Sunday, August 11, 2013

Rajopadhyaya in news



उज्यालो सहकर्मी राजोपाध्यायलाई आदिवासी जनजाति पत्रकारिता पुरस्कार
Posted: Sunday, Aug 11, 2013 12:26 PM
काठमाडौं, साउन २७ - यसवर्षको आदिवासी जनजाति पत्रकारिता पुरस्कार उज्यालो सहकर्मी सिल्भिया राजोपाध्यायलाई प्रदान गरिएको छ।

सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले ४० हजार रुपैंया पुरस्कारको राशीको इन्डिजिनियस भ्वाइस इन एसिया आइभिए आदिवासी जनजाति पत्रकारिता पुरस्कारले सम्मान गर्नुभएको हो। उज्यालो ९० नेटवर्कको नेपाल भाषाको कार्यक्रम लहनाका सञ्चालक राजोपाध्यायलाई रेडियो तर्फको आइभिए पुरस्कार दिइएको थियो। 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले यो वर्षदेखि प्रदान गर्न थालेको आइभिए पुरस्कार छापातर्फ गोरखापत्रका राजेश राई र टेलिभिजनतर्फको कान्तिपुर टिभीका दशरथ राईलाई प्रदान गरियो।

एशिया ईण्डिजेनस पिपल्स् प्याक्ट (एआइपिपी) र फोनिजले स्थापना गरेको यो पुरस्कार यसवर्ष पहिलो पटक प्रदान गरिएको हो।

फोनिजको १४ औं स्थापना दिवसका उपलक्षमा भएको कार्यक्रममा आदिवासी जनजाती समुदायका मातृभाषामा प्रकाशित पत्रिकाहरूलाई पनि सम्मान गरिएको थियो। सय वा त्योभन्दा बढी अंक प्रकाशित भएका दुई दर्जन पत्रिकालाई पनि सम्मानित गरिएको थियो। तीमध्ये १५ वटा पत्रिका नेपालभाषामा प्रकाशित छन्।

कार्यक्रममा मन्त्री पौडेलले मूलधारका संचारमाध्यममा उल्लेखनीय भूमिका खेलेका नेपाल समाचारपत्रका पुष्करलाल श्रेष्ठ, गोरखापत्रका निमित्त प्रधान सम्पादक पुष्करभक्त माथेमालगायतका व्यक्तिलाई पनि सम्मान गर्नुभएको थियो।
Source :  http://ujyaaloonline.com/news/23882/ujyaalo%27s-journalist-get-Prize/

No comments:

Post a Comment