Articles







मध्यकाल

(१०औं शताव्दीदेखि थालनी) 
लिच्छवी कालमा नेपालमा लिच्छवी राजाहरूको एकक्षत्र शासन थियो । नेपाल विशाल थियो ।तर मध्यकालमा विशाल नेपाल अनेकौ राज्यहरूमा विभाजित भयो । वि सं ९३७ देखि नेपाल सम्वत सुरू भयो । यस सम्वतका प्रवर्तक राधवदेव थिएमध्यकालका प्रथम राजाहुन् ।यिनको पालासम्म मुलुकको अवस्था विग्रिसकेको थिएन । कालान्तरमा एकक्षत्र शासन द्वैतराज्यमा परिणत भयो। यस समयमा एउटा मुलुकलाई दुईराजाहरूले चलाएका प्रमाणहरू फेला पर्छन् ।११औ शताव्दीसम्ममा देशको आर्थिक, सास्कृतिक, राजनैतिक अवस्था खस्केको थिएन । भोट र भारत संग व्यापार वृद्धि, शैव र वौद्ध  धर्मको तान्त्रिक सिद्धान्तको विकास, भोटमा विद्या प्रचार कार्यमा नेपाली विद्वानहरूको योगदान तथा कलाक्षेत्रमा पनि विकास हुदै गएको थियो । तर पछि पछि मल्ल कालका केन्द्रिय शासकहरूको अनेकता तथा चक्रवर्ती राजाको अभावले गर्दा गण्डकी परसम्म पनि नेपाल उपत्यकाको शासन फैलन सकेन, आपसि कलहले गर्दा । यस उपत्यकाका राजाहरू कमजोर भएका थिए । फैलन नसकेका स-सना राज्यहरूको कारणले गर्दा मल्लकालको अन्त्यतिर कान्तिपुरको आर्थिक अवस्था दयनीयहुन पुग्यो । जयप्रकास मल्लले फौजलाई तलव बाँड्न धौ धौ परेकाले देवमन्दिरहरूका ढुकुटीहरु, पशुपतिनाथ र जयवागेश्वरीका गजुर, जलहरी आदि मासेर तलव दिनु परेको थियो । यिनैको पालामा वि सं १८२५मा राजा पृथ्विनारायण शाहले यिनिलाई पराजित गरी कान्तपुरमाथि विजय प्राप्त गरेका थिए ।(पञ्चाली शासन पद्वतिको ऐतिहासिक विवेचना)
लिच्छवि कालमा ४ वर्ण १८ जातमा नेपालहरू विभाजित थिए  भने मध्यकालमा अहिले झै ४ वर्ण ३६ जातमा नेपाली जातिको विस्तार भयो । यस समयमा राजकाजमा सरसल्लाह दिने कार्य वेद उपनिषद् र शास्त्र जानेका ब्राह्मणले गर्दथे । दण्ड विधामा ब्रह्महत्या निषेध थियो । मल्लकालमा नेवार समाज ६४ जातिमा विभाजित भयो । यो विभाजन जन्ममा भन्दा कर्ममा आधारित भयो । जस्तो चित्रकार, शिल्पकार, सुवर्णकार, तुलाधर, व्यनजन्कार, रञ्जितकार, ज्योतिष, माली, धोवी आदि । नेवार समाजको पुरोहितमा मैथिली ब्राह्मणका साथै रिमाल वंश पनि थिए ।
नेपलामा मध्यकाल एक किसिमले मल्लकाल हो । नेपाल उपत्यकामा मल्ल राजाहरू  त छँदै थिए । सुदुर पश्चिम कर्णाली अञ्चल जुम्ला जिल्लाको संजामा खस साम्राराज्य स्थापना र विस्तरमा पनि मल्ल राजाहरूको देन रह्यो । मल्लवंशको उदयका सम्वन्धमा खोजि गर्दा के थाहा हुन्छ भने दक्षिण भारतका भादामी र कल्याणी चालुक्यहरू तथा काञ्चिका पल्लव राजाहरूले नामको साथमा मल्ल उपाधि ग्रहण गरेका थिए । यिनिहरूले नै धेरै कालसम्म उत्तर भारत र दक्षिण भारतमा राज्य गरेका थिए । यही वंश नै लिच्छवीहरू झै नेपालको गण्डकी प्रदेशमा आई राज्य गर्न थाले र फैलिए ।(नेपालको संक्षिप्त ईतिहास प्रचार विभाग २०३३)
नेपालमा मध्यकालसम्म संस्कृत भाषा र साहित्यको विकास भएको देखिन्छ ।ताडपत्रमा आनन्दले लेखेको वि सं १०७६ को वाल्मीकि रामायण नेपालमा प्राप्त छ । पण्डितहरूले आनेकौ बिषयका ग्रन्थहरू संस्कृमा रच्थे । यस्तो विद्वता र शास्त्रीय ज्ञान भएकालाई राजाले पण्डित उपाधि प्रदान गर्थे। यही उपाधिले थरलाई लुकाईदिएको पाइन्छ । पछि पण्डितनै थर हुन गएको पनि देखिन्छ । नेपाल उपत्यकाका मल्ल राजाहरू समेत संस्कृत, मैथिलीका ज्ञाता थिए । प्रताप मल्ल त कविन्द्र नै कहलाएका थिए । त्यस समयको नेपालमा संस्कृतका साथै नेपाली भाषाको पनि बिस्तारै बिस्तारै विकास हुदे गयो ।
खस साम्राज्य : 
खस साम्राज्य वास्तविक रूपमा नेपाली भाषाको विकासको थलो हो ।खस राजाहरूले शिलालेख, ताम्रपत्र आदि अभिलेख नेपाली भाषामा लेखेर प्रकाशित गरे । सउपाल अडैको वि सं १०३८ को शिलालेख र बझाङ्गमा फेला परेको वि सं ११४६को ताम्रपत्र सवभन्दा प्राचिन अभिलेख मानिन्छ (पाचसय वर्ष प्रा बालकृष्ण पोखरेल) । खस साम्राज्यको राजधानी सिंजा थियो । सिंजा जुम्लाको सदरमुकामको उत्तर पश्चिममा पर्दछ । सिंजा प्रदेशका राजा जसुशाही चाँही सिजापति वंशको सर्व प्राचिन कुलपुरूष वन्न पुगे (सिंजापति वंशावली ललितजंग –राम बिक्रम सिंजापति) । यो हिमाल भेग, प्राकृतिक रमणीय अञ्चल मध्यकालका पराक्रमी राजाहरूको राजधानी मात्र होईन, विभिन्न वंश, थर, गोत्र आदिको कोको (Cradle) समेत वन्न पुगेको छ । खस साम्राज्य या सपादलस्य साम्राज्य उत्तरमा मानसरोवर (चिनको स्वशासित तिब्बत) र पश्चिममा कुमाउँ सम्म फैलिएको थियो । 
खस साम्राज्यमा पण्डित : 
धर्म संस्कृतिका लागि मरिमेट्ने ब्राह्मणहरू खस साम्राज्यमा राजाको नजिक पुग्नु स्वभाविक छ । वेद, उपनिषद्का ज्ञाता, व्याकरण, ज्योतिषशास्त्र समेत ज्ञान भएका ब्राह्मणहरूलाई खस राजाहरूले पण्डित, भट्ट, जोशी आदि उपाधि दिए । यही उपाधि पछि पछि थरमा परिणत भयो । पण्डित, उपाध्याय, भट्ट, जोशी आदिले राजाहरूका कनकपत्र, ताम्रपत्र,शिलापत्र आदि अभिलेख जनताको भाषामा लेखेको पाइन्छ । जस्तो अपाडराज पृथ्वी राइको वि सं १४१३ को कनकपत्र शिवदेव पण्डितले, अभयमल्ल राइको वि सं १४३३ को ताम्रपत्र धर्मराज जोइसी (जोशी), कल्पाल नरेश वलिराजकप वि सं १४५५ को ताम्रग्रन्थ क्षमादत्त उपाध्यायले लेखेका हुन् ।अपाडराज पुण्य मल्ल राइ (राजा) को वि सं १३९४ मा प्रकाशित ताम्रपत्रको अंश यस्तो छ: विद्याकर पंण्डितकि शाखा भाइ भतिजो चेलीको चेलो आदि भुँच (पाँचसय वर्ष) ।
विभिन्न ठाउँका पाँच खेत विद्याकार पण्डितलाई प्रदान गरेको कुरालको यसमा प्रकाश पारिएको छ । ठूला विद्वान भई राजालाई गुण लगाए पछि या उल्लेखनीय कार्य गरी राजालाई खुशी पारेपछि राजावाट जग्गा-प्रदान गर्ने चलन थियो ।यसरी शोभाकर पण्डितले जग्गा पाए । अहिले पण्डित शर्मामा परिणत भए पनि त्यस समयमा यो उपाधि थियो । गीतामा पण्डित शब्द समदर्शि एवं ज्ञानिकानलागि प्रयोग भएको पाइन्छ ।
विद्याविनयसंपन्ने गवि हस्तिनि । 
शुनि चैव श्वपाके च पण्डिता: समदर्शिन: ॥(गीता ५-१८)
वेद शास्त्रका ज्ञाता र राजालाई वैदिक, शास्त्रीय कर्महरु (कर्मकाण्ड) एवं धार्मिक अनुष्ठान गर्न लगाउने “पण्डित”, ‘भट्ट’ भए भने ज्योतिष चाहीँ जोशी कहलाए । पुर्खाले उपाधि तथा इज्जतको रूपमा प्राप्त पन्डित पदलाई सन्तान दरसन्तानले कायम गर्न नसक्दा पण्डितभन्दा अलि तलकजो शास्त्र ज्ञातालाई प्रदान गरिने पदवी, सम्मान ‘भट्ट’ लेख्‌न थालेको पाइन्छ । जस्तो – १४औं सताब्दीतिर जुम्लाबाट एकथरि भट्टहरू अछाम आए । ती कौशिक गोत्रीय ब्राह्मण थिए । तिका कुल पुरुष (पुर्खा) भाष्कर पण्डित थिए । उनी ठूला विद्वान भए, त्यसैले उनको नाउँ चारैतिर फैलिएको थियो । उनी ज्योती पनि थिए । खस साम्राज्यवाट सम्राट जितारी मल्ल देवताका राजगुरू जस्तो सम्मानित पदमा भाष्कर पण्डित रहेका थिए । यिनका माइला छोरा जय वाद्याधर पनि पण्डित नै कहलाका थिए । यिनी दुल्लु आए । बाबु छोरा दुवैले सम्राट जितारी मल्लबाट बिर्ता पाएका थिए । विद्याधरका माहिला छोरा जसुपण्डितले सम्राटबाट सुतारकोट नामक थर्पुको कार्की (प्रशासक) पद पाए । कार्की थर वास्तवमा प्रशासनिक पदबाट नै विकसित भएको हो (यसबारे यथास्थानमा चर्चा गरिने छ) । जसु पण्डितका सन्तान सुतारकार्की कहलाए । जय विद्याधरका साहिला छोरा जयतु पण्डितले दुल्लु भन्दा परको बरला गाँउ बिर्ता पाए र बराल थरको जन्म भयो (बराल वंशावली-शिवराज) । यसै गरी गुण रत्नाकर (गुनु पण्डित)लाई प्यूठानको खन नामक बिर्ता मिल्यो र तीनका सन्तान खनाल कहलाए । जय विद्याधरका जेठा छोरा सर्वज्ञधर (सर्वु पण्डित)का सन्तान दैलेखको नेपा बिर्तामा बसेर नेपाल भए । यसरी स्थलगत रूपमा रहेर थरको विकास भएको उदाहरण धेरै पाइन्छ । यी पण्डितहरूकै अन्य शाखा सन्तानले पण्डित सम्मान पद कायम राख्‌न नसकी भट्ट लेख्‌न थाले । यिनीहरूकै खलक खप्तड भूमिमा बसे । तीनीहरूले भट्ट नै लेखे ।
शोभाकर:
यस वंशावलीमा उल्लेखित शोभाकर पण्डितलाई बजाङ्गि राजाले सेती गंगा साक्षी राखी गुरू थापेको बुझिएको छ ।
शोभाकरको नाम परेको एक कवितामा दैवज्ञ, द्विजोत्तम, विप्र जस्ता शब्दहरू प्रयोग भएकाछन् । यसवाट उनी पनि पण्डित रहेछन् भन्ने कुराको बोध हुन्छ । दैवज्ञ भनेको ज्योतीषी हो । द्विजोत्तम भनेको ब्रह्मणहरुमा उत्तम भन्ने विशेषण हो । विप्र को अर्थ हुन्छ शुद्ध, जन्म, आचार र विद्याविशिष्ट व्यक्ति । यस अघि खस साम्राज्यमा पण्डित उपशीर्षक अन्तर्गत लेखाइमा उल्लेखित विद्याकर पण्डित र शोभाकरका वीच पुस्तैनी सम्बन्ध हुनुपर्छ । पुस्नी जोड्ने कार्यमा खोजी हुन वाँकी  छ ।
वि सं १४१३ को अपाडराज पृथ्वी मल्ल राइको कनकपत्रको अध्ययन गर्दा त्यस बेलाका ब्राह्मण, क्षेत्री र वैश्य वर्णका प्रसिद्ध थर, उपाधिको ज्ञान हुन्छ । जस्तै अधिकारि, जैशी, भण्डारी, पण्डित (ब्राह्मण वर्ण) राउत, चंद, मल्ल, कार्की, खड्का, थापा, बुडाबनियाँ, साहनी (क्षत्रीय र वैश्य वर्ण) । अरू कैयौ थरका व्यक्ति पनि हिलान् तर राजाको अभिलेखमा साक्षी बस्न पुगेका प्रमुख थर यहाँ दिइएको हो । हामी हाम्रा पुर्खाहरूलाई खस साम्राज्यका राजाहरूले प्रकाशित गराएका विभिन्न अभिलेखहरुका लेखहरूको नामावली पनि खोज्न सक्छौ । तर समस्या के छ भने त्यसवेल रिमाल थर कायम भइसकेको थिएन । जन्मेको भए पनि शास्त्र जानेकाले सम्मानित पद पण्डित नै लेख्न रुचाए या ज्योतिष विद्या जानेर ‘जोइसी’ भन्ने पद नै लेख्न थाले । ‘नेपालि भाषाका केही पुराना लेखक’ शीर्षक लेखमा पुरातत्वविद कोहन प्रसाद खनालले एक ठाँउमा वि सं १४४८ को अभिलेखका लेखकका रुपमा विद्याकर जोइसीको नाम उल्लेख गर्नुभएको छ । यी विद्याकर जोइसी विद्याकर पण्डित हुनुपर्छ । पुण्य मल्लको ताम्रपत्रमा विद्याकर पण्डित भन्ने उल्लेखित भई भाइ, भतिजो आदिले जग्गाको भोग चलन गर्नू भन्ने राजाज्ञा वि सं १३९४मा भएको देखिन्छ भने वि सं १४४८ को एक अभिलेखको लेखकका रुपमा उनी विद्याकर जोइसीको रुपमा उल्लेखित भपका छन् । कालक्रमले अन्तर धेरै नभएकोले यस प्रकारको अनुमान गर्न सकिन्छ ।
थरको जन्म र विकास :
वंश परम्पराको ज्ञान गराउने थर हो ।पूर्वजहरूको थात थलोबाट मुख्य रुपमा थर रहन गएको देखिन्छ । अधिकांश नेपालीहरूको मूल थलो कर्णाली फाँटका गाँउ, बडा खोला र पहाड आदि थिए। स्थल शब्दबाटै थर आएको कुरामा भाषाशास्त्रीहरू विश्वास गर्दछन् ।नामको पछाडि छुट्दै नजोडिकन थर लेखिन्छ । स्थल बाहेक मानपदबी, कार्यविभाजन आदि कारणवाट पनि थरको जन्म भएको छ । थरको जन्म र विकासका बारेमा चर्चाको क्रम मध्यकालमा समावेश गराउनुको अर्थ के हो भने मध्यकालमा थरको बढी मात्रामा विकास हुन गयो ।
  1. स्थानको आधारमा थर:
चाँपरूखको जंगलनिर बसेका             चापागाउँ, चापागाई
घमिर गाँउमा बसेका                  घमिरे, धिमिरे
गोतम गाँउमा (जाजरकोट)             गोतामे
रिगमी गाँउका                      रिग्मी, रेग्मी
रिमी गाँउका                       रिमाल (रिमी आल)
रिजु गाँउका                        रिजाल
नेपा बिर्ता (दुल्लु)का                 नेपाल
खतिवडाका (डोटी)का                 खतिवडा
देवकोट (जुम्ला)का                  देवकोटा
रुपाखेत पाउने                      रूपाखेती
खप्तडक्षेत्रबासी                      खप्तडी, खप्तरी
नियापनिनिर बसेका                  नियापने, न्यौपाने
पोखरा (रूकुम गाँउ)का                पोखरेल
बुडु (जुम्ला)गाँउका                  बुडा, बुडाक्षेत्री
अर्ज्य गाँउका (मुसिकोट)              अर्जेल, अर्याल
कोइराला रूखभएको पाटा               कोइराला
ढिकु गाँउका                       ढिकाल, ढकाल
डोटीमा रहने                       डोटेल
खनाया गाँउका (बिर्ताका)              खनाल
दहा गाँउका                        दहाल
धिता गाँउका                       धिताल
यही सन्दर्भमा भू-स्वामित्वका आधारमा थर रहन गएको प्रसंग प्रस्तुत गरिन्छ । योगी नरहरिनाथका अनुसार “एघारौ शताब्दीमा सिंजापति महाराजबाट धेरै नागरीकहरूलाई बिर्ता, वितलव, गुठ,हरिकर इत्यादि भू-स्वामित्व वितरण गरिदाँ जसले जुन नामको बिर्ता पाए उनका सन्तान्लाइ त्यसै गाउँको नामसित सम्बन्धित गराइयो । ती बिर्ताबालसहरू पनि आफ्ना बिर्ताक्षेत्रभरिमा अरू नागरिकका लेखि राजातुल्य मानिन्थे । सरकारका छत्तिस खाले करहरू तीर्नु पर्दथ्यो तर अरू थारका सन्तानहरू बिर्तावालका बिर्ताभित्र बसेका छनभने बिर्तावारलाई सरकारतुल्य मानेर मात्रै बस्ने अनुमति पाउँथे, नत्र बिर्तावारले त्यस्ता नागरिकलाई निस्कासन पनि गर्दथे ।” योगीजीले दुल्लु (दैलेख) संग जोडिएको नेपागाँउ भएको भूभाग बिर्ताका रूपमा पाएको कौशिक गोत्री नेपालथरको जन्म भएको बताउनुभएको छ ।(कौशिकादि सन्तति पुस्तक)
  1. पद मानको आधारमा थर:
लिच्छबिकालमै विभिन्न वर्ण र थरको विकास भईसकेको थियो तर थरका वारेमा विस्तृत जानकारी भने पाउन सकिएको छैन । त्यस समयमा जात अनुसारको काम  होस् धर्मशङ्कर नहोस् भनेर रेखदेख गर्न एउटा अड्डा थियो- भट्टाधिकरण । यसको रेखदेख भट्टले गर्दथे । त्यस समयमा भट्ट विद्वानलाई भनिन्थ्यो । भट्ट शब्द विद्वत् समाजमा अति प्रचलित र प्रिय बनेको थियो ।(पांचाली शासन पद्धतिको ऐतिहासिक विवेचना – धनबज्र बज्राचार्य)
माध्यमिककालमा मल्लराजाका मन्त्रीलाई “अमात्य” भनिन्थ्यो जुन पछि नेवार जातिमा एउटा थर बन्नपुग्यो । वास्तवमा मन्त्रीलाई अमात्य भन्ने चलन गुप्तकालदेखि चलिआएको हो । मध्यकालमा नेपाल उपत्यकामा भारदारहरूलाई शिष्ट भन्दाभन्दै उनिहरू श्रेष्ठ कहलाए र पछि यो थरमा परिणत भयो ।
राजाले दिएको पद, मानको आधारमा थरको व्यबस्था यसरी विकास भयो :
भण्डारको कामकामगर्ने                भण्डारी
ज्योतिष विद्या जान्ने                 जोशी,जोइसी,दैवज्ञ
सार्वजनिक सम्पत्ति हेरचाह गर्ने          अधिकारी
खड्ग भिरी सेनामा रहने               खड्गाहा, खड्का
शास्त्रादि जानेका, पण्डित्याँइयुक्त         पण्डित
पुराणवाचन, यज्ञ, संचालन गर्ने          आचार्य
विद्वान, पण्डित                    भट्ट, (भर्तृ-सं मूल शब्द)
भट्ट झै विद्वान तर राइ(राजाकोटोलमा बस्ने) भट्टराई
बसेर न्याय तयगर्ने                  बस्नात, बस्नेत
मुगल बादशाहबाट पाएको उपाधि          शाह
वर्म, वम्म                        बम
चन्द्र झै शितल स्वभावका              चन्द
सिंह झै बलियो, बीर                 सिंह आदि(विश्वनाथ कोई- हाम्राथरहरू, मधुपर्क)
  1. राज्य शासनकालबाट थरको विकास :
मध्यकालीन खस साम्राज्यहरूले कतिपय कुराहरू लिचछवी गणराज्यबाट सिकेका थिए । उनीहरूले आफ्ना विशाल साम्राज्यहरूमा, राजाहीन उपराज्यहरूमा अधिकारको विकेन्द्रीकरण गर्दै शासन चलाए । त्यसबेलाका प्रशासनिक अधिकारीका सन्तान, दरसन्तान पुर्खाकै पदबाट चिनिए र थरको विकास भयो । जस्तो राउत, अधिकारी, कार्की, आदि । खस राज्य शासन ढाँचा यस्तो थियो :
  1. परमभट्टारक महाराजाधिराज महामण्डलेश्वर – साम्राट नै हुन्थे ।
  2. मण्डलेश्वर: न्यायीक, धार्मिक माम्लामा सम्राटलाई नसोधिकन निर्णय गर्ने अधिकारप्राप्त
  3. माण्डलीक: केन्द्रीय महासबामा सदस्य रहने, गणराज्यढंगमा केन्द्रीयस्तरबाट अडै, कार्की नियूक्त भएर माण्डलिकलाई सघाउने व्यबस्था थियो ।
  4. सामन्त: सानातीना राजा जसले त्रीकर-भाग भोग र कर केन्द्रमा दाखिला गर्ने काममा कार्कीको सहयोग पाउँथे ।
  5. राउतराज: राज्यमा गडवडी भएमा तैनाथ गरिने केन्द्रीय सैनिक पदाधिकारी
  6. अधिकारी: राज्य वा थर्पूहरूका लागि नियुक्त जन प्रशासन प्रमुख
  7. कार्की तथा अडै: राज्य वा थर्पूका सर्वाधिकार सम्पन्न शासक-क्षेत्रपाल तथा अञ्चलाधिश जस्ता पदहरू ।
मध्यकाल अन्तर्गत मल्लकाल उपशीर्षकमा गरिएको चर्चामा नेपाल उपत्यकामा विभिन्न पेशागत रुपमा थरको विकास भएको उल्लेख भइसकेकोछ । यी पर्शासनिक पदहरू ब्राह्मण, क्षेत्री या वैश्य जसले पनि पाउन सक्थे । त्यसैले विभिन्न थरका मुहान नै ती पद हुन् । कालान्तरमा निश्चित तरमा सम्वन्धित पद परिवर्तित भए ।
अडै पदवाट समाजमा प्रचलित अडैनीको अर्थ लाग्छ । चल्ता पुर्जा, अह्राउने-पह्राउने कार्य गर्ने नारीलाई अडैनी भन्ने चलन विकसित भयो । पछि यस शब्दले नकारात्मक रूप लियो, जस्तो अडैनी भएर फुर्ती देखाउँदी रहिछ ।
त्यसकालमा शास्त्र जान्ने विवेक-वुद्धि भएका वैदिक ब्राह्मणहरूचाँही पण्डित पद पाएर राजगुरू बन्थे । शास्त्रमा पण्डितको अर्थ यसरी लगाईएकोछ: पण्डा सञ्जाता बुद्धिर्यस्य स पण्डित: अर्थात जसको बुद्धि छ, सो पण्डित हो ।(तर अचेल पण्डा भएको छ । भारततिर पण्डा बढी नकारात्मक बन्न पुगेको छ) यस कालमा रिमालहरू पण्डित या भट्ट या अधिकारी जस्ता पदमा रहेको हुनुपर्छ ।
वैदिक वांङमय रामायण र महाभारतका साथै जैन र बौद्ध ग्रन्थहरूमा समेत जनकको मिथिला राज्यको चर्चा भएको छ । वि सं ११५४ मा नान्यदेवले सिमरौनगढलाई मिथिलाको राजधानी बनाएका थिए । वि सं १३९१ ताका कर्णाटकवंशीय राजा (मैथिलराजा) हरिसिंह देवको पालामा मिथिला पूर्वमा कोशी पश्चिममा गण्डकी (सदानीरा) उत्तरमा हिमालय र दक्षिणमा गंगासम्म फैलिएको थियो । उनको राज्यमा आतंककारी मुस्लिम सम्राट गयासुद्दिन तुगलकको आक्रमण भएपछि भागेर जाँदा वि सं १३९१ मा तीनको पाटनमा निधन भएको थियो ।अहिलेको जनकपुर अञ्चलभन्दा मिथिला राज्य निकै विशाल थियो । विदेह राज्यको राजधानी मिथिला हो । विदेह अन्तर्गत नेपालको भूभागका साथै भारतको सीतामढी, सीताकुण्ड, तिरहुत र चंपारणका केहीभागसमेत पर्दथे । चिनिया यात्री फाइयान, वाङहुयेन चे र युवान च्वाङहरूले आ-आफ्ना यात्रा वृतान्तमा तिरहुत (विदेह राज्यको एक अंग)को वयान गरेकाछन्।
मैथिली भाषाका महान् साहित्यकार विद्यापतिभन्दा अगाडि नै यस भाषा र साहित्यको प्रभाव काठमाण्डौ उपत्यकाका राज्यहरूमा परिसकेको थियो । मैथिली ब्राह्मणहरू शास्त्रका ज्ञाता भएको उनिहरूलाई मल्ल राज्यका पण्डित, पुरोहितको सम्मान दिइएको थियो । उनीहरू राजोपाध्याय कहलाइए । राजोपाध्यायपदबाट मैथिली ब्राह्मणहरु मात्र होइन रिमाल वंश पनि सम्मानित भएका थिए । उपाध्याय किन भनिन्छ ? कस्तालाइ भनिन्छ ? भन्ने जिज्ञासा उठ्नु स्वभाविक हो । तर नलेखि उपाध्याय लेख्ने चलन ब्राह्मणमा थियो, अहिले पनि उपाध्याय छदैछन् । वेदको एकअङ्ग आफ्नो वृत्तिका लागि अध्यापन गराउने उपाध्याय कहलाउँछन्  भनेर मनुले भनेका छन् ।(मनुस्मृति २-१४५)
मल्लकालिन नेपालमा रिमाल वंशको ठूलो इज्जत सम्मान थियो । कान्तिपुरमा उनिहरूलाई राजपण्डित पद प्राप्त थियो । विभिन्न देवदेवीका मन्दिरमा राज पुजारीका रुपमा तिनिहरू काम गर्दथे । यो इज्जत र सम्मानको श्रेय पं सहस्रशिवानन्द रिमाल उपाध्यायलाई छ । उनी नुवाकोटको फिर्केपबाट आएका थिए । यिनी धार्मिक भावनाका व्यक्ति थिए । फलत: यिनी मात्र होइन यिनका वंशजहरुको पनि इज्जत बढ्दै गयो । यिनलाई राजा महेन्द्रमल्लबाट इन्द्रचोकक ब्रह्मपुरमा घरसमेत उपलब्ध गराइएको थियो ।
यसले माध्यमिककाल र आधुनिककालको पूर्वाद्धश पार्नुका साथै शिवानन्दका वंशजवारे चर्चा गरिएको “पं सहस्र शिवानन्द रिमाल” शीर्षक वंशावली हामीलाइ प्राप्त भएकोछ । यो वंशावली वि सं २०४९ सालमा हरि शंकरानन्द रिमालले लेखि प्रकाशित गरेका हुन् । सोही वंशावलीका सान्दर्भिक कुराहरु यहाँ प्रस्तुत गरिएकाछन् ।
पं सहस्र शिवानन्द रिमालको वंशावली 
प्राचिनकालमा नेपाल (कान्तिपुरादि भाग) का राजा अंशुबर्माकी छोरी भृकटी तिब्बत (भोट) का राजा सङचङगम्पोलाई विवाह गरि दिएपछि नेपाल र तिब्बतवीच धनिष्ठता भइ संस्कृतिको आदान-प्रदान भएको देखिन्छ ।त्यसपछि क्रमश: पाटन, भक्तपुर र कान्तिपुर (काठमाण्डौ) उपत्यकाक्षे बौद्ध तान्त्रिकमतका बौद्धाचार्य वज्राचार्यहरुद्वारा मधु मांसादिले कर्मकाण्ड चलाई गराई दक्षिण भारत लर्णाटक राज्यका राजा नन्ददेवले बारा जिल्ला सिमरौनगढमा सहर वनाई बसाई गरेका थिए । राजा नन्ददेवलेको छैठौ पुस्ताका राजा हरिसिंह देवकापालामा गयासुद्दिनले सिमरौनगढमा आक्रमण गर्दा सपनामा श्रीतुलजा भवानिले राजा हरिसिंहदेवलाई “मलाई नेपाल लैजाउ” भन्ने बाणि र राजगुरू पं कामेश्वर ठाकुरको सल्लाहले वि सं १३८१ साल पौषशुल्क नवमी शनिवारमा भारद्वाज गोत्रका योग्य ब्राह्मणहरु सहित भडेल, जोशी, आचार्य, वैद्य, रजक, खड्गीहरू र श्रतुलजा भवानी समेत साथमालिई राजा हरिसिंहदेव उत्तरपट्टीको जंगलकोवाटोगरी आउदा बाटामा खान नपाउदा राजाहरिसिंहदेवलाई पुन: सपनामा श्रीतुलजा भवानीले दर्शनदिई “यो जंगलमा जो टायो त्यो वस्तुलाई मलाई भोग लगाई प्रसाद ग्रहणगरी खानु” भन्ने सपना हुँदा जंगलमा कोज्न जादा अरना (रागो) भेटेछन् । सोहि अरना ल्याई खड्गीद्वारा श्रीतुलजा भवानीलाई भोग लगाई सोही अरनाको मांस प्रसादगरी खाई ज्यान जोगाई नेपाल खाल्डो भक्तपुरमा आई श्रीतुलजा भवानीलाई पनि भक्तपुरमा नै स्थापनागरी बसे । भारद्वाज गोत्रका योग्य ब्राह्मणहरू कोही पाटन पटको टोलमा बसे, कोही काठमाण्डौ होखालाये लिम्हटोलमा बसे । बाँकी सबै ब्राह्मणहरू भक्तपुरमा नै बसोबास गरी बज्राचार्यहरूसंग घनिष्टता गरी उपत्यका क्षेत्रमा हिन्दु ग्रन्थान्तरगत तन्त्रशास्त्र र पौराणिकद्वारा बौद्धमतीय सम्प्रदाय अनुसारण, अनुशीलन गरी मधु-मांसादिले तलेजु भवानीको पूजा-आजा चलाईबसे ।तद्अवस्थाको राजेच्छा मुताबिक नेपाल खाल्डोमा बज्राचार्यहरूसंग धार्मिक मेलमिलाप राखी आफ्नो हिन्दुधर्म संस्थापन, प्रचार-प्रसार गर्दै रहदै आइरहेको आवस्थामा राजा विश्वमल्लका पालामा इचंगु नारायणस्थानको मन्दिरहरू ठूलो बर्षाभइ पर्वत पहिरोआई इचंगुनारायणको मन्दिर पुरिई ठूलो नोक्सान भइरहेको अवस्थामा पश्चिम १ नं नुवाकोट फिर्केप गाँउ रिमाल डाडा निवासी पं सहश्रशिबानन् रिमाल उपाध्यायले विष्णुमती र भद्रमतीको संगम निर्मल तिर्थमा स्नानगर्दा चतुर्वाहु-नारायणको मूर्ति बगाएर ल्याएको भेटाएछन् । सोमूर्त आफ्नो गाँउ फिर्केपमा लैजादा वाटामा बासवस्दा सपनामा श्रीचतुर्वाहुनारायणले दर्शनदिई मलाई इँचगुमा लगी स्थापना गरिदिनु भन्ने सपना भयो।सोही अनुसार इचंगुमा लगी पहिरोले छोपिएको माटो पन्छाइ हेर्दा अघिकै नारायणमूर्तिको आसन भेट्टाइ वि सं १६०० साल (ने सं ६६३) सालमा नारायणमूर्ति स्थापनागरी श्रीपश्चिम शिखरनारायण (इचंगुनारायण) भनी नामाकरण गरियो । आनि त्यसकै दाहिनेपट्टी श्रीमहालक्ष्मी पनि स्थापनागरेछन् ।सहस्त्रलिङ्ग श्रीपाल नामको कुलदेवता पनि त्यही मानी इचंगुनारायण मन्दिरमा मन्दिरमा नारायणको-मूर्ति भित्र पस्ने ढोकाको दायाँतिर लिङ्ग स्थापनागरी आफै पुजारीभई बसे ।यसको विवरण भाषा वंशावलीमा उल्लेख छ । वि सं १६१७ सालमा राजा महेन्द्रमल्लले कान्तिपूर शहर उन्नति गर्ने सदिच्छाले आफ्नै दरवार नजिक उत्तरपट्टी श्रीपशुपतिनाथको मन्दिर बनाई निज इचंगुनारायणका पुजारीलाई बोलाइ निजवाट श्रीमहेन्द्रेश्वर नामाकरण गरी बैदिक-बिधि विधानद्वारा मूर्ति प्रतिषठापित गराई पं सहस्त्रशिवानन्द रिमाल उपाध्यायलाई राजपण्डित पदले बिभूषित गरेका थिए । वि सं १६२१ साल माघकृष्ण दशमी तिथि सोमवार अनुराधा नक्षत्रको शुभमुहुर्तमा राजा महेन्द्रमल्लले राजपण्डित सहस्रशिवानन्द रिमाल उपाध्यायलाई मूल पण्डित बनाई लिहटोलको आफ्ना गुरूलाई होता गराई कन्नौजबाट झिकाई आएका भारद्वाज गोत्रीय ब्राह्मणहरुमध्ये अल्लासराज ब्राह्मणलाई श्रीतलेजु भवानीको भूजा पकाउने कार्यमा लगाए ।अल्लासराज ब्राह्मणलाई भक्तपुर इपाछें टोलमा बसाए । कोटीहोम यज्ञमा ब्राह्मणलाई बिर्तादान-दक्षिणा दिएको प्रसंगमा राजपण्डित सहस्त्रशिवानन्द रिमाल उपाध्यायलाई इचंगुनारायण स्थानमा बिर्ता र काठमाण्डौ इन्द्रचोकमा ब्रह्मपुर नामगरी एक ठूलो घरसमेत बनाइ दान-दक्षिणा दिएका थिए । राजपण्डित सहस्त्रशिवानन्द रिमाल उपाध्याय त्यही निवास गरे । ह्नोखालाये लिंह्टोलको आफ्नो राजगुरूलाई श्रीमहेन्द्रेश्वर महादेवको पछाडिको बगैचामा ठूलो घर वनाई दान-दक्षिणा पनि दिएका थिए । आल्लासराज ब्राह्मणलाई लाई हेंकन्तलाटोलमा एक ठूलो घर वनाइ दान-दक्षिणा पनि दिएका थिए । पाटका राजा सिध्दिनरसिंह मल्लले आफ्नू दर्वार नजिक पश्चिमपट्टी ढुंगामा रामायण र महाभारतको चरित्र मूर्ति कुदि २१ गजुर राखख श्रीराधाकृष्णको मन्दिर बनाई वि सं १६९३ साल (ने सं ७५७) फागुनशुल्क दशमीतिथि पुनर्वसु नक्षत्र वृहस्पतिवार काशीवाट झिकाइएका गर्ग गोत्रीय षटकुल समुदायमध्ये पं विश्वनाथ उपाध्यायलाई होता गराई वैदिक र  तन्त्रोक्त विधिद्वारा ४६ दिन लगाई कोटिहोम यज्ञ गरी श्रीराधाकृष्णको मूर्ति प्रतिष्ठा गराई निज पुरोहितलाई दान दक्षिणामा वकलिह्म टोलमा एक घर बनाई सो घरमा चाहिने सामानहरू सजाई अंग पूर्ण गरी सुनको कल्पवृक्ष, चाँदीको पोखरी, सुनको मुकुट र एक तण्डुल-पर्वतन समेत दान-दक्षिणा दिएका थिए ।त्यही अवसरमा भारद्बाज गोत्रीय राजगुद्वारा श्रीतलेजु भवानीको पनि प्रतिष्ठा गराई निजराजगुरूलाई दान-दक्षिणा दिएका थिए । कान्तपुर (काठमाण्डौं)का राजा प्रतापमल्लको जेठाछोरा नृपेन्द्र मल्ल सम्वत १७३१ साल (ने सं ७९४) आषाढ शुल्कपक्ष षष्ठि सोमवारमा श्रीदक्षिणमुर्ति स्थापना-गरी इन्द्रोँक ब्रह्मपुरको राजपण्डित सहस्त्रशिवानन्द रिमाल उपाध्यायको पाँचौ पुस्ताको पं भवानीशंकर रिमाल उपाध्यायलाई श्रीदक्षिणामूर्तिको पुजारी गराइ देवपतन दथुटोलमा घरसमेत वन्दोवस्त  गराइ बसाले । सोही पं भवानीशंकर रिमाल उपाध्यायले दथुटोलमा घरमा श्रीइष्टदेवता स्थापना गरीबसे । वि सं १८२१ साल (ने सं ८८४)मा राजपण्डित सहस्त्रशिवानन्द रिमाल उपाध्यायको सातौं पुस्ताको राजपण्डित देवानन्द रिमाल उपाध्याय इन्द्रचोकबाट हात्ती चढेर हनुमानढोका दरवार गइरहेको अवस्थामा मखनटोल सिंहदोवाटो पुग्दा कुनै एकवृद्ध यजमानले दक्षिणा दिदा हात्तीबाट ओर्ली दक्षिणा थापेको राजा जयप्रकास मल्लले तलेजुभवानीको मन्दिरबाट देखेछन् । राजावाट सोधनी हुँदा सो थाहा भएपछि राजावाट “मैले यत्रो धनदिंदा पनि नपुग्ने” भनि राजपण्डित देवानन्द रिमाल उपाध्यायलाई दरवारवाट वरखास्त गरेछन् । पछि पं देवानन्द रिमालले नेवार जाति मध्ये श्रेष्ठ जातिमा यजमानी शुरूगरे । त्यस अवस्थामा नुवाकोट फिर्केपगाँउका रिमालहरूवाट पनि बन्चितहुदा सिमरौनगढबाट आएका भारद्वाज गोत्रीय ब्राह्मण समुदाय र कन्नौजबाट झिकाएका गर्ग गोत्रिय ब्राह्मवर्गसंग मात्र इन्द्रचोक ब्रह्मपुर निवाशी रिमाल वंशले विहावारी चलाएछन् ।
वि सं ५२० सालमा राजामानदेवले राज्यप्राप्त गरिसकेपछि राजाले चांगुनारायणको तन्त्रोक्त वेदोक्त पद्धतिवाट स्थापनागरी भारद्वाज गोत्रीय सुदर्शन ब्राह्मणलाई पुजारीबनाई राखेका थिए । कलिगत बर्ष ३७०७ वि सं ६६३ सालमा राजा अंशुबर्माले ललितपुर (पाटन) लगमखेलमा सुबर्ण खण्डन फाँडी दरवार बनाई आफ्ना दरबार नजिकमा श्रीवटुकभैरवको मूर्ति बौद्धतन्त्र र वैदिकतन्त्रदुवैमतले यथाविधिले स्थापना गरी दुबै मतको पुजारी राखेका थिए ।वि सं १८३१ सालमा श्री ५ महाराजधिराज प्रतापसिंहशाह (सिंहप्रतापशाह)बाट ललितपुर (पाटन) पटकोटोल निवासी भारद्वाज गोत्रीय राजगुरु कीर्तिराजानन्द उपाध्यायलाई बोलाई निजबाट तन्त्रदीक्षा मन्त्र ग्रहणगरी बक्सी गुरू कीर्तिराजानन्द उपाध्यायलाई “राजोपाध्याय” मानपदवी विभुषित गरी बक्सेको कुरा इतिहास पुरश्चर्याणाग प्रञम भागको भूमिकामा प्रकाशित भएकोछ । फलस्वरूप निज ब्राह्मणका समुदाय काठमाण्डौ, भक्तपुर र पाटनका क्रमश: कौशिकगोत्र, भारद्वाज गोत्र र गर्गका सबै ब्राह्मणवर्ग अनि राजा जयस्थितिमल्लले पदवी दिएका देवब्राह्मण वर्ग आ-आफ्नो थर त्यागी श्री ५ महाराजधिराज सिंहप्रताप शाहबाट वक्सेको “राजोपाध्याय” भन्ने पदवी सबैले ग्रहण गरी राजोपाध्याय लेख्ने चलन चलाएछन् । यसले गर्दा सबै ब्राह्मण समुदायदेखि अलग्गै जाति हुन गई गोत्रनै नभएको जस्तो हुन गएछ ।बालचन्द्र शर्मा एम ए ले “नेपालको ऐतिहासिक रूपरेखा” मा लेख्नु भएकोछ: “हिन्दुधर्मावलम्बी नेवारहरूमध्ये द्योभाजु ब्राह्मणका स्थितिमा छन् । यी आफुहरूलाई राजोपाध्या लेखदछन्” । श्री ५ महाराजधिराज रणवाहादुर शाहको उदय भएपछि मौसुफकी कान्छी महारानी कान्तिमतीलाई विफर ( शितला)को रोगले ग्रस्त गरी वि सं १८५६ साल कार्तिक महिनामा निधन हुँदा वियोगवस प्रजा धपाउने क्रममा इन्द्रचोक ब्रह्ममपुरका ब्राह्मणहरू मात्रका परिवारहरू सबै धपाई सर्वस्व हरण गर्दा सर्वानन्द राजोपाध्या (रिमाल उपाध्याय) की बहिनी धृतलक्ष्मीले आफु अन्धि भएकीले अविवाहित भनि श्री ५ महाराजधिराज रणबहादुर शाहका हजुरमा विन्ति चढाई आफ्ना दाजुभाइहरूलाई दिइन् । वि सं १८८१ साल मंसीर महिना कृष्णपक्ष पञ्चमी तिथिको दिनमा धृतिलक्ष्मीको निधन भयो ।
पं सहस्रशिवानन्द रिमालको वंशावली:- 
८    शिवानन्द रिमाल उप्याय (सुदामा)
९    ऋषिदेव
१०   जगन्नाथ
११   विश्वनाथ
१२   महादेव
१३   चन्द्रशेखर (वि सं १७१६ मा राजा सिद्धिनरसिंह मल्लले हात्ति दान दिएको)
१४   देवानन्द
१५   शिवानन्द
१६   कविशेखर
१७   सर्वानन्द
१८   विधुशेखर
१९   वेदशेखर
२०   पद्मानन्द
२१   हरिशमकरानन्द

Source:
http://rimalsociety.com.np/index.php/%E0%A4%AE%E0%A4%A7%E0%A5%8D%E0%A4%
AF%E0%A4%95%E0%A4%BE%E0%A4%B2 


पशुपति नै जानून्



हिमालखबर.कम BETA









रिपोर्ट
पशुपति नै जानून्
राष्ट्रवादी कार्ड फ्याँकेर पशुपतिको पुजारी परिवर्तन गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले आन्तरिक दबाबसँगै भारतबाट आएको प्रतिक्रिया, सल्लाह र सुझाव बमोजिम नै यो निर्णय फिर्ता लिए। रामेश्वर बोहरा को रिपोर्ट

                                         


लक्ष्मी नखुशी
बाहिर-भित्र मूलमट्ट महादलेश्वर
१०दिनअघि आफ्नै निर्देशनमा भएको पशुपतिमा नयाँ पुजारी नियुक्तिको विरोध गर्नेहरूलाई पार्टीपङ्क्तिबाट राष्ट्रविरोधी र भारतीय एजेण्टसम्म भनाउन भ्याएका प्रधानमन्त्री पुष्पकमल दाहालले २३ पुसमा व्यवस्थापिका-संसद्मा सो नियुक्ति बदर गरिएको र अर्को व्यवस्था नभएसम्म पुरानै पुजारीबाट पूजाआजा गराउने घोषणा गरे। यसअघि उनले पशुपति प्रकरणमा सरकारले क्रान्तिकारी काम गरेको र विरोध गर्नेहरूले अनावश्यक राजनीतिकरण गरेको अभिव्यक्ति दिँदै आएका थिए।
केही दिनअघि मात्र पशुपतिबाट अलग गराइएका मूलभट्ट महाबलेश्वरले आठ दिनदेखि अवरुद्ध नित्यपूजालाई २४ पुसदेखि निरन्तरता दिएका छन्। दक्षिण भारतका भट्ट (पुजारी)हरूले पूजाआजा गर्ने परम्परा तोड्दै कोषका संरक्षकसमेत रहेका प्रम दाहालको निर्देशनमा पशुपति क्षेत्र विकास कोषले १३ पुसमा भारतीय पुजारीलाई हटाएर नेपाली पण्डित डा. विष्णुप्रसाद दाहाल र शालिग्राम ढकाललाई नियुक्त गरेको थियो। नयाँ पुजारीलाई पशुपतिनाथमा स्थापित गराउन संस्कृति तथा राज्य पुनर्संरचना मन्त्री गोपाल किराँती, कोषका सदस्यसचिव परमानन्द शाक्यसहित सयौं मावादी कार्यकर्ता र वाईसीएल लडाकूलाई मन्दिर क्षेत्रमा आक्रामक ढङ्गले परिचालन गरिएको थियो। यस क्रममा नयाँ पुजारीबाट पूजा नगराउन र अर्को आदेश नभएसम्म पुरानै पुजारीबाट पूजाआजा गराउन सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेश पालना नगर्ने घोषणासमेत गरियो।
मावादी नेतृत्वको सरकारले यो निर्णय राष्ट्रियताको नाउँमा गरेको थियो। राष्ट्रवादी कार्ड फ्याँकेर चालिएको कदम भएपनि त्यसको पछाडि हरेक क्षेत्रमा खेल्ने रणनीति अनुसार धार्मिक र सांस्कृतिक क्षेत्रमा आफ्नो प्रभुत्व जमाउने मावादीको भित्री चाहना लुकेको देखिन्थ्यो। राजनीतिक विश्लेषक नीलाम्बर आचार्य भन्छन्, “राज्यले धर्म-संस्कृतिमाथि नियन्त्रण गर्न खोज्नुहुँदैन। तर, मावादीले त्रास फैलाएर अधिनायकवादी शैलीमा नियन्त्रण जमाउन खोज्यो। हिजो राजाको संरक्षण र नियन्त्रणमा रहेका धार्मिक संस्था आफ्नो नियन्त्रणमा राख्न खोज्नु लोकतान्त्रिक मूल्य, मान्यता र अग्रगमन विरोधी कार्य हो। धार्मिक संस्थाको सञ्चालन धर्मसँग सरोकार राख्नेहरूबाटै हुनुपर्छ।”
पशुपतिको परम्परा


नरेन्द्र श्रष्ठ/कान्तिपुर
भित्र-बाहिरः पुजारीद्वय दाहाल र ढकाल
विश्वभरकै हिन्दूहरूको आस्थाको केन्द्रका रूपमा रहिआएको पशुपतिमा २६१ वर्ष (वि.सं. १८०४) देखि दक्षिण भारतका पुजारीहरूबाट पूजाआजा हुँदै आएको चलन जयस्थिति मल्लले चलाएको विश्वास गरिन्छ। मल्लकालको समाप्तिपछि शाह राजाहरूले यसैलाई निरन्तरता दिए। त्यसअघिराजोपाध्याय र सन्न्यासीहरूले पूजाआजा गर्ने गरेको पशुपतिमा दक्षिण भारतका भट्ट नै किन ल्याइयो भन्ने तथ्य कहीँ पाइँदैन, यसबारे कसैले खोजी गरेको इतिहास पनि भेटिँदैन।
तिपयका भनाइमा, जुठो, सूतकलगायत अन्य छेकबारका कारण पूजा नटुटोस् भनेर भारतको दक्षिणी भेग, त्यसको पनि चारकुनाबाट, पुजारी ल्याउने गरिएको हो। भारतका कतिपय मन्दिरमा पनि यसै कारणले हुनसक्छ, नेपाली पुजारीहरू राखिएका छन्।
तत्कालीन राजाबाट हुँदै आएको पशुपतिका भट्टको नियुक्ति पशुपति क्षेत्र विकास कोष ऐनमा २८ असोज २०६३ मा गरिएको संशोधनपछि कोषको सिफारिसमा प्रधानमन्त्रीले गर्ने व्यवस्था गरिएको थियो। त्यसकै आडमा मावादी नेतृत्वको संस्कृति मन्त्रालय मातहत पर्ने पशुपति क्षेत्र विकास कोषले पशुपतिका भट्टहरूले स्वास्थ्यका कारण दिएको राजिनामा स्वीकृत गर्दै नेपाली नागरिकलाई पुजारी नियुक्त गरेको थियो।
यद्यपि भट्टहरूलाई राजिनामा गर्न मावादीले दबाब दिएर बाध्य पारेको बताइन्छ। पुजारी नियुक्तिपछि शुरु भएको विरोध भने नेपाली राखिएकोमा नभई धर्म, परम्परा र प्रक्रियासङ्गत नभएकोमा थियो। नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति विदुर पौडेलका भनाइमा, नेपाली वा भारतीय जोसुकै पुजारी नियुक्त गरिए पनि पशुपतिनाथको परम्परा, विधि र प्रक्रियालाई ख्याल गर्नुपर्थ्यो; तर, नियुक्तिमा यी कुनैको ख्याल गरेको देखिएन।
पशुपतिका मूलभट्ट र अन्य भट्टको नियुक्ति प्रक्रिया जटिल छ। पशुपतिनाथमा पुजारी हुन वैदिक ज्ञान र पूजातन्त्रका १० महाविद्यामध्ये षोडशी विद्यामा पोख्त तथा तन्त्रविधि अनुसार पूजा गर्न जानेको हुनैपर्छ। त्यति भइसकेपछि पनि पशुपतिका मूलभट्टबाट दीक्षा नलिई मन्दिरमा प्रवेश गर्न पाइँदैन। र, पशुपतिबाट बिदा लिने मूलभट्टले आफू बाहिरिने बेला मात्रै आफ्नो उत्तराधिकारीलाई दीक्षा दिने परम्परा छ।
यो परम्पराको विचार नगरी संस्थानमा राजनीतिक नियुक्ति गरे झ्ैँ शक्तिका आडमा मूलभट्टको नियुक्ति गरेकोले सरकार आलोचित हुनपुगेको हो। कोषको पदेन सदस्य रहने काठमाडौं क्षेत्र नं. ४ का सभासद् सुप्रभा घिमिरे भन्छिन्, “प्रतिस्पर्धाबाट योग्य पुजारी छनोट गर्नुसाटो मन्त्री र सदस्यसचिवले आफैँ नियुक्त गरेर धर्म, संस्कृति र परम्परालाई तिलाञ्जलि दिने काम गरे।” समावेशीको ख्याल गर्दै मावादीले अन्य समुदायबाट पुजारी छनौट गर्ला कि भन्ने कतिपयको अपेक्षा विपरित नियुक्त गरिएका दुई पुजारी (दाहाल र ढकाल) तथा पछि तोकिएका दुई जना सहयोगी पनि पहाडे बाहुन परेको देखियो। ब्राह्मण नै हुनुपरे मधेशी ब्राम्हण या नेवारमध्येका राजोपाध्याय तर्फ कसैको ध्यान गएन।
पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्यसमेत रहेका पौडेल भन्छन्, “विधि र प्रक्रियामै गम्भीर त्रुटि गरियो। सरकारले संस्कृति विज्ञहरूको छनोट समिति बनाई प्रतिस्पर्धाबाट नयाँ पुजारी नियुक्ति गर्न सक्थ्यो, तर शक्तिका आडमा क्रान्तिकारी काम गरेजस्तो देखाएर धार्मिक र सांस्कृतिक क्षेत्रमा हस्तक्षेप गरियो।” इतिहासविद् तथा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति श्रीकृष्ण आचार्य पशुपति प्रकरणमा सरकारको नियत ठीक देख्दैनन्। “बाहिर जे भनेपनि भट्टहरूको त्रस्त अवस्था हेर्दा उनीहरूलाई हठात् निष्काशन गरेर बलपूर्वक नयाँलाई राखिएको देखिन्छ” उनी भन्छन्, “यसबाट धर्म, संस्कृति र मूल्यमान्यता तहसनहस पार्न नियोजित षड्यन्त्र भइरहेको सङ्केत मिलेको छ।”
पशुपति विकास कोष ऐनमा कोषको कर्तव्य भनेर पशुपतिनाथलगायत यो क्षेत्रभित्रका सबै देवीदेवताका मन्दिरमा परम्परागत धार्मिक रीतिस्थिति बमोजिम पूजाआजा सञ्चालनको व्यवस्था मिलाउने काम तोकिएको छ। यसको अर्थ चलिआएको धार्मिक परम्परालाई कायमै राख्नु भन्ने हुन्छ। तर, पशुपति प्रकरणमा परम्परा र संस्कृतिको संरक्षण गर्न खोजेको देखिएन। “क्रान्तिकारिताका नाममा पूजापद्धति र परम्परा नै परिवर्तन गर्न मिल्दैन”, आचार्य भन्छन्, “वैदिक सनातन धर्मावलम्बीहरू वेदले जे भनेको छ, त्यहीमात्र गर्न सक्छन्।”
पुजारी परिवर्तन प्रकरणले १७-२३ पुसमा पशुपतिनाथको नित्यपूजा रोकियो। नित्यपूजा अन्तर्गत पर्ने श्रीयन्त्र पूजा, पञ्चामृत पूजा, आवृत्ति रुद्री पाठ, कलश र बालभोग चढाउने काम ठप्प भए। वि.सं. १४०६ मा बङ्गालका समसुद्दिनको नेतृत्वमा मुसलमानहरूले काठमाडौंमा आक्रमण र पशुपति लुटेयता इतिहासमै पहिलोपटक पशुपतिको नित्यपूजा रोकिएको जानकारहरू बताउँछन्। यसले प्रतिगामी, अतिवादी र यस्तै अन्य शक्तिहरूलाई चलखेल गर्ने ठाउँ बनाइदिएको छ। नारायणहिटी छोडेपछि मौन बस्दै आएका पूर्वराजा ज्ञानेन्द्रले यही मौका छोपी १९ पुसमा केही पत्रकार बोलाएर “पशुपतिनाथलाई राजनीतिक विवादमा नमुछ्न” आग्रह गरे। भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंहले प्रधानमन्त्री र राष्ट्रपतिलाई टेलिफोन गरेर यसबाट भारतवासी हिन्दूको आस्थामा ठूलो चोट पुगेको गुनासो गरे र यस्तै गुनासो भाजपा नेता लालकृष्ण आडबाणीको पनि रह्यो।
राष्ट्रपति डा.रामवरण यादवको निमन्त्रणामा २० पुसमा नेपाल भ्रमणमा संयोगवश आएका भारतीय समाजवादी दलका अध्यक्ष मुलायमसिंह यादव र महासचिव अमरनाथ सिंह यही घटनालाई निहुँ बनाएर पशुपतिनाथको दर्शन गर्न गएनन्। नेपाल आउने हिन्दू धर्मावलम्बी भारतीय नेताहरू यसअघि पशुपतिको दर्शन नगरी जाँदैनथे। यादव र सिंहसँगै २० पुसमा पशुपति दर्शन गर्न नेपाल आउने योजना बनाएका भारतीय उद्योगपति अनिल अम्बानी र कलाकार अमिताभ बच्चनले भ्रमण स्थगित गरे। यो घटनाले हिन्दूवादीमात्रै होइन, भारतका मध्यमार्गी हिन्दूहरूलाई आक्रोशित बनाएको देखिन्छ, जसलाई मलजल गर्ने काम त्यहाँका टिभी-न्यूज च्यानलहरूले गरे। उपकुलपति पौडेल भन्छन्, “विश्वभरका हिन्दूहरूको सांस्कृतिक अखण्डता राजनीतिक सीमाभन्दा पनि पुरानो र त्यतिकै प्रगाढ छ। अब यो टुट्ने हो कि भन्ने खतरा पैदा भएको छ।”
पुराना भट्ट हटाएर नयाँ भट्ट नियुक्त गरेपछि सबैभन्दा पहिले धर्म, संस्कृति, परम्परा र विधिको शासनमाथि अतिक्रमण भएको भन्दै पशुपतिनाथमा पुजारीका सहयोगी र सम्पत्ति संरक्षणको जिम्मा पाएका भण्डारीहरू आन्दोलनमा उत्रिएका थिए। भण्डारीका अगुवा तथा पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्यसचिव शिवशरण राजभण्डारी भन्छन्, “धर्म-संस्कृति र परम्परा संरक्षणका लागि आन्दोलनमा उत्रन बाध्य भएका हौं।” भण्डारीहरूको शान्तिपूर्ण आन्दोलनमा मावादी कार्यकर्ताहरूले आक्रमण गरेपछि पशुपति क्षेत्र करिब चार-पाँच दिन तनावग्रस्त रहन पुग्यो।
आम्दानीमा नजर पशुपतिको मुख्य आम्दानी स्रोत भारतबाट आउने दर्शनार्थीहरू हुन्। युरोपेली स्तरको जीवनशैली अँगाल्न थालेका भारतीयहरू पशुपति दर्शन गर्न आउँदा भेटी-दक्षिणाका रूपमा बहुमूल्य जवाहरात र ठूलो रकम चढाउँछन्। योबाहेक पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा करिब २,२३३ रोपनी जग्गा छ। तर, यो आम्दानीको कुनै लेखाजोखा छैन। सुन-चाँदी, जवाहरात र जिन्सी सामग्री ढुकुटीमा राखिए पनि नगद आम्दानीको हिसाब भेटिँदैन। भट्ट र भण्डारीहरूको पारिश्रमिकसमेत नतोकिएकाले उनीहरूले आम्दानीलाई नै पारिश्रमिकका रूपमा हिस्सा लगाउने गरेका छन्। कोषका पूर्वसदस्य पौडेल आम्दानी पारदर्शी नभएकाले पशुपतिबारे अनेकथरी कुरा उठ्ने गरेको बताउँछन्।
मावादी नेतृत्वको सरकारले नयाँ भट्ट नियुक्तिमा आर्थिक पारदर्शिताको मुद्दा उठाए पनि त्यसको आडमा पशुपतिको आम्दानीमा आँखा गाडेको आशङ्का छ। आम्दानी व्यवस्थित गर्ने योजना ल्याउनुको साटो मावादीप्रति नरम रहेका व्यक्तिहरूलाई पुजारीमा नियुक्त गरिनुले त्यही आशङ्कामा बल पुर्‍याएको छ। सर्वोच्च अदालतको पूर्ण इजलासले २०५९ सालमै नियम बनाएर पशुपतिको आम्दानी व्यवस्थित गर्न दिएको आदेश र प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले २०६३ मै भट्ट तथा भण्डारीको नियुक्ति, सेवासुविधा, काम, कर्तव्य र अधिकारसम्बन्धी नियमावली बनाएर त्यसलाई व्यवस्थित गर्न दिएको सुझ्ाव अहिलेसम्म कार्यान्वयन भएको छैन।
पशुपतिमा नयाँ भट्टको नियुक्तिपछि आएको प्रतिक्रियाको मुख्य कारण पूजाको रीतिथिति विपरित दीक्षा नपाएका पण्डितद्वारा पूजाआजा हुनाले पशुपतिनाथ विटुलो बनाइएको धारणा हो। पशुपति प्रकरणबाट पहाड र मधेशका हिन्दू धर्मावलम्बी बाहेक पहाडको हिन्दू परम्परासमेत मान्ने र शंकर, भोलेबाबा, किराँतेश्वर आदि विभिन्न नाममा शिवप्रति आस्था राख्ने जनजाति समुदायमाथि त ठेस पुगेको छ नै, हिन्दू अतिवादबाट आजसम्म बचेको राष्ट्रिय राजनीतिमा मावादीको बेलाबखतको उग्र वाम राजनीतिको खिलाफमा उग्र दक्षिणपन्थ राजनीतिले टाउको उठाउनसक्ने खतरा समेत देखिन्छ।

बैदिक नेवार ब्राम्हण द्यः ब्रम्हू

Post by: RoSaN RajopadhyayaPost Date: Sunday 2010/12/05

Source: Padam Shrestha
ब्राम्हण थरका नेवार आचार्य, शर्मा, सुबेदि र रीमाल आचार्य, रीमाल, शर्मा, सुबेदि वा राजोपाध्याय जातीका बैदिक ब्राम्हण, नेवार समाजको नेतृत्वमा प्रत्येक बर्षपाटन कृष्ण मन्दिर अगाडी पर्रदर्शन हुने कात्ति प्याखं -कार्तिक नाच) कार्तिक शुक्ल षष्ठीको दिनदेखि शुरु हुने परम्परा छ ।
बिश्वप्रशिद्ध पाटन कृष्ण मन्दिर नेपाल सम्बत ७५७मा निर्माण सम्पन्न भइसकेपछि राजा सिद्धिनरसिंह मल्लका शिक्षा गुरु हरीबंश उपाध्यायको सल्लाह सुझाब मुताबिक 'कार्तिक नाच' प्रारम्भ गरीएको बताइन्छ । तत्कालीन पाटन देशमा रहेका सबैथरीका जातजातीलाई एउटै डबलीमा ल्याउने र उनीहरुको र्समर्थन, सहभागीता बढाएर राजा र राष्ट्रको शक्ति तथा धार्मिक समन्वय गराएर जनता राजाबीचको सम्बन्ध बलियो बनाउने उद्देश्यबाट शिक्षा गुरु हरीबंश उपाध्यायको आङ्खनै लेखन, निर्देशनमा कार्तिक नाच सञ्चालन भएको उल्लेख पाइन्छ ।
खिं बाजाको तालमा तान्त्रिक लवजको आधार दिइ रातिराति नचाइने कात्ति प्याखंमा शाक्य, बज्राचार्य, श्रेष्ठ, चित्रकार, ज्यापु, मल्ल, पोडे, कुश्ले लगायत प्राय सम्पूर्ण नेवारका जातजातीलाई छुट्टाछुट्टै भुमिकामा सहभागिता गराएको हुन्छ । नरसिंह अवतार लीलालाई मुल मानी नचाइने कार्तिक नाच ठग -कृष्ण) लीला, दधिलीला र बौद्ध धर्मावलम्बिहरुको सहभागितामा बुद्ध लीला पनि कार्तिक नाचको अवसरमा मञ्चन गर्ने प्रचलन पाइन्छ । बर्तमान कृष्ण मन्दिरका पुजारी तथा नरसिंह बनी नृत्य गर्नुहुने कार्तिक नाचका मुख्य पात्र प्रकाशधर शर्मा आचार्यका अनुसार तान्त्रिक पद्धतीका आधारमा रहि नचाइने कार्तिक प्याखं शुद्ध भइ नङ, कपाल काटि जनै फेरेर दिनभर भोकै रहि नृत्य गर्नुपर्ने परम्परा रहेको छ ।
मल्लकालमा राजाले पाटन दरवारको लु“झ्याःमा बसी कार्तिक नाच अवलोकन गरी बस्थे भने नरसिंहद्वारा नाटकमा मारीने हिरण्यकश्यपुकी श्रीमति घरको कुनामा बिधीपूर्वक बलिरहने तेलको दिप हेरेर बसिरहन्थिन् ।
नरसिंहद्वारा नाटकमा हत्या गरीएका हिरण्यकश्यपलाई तलेजुका पुजारी ज्वालानन्द राजोपाध्यायले मंगलबजारको मंगाःहिटिबाट ल्याइएको पानी मन्त्रसाधना गरी नर्छर्की दिएसम्म उनको होश खुल्दैन भन्ने भनाइ पाइन्छ । यदि शुद्धता र तान्त्रिक साधनामा कमि भएमा हिरण्यकश्यप हुने ब्यक्तिको साच्चै मृत्यु हुनसक्ने कुरामा स्थानीय बासिन्दा गहिरो बिश्वास ब्यक्त गर्दछन् । गर्ग गोत्रिय बंश परम्परा अनुरुप सञ्चालन हु“दै आइरहेको कार्तिक नाच राजा सिद्धिनरसिंह मल्लका शिक्षा गुरु बिश्वनाथ उपाध्यायपछि परशुराम, लक्ष्मीनारायण, चक्रधर, किर्तिधर, गोपीधर, प्रयागधर हाल प्रकाशधर शर्मा आचार्यपछि प्रतापधर शर्मा आचार्यसम्म नवौं पुस्ता भइसकेको छ । आङ्खनो बंशज पुर्खा कान्यकुन्जबाट आएका तन्त्र साधनाका प्रकान्द दुइ दाजुभाइ हुन् भन्नुहुने बिकाशधर शर्मा आचार्यका अनुसार त्यति बेलाको बौद्ध समाजले उनीहरुलाई कहिं पनि बस्न दिएन छन् । किम्बदन्ति अनुसार कान्यकुन्जबाट नेपाल पसेका गर्ग गोत्रिय शर्मा आचार्य बंशका ती दुइ दाजुभाइले र्सवप्रथम साँखु बज्रयोगिनी मणिचुडमा अग्निशाला स्थापना गरी बसेछन्, त्यहाँ अग्निशाला राख्न नदिएपछि बिशालनगर, हाडिगाउँमा र त्यहाँपनि बस्न नदिएपछि भाइ यशोधरा शर्मा आचार्यले पाटनमा बौद्ध भिक्षु बनी बस्न लागेछन् भने दाजुचाहिंले आङ्खनो कुलधर्म नछाडी प्रभाबलि नदि -हाल नख्खुखोला) छेउ अग्निशाला स्थापना गरी बस्न पुगेका बताइन्छ ।
भाइको नाउँमा स्थापित यशोधरा महाबिहार -ब्राम्हण संस्कारीत बुद्धबिहार) पाटन बुबहालमा अध्यावधिक पाइन्छ । निजका बंशज बज्राचार्य कहलाउन पुगे भने दाजु -नाउँ खुल्न नसकेका) चाहिंका सन्तान हाल पनि नेवार तान्त्रिक पद्धतीमा आधारीत बौद्ध संस्कार संरक्षण सर्म्बर्द्धनमा लागीरहेका छन् । पाटनमा अग्निशाला स्थापना गर्ने आचार्य शर्मा बंशज पश्चात तायव राज उपाध्याय, बिष्णु शर्मा, श्रीनाथ बहुपाध्याय पछिमात्र राजा सिद्धिनरसिं मल्लका शिक्षा गुरु हरिबंश उपाध्यायको नाउँ पाइन्छ । हरीबंश अगाडी चार पुस्ता र हरीबंश पछाडी नौ पुस्ता गरी जम्मा कृष्ण मन्दिर अगाडी कार्तिक नाच सञ्चालन गर्ने बंशज चौध पुस्ता बितीसकेको कुरा बर्तमान कृष्ण मन्दिरका पुजारी प्रकाशधर शर्मा बताउनुहुन्छ ।
बैदिक प्रतिष्ठानका अध्यक्ष तथा नेवारी संस्कृतीका दार्शनिक बलदेब जुजुको अध्ययन अनुसार मुख्यतया पा“चडोरे जनैधारी नेवार ब्राम्हण तीन गोत्रका छन् । जस अनुसार भारद्वाज गोत्रिय बंशज सुबेदिराजोपाध्याय, चा“गुनारायणका पुजारी चक्रधरानन्द राजोपाध्याय, गर्ग गोत्रिय शर्मा आचार्य उपाध्याय शेष नारायण फर्पिङका पुजारी महेन्द्र नारायण राजोपाध्याय, र कौशिक गोत्रिय रीमाल नेवार ब्राम्हण इचंगु नारायणका पुजारी हुन् भने बिशंखुमा आधिकारीक कुनै पुजारी छैनन् भन्नुहुन्छ ।
लिच्छबी कालभन्दा अगाडी हरीदत्त बर्माकै पालामा निर्माण भएको चा“गु मन्दिरको इतिहास केलाउ“दा राजोपाध्याय, शर्मा, रीमाल, सुबेदि, नेवार बंशजको अस्तित्व प्रमाणित हुनुले नेवार ब्राम्हणको प्राचीनता ज्ञात हुन्छ । राजा जयस्थिती मल्लभन्दा अगाडी राष्ट्रदेब पशुपतिनाथको पुजारी राजोपाध्याय जातकै नेवार रहेकेा आधार हाल पनि प्रत्येक पुणिर्माका दिन महाभोग महाज्ञानमा मखंछे“का भान्जा बंशज बिन्दुमणि राजोपाध्यायबाट आ“गन देवताको कलश पुजा गोप्य रुपमा गर्ने परम्पराले दिने गर्दछ । उपाकर्म गुठिको नाउ“मा संगठित राजोपाध्याय नेवार ब्राम्हणको मुख्य बसोबास काठमाडौंको वंघःछे“ -इन्द्रचोक), मखंछे“ -मखन), पाटन ललितपुरको सोथकवः, वलाकवः, महाद्यःननि, वलिम पटको, वनिम कवः तहूलिभि, अग्निशाला र भक्तपुरको इपाछे“ चुचाछे“मा रहेको छ ।
उल्लेखित स्थानमा उपाकर्म गुथि रहने गरी तहुलिवि कवः ललितपुरबाट फर्पिङ, वलिम्ह कवः लपुवाट नाला, भुलिखेल, रसाखुं बसाइ“ सराइ गएका राजोपाध्याय, सुबेदि शर्मा रीमाल जातीका नेवार पाइन्छन् । पाटन कृष्ण मन्दिर अगाडी राजोपाध्याय नेवार जातीको नेतृत्वमा हुने कार्तिक नाच बाहेक भक्तपुरको कांसी बिश्वनाथको भैरब रथ यात्रा र तलेजुपुजामा नेवार ब्राम्हणको नेतृत्वदायि भुमिका रहने परम्परा पाइन्छ ।
द्यः ब्रम्हु नेपाल ब्राम्हणको कर्मकाण्ड धर्म संस्कार ;
बैदिक पद्धतीमा उपत्यकाको मौलिक तन्त्र साधना समाहित गरीएपछि नेपाल नेवाल, वा नेवार ब्राम्हण कहलिन पुगेका द्यः ब्रम्हू तान्त्रिक र बैदिक दुबै पद्धतीका ज्ञाता हुने गर्दछन् । खस ब्राम्हण बिशुद्ध बैदिक मात्र भएको हु“दा यिनीहरुमा तन्त्र पाईंदैन भने द्यः ब्रम्हू नेवार ब्राम्हणले तन्त्र पद्धती अनुरुप भैरब, कुमारी पुज्दा बलि सहित रा“गाको मासु प्रयोग गरी समयबजी ख्वाउने परम्परा रहेको कुरा बिश्वबिख्यात कृष्ण मन्दिरका पुजारी प्रकाशधर शर्मा बताउनुहुन्छ । बैदिक परम्परामा मत्स्य, मासु, मदिरा, मुद्रा, र मैथुनलाई ग्राहय मानिंदैन । तर नेवाल तन्त्र पद्धतीमा पञ्चमाकार पद्धतीलाई प्रयोग गरी साधनाको उच्च स्थान पुग्न सकिन्छ भन्ने मान्यतालाई स्वीकारीएको पाइन्छ । अर्थात बैदिक याचक हुन मात्र देवतास“ग याचना गरी समस्याको समाधानार्थ आग्रह गर्ने तर नेवार तन्त्र पद्धतीमा ब्राम्हण आफैं वा आङ्खनै शरीरमा देवता चढाएर चाहेको इच्छा पुरा गराउने दाबी गर्दछन् । तर पनि खसः बैदिक ब्राम्हणस“ग बिवाह चलाउने नेवार ब्राम्हण पनि स्यस्यः -श्रेष्ठ) जस्तै :
१. धौबजि नकः वनेगु -दुइ जीउकी छोरीलाई दहि चिउरा ख्वाउने)
२. मचाबू ब्यंकेगु -न्वारान)
३. न्हाय्पं प्वाः खनेगु -कान छेड्ने)
४. थःछे“य् मचाबू लहिकः वनेगु -माइतीघरमा सुत्केरी पालिन जाने)
५. मचा जन्को -पास्नी)
६. आखः स्यनेगु -अक्षराम्भ)
७. कय्तापुजा -जनै दिएर बैदिक तन्त्र परम्परा अनुरुप ब्रतबन्ध)
८. पसिं बिइगु
९. बाःर्‍हा -बार्‍ह दिनसम्म कोठामा थुनी बाःर्‍हा राख्ने)
१०. इहिपाः -बिवाह)
११. जन्को -पास्नी)
१२. सिज्या -मृत्यर्ुकर्म)
बार्‍हैवटा संस्कार गरीन्छ । तर नेपाल ब्राम्हणमा ब्रतबन्ध अघि बसुखा नामको छुट्टै संस्कार टुप्पी राखी मन्त्र दिने परम्परा समेत तेर्‍हवटा संस्कार मानिने प्रथा पाइन्छ । बैदिक नेवार ब्राम्हणको भोज तथा अन्य कर्मकाण्डमा भने रा“गाको मासु चल्दैन ।
द्यःब्रम्हू राजोपाध्याय नेवार ब्राम्हणको धर्म :
पाटन कृष्ण मन्दिरका पुजारी प्रकाशधर शर्मा, बैदिक प्रतिष्ठानका अध्यक्ष बलदेब जुजु र भक्तपुरबासी संस्कृतीबिद रत्न जुजु -रमापतिराज शर्मा) तीनैजना आङ्खनो बंशलाई हिन्दु धर्मावलम्बि होइन, सनातन बैदिक धर्मावलम्बि भनिनुपर्ने तर्क दिनुहुन्छ । चार बेद, १८ पुराण रामायण महाभारत कतै उल्लेख नभएको हिन्दुस्थानी राष्ट्रियतालाई स्वतन्त्र र्सार्वभौमसत्ता सम्पन्न नेपाल राष्ट्रको थाप्लोमा हिन्दु धर्म भनी लाद्नु भारतीय गुलामी मानसिकता मात्र हो । बलदेब जुजु स्पष्ट शब्दमा भन्नुहुन्छ । हप्ताहलाई युनानी सप्ताह भन्ने गरे झैं सिन्धुघा“टि सभ्यतामा हर्ुर्किएका सिन्धुस्थानीलाई मुसलमानले हिन्दुस्थान भन्न थाले र पछि बेलायती राज्य भारतमा चलेपछि त्यहि हिन्दु शब्दलाई इण्डो वा इण्डोइ हु“दै इन्डिया भन्न थालिएको हो । मानव सभ्यताको बिकास भारत अर्थात हिन्दुस्थानबाट नभइ हिमाली क्षेत्रबाट भएको कुरा बैज्ञानिका आधारबाट प्रमाणित भइसकेको उल्लेख गर्दै संस्कृतीबिद रत्न जुजु आङ्खनो बंशजलाई भारतबाट आएका हिन्दुस्थानी भारतीयकरण गराउन खोजिरहेकोमा आपत्ती ब्यक्त गर्नुहुन्छ ।
उहा“को बिचारमा प्राचीन ऋषि पहाडका गुफामा ध्यान गरी बस्थे भने प्राचीन बौद्ध साहित्यमा सिफुचो -शिवपुरी फुचो) फुल्चोकी लगी कैयौं ब्राम्हणलाई बौद्ध भिक्षुका रुपमा दिक्षित गरीएको आख्यान पाइन्छ । जुन ब्राम्हण आफु मथुरा, मगध, कान्यकुन्ज र नेपालकै मनहराका साथै कोशीको मूलबाट आएको बताउ“छन् । तर रत्न जुजुको बिचारमा बसाइ“सराइका क्रममा तर्राईबाट तलतल हु“दै भारतका बिभिन्न ठाउ“मा पुगेर पछि पुनः आफन्तकै आडभरोसा लिंदै नेपालमा पसे ।
 
Source:
http://www.rajopadhyaya.info/detail_article.html?article=8
नेवार समुदायको धर्म  संस्कार
Posted Sat, 02/20/2010 - 19:37 by kashinath.tamot
नेवार समुदायको धर्म  संस्कार
काशीनाथ तमोट
धर्म
नेवार समुदायलाई धर्मको दृष्टिले कुनै एक धर्मसँग सम्वद्ध गर्न सकिंदैन। मूलतः भोटवर्मेलीभाषाभाषी हुँदा यस समुदायमा शामानी (शामानिजम्/परम्परागत भूतप्रेत मान्नेधर्मकोअवशेष पनि हुनुपर्ने होतर ती छन् भने कुन रुपमा छन् यसै भन्न सकिन्न। अहिले नेवारसमुदाय मूलतः आर्य धर्म मान्दछन्। तिनमा हिन्दू  बौद्ध दुइ शाखा छन्।
नेपालको इतिहासमा वर्णित इशापूर्व सहस्राब्दिभित्रका गोपालमहिषपालकिरात  प्राचीनकालका वर्मालिच्छविगुप्त आदि  मध्यकालका मल्लराउतप्रधानअमात्यमहापात्र आदिसबै अठारौं शदीसम्मका नेपालमण्डलमा रहेका सम्पूर्ण समुदाय नेवार भएकाले झण्डै २५ सयवर्षभत्रका नेपाल-वासीहरुले अपनाएको धर्म नै वर्तमान नेवारहरुको धर्म हो। यसो हुँदा प्राचीन,मध्यकालीन नेपालको धार्मिक समन्वयको इतिहास भन्नु नै नेवारहरुको धर्मको इतिहास हो।वर्तमान नेवार समुदायमा हिन्दू धर्मावलम्वीहरुमा राजोपाध्याय पुरोहित छन् भने बौद्धहरुमावज्राचार्य पुरोहित छन्। नेपालको बौर्द्धधर्म महायानी हो। यसभित्र वज्रयानी प्रमुख छन्। यसशताब्दिको शुरुदेखि थेरवादी बौर्द्धधर्म पनि श्रीलंका-वर्माबाट नेपालमा प्रवेश गरेको छ। अहिलेयसले नेवार समुदायमा गहिरो जरा गाड्दै कतिपय नेवारहरुको यो जीवनपद्धति बन्न गएकोछ।नेवारहरु मध्ये कतिपय भोटिया (लामाबौद्ध धर्मावलम्बी पनि रहेका छन्।
नेपाल पसेका अन्य धर्महरुले पनि नेवारहरुलाई आकषिर्त गरेको छ। त्यसमध्य इशाई झण्डैअढाइ सय वर्षअघिदेखि कतिपय नेवारहरुले अपनाउँदै आएको छ। नेवारहरु मध्ये मुसलमानीधर्म मान्ने पनि छन्। मल्लकालमा नेपाल पसेका मुसलमानहरु नेवार समुदायभित्र आफ्नैजातिगत पहिचान कायम राखी बसेका छन्।
नेवारहरुको धर्मसम्बन्धमा स्वदेशी अनुसन्धाताहरुले अध्ययन गर्न थालेका छन्। ती मध्ये"नेवार बौद्ध धर्मविशेष नाम दिई सबभन्दा बढी अध्ययन गर्न थालिएको छ। यो खास गरीवज्रयान धर्म हो। यो धर्म भारत तथा तिब्बत (भोट)को महयानी बौद्ध धर्मभन्दा भिन्न छ। यस्तैबौद्ध तथा हिन्दूशाक्त धर्ममा पनि विद्वानहरुको चाख बढेको छ। नेवार हिन्दू धर्म पनि अलगअध्ययन हुनुपर्ने विषय छ। राजोपाध्याय नभएका ठाउँखस ब्राम्हणहरुद्धारा नै आफ्ना सबैपौरोहित्यको काम नेवारहरुले गराउँदै आएको नेवार हिन्दू धर्मको फरक रुपमा अध्ययन गर्नेपरम्परा नै बस्न सकेको छैन। वास्तवमा खसिया  नेवार हिन्दू धर्म कतिपय संस्कार तथाकर्मकाण्डहरु भिन्न छन्।
नेवार हिन्दू तथा बौद्ध धर्मलाई यसरी स्थूल रुपमा छुट्याउन सकिए पनि सूक्ष्म रुपले हेर्दाछुट्याउन नसकिने गरी यी दुइ समन्वित रहेको छ। नेपालमा देखिएको अन्यत्र नदेखिनेकिसिमको धार्मिक सहिष्णुता नेवारहरुले अपनाएको नेपालको स्थानीय सिर्जना हो। बाहिरबाटखास गरी उत्तर भारतबाट नेपाल पसेका विविध धर्मावलम्बीहरुले -आफ्नो धार्मिक कट्टरताछोडेर यहाँ समन्वय गरेर बाँच्न सिके  एक विशिष्ट धर्मको निर्माण भयो। यो विशिष्टता हिन्दू बौद्ध दुवै धर्ममा रहेको छ। ती अरुभन्दा भिन्न नेवार हिन्दू धर्म तथा नेवार बौद्ध धर्म हुन्,जसलाई नेपाली हिन्दूधर्म तथा नेपाली बौद्ध धर्मको मूलधारा मान्न सकिन्छ।
संस्कार
नेवारहरुको जीवन तथा मृत्यु संस्कार मूलतः हिन्दू संस्कारमा आधारित छ। मनु अन्दाजीर्इ.पू.२००-१०० ले आफ्नो स्मृति (धर्मनीति ग्रन्थ)मा बाह्र संस्कारको उल्लेख गरेकोमा पछि तीसोह्र पुंर्याइए। हिन्दूहरुको 'सोह्र संस्कारभन्ने भनाइ प्रसिद्ध   यी संस्कार खास गरी ब्राह्मणजातिका लागि बनाइएको हो। नेपालमा त्यसले शास्त्रीय परम्परा 'दश कर्मपद्धतिले ठाउँ लियो।शास्त्रीय परम्पराभन्दा भिन्न नेवार समुदायमा फेरि आफ्नै किसिमले परम्परामा थप लौकिकसंस्कार  कर्महरु गर्ने परम्परा बस्यो। तल सोह्रदश  नेवार लोक प्रचलित समान संस्कारकोतुलना प्रस्तुत गरिन्छ। जस्तोः

सोह्र संस्कार
दश संस्कार
नेवार संस्कार
गर्भाधान
गर्भाधान
गर्भ (राख्नु)
पुंसवन
पुंसवन
धौबजि नकःवने

(छोरो पाउने कामना)

(दहिचिउरा खुवाउनजाने)
सीमन्तोन्नयन
सीमन्तोन्नयन


(सिउँदो फटाउनु)


जातकर्म
जातकर्म
मचाबू ब्यंके

(जन्म-काम)

(बच्चा जन्मेकोचोख्याउने)
नामकर्म
नामकर्म
नां छुये

(नाम राख्ने काम)

(नाउँ राख्ने)
निष्क्रमण

मचाबू लहीकः वने-थःछेँ

(निस्कनु)

(बच्चा जन्मेको पोस्नजाने -माइती)
अन्नप्राशन

मचा जंको

(अन्न खुवाउनु)

(बच्चालाई भातखुवाएको)
कर्णवेध

न्हाय्पं खने

(कान छेडनु)

(कान छेड्ने)
विद्यारम्भ

आखः स्यने -ससु पूजाखुन्हु



(अक्षरसिकाउने-सरस्वतीपूजाको दिन)
१०
चूडाकर्म
चूडाकर्म
(बुसँखा-काय्मचा



(जन्म केश कटाइ-केटा)
११
केशान्त



(केश काट्नु)


१२
उपनयन
उपनयन
))कय्तापूजा (हिन्दूकाय्मचा)

(नजिक लैजानु/जनैलगाउन पाउनु)

(लगौंटी पूजाहिन्दूकेटा)



बरे छुये (बौद्धकायमचा)



(मान्य हुन शुरु हुने-बौद्ध केटा)



)बाह्रा तये (हि.बौ.म्ह्याय्मचा)



(द्वादशा राख्ने - हिन्दू बौद्धकेटी)
१३
वेदारम्भ
व्रतोपदेश


(वेद शुरु)


१४
समावर्तन
संमावर्तन


(फर्कनु)


१५
विवाह
पाणिग्रहण
इहिपा

(बिहा)
(हात समात्नु)
(बिहा भएको)
१६
अन्त्येष्टि

सीगु

(आखिरी इच्छा)

(मरेको)
नेवारहरुको साझा संस्कार मध्यम जातका नेवारहरुले अपनाउने संस्कार हो। यिनीहरुको लागिकाम गर्ने उच्च पुरोहितवर्ग  निम्न च्यामे-पोडे अछूत वर्गका नेवारहरुमा ती साझा संस्कारनहुन पनि सक्छजस्तो उच्च जातमा राजोपाध्याय  निम्नमा च्यामेहरुको 'इहीगर्ने नैचलन छैन। संस्कारहरु मध्ये उच्च वर्गमा कोही बढी  निम्न वर्गमा केही घटी संस्कार हुनेगर्दछ। यहाँ मध्यम वर्गमा प्रायः सबैले मान्ने संस्कार कर्मको नै उल्लेख गरिन्छ। नेवारसंस्कार कर्मलाई जीवनकालका अवस्थाअनुसार तीन कालमा विभाजन गर्न सकिन्छ। जस्तोः
गर्भकाल जीवनकाल मृत्युकाल
यिनमा पनि जीवनकाललाई उमेरको हिसाबले लोक प्रचलित पाँच तहमा बाँड्न सकिन्छ।जस्तोः
. शिशुसंस्कार . बालसंस्कार . किशोर-संस्कार . प्रौढसंस्कार . वृद्ध-संस्कार
नेवार असमान जातहरुको समुदाय हुनाले यसको साझा संस्कार कर्म हुन मुश्किल पर्न सक्थ्यो,तर यिनीहरुमा ऐतिहासिक क्रममा बहुसंख्यक जातहरुले मान्ने साझा संस्कार विकसित भएकोछ। अन्य जाति भन्दा भिन्न यी संस्कार कर्महरु नेवार समुदायको साझा संस्कार मान्नसकिन्छ। यी साझा पद्धति संस्कार्रकर्म घटी वा बढी हुनु नेवार समुदायभित्र पनि कुनै खास खासजातको वैशिष्ट्य मान्नु पर्दछ।
नेवार संस्कार्रकर्ममा निम्न संस्कारहर जातधर्म। लिंग भेद नगरी प्रायः सबैमा सामान्यतयामिल्दछ  जस्तोः -
गर्भ संस्कारधौबजि नकःवने -दही चिउरा खुवाउन जाने).शिशु संस्कार
सिचुपालु क्यने (जिफ्वःचिपालु "जाइफल नून अदुवा"देखाउने)मचाबू ब्यंके (छैठी तथा न्वारन)मचा जंको (जा-नक 'भात खुवाएकोबच्चापासनीअन्नप्राशन)योमह्रि क्वखाय्के (योमरि भिराउनेनिदँ बुन्हि१२ वर्षभत्र दुई वा जोर वर्षो जन्मदिन). प्रौढ संस्कार - इहिपा (विवाह). बृद्ध संस्कारज्याजंको (बूढोपासनी) मृत्यु संस्कारसीगु (अन्त्येष्टि)
यसको बीचमा बाल संस्कारको बेला भने लिङ्ग भेद गर्ने गरिएको   जस्तोः
. बाल संस्कार
मिजंमचा (छोरामान्छे)
मिसामचा (छोरीमान्छे)
बुसँखा (छेवर)
इही (बेलविवाह)
फेरि किशोर संस्कारको बेला अझ लिङ्गभेदका साथै धर्मभेद पनि गरिन्छ  जस्तोः
. किशोर संस्कार
मिजंमचा (छोरामान्छे)
मिसामचा (छोरीमान्छे)
हिन्दू
बौद्ध
हिन्दू
बौद्ध
(उपनयन)
(प्रवज्या)
(रजस्वला पूर्वकर्म)

बाह्रा शब्द द्वादशादित्य (१२ सूर्य)बाट विकसित भएको बुझिन्छ 
नेवार संस्कार कर्ममा शिशुकिशोर  विवाह कर्मताका केही दिन किसिम किसिमका अन्यकामहरु गरिन्छन्। नेवार संस्कारमा ज्यादा औपचारिक कार्यहरु गर्नु पर्दा जनसाधारणलाईनिकै मर्का पर्न गएको तत्कालीन अन्य व्यवस्था हेतु राणाकालमा 'नेवारजातको ऐन' (२००५'द्योभाजु ब्राम्हण  श्रेष्ठकोरीतिस्थिति -१९९३को इस्तिहार जारी गरिएको थियो।
नेवार संस्कारहरुमा बालिकाको इही (बेलविवाह), ब्राह्रा (गुफा बूढाबूढीको पासनीलाई अन्यजातिको भन्दा भिन्न विशेष संस्कार कर्म मानिन्छ। बूढोपासनीमा न्हापांगु जंको (पहिलोपासनीभीमरथारोहण ७७ वर्ष  महीना७दिनआदिमानिकःगु जंको (दोस्रो पासनी)देवरथारोहण ८८ वर्ष  दिनआदिमा  स्वकःगु जंको (तेस्रो पासनीमहारथारोहण ९९ वर्ष महीना दिनआदि पुगेको मुहूर्तमा गरिन्छ। अर्को सय वर्षभित्र पाँच पटक बूढोपासनी गर्नेपद्धति पनि रहेको छ। नेपालीमा चौंरासी भनिने सहस्रचन्द्रदर्शन नेवारहरुमा ८१ (अधिकमासगनीवा ८४ (नगनीवर्षमा गरिन्छ। यसलाई निकः (दोस्रोंक्व पनि भनिन्छ।
नेवार मृत्यु संस्कार पनि आफ्नै किसिमले विकास भएको छ। यसको लागि सीगुठीसनांगुठीआदि बनाइएको हुन्छ। काठमाडौं बाहिर गएका नेवारहरुले सबभन्दा पहिले आफ्नो समाजमासमान जातकाहरु मिली सीगुठी (मृत्युसंस्कार समाजबनाउने गरेको देखिन्छ। यी गुठीहरुखास गरी लास उठाउने कामको लागि हो। सनां गुठी मलामी जान बनाइएको समाज हो।नेवारहरुमा तेह्र दिन (बौद्ध मार्गीमा सात दिने)'दशक्रिया'को विधि कार्य गरिन्छ। त्यस्तै एक वादुइवर्षभरि मासिकपैंतालीस दिन महिनेबर्खीदुइबर्खे काम गरेपछि मृत्त व्यक्तिलाई 'पितृ'मान्ने चलन छ।
पुनर्प्रकाशन/साभार
स्मारिका (श्री  वीरेन्द्र स्वर्ण शुभ-जन्मोत्सवाङ्क), नेपाल नेवाः समाजविस‌ २०५२ (ईस१९९५), पृ२१-२४। (सामान्य सुधार गरी प्रस्तुत)
Comments
Comment viewing options
Select your preferred way to display the comments and click "Save settings" to activate your changes.
by guest/Niran (not verified) - 04/11/2010 - 02:43
नेवारहरुको जीवन तथा मृत्यु संस्कार मूलतः हिन्दू संस्कारमा आधारित ???? I think it is difficult to say because Some Newars call Budhist Priest: Guvaju and some are Hindu priest:Newah Barmu. How one can claim it as the newars practised mostly Hindu traditions´and and rituals???? It is pre-judgement ? We practise Newar buddhist traditions that is different from other buddhist but closer to Hindu but it still digfferent from Hindu tradition as well. Doest't it fandamental different when it comes to choosing Priest. there is even sometradition is similar between Christiana and muslims. Can we say oone group of them practise another group's tradition??? It is very confusing!!!!

source:
http://nepalmandal.org/node/46


यो सामग्री विकिपीडिया बाट साभार गारिएको हो | सामग्रीको अन्तिमा वेबसाइट को लिंक पनि राखिएको  छ |   

राजोपाध्याय

परिचय

राजोपाध्याय प्राचीन नेवार समुदायका ब्राह्मण पुरोहितहरू हुन् । उनीहरूलार्इ स्थानीय नेपाल भाषामा द्य बाज्या, द्य ब्रह्मु, द्य ब्राह्मण पनि भनिन्छ । प्राचीन नेवार राज्यहरूमा राजा तथा राजपरिवारका गुरू, पुरोहित तथा राजनीतिक, अर्थिक, सामाजिक, कुटनीतिक इत्यादिका मामिलामा राजोपाध्यायहरूले सल्लाहकारको भूमिका समेत निभाएका थिए । राजोपाध्यायहरू विशेषतः नेवार समुदायमा तान्त्रिक गुरूका रूपमा चिनिन्छन् । विश्वमा धेरैजसो ठाउँहरूमा लोप भइसकेको वा लोपोन्मुख अवस्थामा रहेका कतिपय तान्त्रिक परम्पराहरूलार्इ अद्यापि यो समुदायले अफ्ना रीतिरिवाज मार्फत् बचाइरहेका छन् ।
नेवार संस्कृतिको काठमाडैँ उपत्यका लगायतका क्षेत्रहरूमा बलियो जग बसाल्न राजोपाध्याय गुरूहरूको पनि महत्वपूर्ण भूमिका रहेको छ ।

इतिहास

राजोपाध्यायको इतिहास तत्कालीन नेपाल मण्डलमा पूर्व लिच्छविकालीन समेत पाइन्छ । केही विज्ञहरूलेराजोपाध्याय थरीहरू नेपालकै अदिवासी हुन् भनी दाबी समेत गरेका छन् । [१]
इतिहास हेर्दा राजोपाध्यायहरू विभिन्न कालखण्डमा नेपालमा अएका देखिन्छन् । उनीहरूमध्ये केही पूर्व लिच्छविकालमा, लिच्छविकालमा विभिन्न राजाहरूका समयमा, मल्ल राजाहरूसँगै सिम्रैनगढ राज्यबाट, विभिन्न मल्ल राजाहरूका कालमा तथा शाह कालमा समेत काठमाडैँ उपत्यकामा नेवार राज्य चलाउन प्रवेश गरेका देखिन्छन् ।
उपत्यकाका ठूल्ठूला मठमन्दिरहरूको पुजारी धेरै अघि राजोपाध्यायहरू नै थिए । अद्यापि चार नारायणहरू चाँगु, इचंगु, विशंखु र शेष नारायणमा राजोपाध्याय नै पुजारी छ्न् । प्रसिद्ध पशुपतिनाथ मन्दिरमा पनिराजोपाध्यायहरू एक ताका पुजारी रहिसकेको इतिहास पाइन्छ । काठमाडैँ उपत्यकामा पर्ने तीनवटै प्रमुख तलेजु मन्दिरहरूमा पनि राजोपाध्याय पुजारी नै छन् । त्यसैगरी, काठमाडैँको मखन टोलमा श्री महीन्द्रेश्वर महादेव मन्दिर, अट्को नारायण मन्दिर, राम मन्दिर, पशुपति क्षेत्रको श्री दक्षिणामूर्ति मन्दिर, राम मन्दिर, ललितपुरमा दश महाविद्या देवी अन्तर्गत पर्ने देवीहरू, सिद्धीलक्ष्मी पूर्णचण्डी मन्दिर, प्रसिद्ध कृष्ण मन्दिर अदिमा हालसम्म पनि राजोपाध्यायले मात्र पूजा गर्न पाउँछन् ।

सन्दर्भ

  1.  Prof. Baldev Juju in an interview posted in राजोपाध्याय डट इन्फो and Mr. Chakra Dharananda Rajopadhyaya in his article "राजोपाध्यायहरू नेपालका अदिवासी हुन्" published in Khopring
विशेष जानकारीका लागि यो वेभपेज हेर्नुहोस् :[१]
  1.  http://www.rajopadhyaya.info/ | राजोपाध्याय डट इन्फो]
Also refer to a book : Levy, Robert I. (with Kedar Raj Rajopadhyaya). "Mesocosm : Hinduism and The Organization of a Traditional Newar City in Nepal". Berkeley : University of California Press.
Source: http://ne.wikipedia.org/wiki/%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A5%8B%E0%A4%AA%E0%A4%BE%E0%A4%A7%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%AF

No comments:

Post a Comment