Monday, March 2, 2026

नेपालभाषा साहित्यमा राजोपाध्याय - ल्वापु खिचा: नेपालभाषा लघुकथाको सशक्त दस्तावेज

नेपालभाषा साहित्यमा राजोपाध्याय
ल्वापु खिचा: नेपालभाषा लघुकथाको सशक्त दस्तावेज


नेपालभाषा साहित्यमा लघुकथाको विधा क्रमशः सुदृढ बन्दै गएको सन्दर्भमा ल्वापु खिचा” नामक लघुकथा सङ्ग्रहको प्रकाशन एक उल्लेखनीय साहित्यिक कृति हो । नेपालभाषा मंका खल, पाटन–ललितपुरद्वारा प्रकाशित यस कृतिले नेपालभाषा लघुकथालाई सङ्ख्यात्मक मात्र नभई विषयगत र प्रतिनिधित्वका दृष्टिले पनि समृद्ध बनाएको देखिन्छ ।

कुल १०५ वटा लघुकथाहरू समेटिएको यस सङ्ग्रहले लघुकथाको संक्षिप्त संरचनाभित्र समाज, संस्कृति, अनुभूति र समयको विविध यथार्थलाई प्रस्तुत गर्ने प्रयास गरेको छ । छोटो आयाममा गहिरो अर्थ सम्प्रेषण गर्ने लघुकथाको मूल मर्मलाई यस सङ्ग्रहका कथाहरूले विभिन्न कोणबाट उजागर गरेका छन् ।

यस सङ्ग्रहको अर्को महत्वपूर्ण पक्ष भनेको समुदायगत प्रतिनिधित्व हो । समेटिएका कथाहरूमध्ये ६ वटा लघुकथाहरू राजोपाध्याय समुदायका कथाकारहरूद्वारा लेखिएका छन्, जसमा ३ जना महिला र ३ जना पुरुष सर्जकहरूको सिर्जना रहेका छन् । यो तथ्यले नेपालभाषा साहित्यमा राजोपाध्याय समुदाय योगदानको इतिहासलाई निरन्तरता कायम राख्दै  समावेशी स्वर र लैङ्गिक सन्तुलनतर्फ समेत सकारात्मक संकेत दिन्छ ।

समग्रमा, ल्वापु खिचा” केवल लघुकथाहरूको सङ्ग्रह मात्र नभई नेपालभाषा साहित्यको समकालीन प्रवृत्ति, सिर्जनात्मक विविधता र सामाजिक प्रतिनिधित्वलाई प्रतिबिम्बित गर्ने एक महत्वपूर्ण दस्तावेजका रूपमा मूल्याङ्कन गर्न सकिन्छ । लघुकथाको सम्भावना र शक्तिलाई उजागर गर्ने यस कृतिले आगामी सर्जकहरूलाई समेत प्रेरणा दिने अपेक्षा गर्न सकिन्छ ।
राजोपाध्याय संग सम्बन्धित यस प्रकारका सामाग्रीहरू संग्रह एबम संकलनका लागि एउटा स्रोत केन्द्र वा पुस्तकालयको स्थापना गर्नु पर्ने आवश्यकता औल्याउदै सम्बन्धि निकाय, संघ संस्थाहरूको  ध्यान आकृष्ट गराउन चाहन्छौ l    

 लघुकथाहरूको बिषय सूची 
राजोपाध्याय समुदायका छ जना सर्जकहरू 

क्रम संख्या

लघुकथा

कथाकार

पृष्ठ

बाखं

अमरराज राजोपाध्याय

१३

जग्गेय् खिफाःगु लूँ जुइगु

विनय राजोपाध्याय

१५

४६

न्हूम्ह जुजु

मिमला शर्मा

५२

५०

टेम्पर्द ग्लास

मिनर्वा शर्मा राजोपाध्याय

५८

८०

तिसा

राजेश्वरी राजोपाध्याय

९३

८८

अंगलं जक न्यनाच्वंगु खँ

सुशील राजोपाध्याय

१०२


       




 







Thursday, February 26, 2026

संक्षिप्त जीवनी (पं. धरणीधर राजोपाध्याय)

युवा जागृति समाजको ब्रोशर बाट साभार एउटा सामाग्री 

                संक्षिप्त जीवनी (पंधरणीधर राजोपाध्याय)

दर्ता नम्बर ५६२/०५२/०५३ रहेको युवा जागृति समाज (युजास) तत्कालीन अवस्थामा निकै सक्रिय संस्था थियो। मुख्यतः राजोपाध्याय ब्राह्मण परिवारका विविध पक्षहरूलाई समयानुकूल विकास गर्दै अघि बढाउने उद्देश्यले यसको स्थापना गरिएको थियो। उक्त उद्देश्यलाई पूर्णता दिन युवाहरूको विशेष सहभागिता आवश्यक रहेको कुरामा जोड दिइएको थियो।

सोही अनुरूप युवाहरू पनि स्वतःस्फूर्त रूपमा युजासका हरेक गतिविधिमा सक्रिय सहभागिता जनाएका थिए। तर विडम्बनाको कुरा, आज युजासको कुनै अस्तित्व छ भन्ने आभास कतै पाइँदैन। यो निश्चय नै दुखद पक्ष हो। यद्यपि, कुनै पनि संस्थालाई दीर्घकालसम्म जीवन्त राख्नु सजिलो कार्य  पक्कै होइन।

आफ्नो सक्रिय कालखण्डमा युजासले समाजमा खेलेको भूमिका अत्यन्तै सराहनीय थियो। त्यसैले आज पनि युजास हाम्रो मन–मस्तिष्कमा जीवित नै छ।

अबको युवा पुस्ताले ढिलो नगरी युजासले विगतमा सञ्चालन गरेका गतिविधिहरूको अभिलेखीकरण,  इतिहास प्रवर्धन र समिक्षा गर्दै यसलाई पुनः जीवन्त बनाउने प्रयास गर्नु आजको आवश्यकता हो।

यसै सन्दर्भमा, युजासको ब्रोशरबाट साभार गरिएको एक सामग्री यहाँ प्रस्तुत गरिएको छ- 


संक्षिप्त जीवनी (पं. धरणीधर राजोपाध्याय)

भक्तपुरका मल्ल राजाका गुरु पुरोहित धरानाका पिता दिनकर राजोपाध्याय र माता देवीमायाका पुत्र वि. स. १९६६ साल श्रावण शुक्लपक्ष चतुर्दशीका दिन भत्तपुर टौमढीमा पं. धरणीधर राजोपाध्यायको जम्म भएको थियो। सानै उमेरमा बुवाको स्वर्गारोहणले गर्दा मामाघर (इन्द्रचोक) मा पठन-पाठन भएको थियो। चौध वर्षको उमेरमा बनारस शहरका पण्डित श्रीप्रसाद गुरुवाट संस्कृत शिक्षा हासिल गर्नु भएको थियो। भक्तपुरको तपचान टोलमा महाभारत पुराण भन्दा जुद्ध शम्वोरको सवारी भएको थियो। प्रधानमन्त्री जुद्ध शम्शेर-ले पुराण सुनिसकेपछि त्यस्तो सानो उमेरमा नै महाभारत जस्तो पुराण भनेकोमा धाश्चर्य माने। उहाँले करिब ५०० पटकसम्म श्रीम‌द्भागवत पुराणको सप्ताह, देवी भागवत पुराणको सप्ताह हरिवंश पुराण र अरू दश पुराण आदी भन्नु भएको थियो। जुद्ध श-शेरको पालामा भक्तपुर टौमढी टोल स्थित भैरवनाथ अगाडि प्रेताहुति यज्ञमा चार्फ जजमान बसी यश सम्पूर्ण गर्नु भएको थियो। सो. यज्ञको प्रसाद जुद्ध शम्शेरलाई दिदा सुनको असर्फी दक्षिणा पाउनु भएको थियो। सो यज्ञ पछि बचेको रकमबाट कुमारी पूजा, बेताल पूजा र भैरव पूजाको झायोजना गर्नु भएको थियो। अझै रकम बाँकी भएकोले दीनदुखीको सेवा गर्ने उद्देश्यले भैरवामृत औषधालय खोल्नु भयो। जडीबुटी औषधिहरूको उत्पादन गराई दीनदुःखीको सेवा गर्नु अतिरिक्त २०२४ सालतिर भक्तपुर-का जनताहरूलाई रोजगार दिलाउन घरेलु उद्योगको स्थापना पनि गर्नु भएको थियो। सो उद्योगबाट लत्ता-कपडाको उत्पादन गरी बनारस शहर, इलाहावाद, दार्जीलिङ आदि ठाउँमा बिक्री वितरण गर्ने कार्य हुन्थ्यो। सो उद्योगको स्थापना आफ्नै घरमा गर्नु भएको थियो। उहाँको ठूलो ईच्छा सनातन धर्मको संरक्षण गरी दीनदुःखी को सेवा गर्नु थियो । उहाँले भक्तपुरका राजोपाध्याय ब्राह्मणहरुलाई वेद पुराणको शिक्षा दिनु हुन्थ्यो । उहाँ शास्त्र विद्यामा निपुण हुनुहुन्छ। उहाँले पुरश्चरण पनि गर्नु भएको थियो । पुरश्चरण कालमा १००० कुमारीहरूको पूजा हुँदा कुमारीको प्रत्यक्ष दर्जन प्राप्त भएको कुरा उहाँले जहान परिवारलाई बताउनु भएको थियो । उहाँकी धर्मपत्ली मोहिनी राजोपाध्याय (राधेश्याम) ६ जना छोराहरू, नातिनातिनी, बुहारीहरू समेत १७ जना परिवारको मूली हुनुहुन्छ। भक्तपुरका राजोपाध्याय ब्राह्मणहरूमध्ये जेष्ठ हुनु भएको हुँदा उहाँ भक्तपुर उपाकर्म गुठीको चकाली हुनुहुन्छ।

प्रस्तुति: युवा जागूत समाज