राजोपाध्याय सम्बन्धि बिबिध सामाग्रीहरु एकै स्थानमा संकलन गरि आबश्यक परेको समयमा सबैले सजिलै प्राप्त गर्न सकियोस भन्ने उद्देश्यले राजोपाध्याय ब्लग २०६९ साल बैशाख १ गते खोलिएको हो l
Tuesday, September 24, 2013
Saturday, September 21, 2013
Rajopadhyaya in News:चट्याङ्गबाट बच्नको लागि गरिने दुर्लभ जात्रा
चट्याङ्गबाट बच्नको लागि गरिने दुर्लभ जात्रा
- Posted: Friday, Sep 20, 2013 14:33 PM ( 1 day ago )
सिल्भिया राजोपाध्याय/उज्यालो ।
काठमाडौं, असोज ४ - विदेशी विद्धान डब्लु क्रिकपाट्रिकले आफ्नो कितावमा ललितपूरमा घर भन्दा बढी मन्दिर छन् भनेर उल्लेख गरेका छन् भने धेरै विदेशीका आँखामा क्यालेण्डरमा हुने दिन भन्दा बढी चाड पर्व नेपालमा छन् ।
ललितपूरको धेरै जात्रा मध्ये एक प्रमुख जात्रा हो – गाःबहाल अवस्थित पूर्णचण्डी भुजा जात्रा । सबैको कल्याणको लागि तान्त्रिक विधिबाट गरिने यो पूजाको महत्व विशेष छ ।
धार्मिक कथन
पिता दक्ष प्रजापतिले आफुलाई आमन्त्रण नगरेपछि सतीदेवीले महादेवलाई यज्ञमा जान अनुमति मागेकी थिइन् । तर महादेवले अनुमती दिएनन्। धेरै अनुनय विनय पछि पनि अनुमती नपाए पछि रिसाएर उनले दशमहाविद्याको रुपमा कालीको अवतार धारण गरिन् ।
कालीसहित तारा, सोदशी, भुवनेश्वरी, भैरवी, छिन्नमस्ता, धुमावती, बगला, मातङ्गी र कमलाको रुप दश दिशामा देखेपछि महादेवले अनुमति दिएको पुराणमा उल्लेख छ। दशमहाविद्यामा समाहित सुनौलो वर्णकी कमलाले अभय र वरद मुद्रामा रहेका दुई हातमा कमलको फूल लिएकी हुन्छिन् ।
उत्पत्ति
कमलाको रुपमा पुजिने ललितपूरको सिद्धि लक्ष्मी हो । प्राचीन समयमा ललितपूरमा बागमती र नख्खु खोलाको प्रभाव थियो। कामारु कामाक्षबाट आएका तान्त्रिक पूर्णचण्डी स्वामीले सपनामा दक्षिणकाली देवीले आफुलाई दर्शन दिएको देखेछन् ।
सपनामा निर्देशन भए अनुसार स्वामी बागमतीमा गएर सिद्धिलक्ष्मीलाई दर्शन गर्न गए र दर्शन पश्चात पूजा आराधना गरेर मन्दिर बनाएको धार्मिक कथन छ । पछि उनकै नाममा सिद्धि लक्ष्मीलाई पूर्णचण्डी पनि भनिन थाल्यो ।
पूर्णचण्डी देवी रातो मच्छिन्द्रनाथको कुलदेवी पनि हो। रातो मच्छिन्द्रनाथको रथ लगनखेलको इटी टोलबाट जावलाखेलतर्फ तान्नको लागि साइत हेर्ने बेलामा नै पूर्णचण्डीमा मच्छिन्द्रनाथको कुलपुजा हुने गर्दछ ।
जात्राको इतिहास र महत्व
एकदमै पुरानो यस देवीको जात्रा यँलागा प्रतिपदाको दिन मनाइन्छ । रणबहादुर शाहको शासनकालमा यो जात्रा स्थगित भएको थियो। वि सं १८६२ मा रानी कान्तीमतीको निधन भए पछि रण बहादुर शाहले मन्दिर र गुथिको सम्पत्ति हडपेको थियो। यस घटनालाई इतिहासमा बशाथिहरण भनेर उल्लेख गरेको छ । त्यस बेला यो जात्रा रोकिएको थियो भने राजा सुरेन्द्रको पालामा मात्रा जात्रा फेरि सुचारु भएको थियो ।
जात्राको मुख्य आर्कषण एक एक मुरीको चामलको भातबाट बनेका १२ बटा भुजा हुन्। यी विशाल भुजाका आकार स्तुपा वा मन्दिर जस्तो देखिन्छ । भुजामा भूमिमा उब्जेका सबै प्रकारका अन्नको प्रतिनिधित्व हुने गरी ८४ व्यञ्जन परिकार राखेको हुन्छ । शाकाहारी र मांसाहारी परिकार तान्त्रिक तरीका र अर्थमा मिलाएर राखेको हुन्छ ।
पूजारीको घरबाट लैजाने गणेश कुमार पनि भनिने दुई भुजा भने शाकाहारी हुन्छन् । पूजारीको घर बनाएका दुई भुजा परम्परागत बाजा गाजा सहित मन्दिरमा नलगे सम्म अन्य घरबाट भुजा मन्दिरमा ल्याउनु नहुने चलन छ । राजोपाध्याय र अमात्य समुदायले १२ वटा भुजा बनाउँछन् । भुजाको विशेषता तान्त्रिक रुपमा पूजा गरिएको मलमरी (चट्याङ्गशोषण गर्ने रोटी) हुन्छ । यस्को मुख्य उद्देश्य पाटनमा चट्याङ्ग नपरोस भन्ने हो । आजसम्म पनि यहाँ चट्याङ्ग खसेको इतिहास छैन ।
- See more at: http://ujyaaloonline.com/news/25347/?fb_comment_id=fbc_516313395117951_3436306_516890975060193#f8524568Bijay Sharma Rajopadhyay
तान्त्रीक को नाम 'स्वामी पुर्णानन्ददेव' हो । माथी अन्यथा भएको ले सच्याउन अनुरोध गर्दछु । यी तान्त्रीक को नाम बाट नै श्री चण्डिका सिद्धिलक्ष्मी लाई 'पुर्णचण्डी' नामाकरण गरिएको हो । पुर्णचण्डी देवीका पुजारी खलक राजोपाध्यायहरु का यी पूर्वज हुन
Tuesday, September 3, 2013
Monday, September 2, 2013
Subscribe to:
Posts (Atom)