रशासकीय अधिकार मूलभट्टले प्रयोग गर्दै आएको नमूना आजसम्म पनि हाम्रो सामु स्पष्ट छंदैछ भने धर्मभीरुको बाहुल्य रहेको परापर्ूवकालमा धर्माधिकारीको रुपमा यसैगरी अन्य देवस्थलहरुमा पनि ब्राहृमणलाई प्रशासकीय अधिकार नदिइएको होला भन्न सकिंदैन । दक्षिण भारतबाट भट्टहरु ल्याई पशुपतिमा पूजा गर्न लगाउने कार्य धेरै पछि मल्लकालमा आएर मात्र भएको र त्यसअघि त्यहाँँ पनि राजोपाध्यायहरुले नै पूजाआजा गर्दै आएको सर्न्दर्भमा यो तर्क पनि गहन नै प्रतीत हुन्छ । शायद यसै कारणले राजोपाध्यायेतर ब्राहृमणहरुलाई आफूभन्दा सानो मानेर आजसम्म पनि आम राजोपाध्यायको भातभान्साभित्र प्रवेश बर्जित गरिएको तथा गैरनेवार ब्राम्हण कन्यालाई समेत राजोपाध्यायले स्वीकार नगरेको पाइन्छ ।
      उल्लिखित आधार तथा प्रमाणहरुको कसीमा अब शुरुमा उठाइएका प्रश्न वा जिज्ञासाको समाधान खोजौं -
      - नेवारभित्र शाक्त, वैष्णव लगायतका सनातन तथा बुद्धमार्गी समेत पर्ने भएकोले सबै नेवार र्सवभक्षी हुंदैनन् यर्सथ जे पनि खान पाउने भन्ने प्रश्नै रहेन
      - सोमरस पनि सबै नेवारलाई चल्दैन, कतिपय त जातैले वैष्णव हुन्छन्
      - सबै नेवार साहूजी वा वैश्य होइनन्
      - राजोपाध्यायको विवाह बज्राचार्यसंग हुने भए अरु उपाध्यायले पनि मौलाना वधू वा पादरी कन्यासंग विवाह गरे भयो, यी सबै त अ-आप\mना धर्मका गुरु वा पुरोहित नै हुन्
      - 'बाहुन कि छेत्री कि नेवार' भन्ने विकल्प सहितको प्रश्न उचित हो भने 'तपाईं बाहुन कि मदेशीे' अथवा 'तपाईं छेत्री कि मैथिल' भनेर पनि प्रश्न गर्न मिल्ने भयो । किनभने मदेशी र मैथिल भने जस्तै नेवार पनि स्थान र भाषाविशेषसंग सम्बन्धित वृहत् समुदायको नाम हो ।
      चारै वर्ण्र्ाा छत्तीस भन्दा बढी जात त नेवार समुदायको हिन्दू -सनातन-) धर्मावलम्बीबीच मात्रै पनि अद्यापि अस्तित्वमा छ । यस बाहेक बुर्द्धधर्मका अनुयायी पनि नेवार समुदायभित्रै छन् । केही मुसलमान परिवार पनि नेवार समुदायभित्र भएको वाल्यकालमा सुनेको थिएं । मल्ल कालमै क्रिश्चियन धर्मप्रचारको कुरा तथा चर्च बनाउने स्वीकृति सम्बन्धी कुरामा विवाद उठेको चर्चा पनि पढ्न पाइन्छ । चतर्ुवर्ण्र्ाार्थात् ब्राहृमण, क्षेत्रीय, वैश्य र शूद्रको अस्तित्व भएको सनातन तथा बौद्ध समेत दर्ुइ ठूला धर्मावलम्बीहरुको वृहत् उपस्थिति रहेको पृथक राज्यका नागरिकहरुको समूह कसरी एकै जात मात्र हुनसक्छ - जात भनेको त वर्ण्र्ााशेषको पनि एक सानो भेद मात्र हो कि होइन - एकै जातभित्र कहिल्यै छूत र अछूत -विगतमा भए पनि हाल कानूनतः वर्जित) पनि समाहित हुन सक्छ - अब नेवारलाई एक जात मात्र मान्ने हो कि वृहत् समुदाय मान्ने हो त - भ्रम निवारण गर्ने प्रयास र चिन्तन आजै शुरु गरौं र विगतमा भएको ऐतिहासिक गल्तीलाई सुधार्ने प्रण गरौं । सबैमा निर्भिक भएर सत्यको सामना गर्ने साहस र क्षमता जागोस् । यस विषयमा अध्ययन र अनुसन्धान गर्न सम्बन्धित विज्ञहरुलाई यस लेखले उत्प्रेरित गर्नसके म कृतकृत्य हुनेछु । अस्तु ।

      पत्राचार निमित्त ः
      odhara2003@yahoo.com