Saturday, January 17, 2015

Rajopadhyaya in News: संगीतकार अमर राज सम्मानित

संगीतकार अमर राज सम्मानित
·        Posted: Saturday, Jan 17, 2015 09:56 AM
संगीतकार अमर राज सम्मानित
काठमाडौं, माघ ३- नेवार अधिकार सुनिनिश्चत गर्ने उद्धेश्य लिएर  नेवा जागरण सांस्कृतिक कार्यक्रम भएको छ । नेवा जागरण मञ्चको नेवा जागरण संकिपा समितिको आयोजना भएको जागरण कार्यक्रममा भृगुराम श्रेष्ठ, बदन शर्मा, अमर राज शर्मा , वीर प्रसाद भन्सारी लगायतका जनसांस्कृतिक कलाकारहरुले जागरण गीत  प्रस्तुत गर्नेु भएको थियो।
त्यस्तै कार्यक्रममा संगीतको माध्यमबाट जागरण फैलाउन लामो समयदेखि भूमिका खेलिरहनु भएका संगीतकर्मी अमर राज शर्मा राजोपाध्यायलाई संकिपा समितिले सम्मान गरेको थियो।
नेपाल सम्वतको नयाँ वर्ष  ११३५ को अवसर जागरण कार्यक्रम भएको हो ।




Wednesday, January 14, 2015

अगिंमथय् अग्निहोत्री जुइधुंकूपिं बाज्यापिनि धलः

अगिंमथय् अग्निहोत्री जुइधुंकूपिं बाज्यापिनि धलः
अग्निहोत्री जुयावंपि
The following is the list of Agnihotrī Rājopādhyāyas at the Agniśālā Temple अग्निशाला मन्दिर (or alternatively Agnimaha Temple अग्निमठ, orAgi(n)matha अगिंमथः in Nepāl Bhāā) situated at Thabu Tole, Lalitpur Sub-Metropolitan City - 19, Nepāl. The compilation has been made from two books, cited below individual tables.
List of Agnihotrīs at Agniśālā (NS 772 - 959)
क्र.सं.
अग्निहोत्री बाजेको नाम
कवल
मिति (ने.सं.)
कैफियत
दामोदर (राजोपाध्याय)
७७२
देहान्त ८००
हरिनाथ (राजोपाध्याय)
८०१
कलश पूजा याय् धुंका अग्निशालाय् दुहांवने मलाय्क मन्त
रामभद्र (राजोपाध्याय)
८०२
त्रिविक्रम (राजोपाध्याय)
वलानिम्ह
८०४, ८०९ (?)
चक्रपाणि शर्मा (राजोपाध्याय)
८७५
लक्ष्मीधर (राजोपाध्याय)
स्वनिम्ह
८७६
गडाधर (राजोपाध्याय)
स्वनिम्ह
८८९
सुखभाजु (राजोपाध्याय)
वलानिम्ह
८९५
अनन्तनारायणोपाध्या
९५९








शर्मा, ऐश्वर्यधर । (२०४१) । अगिंमथःया ऐतिहासिक सामग्री (The historical materials relating to Agnimath)। काठमाडैाँ: पुष्पाञ्जली-प्रकाशन-गोष्ठी ।





List of Agnihotrīs at Agniśālā

क्र.सं.
अग्निहोत्री बाजेको नाम
अग्निहोत्री बज्यैको नाम
कुल
अवधि (वि.सं.)
कैफियत
र्इश्वरानन्ददेव शर्मा
इन्द्रायणीदेवी शर्मा
वकनिम्ह
शक्तिशङ्करदेव शर्मा
ज्वालावती देवी शर्मा
स्वनिम्ह
लक्ष्मीकान्तदेव शर्मा
पूर्णकुमारी शर्मा
स्वथ
विमलाकान्तदेव शर्मा
सरस्वति शर्मा
स्वथ
रत्नज्वालानन्ददेव राजोपाध्याय
पद्ममाया शर्मा
पट्को
भुवनराजानन्ददेव शर्मा
सिद्धिलक्ष्मी शर्मा
वकनिम्ह
कुसुमधरदेव शर्मा
डमरुलक्ष्मी शर्मा
रत्नेश्वरी शर्मा
वलानिम्ह
महेश्वरराजानन्ददेव राजोपाध्याय
कान्छीदेवी शर्मा
वकनिम्ह
डेढ वर्ष
विश्वज्वालानन्ददेव राजोपाध्याय
विश्वम्भरेश्वरी शर्मा
खाछेँ (?)
१०
सहज्वालानन्द देव राजोपाध्याय
रत्नप्रभा शर्मा
पट्को
२०२६-२०३१
११
गुरुज्वालानन्ददेव राजोपाध्याय
बाबानानी शर्मा
पट्को
२०३१ - २०३७
१२
विष्णुज्वालानन्ददेव राजोपाध्याय
त्रिभुवनेश्वरी शर्मा
अनन्तेश्वरी शर्मा
पट्को
२०३८ - २०६०
१३
कविजानन्ददेव राजोपाध्याय
भवानीमङ्गला शर्मा
पट्को
२०६१ - २०६३
१४
पद्मराज राजोपाध्याय शर्मा
सानुमैंया राजोपाध्याय
स्वनिम्ह
२०६३ - २०६९
१५
विपेन्द्रराज राजोपाध्याय
कमलादेवी राजोपाध्याय
स्वनिम्ह
२०६९ निसें आतक
श्रेष्ठ, निजिरोस । (२०७०) । यलया अगिंमथ । ललितपुरः विजय प्रकाशन । पृ. ४१-४२ ।

Sunday, December 7, 2014

Rajopadhyay in News : चाँगुनारायणमा महास्नान पर्व सकियो

चाँगुनारायणमा महास्नान पर्व सकियो


    भक्तपुर, मंसिर २१ - 

    हरेक वर्षको मंसिर शुक्लपक्ष एकादशीदेखि ६ दिनसम्म चाँगुनारायण मन्दिरमा मनाइने महास्नान पर्व आइतबार सकिएको छ। यो बिस्केट जात्रापछिको दोस्रो ठूलो पर्व हो। 

    मंसिर शुक्लपक्ष एकादशीका दिन भगवान् नारायणलाई आह्वान गर्दै निमन्त्रणा पूजा गरी राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिले संकल्प गरेको 'पगरी र जटाधारी' नरिवल चाँगुनारायणलाई अर्पण गरी यो पर्व सुरु हुन्छ। पौष कृष्ण प्रतिपदाका दिन आइतबार 'बिदापूजा' गरी सकिएको मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले बताए। 

    भारतको काशीबाट भगवान् बद्रीनाथ चाँगुनारायण आउने विश्वास एवं किंवदन्तीनुसार वाग्मतीबाट ल्याइएको जल, पञ्चामृतबाट महास्नान गराई यो पर्व मनाइन्छ। धर्तीमा उब्जनी भएको मकै, कोदो र मस्यामबाहेक सबै अन्न चढाई छ दिन महास्नान पर्व मनाउने परम्परा छ। 

    मंसिर शुक्लपक्षको साँझ ८ धार्नी घिउ, त्यति नै चिनी, ५ पाथी दही, त्यति नै दूध र महले चाँगुनारायणलाई महास्नान गराइन्छ। पर्वका लागि चाँगुनारायण मन्दिर परिसरको छिन्नमस्ता, नाट्येश्वरी, भैरवलगायतका विभिन्न मन्दिरमा पहिलो दिन २ राँगा, ९ बोका, एक कालो भेडा, एक सेतो भेडा, ३१ हाँस बलि दिइएको छ। 

    बलि दिन गुठी संस्थान शाखा कार्यालय भक्तपुरले प्रत्येक वर्ष पशुपक्षीको व्यवस्था गरिदिनुपर्ने परम्परा रहेको गुठी संस्थान प्रमुख लेखनाथ सापकोटाले बताए। उनका अनुसार गुठी संस्थानले दान दिने दुई गाई, पर्व चलाउन २६ मुरी १० पाथी चिउरा, २० मुरी ७ पाथी ७ माना चामल, ४ तोला चाँदी, ७ मासा सुन, २ किलो ७४ ग्राम पित्तल, ५ किलो ७ सय ७५ ग्राम तामालगायत एक सय ९ थरी जिन्सी सामानहरू पर्वका लागि उपलब्ध गराएको थियो। चाँगुनारायण महास्नान पर्व चलाउन प्रत्येक वर्ष गुठीले करिब ७ लाख खर्च गर्दै आएको छ। 

    त्रयोदशी र चतुर्दशीका दिन बाँकी पशुपक्षीको बलि दिइएको भँडेल नाइके श्रीकुमार भँडेलले बताए। पर्वको दोस्रो दिन अर्थात् मंसिर शुक्लपक्ष त्रयोदशीको दिन भँडेल भोजको आयोजना गरिएको थियो। ४० घर भँडेलका पुरुषहरूले मात्रै भोज खान पाउने परम्परा रहेको भँडेल नाइके भँडेलले बताए। 

    त्यस्तै, पर्वको तेस्रो दिन ३६ जना ब्राह्मणलाई विभिन्न परिकारको ब्राह्मण भोजन, चतुर्थी पूजा गरी भोज खुवाउने र अन्तिम दिन पौष कृष्ण प्रतिपदाका दिन पाँच दिन महास्नान पर्वमा खटिने सबैलाई बिदापूजा गरी करिब एक ट्रक अनाज चढाई पूजा गरी महास्नान पर्व सम्पन्न भएको छ। लिच्छवि राजा मानदेवको पालादेखि यस मन्दिरमा महास्नान पर्व सञ्चालन हुँदै आएको संस्कृतिकर्मी बताउँछन्।
    source: http://www.ekantipur.com/kantipur/2071/8/21/full-story/335164.html

    प्रकाशित मिति: २०७१ मंसिर २२ ०८:५९

    Wednesday, November 12, 2014

    Rajopadhyaya in News : राजोपाध्याय समाजको साधारण सभा

    राजोपाध्याय समाजको साधारण सभा

    नेपालसमाचारपत्र
    काठमाडौं
    राजोपाध्याय समाजको प्रथम साधारण सभा हालै सम्पन्न भएको छ। सो अवसरमा २०७० सालको एसएलसी परीक्षामा उत्तीर्ण विद्यार्थी एवम् आ–आफ्नो क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुहुने व्यक्तित्वहरूलाई सम्मान गरिएको छ।
    कार्यक्रममा राजोपाध्याय समुदायभित्रबाट प्रथम मेडिकल डाक्टर बन्न सफल डा. आदित्य सुवेदी राजोपाध्याय र समाजबाट सर्वप्रथम विद्यावारिधिअर्थात् पीएचडी गर्नुहुने स्व. दीपककान्त राजोपाध्यायलाई मरणोपरान्त सम्मान गरिएको थियो। सम्मानित विद्यार्थी एवम् व्यक्तित्वहरूलाई कार्यक्रमका प्रमुख अतिथि ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी शशिशेखर श्रेष्ठले खादा ओढाई सम्मानपत्र प्रदान गर्नुभएको थियो।

    सोही कार्यक्रममै
    मृगेन्द्रराज सुवेदी राजोपाध्यायद्वारा लिखित अनुसन्धानात्मक पुस्तक तन्त्रमा नेवारको पनि विमोचन गरिएको थियो। विमोचित पुस्तकका लेखक मृगेन्द्रराज सुवेदी राजोपाध्यायले आफूले उक्त पुस्तक किन लेख्नुपर्यो भन्ने विषयमा र पुस्तकमा संकलित सामग्रीहरूबारे प्रकाश पार्नुभएको थियो।

    कार्यक्रमका प्रमुख अतिथि प्रजिअ श्रेष्ठका साथै ताम्राकार समाजका सचिव विनोद ताम्राकार, ज्यापु समाजका अध्यक्ष मंगल महर्जन, स्यस्यः समाज ललितपुरका अध्यक्ष केदारलाल श्रेष्ठ तथा जोशी समाज ललितपुरका अध्यक्ष वेदराज जोशीले समाज र देशको विकासका लागि एकजुट भई अघि बढ्नुपर्नेमा जोड दिनुभयो। सम्मान कार्यक्रम पश्चात् बन्द सत्रमा समाजका महासचिव
    सञ्जय शर्मा राजोपाध्यायले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदनमा छलफल भयो भने समाजका कोषाध्यक्ष जयन्ती शर्मा राजोपाध्यायले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। आर्थिक प्रतिवेदनमा उठेका जिज्ञाशाहरूको समाजका अध्यक्ष वदन ज्वालानन्दले उत्तर दिनुभएको थियो। कार्यक्रममा अध्यक्ष वदन ज्वालानन्द राजोपाध्यायको सभापतित्वमा भएको थियो
    Published Date: November 13, 2014

    Source: http://www.newsofnepal.com/new/nepal/2014/11/75089
    This was also published in "Nepal Samachar Patra" daily , Nov. 13, 2014 (२०७० कार्तिक २७ ) page no. 9 

    Monday, October 27, 2014

    Rajopadhyaya in News : पौने चारसय वर्ष लामो इतिहास बोकेको नाच शुरु

    पौने चारसय वर्ष लामो इतिहास बोकेको नाच शुरु

    • Posted: Monday, Oct 27, 2014 09:17 AM ( 4 hours ago )

    शर्मिला राजोपाध्याय् / उज्यालो । काठमाडौं, कात्तिक १० - पौने चारसय वर्ष लामो इतिहास बोकेको कात्तिक नाच  शुरु भएको छ । आइतबार सुरदास नाच देखाएर यसवर्षको नाच शुरु भएको हो । सोमबार  ललितपुरको मंगलबजारमा बेलुकी ७ बजेदेखि नाच देखाइने कात्तिक नाच संरक्षण समितिका किरण चित्रकारले बताउनुभयो ।
    गएको वर्ष १० दिन देखाइएको नाच यसपटक १२ दिनसम्म देखाइनेछ । यसपटक थप भएको दुर्इ दिनमा सुरदास र उषाहरण कथामा आधारित नाच देखाइने चित्रकारले बताउनुभयो । पहिले यी दुर्इ नाच संक्षेपमा अन्य नाचमा गाभिएर देखाइएकोमा अब विस्तृत रुपमा देखाउनेको लागि तयारी भएको छ ।
    कात्तिक नाचको विशेष आकर्षण अन्तिम दिन देखाइने पौराणिक कथा नरसिहं अवतारमा आधारित नरसिहं नाच हो । साँस्कृतिक र तान्त्रिक महत्व बोकेको नाचमा नरसिहं हुने र हिरण्यकशिपु हुने व्यक्तिले अन्य देवदेवीको नाचमा जस्तै धेरै नियममा बस्नु पर्दछ । मंगलबजारको कृष्ण मन्दिरका पूजारी राजोपाध्याय समुदायका नरसिहं बन्ने गर्दछन् भने चित्रकार समुदायका हिरण्यकशिपु बन्छन् । नरसिहं र हिरण्यकशिपु  विचको लर्डाईमा नरसिहंले हिरण्यकशिपुलाई आफ्नो नङ्गले मात्र कोपरेर न त दिनको समय नत रातको समयमा मार्ने दृश्यलाई हेर्न मंगलबजारमा एकदमै भीड लाग्ने गर्दछ ।
    दिनभर केहि नखाइ चोखो नियममा बसेका ललितपुर तलेजुका राजोपाध्याय् पूजारीले मरेको हिरण्यकशिपु बनेकालाई ब्यूँताउने गर्दछ ।  उनले मन्त्र फुकेर ढुङ्गेधाराको पानी छर्के पछि अचेत हिरण्यकशिपु बनेका ब्यक्ति चलमलाउने गर्दछ।
    हरेक वर्ष नाट्येश्वरको पुजा पछि नेपालको इतिहासमा निरन्तर रुपमा धेरै समयसम्म चलेको यो नाच विधिवत रूपमा शुरु हुन्छ । नेपाल सम्वत ६७१ मा  सद्दिनरसिंह मल्लले शुरु गरेको नाच अहिलेसम्म निरन्तर चल्दै आएको छ । सिद्दिनरसिंह मल्लको पालामा ८ दिनसम्म देखाइएको नाच श्रीनिवास मल्लको पालामा १५ दिनसम्म र योगनरेन्द्र मल्लको पालामा एक महिनासम्म संचालन भएको थियो । ३ सय ७४ वर्षअघि पनि नेवार समुदाय भित्रका सबै जातलाई सम्मिलित गरेर चलाएको यो नाचले मल्लकालमा पनि समावेशी विचारको अस्तित्व रहेको प्रमाणित गर्दछ । 
    Source : http://ujyaaloonline.com/news/37535/kattik-dance-begins/