Wednesday, November 19, 2025

एक व्यक्ति, समुदायको मात्र नभई राष्ट्रकै जीवन्त परम्परा लोप चिन्ता

 

एक व्यक्ति, समुदायको मात्र नभई राष्ट्रकै जीवन्त परम्परा लोप चिन्ता 

"निरण राजोपाध्यायले सदाशिवको दैनिक पूजा सञ्चालन गर्छन्, जुन २०२१ मा लामो समयको अन्तराल पछि पुनः सुरु गरिएको थियो। उनी आफ्नो परिवारको पेशा लोप हुने जोखिममा रहेकोमा चिन्तित छन्। ‘मैले मेरा पुर्खाहरूले सुरु गरेको कामलाई निरन्तरता दिएँ, तर म पछि, यसलाई अगाडि बढाउने कोही छैन,’ उनी भन्छन्।
पोस्ट फोटो: अनिश घिमिरे" 


उपरोक्त वाक्यांश  १५ नोभेम्बर २०२५ मा The Kathmandu Post को अनलाइन संस्करणमा सम्प्रेषित अनिश घिमिरेद्वरा लिखित ‘In Patan, forgotten ancient rituals are returning to life’  शीर्षकको लेखमा समावेश
अनिश घिमिरेद्वारानै  खिचिएको एउटा फोटोको क्याप्शनको नेपाली अनुवाद हो। यस लिंक (https://kathmandupost.com/art-culture/2025/11/15/in-patan-forgotten-ancient-rituals-are-returning-to-life) बाट उक्त लेख सम्म पुग्न सकिन्छ l 

यसमा निरण राजोपाध्यायको संदेश गहिरो एबम मार्मिक छ l 

निरण राजोपाध्यायको संदेशमा केवल एक व्यक्ति, समुदायको मात्र नभई राष्ट्रकै जीवन्त परम्परा लोप चिन्ता स्पष्ट अनुभव गर्न सकिन्छ । पूर्वजले जोगाएर ल्याएको सीप, ज्ञान र अनुष्ठान आज गम्भीर मोडमा उभिएको छ, जहाँ समुदाय, गुठी, संस्था र स्थानीय सरकारको संयुक्त पहलको तत्काल आबश्यक देखिन्छ ।

 बेवास्ता गरियो भने, भावी पुस्ताले खोजिरहने हराएको सांस्कृतिक धरोहरको अर्को एउटा कथा बन्नेछ।


Rajopadhyaya in News: In Patan, forgotten ancient rituals are returning to life

 

Culture & Lifestyle

In Patan, forgotten ancient rituals are returning to life

After decades of silence, priests and locals, in collaboration with the Patan Museum, have revived long-lost daily worship and temple traditions, reconnecting Patan with its living heritage.Link:https://kathmandupost.com/art-culture/2025/11/15/in-patan-forgotten-ancient-rituals-are-returning-to-lifeIn Patan, forgotten ancient rituals are returning to life
Officer at Patan Musuem, Suresh Man Lakhe (seated, right) and priests during the preparations for Narasingha Jatra at Patan Durbar Square. Photo: Courtesy of Patan Museum
bookmark
Anish Ghimire
Published at : November 15, 2025
Updated at : November 15, 2025 08:03
Kathmandu

Anish Ghimire

Ghimire is the Culture and Lifestyle Editor at the Post. He is also the author of 'A Walk Away From Home' and 'The Stardust In Us'.



https://kathmandupost.com/art-culture/2025/11/15/in-patan-forgotten-ancient-rituals-are-returning-to-life?fbclid=IwY2xjawOKi85leHRuA2FlbQIxMQBzcnRjBmFwcF9pZBAyMjIwMzkxNzg4MjAwODkyAAEekNf5apcBZDiPTd7Y2_ZWLRECxdbzhyKM2A_P0HZiEUV4gLjMuyYcRn-0YWw_aem_m8hpRObyd-ddRJLw2PndFQ

Monday, November 3, 2025

Rajopadhyaya in News: कात्तिकनाचको आकर्षण हिरण्यकशिपु वध

 

कात्तिकनाचको आकर्षण हिरण्यकशिपु वध

लिंक: https://gorkhapatraonline.com/news/178143




ललितपुर, कात्तिक १८ गते । 
पाटनको कृष्णमन्दिर डबलीमा देखाइने ऐतिहासिक कात्तिकनाचका क्रममा सोमबार राति नरसिंह अवतारको हिरण्यकशिपु वध देखाइएको छ । 


मङ्गलबजारस्थित कात्तिक डबलीमा प्रदर्शन हुने ३७८ वर्ष परम्परागत नाचमा हिरण्यकशिपु पात्रको वध गरेपछि कलाकारले साँच्चै होस गुमाउने कथन छ । कात्तिकनाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले हिरण्यकशिपुको वध गरेपछि कलाकारले होस गुमाउने क्षण दर्शकका लागि सबैभन्दा चाखलाग्दो बन्ने गरेको बताउनुभयो । बेलुका सुरु भएको नाचमा भगवान् विष्णुले नरसिंह अवतारको रूप धारण गरी हिरण्यकशिपुको वध गर्ने प्रस्तुति गरिएको थियो । कात्तिकनाचको विशेष आकर्षण यसैलाई मानिन्छ । 

नाचको सुरुमा कृष्णनाच देखाइयो । कृष्णनाच कात्तिकनाचको हरेक दिन हुने गर्छ । कृष्णनाचपछि हिरण्यकशिपु र प्रह्लादनाच देखाइयो । हिरण्यकशिपु र उहाँका छोरा प्रह्लादका साथ दुई दैत्य नृत्य गर्छन् ।  प्रह्लादलाई दैत्य गुरुहरू ओम नमः शिवाय भन्न सिकाउँछन् तर उहाँले ओम नमः शिवाय्को सट्टा ओम नमो भगवते वासुदेवाय मात्र भन्छन् । हिरण्यकशिपुले आफ्ना छोरालाई बाँध्न आदेश दिन्छन् । मसालहरू दन्काइन्छन् । पाटन दरबारबाट नृसिंह बाहिर ल्याइन्छ । खम्बा फोरेर नृसिंह अवतार बाहिर निस्कन्छ । नृसिंहले नाच्दै हिरण्यकशिपुलाई खेदाउँछन् । नाचको महìवपूर्ण दृश्य नै यही हो । नाच्दानाच्दै नृसिंहले दैत्यलाई फन्दामा पार्ने प्रयास गर्छ । अन्त्यमा नृसिंहले दैत्यलाई भाग्नै नसक्ने गरी घेरामा पार्छ । नृसिंहले यसो छोएको मात्र के हुन्छ, हिरण्यकशिपु साँच्चिकै अचेत हुन्छन् । उनलाई तान्त्रिक विधिबाट डबलीभन्दा अलि पर ब्युँताइन्छ । 

चित्रकारले यो धार्मिकनाच रहस्यमय भएको बताउँदै यसले समाजको विकृति र विसङ्गगति उजागर गर्छ भन्नुभयो । पाटन दरबार क्षेत्रको कृष्णमन्दिरमा छेउको डबलीमा विसं १६९७ (नेसं ७६१) मा ललितपुरका राजा सिद्धिनरसिंह मल्लले कार्तिकनाच सुरु गर्नुभएको हो । धार्मिक र तान्त्रिक महत्वसँग जोडिएको काती प्याखँ १० दिन चल्ने छ । 

कार्तिकनाच समितिका सदस्य तथा तलेजु मन्दिरका पुजारी सञ्जय शर्मा राजोपाध्यायले ललितपुरका तत्कालीन राजा श्रीनिवास मल्लले संसारलाई ब्युँझाउनका लागि देखाएको नाचको अहिले पनि उत्तिकै महत्व रहेको जानकारी दिनुभयो । जनतालाई नैतिक शिक्षा दिनका लागि कात्तिकनाच देखाउने गरेको उहाँको भनाइ छ । 

राजोपाध्यायले ५० वर्षअघि एक महिनासम्म चल्ने कार्तिकनाच हाल १० दिन मात्र चल्ने गरेको जानकारी दिँदै दर्शकको भिडले पनि यो अझै समयसापेक्ष छ भन्ने प्रस्ट भएको बताउनुभयो । पहिलो दिन भक्त सुरदास प्याखँ, दोस्रो दिनदेखि चौथो दिनसम्म बाथः प्याखँ– च्वले खुदाँ दाँ खुदाँ, कौला खिचा र महामुख नृत्य प्रदर्शन गरिने छ । त्यसपछि पाँचौँ दिन युद्ध कला, छैटौँ दिन देवी प्याखँ, सातौँ दिन जल शयण (मधु–कटैव वध), आठौँ दिन वराह अवतार (हिरण्याक्ष वध), नवौँ दिन नृसिंह अवतार (हिरण्यकशिपु वध) देखाइयो भने अन्तिम दिन वस्त्रहरण लीलानाच देखाइने छ ।