विश्व नर्स दिवसको अवसरमा सम्पूर्ण नर्सहरुप्रति सम्मान
चलचित्रमा नायकले चमत्कार नै गर्ने गर्छन् । त्यहि चमत्कारले दर्शकलाई नायकले खिचिरहेको हुन्छ ।
वास्तविक जीवन चलचित्र त होइन, तर वास्तविक जीवनमा पनि वास्तविक नायकहरु हुन्छन्, जसले समाजलाई विभिन्न किसिमले योगदान दिएर उदाहरण प्रस्तुत गरिरहेका हुन्छन् ।
अहिले प्राय पुरै विश्व कोरोनाभाइरस (कोभिड १९) को महामारीको चपेटामा छ । लाखौं मानिस संक्रमित भइसके भने दुई लाख भन्दा बढिले ज्यान गुमाइसके ।
समाजलाई यो संक्रमणबाट मुक्त बनाउन, समाजलाई फेरी स्वस्थ्य बनाउन अहिले स्वास्थ्यकर्मीहरु जोखिम मोलेर कोरोनाभाइरस विरुद्धको मोर्चामा अग्रपंक्तिमा रहेर अहोरात्र खटिरहेका छन् ।
यस्तै अवस्थाका बीच आज मे १२, विश्व नर्सिङ दिवस परेको छ ।
आजको यो दिनमा सम्पूर्ण सिस्टरहरुप्रति, सम्पूर्ण नर्सहरुप्रति यो तस्वीरहरु सम्मानका साथ समर्पित छ ।
नेपाली समाजलाई स्वस्थ्य बनाइरहन खटिरहनुभएका सम्पूर्ण नर्सको तसवीर यहाँ प्रस्तुत गर्ने हाम्रो मन थियो । तर प्राविधिक र विभिन्न दृष्टिकोणले यो सम्भव भएन । सम्पूर्ण नर्स दिदीवहिनीहरुलाई सम्झिँदै यहाँहरुको सम्मानमा यो फोटो प्रस्तुति यहाँ आज राखेका छौं ।
विना हतियार, कोरोनाभाइरस विरुद्ध भइरहेको यो विश्वयुद्धमा सेना बनेर अहोरात्र खटिरहनुभएका सम्पूर्ण नर्सहरुमा हार्दिक नमन र आम नेपालीहरु सबैको तर्फबाट उच्च समानका साथ यी तस्वीरहरु प्रस्तुत छ ।
– सं.
समाचार पढ्न यहाँ क्लिक गर्नुहोला
Images:








