राजोपाध्याय सम्बन्धि बिबिध सामाग्रीहरु एकै स्थानमा संकलन गरि आबश्यक परेको समयमा सबैले सजिलै प्राप्त गर्न सकियोस भन्ने उद्देश्यले राजोपाध्याय ब्लग २०६९ साल बैशाख १ गते खोलिएको हो l
Sunday, March 31, 2013
Tuesday, March 19, 2013
स्व. बालकृष्ण सम बाट प्रशंशित स्व. श्री ज्ञानेशनन्द राजोपाध्याय
(वरिष्ठ चित्रकार श्री जीवन राजोपाध्याय ज्यूले कोर्नु भएको स्व श्री ज्ञानेशानन्द राजोपाध्यायज्यू को चित्र) |
आज २०६९ चैत्र ६ गते अर्थात् स्व. श्री ज्ञानेशनन्द राजोपाध्याय ज्यु को बार्षिक पुण्य तिथि मा हार्दिक श्रद्दान्जली अर्पण गर्दा छौं
नाट्य सम्राट एवंम चित्रकार बालकृष्ण समले ललितपुर पाटन, स्वठ निवासी श्री ज्ञानेशनन्द राजोपाध्यायज्यु ले कोर्नु भएको चित्रकलाबाट प्रभावित हुनु भई २०१७ सालमा आफ्नै हस्त लेखन बाट ब्यक्त गर्नुभएको उद्रगार सहितको प्रशंसा पत्र यंहा प्रस्तुत गरेका छौं । श्री ज्ञानेशनन्द राजोपाध्याय, उहाको परिवार लगायत सम्पूर्ण राजोपाध्याय वर्गको लागि यो गौरवको बिषय हो । तर दुर्भाग्यको कुरा जुन चित्र हेरेर बालकृष्ण सम, श्री ज्ञानेशनन्द राजोपाध्याय बाट प्रभावित हुनु भएको थियो उक्त चित्र हाल सम्म पनि फेला नपरेको नमिठो जानकारी श्री ज्ञानेशनन्द राजोपाध्यायका जेष्ठ सुपुत्र श्री वर्षण शर्माले दिनु भएको छ । तर खोजीकार्य जारी रहेको पनि वहाले बताउनु भएको छ । आशा गरौ उक्त एतिहासिक चित्र छिट्टै फेला पर्ने छ र हामीले पनि हेर्न पाउने छौ ।

यो हस्तलिखित प्रशंसा को प्रतिलिपि उपलब्ध गरिदिनु भएकोमा श्री वर्षण शर्माज्यू प्रति यो ब्लग आभार प्रकट गर्दै भबिश्यमा पनि यस प्रकारको सहयोग अपेक्षा गरेको छ ।
साथै सम्पूर्ण राजोपध्याय वर्ग आफुसंग भएका राजोपाध्याय संग सम्बन्धित यस प्रकारका साथै अन्य सामग्रीहरु सबैले जानकारी गराउन का लागि यस ब्लग लाई उपलब्ध गराई दिनुहुन हार्दिक अनुरोध गर्दछौ ।