राजोपाध्याय सम्बन्धि बिबिध सामाग्रीहरु एकै स्थानमा संकलन गरि आबश्यक परेको समयमा सबैले सजिलै प्राप्त गर्न सकियोस भन्ने उद्देश्यले राजोपाध्याय ब्लग २०६९ साल बैशाख १ गते खोलिएको हो l
Sunday, May 4, 2014
Rajopadhyaya in News : चाँगुमा पर्यटक करको चरम दुरुपयोग – श्रीभक्त भँडेल
चाँगुमा पर्यटक करको चरम दुरुपयोग – श्रीभक्त भँडेल
Source: http://tarun.weeklynepal.com/2014/04/21/article-item11398079763/
विश्वसम्पदा सूचीमा सूचीकृत उपत्यकाभित्रकै सबैभन्दा पुरानो मन्दिर चाँगुनारायणमा पर्यटक करको व्यापक दुरुपयोग भएको पाइएको छ। सुरुमा भक्तपुर नगरपालिकाले चाँगुमा पर्यटक कर उठाउन थालेपछि त्यसको व्यापक विरोध भयो। तर, नगरपालिकाले सो करबाट नगर क्षेत्रभित्र अवस्थित विभिन्न मठ मन्दिर, पाटी पौवा, पोखरी, ढुंगेधारा, इनार, मुर्त तथा अमूर्त कला संस्कृति, विभिन्न बाजागाजाको मर्मत, स्याहार, सम्भार गरेपछि सबै चुप भए। नगरपालिकाले सो काम गरेबापत युनेस्कोबाट पुरस्कारसमेत प्राप्त गरेको थियो। त्यसैको अनुसरण गर्दै अन्य पुरातात्विक महत्व बोकेका स्थानमा पनि प्रवेश शुल्कको व्यवस्था गरिएको हो।
पर्यटक करको अत्यावश्यकता हेरेर चाँगु, हनुमानढोका, पाटन दरबार, पशुपति, लुम्बिनी आदि क्षेत्रमा पर्यटक कर उठाउन थालिएको थियो। पर्यटक कर भक्तपुर नगरपालिकाले जस्तै सम्पदा क्षेत्रको प्रचुर विकास पर्यटक विकासमा खर्च गरी बाँकी बक्यौता शिक्षा, स्वास्थ्यमा खर्च गर्नुपर्ने हो। तर विडम्बना चाँगुको हकमा पर्यटक करको ५५ प्रतिशत सम्पदा क्षेत्रमा खर्च गर्ने नीति लिए पनि अन्तत्वगत्वा २ प्रतिशत पनि सम्पदा क्षेत्रमा खर्च गरिएको छैन। विकासको नाममा टुक्रे, अधकल्चो, अपूर्ण विकासमा खर्च गर्न सल्लाहकार पाल्ने र पोस्ने गरिएकोछ। यही वजेटबाट दलीय प्रतिनिधि खुसी पार्ने काम भइरहेको छ। जसले गर्दा सम्पदा क्षेत्रको विकासमा पूर्णविराम लागेको छ भने सिर्जनामा लाग्नेहरू निरुत्साहित भएका छन्।
गुठी संस्थान एवं गाविसको गैरजिम्मेवारीपनका कारण चाँगुनारायण सम्पदा क्षेत्रभित्र यत्रतत्र थुप्रिएको फोहोरको व्यवस्थापन गर्न, जीर्ण मन्दिर, पाटी पौवाहरूको मर्मत सम्भार गर्न, पर्वपूजा, जात्रा मेलाहरूको सुव्यवस्था गर्न, लोपोन्मुख बाजागाजाहरूको पुनर्स्थापना गर्न सकिएको छैन। यस्तै, चाँगुनारायणको ऐतिहासिक, धार्मिक, कला संस्कृतिको पहिचान जोगाई, सोको व्यापक रूपमा प्रचार–प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकको आगमन संख्यामा वृद्धि गर्न पुजारीहरू, चार नाइके, ४० भँडेल, बाजादारहरू, गुठी संस्थानअन्तर्गत फूलपाती ल्याउनेसँग सम्बन्धित विभिन्न गुठी, चर्तुमास वाचक, महान्, द्वारपाल सदस्य र गाविस अध्यक्ष, प्रहरीसमेत रहने गरी पुजारी चकधरानन्द राजोपाध्यायको अध्यक्षतामा २०६९ सालमा चाँगु नारायण विकास समिति गठन गरियो। समितिले यत्रतत्र छरिएका घन्टाहरूको मर्मत, बत्ती बाल्ने दियोको सरसफाइ, मन्दिर र तेलिया इँटाको घाँस उखेल्ने तथा धिमेबाजा र माहाली बाजा सिकाउने कार्य गरिरहेको छ।
समस्या : चाँगुनारायणमा आउने पर्यटकहरूले भक्तपुर देकोचामा पुगेपछि चाँगु जाने बाटो सोध्नै पर्ने विडम्बनापूर्ण अवस्था छ। किनकि कहीँ पनि चाँगु जाने बाटो देखाउने होर्डिङबोर्ड छैन। बाटो पहिल्याई चाँगुको बसपार्क पुगेपछि उप्केका ढुंगाहरू, पार्कदेखि चाँगु मन्दिरसम्म चारैतिर थुप्रिएको फोहोर, मन्दिरको वरिपरि काँडा र सिस्नुका झ्याँग, मन्दिरभित्र यत्रतत्र छरपस्ट छरिएका तार, जीर्ण टुँडाल र मन्दिर, बिग्रेको र दुर्गन्धित शौचालय हेर्दै नकारात्मक भावना लिएर तीर्थालु र पर्यटक फर्किन बाध्य हुन्छन्। किनकि त्यहाँ न त कुनै परम्परागत बाजा बज्छ, न त नाच नै।
यस्तै, अव्यवस्थित तारहरू सर्ट भई आगलागी भएमा तत्काल नियन्त्रण गर्ने एउटै वारुणयन्त्रसमेत छैन। दमकल मन्दिरसम्म पुग्दैन। पार्कदेखि मन्दिरसम्म दमकलको पानीको पाइप बिछ्याउँदैमा मन्दिर खरानी हुन सक्छ। पोखरीमा एक थोपा पानी छैन। खानेपानी ट्यांकीमा खानकै लागि पानी पुग्दैन। शौचालय निकास ऐतिहासिक पोखरी बनेको छ। पर्यटक गाडीबाट उत्रनेवित्तिकै फोहोरको दुर्गन्धले स्वागत गर्दछ। मन्दिर परिसरमा सिसिक्यामेरा नहुँदा चाँदीको प्रसिद्ध किलेश्वर महादेव, गरुडको पाता, भूपतेन्द्र मल्ल र रानी, सूर्य नारायण, वंश गोपालको रथको चारवटा काठका हात्ती, मन्दिरभित्रकै सुनको मूर्ति चोरी भइसकेको छ। तैपनि गाविसको चेत खुलेको छैन।
सम्पदा क्षेत्रभित्र विशाल सिमेन्टका घरहरू बन्दैछन्। डाँडाको छेउछाउ विशाल घरहरू बन्दा डाँडा भासिने खतरा त्यत्तिकै छ भने मनोहरा खोला र छेउछाउको डाँडाबाट बालुवा खानी सञ्चालन गर्दा घरबस्तीका साथै मन्दिरै भासिने निश्चित छ। मन्दिरको विद्युत महसुल मात्र १३ लाख रुपैयाँ पुगिसकेको छ। कुनै दिन लाइन काटियो भने एउटा सोलार बत्तीसम्म नहुँदा मन्दिर परिसर पूरै अन्धकार हुने स्थिति छ। एक सय ४६ रोपनी जग्गाबाट कुत उठाई खान पाउने पुजारीहरूले मात्र वार्षिक १५ सय रुपैयाँ उठाउँछन्। नाइके, बाजादार रकमीहरूको हालत त्यही छ। यही रबैया रहिरहने हो भने कुनै दिन नित्य पूजा र आरतीसमेत बन्द हुनेछ।
नगरकोट, भक्तपुर, काठमाडौं हुँदै साँखुसम्म छर्लंग देखिने अत्यन्तै मनोरम डाँडा हो चाँगुनारायण। ठाउँठाउँमा सफा पर्यटक शौचालय, विश्राम गर्ने बेन्चहरूको निर्माण एवं व्यवस्थापन, सत्तल र मन्दिर वरिपरि परिक्रमा गर्ने चक्रपथ, बन सिमाना मिच्न नसक्ने गरी पैदल बाटोसहित पर्खाल निर्माण, स्थानीय चलनअनुसार परम्परागत बाजागाजा, नाचसहित स्वागत सत्कार, पर्यटकको बसाइँ लम्ब्याउन स्तरीय होटल, रेस्टुरेन्ट एवं ठाउँठाउँमा होमस्टे सञ्चालनतर्फ ध्यान दिनुपर्ने देखिन्छ। सम्पूर्ण दह, पाटीपौवाहरूको मर्मत सम्भार, पोखरीहरूमा पानीभरि माछापालन, काँडा र सिस्नु हटाई सुन्दर फूलैफूलले भरिएको बगैंचा निर्माण, मन्दिर परिसरभित्र ठाउँठाउँमा ठूल्ठूलो गमलासहित बास्नादार फूलको बिरुवा लगाउने काम गर्नु आवश्यक छ। बाँदरले झिंगटी फुटाल्ने, खसाल्ने गरेकाले त्यसको नियन्त्रण, व्यवस्थापन, फोहोरमैलाको समुचित व्यवस्थापन, भुस्याहा कुकुरको नियन्त्रण, सूर्योदय र सूर्यास्त हेर्ने भ्यू टावर निर्माण, नयाँ घर बनाउनेलाई डाँची इँटा र कोठाको सहुलियत दिई परम्परागत घर निर्माण, आन्तरिक धर्मावलम्बीहरू नुहाउने, जुत्ता राख्ने र्यासक आदिको व्यवस्थापन गर्नसके टिकट शुल्क पाँच सय राख्न सकिन्छ।
गाविसको हेपाहा प्रवृत्ति :
चाँगुनारायण समितिले यस्ता धेरै समस्यालाई सम्बोधन गरी सम्पदा क्षेत्रमा बजेट छुट्याई यस क्षेत्रको विकास गर्न माग गरेको थियो। तर विडम्बना एउटा आगन्तुक बाजाका लागि एक लाख दिनसक्ने गाविसले परम्परागत मौलिक चाँगुकै नित्यपूजा, आरती, जात्रा, पर्वपूजामा बजाउने पाँच प्रकारका बाजालाई सुकोदाम पनि छुट्याउन सकेको छैन। फोहोर व्यवस्थापन, शौचालयको सरसफाइ आदिमा पूरै बेवास्ता गरेको छ। आगलागी, विद्युतजस्तो अति नै संवेदनशील कुराको वास्ता नगर्नु गाविसको हेपाहा एवं मिचाहा प्रवृत्ति हो।
२०७० पुस २८ गते सम्पन्न कथित गाउँ परिषद्ले पर्यटक करको ५५ प्रतिशत सम्पदा खर्च गर्ने त कुरै छाडौं, २ प्रतिशत पनि खर्च नगरी अनावश्यक शीर्षकमा दलीय प्रतिनिधि खुसी पार्न पर्यटक करको चरम दुरुपयोग गरिएको छ। पर्यटक कर केमा खर्च गर्ने? पर्यटक कर ठूला दलका दलीय प्रतिनिधिलाई खुसी पार्न टुक्रे योजना दिने कि? सम्पदा क्षेत्रको मर्मत, सम्भार, विकास, विस्तार गर्ने? पर्यटकलाई खुसी पार्न विभिन्न योजनामा खर्च गर्ने कि मनपरी ढंगले खर्च गर्ने? भन्ने कुरा नै अहिलेको प्रमुख समस्या हो।

Sunday, March 23, 2014
Saturday, March 22, 2014
Thursday, March 20, 2014
Rajopadhyaya in News: सदाबहार पानी रंग
सदाबहार पानी रंग
काठमाडौ, चैत्र ५ -
चित्रकलामा पानी रंग -वाटर कलर) को विशिष्ट स्थान रहेको मानिन्छ । प्राचीन माध्यमका रूपमा हेरिने पानी रंगका पेन्टिङको महत्त्व अहिले पनि उत्तिकै बेजोड छ । यही महत्त्वलाई बुझेर यतिबेला नेपाल ललितकला प्रज्ञा प्रतिष्ठाननको चित्रकला विभागले नेपाल वाटर कलर सोसाइटी र ट्रान्सप्यारेन्ट वाटर कलर सोसाइटीसँग मिलेर कला प्रदर्शनी गरेको छ ।
नक्सालस्थित ललितकला प्रतिष्ठान हलमा बुधबारदेखि आठ दिनका लागि ४१ कलाकारका पेन्टिङ प्रदर्शनीमा छन् । प्रदर्शनी वाटर कलरका लागि मात्रै नभई संलग्न कलाकारका कारण पनि कला पारखीका लागि उपयोगी देखिएको छ । स्वर्गीय दिलबहादुर -डीबी) चित्रकारदेखि समकालीन कलाकारहरू दुर्गा बराल, किरण मानन्धर, टेकवीर मुखिया, श्यामलाल श्रेष्ठ, शंकरराज सिंह सुवाल, शारदा चित्रकारका सिद्धहस्त पेन्टिङ समकालीन वाटर कलरको साक्षी लाग्छन् ।
'मोजेक नेपाली वाटरकलर पेन्टिङस्' नाम दिइएको उक्त प्रदर्शनीलाई बुधबार संस्कृति मन्त्री भीम आचार्यले उद्घाटन गरे । प्रदर्शनीमा पुराना र नयाँ पुस्ताले पानी रंगको माध्यमबाट कोरिएका कला राखिएका छन् । जसमा शान्तकुमार राई, धनु याख्खा, क्षेत्रलाल कायश्थ, बुद्धि गुरुङ, जीवन राजोपाध्याय, श्रीजन राभण्डारी, रत्नकाजी शाक्य, चिरञ्जीवी मकाजू, राजेन्द्रप्रसाद यकामी, नारायण लामिछाने, राजु पिठाकोटी, भीम श्रेष्ठ, विनोद गुप्ता, डिराम पाल्पाली, एनबी गुरुङ, एलपी गुरुङ, राजु चित्रकार, सूर्य बराइली, बीआर श्रेष्ठ, पदम घले, रमेश श्रेष्ठ, शान्ता हिताङ, इसान परियार, सुरेन्द्र प्रधान, बाबुराजा द्योला, मन्दिरा मल्ल, कृष्णबहादुर थिंग, विश्वराज पराजुली, सागर मानन्धर र नीरा जोशीका वाटरकलर पेन्टिङ राखिएका छन् ।
कलाकार डिबी चित्रकारले सन् २००९ मा कोरेको मन्दिर र पाटीको पेन्टिङले धर्म, संस्कृति र परम्परालाई व्याख्या गरेको छ । मन्दिर परिसरसँगै रहेको पाटीले सार्वजनिक बासस्थानको पुरानो प्रचलनलाई झल्काएको छ ।
कलाकार कर्ण मास्केको स्टिल लाइफमा टोकरीमा अनेक थरीका फलफूल अटाएको देखिनुले कतै समतामूलक समाजको प्रतिविम्ब पो गरेको छ कि झैं लाग्छ ।
टेकवीर मुखियाको पेन्टिङमा भने बाच्छो अंगाल्दै गरेकी बालिकाको आकृतिलाई क्यानभासमा समेटेको छ । जसमा मानव र जनावरको अन्तरसम्बन्ध दर्शाउन र जनावरप्रतिको प्रेमभाव देखाउन चित्र कोरेको मुखियाले बताए । प्रतिष्ठानका कुलपति किरण मानन्धरले अमूर्त शैलीमा पुरुष र नारीको महत्त्व चित्रमा देखाउने प्रयास गरेका छन् । एब्स्ट्रयाक आर्टमा मानन्धरले नारी-पुरुषको निकटतालाई दर्शाएका छन् । कार्टुनिस्ट वात्स्यायनका नामले बढी चिनिएका दुर्गा बरालको वाटर कलरमा रहेको सहरी ल्यान्डस्केपबाट हाम्रो समाजलाई प्रतिविम्बित गर्ने प्रयास गरेका छन् । उनका कलाले राजनीतिक व्यवस्था, पार्टी र नेता प्रवृत्तिमाथि व्यंग्य गरिरहेको बुझ्न गाह्रो पर्दैन । एउटा सहरिया सडकको परिवेश चित्रमा उतारेका उनले अहिलेसम्म नेपालीले के पाए र के गुमाए ? भन्ने प्रश्नको उत्तर खोज्न बाध्य बनाउँछ । खाल्डो बनेको सडक, जथाभावी ट्राफिक, अभद्र सहरको दृश्य हरेपछि दर्शकले सबै प्रश्नको जवाफ पाउँछ ।
शारदा चित्रकारले हिमाली र पहाडी दृश्यलाई उतारेकी छन् । शान्ताकुमार राईले चाहिँ नारीको कोमल भाव चित्रमा देखाउने प्रयास गरेकी छन् । अत्यन्त प्रेमपूर्ण भावमा जनावरलाई नियाल्दै गरेको आकृतिले नारीभित्रको कोमलता झल्किन्छ । शान्ता कुमारले वाटर कलर छिट्टै सुक्ने गुण भएकाले बाहिर जहाँसुकै लगेर पनि काम गर्न मिल्ने बताए ।
बोटानिकल क्षेत्रमा पेन्टिङ बनाउन रुचाउने नीरा जोशी प्रधानले राष्ट्रिय फूल लालीगुराँस कोरेकी छन् । राजु पिठाकोटीले चन्द्रमाको उज्ज्यालो प्रकाशले वनस्पतिमा सौन्दर्य प्रदान गरेको सुन्दर दृश्य उतारेका छन् ।
प्रकाशित मिति: २०७० चैत्र ६ ०९:२६
Monday, February 17, 2014
छापामा राजोपाध्याय :अमेरिकाको स्वस्थानी ब्रतमा शालिनदीको झल्को
अमेरिकाको स्वस्थानी ब्रतमा शालिनदीको झल्को
२०७० फागुन ३ गते १८:५४ मा प्रकाशित
३ फाल्गुन, भर्जिनिया । अमेरिकाको डिसी महानगरस्थित
म्यारिल्याण्ड राज्यको हिन्दू मन्दिरमा नेवाः संगठन अमेरिकाको आयोजनामा पौषशुक्ल
पूर्णिमादेखि प्रारम्भ गरिएको एकमहिने स्वस्थानी व्रत पूजा गरी सम्पन्न भएको छ l
समापनमा
यस क्षेत्रमा बसोबास गर्ने श्रदालु तथा व्रतालुहरूको घुईंचो लागेको थियो । नेवाः
संगठन अमेरिकाका पुरोहित बासव राजोपाध्यायले काठमाडौँ साँखुको शालिनदीमा जस्तै पूर्ण बिधिअनुसार पूजा गराएका
थिए l
नेवाः
संगठन अमेरिकाका पुरोहित बासव राजोपाध्यायले हिन्दू धर्मावलम्बीमा नेपालमामात्र
स्वस्थानी व्रतकथा प्रत्यक्ष परमात्मासँग सम्पर्कमा रही गरिने पूजा भएको बताए l राजोपाध्यायले आफ्नो पहलमा स्वस्थानी व्रतकथाको नेपाली तथा अंग्रेजीको पुस्तक छिट्टै प्रकाशित
गर्ने जानकारी गराए l अमेरिकी नागरिक जेस्सिका भ्यान्टिन बर्केनहोल्जले शिकागो
विश्वविद्यालयबाट सन् ०१० मा स्वस्थानी व्रतकथामा विद्यावारिधि गरेकी छिन l
संस्थाका अधक्ष्य सिजन श्रेष्ठले अमेरिकामा रहेपनि परम्परा, धार्मिकोत्सव,चाडपर्व र संस्कृति सम्बर्धन गर्ने नेवाः संगठन
अमेरिकाको मुख्य उदेश्य रहेकाले तीनव वर्षअघिदेखि डिसी महानगरक्षेत्रमा स्वस्थानी
ब्रत गर्दै आएको बताए l
हिन्दू
महिला इच्छा पूरा हुने विश्वासकासाथ एक महिनासम्म एकछाकमात्र खाएर व्रत बस्ने
परम्परा छ । अन्तिम दिनमा जनै, अक्षता, बेलीपुष्प, पान, मसला लगायतका नैवेद्य स्वस्थानीलाई चढाउन
अमेरिकामा पनि सामान जुटाईएको थियो ।
Saturday, February 1, 2014
छापामा राजोपाध्याय : तलेजुको गोप्यता भंग हुने चिन्ता
तलेजुको गोप्यता भंग हुने चिन्ता
मिति : २०७० माघ १८, शनिबार [237 पटक पढिएको]
ईश्वरकाजी खाइजू |
भक्तपुर : तलेजु मन्दिरको गोप्यता भंग हुने खतरा बढेको भन्दै मूल नाइके र पुजारीले चिन्ता व्यक्त गरेका छन्। मन्दिरको मूल प्रवेशद्वारको फोटो खिच्न दिन थालिएपछि भित्रको गोप्यता पनि खतरामा परेको छ।
पुरातत्त्व विभागअन्तर्गत स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयको आदेशमा एक वर्षअघि तलेजु मन्दिरको मुख्य प्रवेशद्वारको फोटो खिच्न खुला गरिएको थियो।
यो निर्णयपछि पर्यटकले प्रवेशद्वार पुगेरै भित्रको पनि फोटो खिचेको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले बताए। तलेजुभित्र क्यामरा, मोबाइललगायत प्रतिबन्धित छन्। मूल प्रवेशद्वारसँगै मन्दिरभित्रको फोटो खिच्न नपाइने सूचना टाँसिएको छ।
तर त्यसलाई कसैले पालना नगरेको गुनासो जोशीले गरे। 'तलेजु मन्दिरभित्र फोटो खिच्न पाइँदैन', उनले भने, 'तर मूल प्रवेशद्वारबाट भित्रका सबै फोटो खिच्ने गरिएको छ। यसले गोप्य राख्नुपर्ने आगमको मर्यादा भंग हुन्छ।'
तलेजुका पुजारी नाइके उत्तमांगराज राजोपाध्यायले मन्दिरमा पदस्थापन हुने सबैले आगमभित्रको गोप्यता भंग नगर्ने कसम खाने भएकाले तलेजुभित्रको गोप्यता बचाउन फोटो खिच्ने व्यवस्था हटाउन माग गरे।
'हामीमध्ये कोही नयाँ तलेजुमा पदस्थापना हुँदा भित्रको कुनै पनि गोप्यता भंग गर्दिनँ भनी तीनपटक कसम खानुपर्छ', राजोपाध्यायले भने, 'भंग गरे पञ्चमहापाप गरेसरह मानिन्छ। त्यसैले गोप्य गरिएको ठाउँलाई गोप्य नै राख्नु उत्तम हुन्छ।'
मूल प्रवेशद्वारबाट कुमारीचोकस्थित दसैंघर, ऐतिहासिक श्रीखण्ड झ्याल, मूलचोकको दक्षिण ढोकासँगै मूलचोकस्थित बाहिरी भित्ताहरूमा लेखिएका तन्त्रमन्त्रयुक्त भित्तेलेखन स्पष्टै देखिने तलेजुका पुजारी पद्मलोचन कर्माचार्यले बताए।
'तलेजु मन्दिर आगम हो, आगमका धेरै कुरा गम गर्न हुँदैन', कर्माचार्यले भने, 'तलेजु आगमलाई गोप्य नै राखेर यसको गरिमा र महत्त्व बढाउनुपर्छ।'
स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख इन्जिनियर मोहनकृष्ण श्रेष्ठले सर्वदलीय बैठकमा तलेजु प्रवेशद्वारसम्म खुला गर्ने मौखिक सहमति भएको जानकारी दिए।
'कुनै निर्णय गरेर फोटो खिच्न खुला गरिएको होइन', उनले भने, 'त्यसले हानि गर्ने देखिए प्रतिबन्ध लगाउन सकिन्छ।' पहिले मूल प्रवेशद्वार वरिपरिसमेत फोटो खिच्न प्रतिबन्ध थियो।
Source: http://annapurnapost.com/en/news/social/3300/%25E0%25A4%25A4%25E0%25A4%25B2%25E0%25A5%2587%25E0%25A4%259C%25E0%25A5%2581%25E0%25A4%2595%25E0%25A5%258B-%25E0%25A4%2597%25E0%25A5%258B%25E0%25A4%25AA%25E0%25A5%258D%25E0%25A4%25AF%25E0%25A4%25A4%25E0%25A4%25BE-%25E0%25A4%25AD%25E0%25A4%2582%25E0%25A4%2597-%25E0%25A4%25B9%25E0%25A5%2581%25E0%25A4%25A8%25E0%25A5%2587-%25E0%25A4%259A%25E0%25A4%25BF%25E0%25A4%25A8%25E0%25A5%258D%25E0%25A4%25A4%25E0%25A4%25BE.htm
Subscribe to:
Posts (Atom)