Friday, March 12, 2021

Rajopadhyaya in News: पाटनको भण्डारखालमा सुरु भयो १०० वर्षदेखि रोकिएको परम्परा

 

पाटनको भण्डारखालमा सुरु भयो १०० वर्षदेखि रोकिएको परम्परा



29Shares
facebook sharing button 16
twitter sharing button
pinterest sharing button
email sharing button
sharethis sharing button
पाटनको भण्डारखालमा सुरु भयो १०० वर्षदेखि रोकिएको परम्परा
तस्विर : आकाश राजोपाध्याय

काठमाडौं : महाशिवरात्रीको दिनदेखि ललितपुरको भण्डारखाल बगैंचास्थित मणिकेश्वर महादेवको रुद्राभिषेक पूजाले फेरी निरन्तरता पाएको छ। करिब ६ सय वर्ष अघि देखि सुरु भएको यो परम्परा सय वर्षभन्दा बढि समयदेखि रोकिएको थियो। बिहीबारबाट भने यो परम्पराले निरन्तरता पाएको हो।

रोकिएको परम्परालाई निरन्तरता दिन पहिला क्षमापूजा गरिएको थियो। पाटन संग्रहालयको पहलमा ललितपुर तलेजुका पुजारीहरुले मणिकेश्वर महादेवको रुद्राभिषेक पूजाको साथमा चण्डि पाठ गरेका थिए। तलेजुका पूजारीहरु वासुदेव ज्वालानन्द राजोपाध्यायले एकादश आवृत्ती रुद्राभिषेक पूजा गरेका थिए भने रक्षण राजोपाध्यायले सप्तसती चण्डि पाठ गरेका थिए।

महाशिवरात्रीको अवसर पारेर भण्डारखालमा मणिकेश्वर महोदवको रुद्रि गर्ने परम्परा रहेको थियो। पछिल्लो पटक यो रुद्रि कहिले गरिएको थियो भन्ने यकिनका साथ भन्न नसकिने पाटन संग्रहालयका अधिकृत सुरेश लाखेले बताए।

‘यहाँ भएको अभिलेखको अध्ययनपछि महाशिवरात्रीको दिन यहाँ रुद्री गर्ने परम्परा रहेको जानकारी पाएँ’, लाखे बताउँछन्, ‘सय वर्षभन्दा बढि भएको हुनुपर्छ, यो परम्परा रोकिएको, यसपटकको महाशिवरात्रीबाट यो परम्परालाई पुनः निरन्तर गरिएको हो।’

अभिलेख अनुसार यस मणिकेश्वर महोदवको शिवलिङ्गको स्थापना नेपाल सं ५३५ ९ (वि सं १४७१ पौष शूक्लपूर्णिमा बुधवार) का दिन भएको थियो।

जयज्योति मल्लको पालामा वंथुनिम्ह निवासी यंकुलि वर्मा, उनकी पत्नी मदन लक्ष्मी र छोरा जयसिंहसहित भई शिवरात्री व्रत मनाउन साढे ३ रोपनी जग्गा राखी गुठी चलाई उक्त महादेव स्थापना गरेर रुद्राभिषेक पूजाको शुरुवात गरेको अभिलेखमा उल्लेख गरिएको छ।

महाशिवरात्रीदेखि रुद्राभिषेक पूजा गरेसँगै आजबाट मणिकेश्वर महादेवको नित्य पूजा पनि शुरु गरिएको छ।

Source: https://pahilopost.com/content/20210312131709.html?fbclid=IwAR14fBNYf0PLCAcVvsPsv40Fr7vF_1x1Mh8Iq6hycf7ig6ivzA4hvbUx-ps



No comments:

Post a Comment