एक व्यक्ति, समुदायको मात्र नभई राष्ट्रकै जीवन्त परम्परा लोप चिन्ता
"निरण राजोपाध्यायले सदाशिवको दैनिक पूजा सञ्चालन गर्छन्, जुन २०२१ मा लामो समयको अन्तराल पछि पुनः सुरु गरिएको थियो। उनी आफ्नो परिवारको पेशा लोप हुने जोखिममा रहेकोमा चिन्तित छन्। ‘मैले मेरा पुर्खाहरूले सुरु गरेको कामलाई निरन्तरता दिएँ, तर म पछि, यसलाई अगाडि बढाउने कोही छैन,’ उनी भन्छन्।
पोस्ट फोटो: अनिश घिमिरे"
उपरोक्त वाक्यांश १५ नोभेम्बर २०२५ मा The Kathmandu Post को अनलाइन संस्करणमा सम्प्रेषित अनिश घिमिरेद्वरा लिखित ‘In Patan, forgotten ancient rituals are returning to life’ शीर्षकको लेखमा समावेश
अनिश घिमिरेद्वारानै खिचिएको एउटा फोटोको क्याप्शनको नेपाली अनुवाद हो। यस लिंक (https://kathmandupost.com/art-culture/2025/11/15/in-patan-forgotten-ancient-rituals-are-returning-to-life) बाट उक्त लेख सम्म पुग्न सकिन्छ l यसमा निरण राजोपाध्यायको संदेश गहिरो एबम मार्मिक छ l
निरण राजोपाध्यायको संदेशमा केवल एक व्यक्ति, समुदायको मात्र नभई राष्ट्रकै जीवन्त परम्परा लोप चिन्ता स्पष्ट अनुभव गर्न सकिन्छ । पूर्वजले जोगाएर ल्याएको सीप, ज्ञान र अनुष्ठान आज गम्भीर मोडमा उभिएको छ, जहाँ समुदाय, गुठी, संस्था र स्थानीय सरकारको संयुक्त पहलको तत्काल आबश्यक देखिन्छ ।
बेवास्ता गरियो भने, भावी पुस्ताले खोजिरहने हराएको सांस्कृतिक धरोहरको अर्को एउटा कथा बन्नेछ।
No comments:
Post a Comment