राजोपाध्याय सम्बन्धि बिबिध सामाग्रीहरु एकै स्थानमा संकलन गरि आबश्यक परेको समयमा सबैले सजिलै प्राप्त गर्न सकियोस भन्ने उद्देश्यले राजोपाध्याय ब्लग २०६९ साल बैशाख १ गते खोलिएको हो l
Wednesday, June 1, 2016
Newars, new and old (Book Review)
Newars, new and old
French scholar Gerard Toffins work on Newars is finally available in English
FROM ISSUE #349 (18
MAY 2007 - 24 MAY 2007) |
Newars are supposed to be Nepal's
early settlers, according to one theory even lending their name to the country.
They form not a caste, but a complex community--in 1854, the Muluki Ain divided
Newars into the equivalent of the four castes, from Brahmins (Rajopadhyaya and
Vajracarya), to dalits (Pode and Cyama khalak).
There were only scattered references
to Newars in the classic accounts of Nepal (Kirkpatrick in 1811, Hamilton in
1819, Hodegson and Oldfield both in 1880). The first comprehensive piece of research
on Newars appeared in 1923, in KP Chattopadhyaya's An Essay on the History of
Newar Culture followed, 25 years later by Dilli Raman Regmi's The Antiquity of
the Newars of Kathmandu. Western scholars started to focus on Newar communities
after Gopal Singh Nepali's full-length book in 1965. One of them was Gerard
Toffin.
In the last 30 years, Toffin, now a
director of research at France's mammoth National Centre for Scientific
Research (CNRS), has written a number of papers exploring different aspects of
Newar culture. Most of Toffin's work is in French (bar a two-page preface to
the 1993 Nepal: Past and Present, which he edited), and non-speakers have long
felt the need for translations. Himal Books' new volume of selected papers by
Toffin is good news for academics and laypeople.
The 13 research papers in Newar
Society: City, Village and Periphery are based on extensive fieldwork and
personal observation and constitute a significant contribution to the social
study of Nepal.
Toffin begins with the Citrakars,
Rajopadhyayas, and Maharjans of the city. In his work on the painter Citrakars,
he focuses on their two main guthis (si guthi and desla guthi), kinship and
marriage patterns and, of course, their art, which sometimes functions as
medicine. Toffin describes how they treat Jwanakai, which is thought to be
caused by snakes, by painting two lions on the sides of the affected area. The
chapter on the Rajopadhyayas mainly deals with the history of the caste and
their role as the priests of Hindu Newars. The author argues that, despite
substantial changes in their tradition and rituals, the religious identity of
the Rajopadhyayas is still largely intact. Toffin's chapter on the social and
territorial organisation of the Maharjans of Kathmandu city-their twah or tol
system-and their vocal and instrumental music. To readers who equate Maharjans
with farmers, this new information is fascinating.
The three papers on the little known
Lalitpur Maharjan village of Pyangaon come from Toffin's long periods of
fieldwork. He makes a detailed study of Swagumi, who "adopted a Jyapu
lifestyle and became Newarised" in one, and in another provides a picture
of intercaste relationships, particularly between 'pure' and 'impure' castes,
and the position of Swagumi within the Newar caste system. Toffin's third
Pyangaon paper is about the socio-religious structures of the Maharjans, this
time as villagers. A detailed comparative study of the Maharjans in city and
village would have been welcome.
Two chapters are devoted to the little-known
Balami and Pahari communities who live on the 'periphery', defined here as
"the intermediate space located between Kathamandu Valley and the middle
hills of central Nepal and its forested areas". Toffin convincingly
identifies them with Newars, because their caste, kinship, and guthi rules are
the same, as is their language.
Three papers focus on specific
aspects of Newar society, the guthi system, the Mohani festival, and funeral
rites in relation to the Newar castes. Toffin explains how guthis "regulate
several aspects of Newar social and religious life, and even possess economic
functions in some limited cases". Similarly, he analyses how Panauti
Newars observe the Mohani festival with special devotion to Asta Matrika, Nava
Durga, Taleju, and Kumari, and how the 14 different Newar caste, from
Rajopadhyaya to Pode, of the area perform funeral rites.
The last two chapters deal primarily
with the recent changes in urban and rural Newar society. One focuses on the
role of modern ethnic associations in constructing the identity of a particular
caste or group, the other on the changing status and role of women in Newar
society, in the context of recent amendments in the Muluki Ain.
All the papers were written at
different times as independent articles. Together they sometimes lack
coherence, or can get repetitive. What pulls the volume together is Toffin's
21-page introduction, which successfully synthesises the different themes
explored and reflects an up-to-date understanding of Newar society and culture.
There are some omissions and errors.
Except in a few cases, the data on population, household, and the like are
dated. For example the 2001 census puts Citrakars and Rajopadhyaya at over
5,000 each, while Toffin's essay says there are 1,200 and 1,500 respectively.
The Jyapu Mahaguthi and Citrakar Samaj are mentioned, but not the Manandhar
Sangh which was founded in 1954. The discrete index entries for Manandhar and
Sayami, the same caste group, are confusing. History of Nepal was written by BJ
Hasrat, and not RL Hasrat. The collection would also have benefited from a
glossary of Newari terms.
These minor shortcomings do not,
however, lower the standard of the book. Toffin's work is a significant
contribution to the study of Newar society and culture, and, as the publisher's
note says, "will certainly be very useful to the Newar themselves to help
them understand their own society differently, if not better. It will also
prove extremely informative to non-Newars in understanding one of the most
ancient, complex, and fascinating social groups of Nepal."
(Tri Ratna Manandhar is professor of
history at Tribhuban University.)
Gerard
Toffin, Newar Society:City, Village and Periphery, Lalitpur: Himal Books for Social Science Baha, 2007, soft cover,
pp. xiv+443, Rs 790.
Source: http://nepalitimes.com/news.php?id=13550#.V08kH5F97IU
Sunday, May 22, 2016
Rajopadhyaya in News : अधिग्रहणको नाममा प्राचीन वस्ती गोल(देउपाटन) जोखिममा
Posted on May 22, 2016 by मिर्मिरे अनलाइन
मीरा
राजभण्डारी अमात्य
काठमाडौँको पवित्र तीर्थस्थल पशुपति क्षेत्रसँगै जोडिएको जय
वागेश्वरी दथु टोलका गोविन्द डङ्गोललाई रातमा निद्रा र दिनमा भोक हराएको धेरै वर्ष
भयो । जम्मा दुई आनामा नेवार वास्तुकलामा निर्मित उहाँको पुरानो सानो घर नै उहाँको
१० जना परिवारको टाउको लुकाउने एक मात्र उपाय हो ।
यसै थात थलोमा उहाँका १४ पुस्ताले जीवन बिताइसकेको छ । उहाँ सानै
छँदा घर वरिपरि थुप्रै जग्गा भए पनि दाजुभाइबीच अंशबन्डा भएपछि भने उहाँको बास
सानो घरमा सीमित हुन पगेको छ ।
पशुपति क्षेत्र विकास कोषले ‘पशुपति क्षेत्रको अवधारणात्मक गुरु योजनाको रूपरेखा २०५३’ मा पशुपति क्षेत्रको प्राचीन बस्तीलाई हटाउने नै नभने पनि विगतमा
पशुपति मन्दिर परिसरमा रहेको प्राचीन बस्ती भकुन्टोलका ११९ घरलाई प्रहरी प्रयोग
गरी हटाएपछि उहाँका साथै दथु टोलका स्थानीय वासिन्दाबीच आफूहरूलाई पनि कहिले
उठाउने हो भन्ने त्रास छाएको छ ।
उहाँलाई आफ्नो वास गुम्ने चिन्ताले मात्र पिरोलेको छैन, आफ्नो धर्म संस्कृति गुम्ने चिन्ताले झन् बढी गाँजेको छ । “परापूर्व कालदेखि आफ्नो धर्म संस्कृति परम्परालाई धान्दैै आएका छौँ, अहिले हाम्रो संस्कार र धर्ममा समेत असर परी सक्यो, हाम्रो गुठी, भजन, जात्रा पर्वमा हाम्रो सहभागिता नभए कसले निरन्तरता देला ?” उहाँ प्रश्न गर्नुहुन्छ ।
पशुपति विकास क्षेत्र कोषको गुरु योजनाबाट चिन्तामा पर्ने डङ्गोल एक
जना मात्र पात्र होइन, कामपा वडा नं. ८ स्थित गोलका दुई हजार
एक सय घरधुरी यसै चिन्ताबाट ग्रसित छन् । यस विषयमा पशुपति विकास कोष भने गम्भीर
देखिँदैन ।
यस विषयमा समयमै सचेत नहुने हो भने यसले स्थानीय वासीको धर्म
संस्कृति र परम्परामा प्रत्यक्ष असर त पर्छ नै, परम्परागत रूपमा प्रचलनमा रहेको पशुपति क्षेत्रसम्बन्धी संस्कृतिमा
समेत नकारात्मक असर पुग्नेछ ।
पशुपति क्षेत्र अन्र्तगत पर्ने प्राचीन बस्ती देवपत्तन वा गोल वा
सुवर्णपुर प्राचीन समयदेखि नौ मूल थरका नेवार, नौ ढोका, नौ गणेश भएको बस्ती हो । यो प्राचीन
बस्ती विगतमा उपत्यकाको निकै बलियो प्रशासनिक गढको रूपमा थियो ।
यस क्षेत्रको धार्मिक र सांस्कृतिक मूल्यमान्यता नेपालका लागि मात्र
नभई विश्वकै लागि मौलिक छन् । काठमाडौँको पशुपति क्षेत्रभित्र पर्ने प्राचीन बस्ती
गोल वा देवपत्तन (देउपाटन) आदिवासी जनजाति समुदाय अन्तर्गत २७ नम्बरमा सूचिकृत
नेवार समुदायको नौ मूल थरको वर्चस्व रहेको छ ।
नौ मूले नेवारको आदि भूमि गोलमा कालान्तरमा स्थानीय जनताले जग्गा
बेचविखन गर्नुका अतिरिक्त पर्ति जग्गा अतिक्रमण भएकै कारण अन्य जातिको समेत बसाई
बाक्लिँदै गएको छ ।
यस बस्तीको सुरक्षार्थ नौ क्षेत्रपालका रूपमा स्थापना गरिएका नौ वटा
गणेशको मन्दिर अझै पनि देख्न सकिन्छ भने यहाँ प्रवेशका लागि प्राचीन कालमा निर्माण
गरिएका नौ द्वारमध्ये हाल सिफलको सेतो ढोका, चाबहिल गणेश मन्दिरको उत्तर पश्चिमस्थित ढोका (हाल पुनःनिर्मित) तथा
हाल पर्यटन केन्द्र रहेको तिलगङ्गास्थित ढोका (हाल पुनःनिर्मित) मात्र बाँकी छन् ।
हिन्दू, तान्त्रिक र बौद्ध धर्मको अद्वितीय धार्मिक
सद्भावको उदाहरण बनेको छ पशुपतिनाथ मन्दिर क्षेत्र र यसका धार्मिक तथा सांस्कृतिक
पर्व ।
पशुपति क्षेत्र विकास कोषको स्थापनापश्चात यहाँका विभिन्न क्षेत्रका
जग्गा अधिग्रहण हुन थालेपछि भने यहाँका मौलिक परम्परा तथा संस्कृतिमा अतिक्रमण
थाल्दा स्थानीय वासिन्दा चिन्तित भएका छन् ।
एकातर्फ यसको गुरु योजनाले हजारौँ वर्षदेखि यहाँ वसोवास गर्दै आएका
नौ मूल थरका आदिवासी जनजाति नेवारका बस्तीलाई विस्थापित गरेको छ भने अर्कोतर्फ
मौलिक परम्परा र संस्कृतिमा आधारित धार्मिक अनुष्ठानमा समेत अतिक्रमण भएकोे गुनासो
स्थानीय वासीको छ ।
कुनै पनि स्थानका धर्म संस्कृति र परम्परालाई अनुसरण र निरन्तरता
दिने काममा सोही क्षेत्रका वासिन्दा तथा समुदायको सहभागिता आवश्यक रहने भएकोले ती
समुदाय सो स्थानबाट विस्थापित भएपछि ती संस्कार तथा परम्परा पनि सङ्कटमा पर्ने
गर्दछ ।
राजोपाध्याय, राजभण्डारी (भण्डारी), वैद्य, कमाचार्य, मानन्धर, डङ्गोल, कपाली लगायतका नौ मूल
थरका नेवारहरूले व्यवस्थापन गर्दै आएका पशुपति क्षेत्रका विभिन्न जात्रा पर्व
धान्न हालका दिनमा हम्मे परेबाट पनि यो कुराको पुष्टि हुन्छ ।
विगतमा भकुन्टोल, बनकाली तथा
भुवनेश्वरीका आसपासका डङ्गोल लगायतका नौ मूल थरका नेवारहरूका बस्ती विस्थापित
गरिएपछि हाल त्यहाँ सञ्चालन हुने देशोद्धार जात्रा, वत्सलेश्वरी जात्रा, मचातिया जात्रा
(त्रिशुल जात्रा) लगायतका जात्रामा खट बोक्ने, धिमे बाजा बजाउने लगायतका कार्यमा समस्या देखिन थालिसकेको छ ।
विकास कोषको गुरुयोजनामा उल्लेख भए अनुसार दथु टोल, पाचा टोल लगायतका बस्ती पनि हटाइएमा ती जात्रा पर्व लोपै हुने पक्का
छ । पशुपति क्षेत्रको जात्रा पर्वमा नौ मूल थरका नेवार समुदाय प्रत्येकको आ–आफ्नै जिम्मेजारी हुन्छ ।
पशुपति मन्दिरभित्र पूजा सञ्चालन गर्ने, भट्टहरूलाई सघाउने, चढाइएका सुन चाँदी
लगायतका बहुमूल्य सामानको संरक्षण गर्ने, पशुपतिका लागि महाभोग पकाउने, खट बोक्ने, पशुपतिनाथका लागि जनै बनाउने, फूल प्रशाद व्यवस्था गर्ने, भोग चढाउन तरकारीको जोहो गर्ने, जात्रा पर्वमा बली चढाउने, पूजाका लागि आवश्यक ढकी बुन्ने लगायतका सबै कार्यमा नौ मूले नेवारका
भिन्नाभिन्नै समुदायको सहभागिता रहन्छ ।
नेपाल सरकार युवा, खेलकुद तथा
संस्कृति मन्त्रालयले २०५५ साल कात्तिक २३ गते नेपाल राजपत्रमा एक सूचना प्रकाशित
गरी पशुपति क्षेत्रको सिमानाका रूपमा पूर्वमा गुह्येश्वरी मन्दिरको ९८४ फिट
पूर्वतर्फ वागमती नदीको उत्तर किनारादेखि दक्षिण शिवपुरी बाबाको आश्रम वरपरको
काठमाडाँै महानगरपालिका को वडा नं. ८ को कित्ता नं. १ को पूरै जङ्गलको भित्री भाग
पारी विमानस्थलबाट तिलगङ्गा चक्रपथ निस्कने कच्ची बाटो, पश्चिममा काठमाडौँ महानगरपालिकाको वडा नं. ७, वडा नं. ७ को भगवानस्थान हुँदै रातो पुल चक्रपथ गौशाला चोक निस्कने
भागसम्म, उत्तरमा काठमाडौँ महानगरपालिका वडा
नं. ७ लगायतका क्षेत्र, दक्षिणमा रातो पुलबाट गौशाला चोकतर्फ
जाने काठमाडौ महानगरपालिका वडा नं. ८ लगायतका क्षेत्रदेखि गौशाला चोकदेखि
विमानस्थलसम्म जाने कच्ची मोटरबाटो समेतको क्षेत्रलाई किटानी गरिएको छ ।
पशुपति क्षेत्रलाई धार्मिक एवं सांस्कृतिक दृष्टिकोणबाट सम्पन्न
बनाउनमा यस क्षेत्रको बीचमा अवस्थित प्राचीन बस्ती गोलको महत्वपूर्ण भूमिका रहँदै
आएको छ तर यही क्षेत्रमा परेका कारण यो बस्ती हिजो आज सङ्कटमा परेको छ ।
राजोपाध्याय, राजभण्डारी (भण्डारी), वैद्य, कर्माचार्य, विसेत, शाक्य, मानन्धर, कपाली लगायत नौ मूल थरका नेवारहरूको
व्यबस्थापनमा पशुपतिनाथ लगायत यस क्षेत्रका मन्दिरहरूमा नित्य पूजा तथा जात्रा
पर्व सञ्चालन हुँदै आएको छ ।
तात्कालीन वर्ण व्यवस्था अनुसार ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र जातिको संयोजन र
सहकार्यमा पशुपति क्षेत्रको धार्मिक तथा सांस्कृतिक व्यवस्थापन गरिनुलाई जातीय तथा
धार्मिक सद्भावको उत्तम नमुनाका रूपमा लिन सकिन्छ ।
राजोपाध्यायले मूल भट्टसहित भट्टहरूलाई दीक्षा दिने, राजभण्डारीले भट्टहरूलाई पूजाका लागि सहयोग गर्ने, कर्माचार्यले उन्मत्त भैरव, भुवनेश्वरी र गुह्येश्वरी लगायतका तान्त्रिक विधिबाट पुजिने मन्दिरको
पूजा गर्ने, वैद्यले बिरामी हेर्ने, घाट व्यवस्थापन गर्ने, मानन्धरले बाला चतुर्दशीका दिन सदबीउ छर्ने, डङ्गोलले जात्रा पर्वमा खट बोक्ने, दाफा भजन गाउने, महाभोग, महास्नान लगायतका कार्यमा सघाउने, कपालीले मन्दिर परिसरको सफाइ गर्ने, बाजा बजाउने जस्ता जिम्मेवारी अझै पनि निर्वाह गर्दै आएका छन् ।
श्री पिङ्गला माई (बज्रेश्वरी) को जात्रा पनि तत्कालीन जातीय
व्यवस्था अनुरूप ब्राह्मण, क्षेत्री, वैश्य, शुद्रको समान सहभागितामा सञ्चालन
हुँदै आएको छ ।
काठमाडौँ उपत्यकाका अन्य क्षेत्रका जात्रा पर्वभन्दा फरक परम्परामा
आधारित जात्राहरू पशुपति क्षेत्रमा मनाइन्छन् । काठमाडौँ उपत्यकाका हरेक जात्रा
पर्वको शुरु पनि यहीँबाट हुने गर्छ ।
काठमाडौँ उपत्यकाका तान्त्रिक विधिबाट पुजिने मातृका देवी र
देवताहरूको जात्रा चैत्र कृष्ण परेवाका दिन चिपालु (निमन्त्रणा) पूजा गरी शुभारम्भ
गरिने परम्परा रही आएको छ ।
वत्सलेश्वरी माता मातृका शक्तिकी ज्येष्ठ शक्ति भएका कारण
वत्सलेश्वरी जात्राको शुभारम्भपछि मात्र काठमाडौँ उपत्यकाका अन्य मातृका शक्तिको
जात्रा गर्ने प्रचलन रही आएको छ । पशुपति क्षेत्र सञ्चालनमा मौलिक नियम पनि छन् ।
यहाँका राजभण्डारी तथा विशेतले पशुपतिको चार किल्ला बाहिर बच्चा
जन्माउन पाउँदैन । पशुपति क्षेत्रको चार किल्ला बाहिर जन्मेका शिशुले पछि गएर पशुपतिनाथ
मन्दिरभित्र पूजा गर्न नपाउने चलन विगतमा भएका कारण यो प्रचलन अझै पनि कायमै छ ।
यस क्षेत्रमा हुने प्रमुख जात्रा पर्वमध्ये दुदु च्याँय् च्याँय्, निमन्त्रणा यात्रा, श्री पिङ्गलामाई
(बज्रेश्वरी) मा गरिने कुमारी पूजा, श्री पिङ्गलामाई (बज्रेश्वरी)को दुनिया पूजा, श्री पिङ्गलामाई (बज्रेश्वरी) को जात्रा, श्री वत्सलेश्वरी मन्दिरमा देशोद्धार पूजा, देशाद्धारको कामनासहित स्याल कराउने, वत्सलेश्वरीको जात्रा लगायतका जात्रा यहाँका मौलिक संस्कृतिमा आधारित
जात्रा हुन् ।
त्यस्तै गङ्गामाई जात्रा, त्रिशुल जात्रा, रोपाइँ जात्रा, खड्ग जात्रा, शिवरात्रि लगायतका जात्रा यस
क्षेत्रका प्रमुख पर्व हुन् । खासगरी चैतदेखि वैशाखसम्म प्रत्येक महिना खास पर्व
जात्रा मनाइनु यस क्षेत्रका विशेषताकै रूपमा छ ।
पशुपति क्षेत्रको धर्म संस्कृति र परम्परा मौलिक दर्शन तथा अभ्यासमा
आधारित छ । तसर्थ यसको विकास तथा उत्थानको उद्देश्य राखी २०४४ सालमा पशुपति
क्षेत्र विकास कोष स्थापना गरिएको हो ।
पशुपति क्षेत्रको योजनावद्ध स्याहार, सम्भार, संरक्षण तथा यस क्षेत्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा राष्ट्रि«य महत्वका सामग्री एवं अभ्यास तथा प्राकृतिक सम्पदाको संरक्षणमा
कोषले गर्दै आएको कार्य सराहनीय भए पनि यसका केही कार्यबाट यस क्षेत्रको पर्व, जात्रा तथा धार्मिक अनुष्ठानहरू हालका दिनमा सङ्कटमा पर्दै गएकोमा
पशुपति क्षेत्रका बासिन्दाको गुनासो छ ।
विगतमा श्रम विभाजन अन्र्तगत कपालीले पशुपतिमा महाभोग लगाउँदा महाभोगभित्र
राखिने सुनको प्रतिमा निकालेपछि मात्र अरुले सो महाभोगलाई छुन पाउने व्यवस्था थियो
।
त्यस्तै नवग्रहमा चढाइएका सामग्रीमा समेत उनीहरूको अधिकार रहन्थ्यो
तर अहिले कपालीलाई पशुपति विकासले सो अधिकारबाट वञ्चित मात्र गराएको छैन, उनीहरूलाई कोषबाट खासै आर्थिक सुविधा पनि दिइएको छैन ।
यसैगरी २०५९ सालमा निकै कम समयको म्याद ताकेतामा भकुन्टोल लगन लाछि
टोलका स्थानीय वासिन्दालाई उठीवास गराएका कारण यस क्षेत्रको जात्रा पर्वमा संलग्न
नौ मूले नेवारहरूको सहभागितालाई निरन्तरता दिन कठिनाइ भइरहेको अनुभव ज्यापु पुचः, पशुपतिका कार्यवाहक अध्यक्ष रामकृष्ण डङ्गोलको छ ।
बस्ती हटाइएपछि ती क्षेत्रका वासिन्दाले संरक्षण गर्दै आएका कैयौँ
दुर्लभ मूर्ति हराइसकेको उहाँ बताउनुहुन्छ ।
विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्र लगायतका पुरातात्विक
महत्वका प्राचीन बस्तीका मठ मन्दिर घर तथा भौतिक संरचना विश्व सम्पदाको खतरा
सूचीमा पर्नसक्ने सङ्केत गर्दै ती संरचनालार्ई पुरानै मौलिक ढाँचामा बनाई
वास्तुकलात्मक वातावरणको जगेर्ना गर्न प्रोत्साहित गर्न युवा, खेलकुद तथा संस्कृति मन्त्रालयले २०५५ साल असार ३ गते निर्देशन जारी
गरेको थियो ।
“पशुपति क्षेत्र विकास कोषले भने विश्व सम्पदा सूचीमा परेको पशुपति
क्षेत्रका गुठी जग्गा तथा त्यहाँका आदिवासी जनजाति नेवार समुदायका घरजग्गा
अधिग्रहण गरी यहाँको मौलिक संस्कृतिलाई धरापमा पारेको छ”, स्थानीय बासिन्दा तथा युवा सङ्घका पूर्व केन्द्रीय सदस्य जलद वैद्य ।
विश्वव्यापि मानव अधिकार घोषणापत्रले जाति, लिङ्ग, भाषा, धर्म, लगायत सामाजिक सम्पत्तिलाई स्वतन्त्र
रूपमा प्रयोग गर्न पाउने प्रत्याभूति गरेको छ ।
यसै आधारमा अन्तर्राष्ट्रिय श्रम सङ्गठनको महासन्धि सङ्ख्या १६९ तथा
आदिवासी तथा जनजातिसम्वन्धी महासन्धि, १९८९ ले आदिवासी जनजातिलाई आफ्नो बसोवास रहेका राज्यहरूको
संरचनाभित्र आफ्ना संस्थाहरू, जीवन पद्धति तथा
आर्थिक विकासमाथि नियन्त्रण गर्न पाउने, आफ्ना पहिचान, भाषा र धर्महरू कायम राखी विकास गर्न
पाउने अधिकारको प्रत्याभूति गरेको छ ।
साथै सो महासन्धिले आदिवासी जनजातिका सामाजिक, सांस्कृतिक, धार्मिक तथा आध्यात्मिक मूल्यमान्यता, कानुन तथा प्रचलनलाई राज्यले संरक्षण दिनुपर्ने, सामाजिक तथा सांस्कृतिक पहिचान, परम्परा तथा प्रथा र संस्थाहरूप्रति सम्मान राख्दै उनीहरूका सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकारको पूर्ण कार्यान्वयनको प्रवद्र्धन
गर्ने, सम्बन्धित जनताका संस्थाहरू, सम्पत्ति, श्रम, संस्कृति र वातावरण तथा व्यक्तिहरूको सुरक्षाको लागि उपयुक्तता
अनुसार विशेष उपायहरू पारित गरिने व्यवस्था गरेको छ ।
सो महासन्धि नेपालले अनुमोदन गरिसकेको छ भने नेपालको संविधानले
आदिवासी जनजातिको संस्कृति, परम्परालाई संरक्षण र संवद्र्धन गर्ने
नीति सुनिश्चित गरेको छ ।
तसर्थ विगतमा जे जस्ता त्रुटि वा कमी कमजोरी भए पनि विश्वकै सम्पदामा
सूचीकृत पशुपति क्षेत्रको मौलिकता र गरिमालाई यथावत राखी सो क्षेत्रका आदिवासी
जनजातिलाई आफ्नो परम्रागत थातथलोमा निर्वाध जीवनयापन र धर्म संस्कृतिको अभ्यास
गर्न दिनुपर्ने देखिन्छ ।
एउटा बस्तीले केवल मानवीय जीवनयापनका लागि मात्र सहयोग नगरी
सम्बन्धित क्षेत्रका सम्बन्धित धर्म संस्कृति मूल्यमान्यतालाई समेत निरन्तरता
दिइरहेको हुन्छ ।
धर्म संस्कृतिको अभ्यास मानव समुदायबाटै हुने भएकोले कुनै प्राचीन
बस्तीका वासिन्दालाई विस्थापन गर्दा उनीहरूका धर्म संस्कृति पनि लोप हुने सम्भावना
प्रचुर रहन्छ ।
यसबाट राष्ट्र«को गौरव र गरिमा
धरापमा पर्ने खतरा त रहन्छ नै, आर्थिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्र पनि प्रत्यक्ष रूपमा प्रभावित
हुन्छन् ।
तसर्थ पशुपति क्षेत्रको भू–उपयोग र संरचनागत सुधारका लागि गुरु योजना तयार गर्दा
अन्तर्राष्ट्रिय मानव अधिकार, आदिवासी जनजातिका
अधिकार तथा लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको धारा २६ तथा राज्यका नीति
निर्देशक सिद्धान्तले सुनिश्चित गरेको अधिकार समेतलाई ध्यानमा राखी स्थानीय
आदिवासी जनजाति, विज्ञ तथा सञ्चार क्षेत्रको
संलग्नतामा वृहत छलफल हुनु फलदायी हुने देखिन्छ ।साभार :गोरखापत्र
Source: http://www.mirmireonline.com/2016/05/archives/33557
Monday, May 9, 2016
Tuesday, February 16, 2016
Subscribe to:
Posts (Atom)






























































































