Tuesday, December 31, 2013

राजदूतावासबाट अमेरिकामा बस्ने नेपालीलाई सम्मान

राजदूतावासबाट अमेरिकामा बस्ने नेपालीलाई सम्मान

- सरोज राजोपाध्याय,काठमाडौं
raj


अमेरिकाका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा आफ्नो कार्यकाल सकेर स्वदेश फर्कनुअगाडि अमेरिकामा बसोबास गरी नेपालका लागि उत्कृष्ट कार्य गरेका नेपालीहरूलाई पुरस्कार तथा प्रशंसापत्र दिनुभएको छ।
राजदूतावासको कार्यालय वासिङटन डिसीमा आयोजित कार्यक्रममा राजदूत शर्माले युवा संस्कृतिविद् बासब राजोपाध्याय  लगायतका व्यक्तित्वहरूलाई सम्मान स्वरूप पुरस्कार तथा प्रशंसापत्र दिनुभएको हो। नेपाली राजदूतावासबाट सम्मान पाएपछि राजोपाध्याले अमेरिकाबाट टेलिफोन गरी नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार सो कार्यक्रममा राजदूत शर्माले सबैको सहयोगको कारण आफ्नो कार्यकाल सफल भएको बताउनुभएको थियो।
‘मैले आफ्नो ठाउँबाट जे–जति काम गर्न सके त्यो सबैको सहयोगको कारण हो’, राजदूत शर्माको भनाइ उद्धृत गर्दै राजोपाध्यायले भन्नुभयो– ‘साधनस्रोतको अभावका कारण केही कमी–कमजोरी भए क्षमा चाहन्छु।’
कार्यक्रममा परराष्ट्र मन्त्रालयबाट भर्खरै सरुवा भएर अमेरिका आउनुभएका उपनियोग प्रमुख ऋषिराम घिमिरेले परराष्ट्र मन्त्रालयको मूल्यांकनमा राजदूत डा. शर्माको कार्यकाल उत्कृष्ट रहेको बताउनुभएको थियो। उहाँले डा. शर्माको प्रशंसनीय कार्यले अर्को राजदूत नियुक्ति नभएसम्म कार्यवाहक राजदूतका रूपमा निरन्तरता पाउने बताउनुभएको थियो।
राजदूत शर्माले सो अवसरमा विगतमा जस्तै सबैको सहयोग जारी रहने अपेक्षा गर्दै स्रोत र साधनले भ्याएसम्म आफूले काम गर्न नचुक्ने बताउनुभएको थियो। कार्यक्रमा राजदूतावासबाट पुरस्कृत तथा सम्मानित भएका राजोपाध्यायले आफू अझ सक्रियताका साथ अमेरिकामा बसेर भए पनि नेपाल र नेपालीका लागि काम गर्ने वचनबद्धता व्यक्त गर्नुभएको थियो।

No comments:

Post a Comment