राजोपाध्याय सम्बन्धि बिबिध सामाग्रीहरु एकै स्थानमा संकलन गरि आबश्यक परेको समयमा सबैले सजिलै प्राप्त गर्न सकियोस भन्ने उद्देश्यले राजोपाध्याय ब्लग २०६९ साल बैशाख १ गते खोलिएको हो l
Monday, September 11, 2017
Saturday, September 2, 2017
स्व. श्री बिज्ञाधर (बाबा जुजु ) राजोपाध्याय : समवेदनाहरु
स्व. श्री बिज्ञाधर (बाबा जुजु ) राजोपाध्यायको असामयिक निधन प्रति ब्यक्त गरिएका समवेदनाहरु
स्व. श्री बिज्ञाधर (बाबा जुजु ) राजोपाध्याय
Source : https://www.facebook.com/photo.php?fbid=2039255579421640&set=a.227908557223027.76664.100000116523476&type=3&theater
Source : https://www.facebook.com/photo.php?fbid=2039255579421640&set=a.227908557223027.76664.100000116523476&type=3&theater
Source: https://www.facebook.com/photo.php?fbid=2036513786362486&set=a.227908557223027.76664.100000116523476&type=3&theater
Source: https://www.facebook.com/photo.php?fbid=10154942316488424&set=gm.1775530542474886&type=3&theater&ifg=1
Source: https://www.facebook.com/Agnishala/photos/a.548268775263745.1073741836.357645340992757/1381809238576357/?type=3&theater
Source: https://www.facebook.com/photo.php?fbid=848496625300197&set=a.114790482004152.21960.100004196013009&type=3&theater
Source: https://www.facebook.com/Agnishala/photos/a.606320092791946.1073741837.357645340992757/1397861306971150/?type=3&theater
इन्द्रजात्रा र राजोपाध्याय - जीवन राजोपाध्याय
इन्द्रजात्रा र राजोपाध्याय
- जीवन राजोपाध्याय
भाद्र शुक्ल एकादशी को दिन ईन्द्रचोक, चोखछें गल्ली स्थित व्रह्मपुर (वलंपुलि) मा राजोपाध्याय व्राह्मण द्वारा भागवान श्री ईन्द्रराजको पूजा गरी आकाश भैरवको मन्दिर अगाडी स्थापना पछी विधिवत रुपमा ईन्द्राजात्रा सुरु हुन्छ । यही ईन्द्रराजको नाम बाट नै यस स्थानको नाम ईन्द्रचोक रहन गएको भनिन्छ । यस वर्ष यो परम्परालाई निरन्तरता प्रदान गर्ने शौभाग्य मलाई प्राप्त भयो ।
Source:
https://www.facebook.com/jeevan.rajopadhyay/posts/868755629967382
https://www.facebook.com/punk.aj.hellbound/posts/10159336850945385
Thursday, August 24, 2017
एक पोखरेलीको आफ्नो संस्कृति प्रतिको लागाव
यहाँ राखिएका फोटोहरु भक्तपुर् निवासी श्री
मृगेन्द्र राज सुबेदी राजोपाध्यायज्यूले पुरोहितको रुपमा शुभ अन्नप्राशनको कार्य गराईरहनुभएको समयको
हो l श्री
मृगेन्द्र राज सुबेदीज्यू संकृतिविद, शिक्षक, अनुसन्धानकर्ताको साथै लेखकको रुपमा
सुपरिचित हुनुहुन्छ l यसका साथै उहाँले आफ्नो पुर्ख्यौली पेशा पुरोहित्याईलाई पनि
निरन्तरता दिईरहनु भएको छ l
वहांले पोखरा स्थाई घर भई हाल भक्तपुर बालकोटमा
बसोबास गरिरहनु भएका श्री बिशालजीत पालिखे र श्रीमती कविता कर्माचार्यकी सुपुत्री ब्रियना पालिखेको २०७४ असार १६ गते शुभ
अन्नप्राशन कार्यमा पुरोहितको रुपमा कार्य गर्नुभएको थियो l
श्री बिशालजीत पालिखेको पुर्खा अन्य पालिखे परिवार जस्तै भक्तपुरबाट
बसाई सराईको क्रममा पोखरा पुगेका हुन् l
यी फोटोहरु उपलब्ध गराउने क्रममा श्री बिशालजीत पालिखेले भन्नु भयो
"आफु भक्तपुरको नेवार समुदायसंग सम्बन्धित भएको हुनाले आफ्नै समुदायको
ब्राह्मण खोजि गर्ने क्रममा भक्तपुरमा श्री मृगेन्द्र राज सुबेदीज्यू भेट भए
पछी उहाँबाट नै मेरी छोरीको अन्न्प्राशन गराउने अवसर जुर्यो l" आफ्नो संस्कृति प्रति सम्बेदनशील श्री पालिखेले "आफ्नो संकृतिको संक्षण र सम्बर्धन गर्ननै
मैले आफ्नो समुदायको ब्राह्मण खोजी गरेको" बताउनु हुदै "मेरी छोरीको शुभ अन्नप्राशनको सम्पूर्ण बिधि विधानको
भिडियो(https://www.youtube.com/watch?v=Rq873sgFzis&feature=youtu.be) पनि खिचेर राखेको" जानकारी गराउनु भयो l अब उप्रान्त गरिने
संस्कारहरुमा पनि आफ्नै समुदायको ब्राह्मणबाट नै गराउने र सोहि अनुसार उक्त
कार्यहरुको अभिलेखीकरण समेत गर्ने योजना रहेको जानकारी पनि गराउनु
भयो l
फोटो : ओमलाल 'अकेला'
Monday, August 21, 2017
Wednesday, February 1, 2017
Rajopadhyaya in News ४४ वर्षदेखि सामूहिक बेलविवाह
४४ वर्षदेखि सामूहिक बेलविवाह
- कान्तिपुर संवाददाता , हेटौंडा

माघ २०, २०७३- हेटौंडा बसपार्कस्थित मण्डप झकिझकाउ बनाइएको थियो । वरिपरिको वातावरण आकर्षक थियो । त्यही मण्डपमा दुलहीको शृंगार गरी ६५ बालिका राखिएको थियो । उनीहरूलाई बेलसित विवाह गराउन विभिन्न स्थानबाट ल्याइएको हो । बुधबार तिनका बाबुआमाले छोरीको कन्यादान गरिरहेका थिए ।
सूवर्णकुमार बेल विवाह गुठीले भडकिलो खर्च घटाएर नेवारी परम्परा बचाउने उद्देश्यले बसपार्कस्थित डबलीमा ती कन्याको सामूहिक बेलविवाह (इही) को गरेको गुठी प्रमुख हरिशचन्द्र श्रेष्ठले जानकारी दिए । बेलविवाहमा सम्मिलित प्रत्येक कन्याका अभिभावकसँग न्यूनतम रकम भने लिइएको थियो ।
सामूहिक बेलविवाहमा काभ्रे, रौतहट, चितवन, बारा, पर्सा, मकवानपुर र ललितपुरका कन्या थिए । घरमा एक्लै गर्दा २५ हजारदेखि ४० हजार रुपैयाँसम्म खर्च र झन्झट दुवै हुने भएकाले सामूहिक विवाहमा ल्याएको चितवन टाँडीका रामलाल श्रेष्ठले बताए । गुठीले विगत ४४ वर्षदेखि श्रीपञ्चमीमा सामूहिक बेलविवाह आयोजना गर्दै आएको छ । बेलसँग विवाह भइसकेपछि नेवार चेली कहिल्यै विधवा हुँदैनन् भन्ने विश्वास छ ।
बेलविवाह सम्पन्न गर्न यज्ञमा बसेका रमेश राजोपाध्यायका अनुसार रजस्वला नभएकी कन्यालाई एक हातमा स: लगनपात्र र अर्को हातमा बेल समाउन लगाएर सूवर्णकुमार (सुनको नारायण) लाई दान दिनु हो । ‘सति प्रथा रोक्न पनि बेलविवाहको प्रथा चलाइएको हो,’ उनले भने । बेललाई शिवको प्रतिरूप मानिन्छ । यो फल बढी टिकाउ हुने, सुक्दा पनि नबिग्रने र किराले पनि नखाने भएकाले स्थायित्वको प्रतीक मानिन्छ । सुन कहिल्यै नष्ट नहुने धातु भएकाले यसलाई पनि स्थायित्वको प्रतीकका रूपमा लिइन्छ । यो नेवार समुदायमा मल्लकालदेखि चलेको विश्वास गरिन्छ ।
प्रकाशित: माघ २०, २०७३
http://kantipur.ekantipur.com/printedition/news/2017-02-02/20170202091105.html
Subscribe to:
Posts (Atom)

















